बाल विकास र सिकाइ नमुना प्रश्न एक

बाल विकास र सिकाइ नमुना प्रश्न एक

 

विषय : बाल विकास र सिकाइ -Cdl.115

 

नमुना प्रश्नपत्र  एक -२०७८ (Model Question 2078)

कक्षा (Grade): 11

समय(Time) : 3 Hrs.

पूर्णाङ्क (Full Marks): 75

 

समूह (क)

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :११ x १ = ११  

 

१. शिक्षा मनोविज्ञान भनेको को हो ?What is educational psychology?

 

 

२.मानव वृद्धिका कुनै दुईओटा उदाहरणहरू लेख्नुहोस् ।Write any two examples of human growth.

 

 

३. पूर्व बाल्यावस्थाका कुनै दुईओटा विशेषताहरू लेख्नुहोस् ।Write any two characteristics of early childhood stage.

 

 

४. उत्तर बाल्यावस्थाका बालबालिकाहरूमा आइपर्ने कुनै दुई शारीरिक सङ्कट उल्लेख गर्नुहोस् ।Write any two physical hazards occuring in the late childhood

 

 

५. तत्परता र सिकाइ बिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस्। Write about the relationship between readiness and learning in one sentence.

 

 

६.सकारात्मक स्थानान्तरणलाई सिकाइ अभिवृद्धि गर्न कसरी प्रयोग गर्न सकिन्छ ? कुनै दुई उपायहरू लेख्नुहोस्। How can be positive transfer used in learning? Write any two ways.

 

 

७ बालबालिकाको सिकाइमा अभिभावक शिक्षाको कस्तो भूमिका हुन्छ ? दुई बुंदामा प्रस्ट पार्नुहोस् ।What is the role of parental education in children's learning? Write in two points.

 

 

८. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्तका कुनै दुईओटा शैक्षिक प्रयोगहरू लेख्नुहोस् ।Write any two educational applications of classical conditioning theory.

 

 

९. सिकाइमा पृष्ठपोषणको प्रयोग गर्ने कुनै दुई तरिकाहरू लेख्नुहोस् । Write any two techniques of using feedback in learning.

 

 

१०. स्मृति बढाउने कुनै दुई व्यावहारिक उपायहरू लेख्नुहोस् । Write any two practical techniques of improving retention.

 

 

११.परामर्श भनेको के हो ? What is counseling?

 

 

समूह (ख)

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: Write short answers of the following questions. ८ x ५ = ४०

 

१२. मानव विकासका कुनै चार विशेषताहरू लेख्नुहोस् र कुनै दुई ओटाको छोटकरीमा वर्णन गर्नुहोस्। (२+३) Write any four characteristics of human development and explain any two of them in brief.

 

अथवा (or)

 

 मानव वृद्धि र विकासका कुनै पाँच ओटा फरकहरू लेख्नुहोस् ।Write any five differences between human growth and development.

 

 

 १३. उत्तर बाल्यावस्थाका कुनै चारओटा विकासात्मक कार्यहरूको सूची तयार गरी कुनै एककोउदाहरणसहित व्याख्या गर्नुहोस् । (२+३) Make a list of any four developmental task of late childhood and explain any one with examples.

 

अथवा (or)

 पूर्व बाल्यावस्थाका कुनै चार ओटा सङ्कटहरूको सूची तयार गरी कुनै एकको उदाहरणसहित व्याख्या गर्नुहोस् । (२+३) Make a list of any four hazards of early childhood and explain any one of them with examples.

 

 

१४. उत्तर वाल्यावस्थाको संवेगात्मक विकासको ढाँचालाई छोटकरीमा व्याख्या गर्नुहोस् ।Explain in brief the pattern of emotional development in late childhood.

 

 

 १५. शिक्षण सिकाइ प्रक्रियामा अभिभावकहरूको सहभागिता बढाउने कुनै पाँचओटा व्यावहारिक उपायहरू प्रस्तुत गर्नुहोस् ।Present any five practical ways of increasing the parental participation in teaching learning process.

 

 

१६. परिपक्वता भनेको के हो ? परिपक्वता र सिकाइ बिचको सम्बन्धलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् । (१+४) What is maturity? Clarify the relationship between maturity and learning with examples.

 

 

१७ पथप्रदर्शनले बालबालिकाको सिकाइमा कसरी सहयोग गर्दछ ? व्याख्या गर्नुहोस् । How does guidance help in children's learning? Explain.

 

 

१८. विद्यालयमा बाल स्याहार र बालविकासलाई एकीकृत गर्ने कुनै पाँच तरिकाहरू प्रस्तुत गर्नुहोस् ।Present any five methods of integrating child care and child development in schools.

 

 

१९. नेपालको विद्यालयमा प्रयोग भइरहेका पूर्व विद्यालयीय सिकाइका तरिकाहरूको विश्लेषण गर्नुहोस् । Analyze the pre-school learning approaches used in Nepalese schools.

 

 

समूह (ग)

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् : ३ x ८ = २४  

 

२०.मानौं तपाईं कुनै बालविकास केन्द्रको सहजकर्ता हुनुहुन्छ । यस्तो अवस्थामा पूर्व बाल्यावस्थाका बालबालिकाको भाषिक विकासका लागि कसरी सहयोग गर्नु हुन्छ ? कुनै चारओटा व्यावहारिक उपायहरू पहिचान गरी तिनीहरूको छोटकरीमा व्याख्या गर्नुहोस् । (२+६) Suppose that you are the facilitator of a child development center. How do you help the children of early childhood stage for their language development? Identify any four practical methods and explain them in short.

 

 

 

२१.उत्प्रेरणाको अवधारणालाई प्रस्ट पार्नुहोस् । उत्प्रेरणाले सिकाइलाई कसरी सहयोग गर्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् । (३+५) Clarify the concept of motivation. How does motivation help for learning? Explain with examples.

 

अथवा (or)

 

 

सिकाइको सामाजिक-सांस्कृतिक सिद्धान्तको परिचय दिनुहोस् । यस सिद्धान्तअनुसार बालबालिकाहरूले कसरी सिक्छन् ? उदाहरणसहित प्रस्ट पार्नुहोस् । (३+५) Give an introduction to socio-cultural theory of learning. According to this theory, how does a child learn? Clarify with examples.

 

 

२२.नेपालको विद्यालयमा बालकेन्द्रित सिकाइको वर्तमान अवस्था विश्लेषण गर्दै बालकेन्द्रित सिकाइ विधिहरूको प्रयोग गर्ने व्यावहारिक उपायहरू सुझाउनुहोस् । Analyze the existing situation of early childhood learning in the schools of Nepal and suggest the practical ways of using child-centered approaches.

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login