प्रास मोडेल सेट छ

प्रास मोडेल सेट छ

प्रास वस्तुगत बहुउत्तर - SET  6            (50x2 = 100)

उत्तर अन्तिममा छ 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. शिक्षाका कार्यहरूमध्ये कुन कार्य जुनसुकै शैक्षिक पद्दतिमा पाइन्छ ?

क) संरक्षणात्मक कार्य

ख) प्रगतिशील कार्य

ग) तटस्थ कार्य

घ) क्रान्तिकारी कार्य

 

 

२. “छोराछोरी नपढाउने आमाबाबु शत्रु हुन्”, यो कसको भनाइ हो ?

क) शङ्कराचार्य

ख) विवेकानन्द

ग) नीतिशतक

घ) महात्मा गान्धी

 

 

३. किशोरावस्थामा मानसिक तनाव वा द्वन्द्व पैदा गर्ने प्रमुख स्रोत/कारण के हो ?

क) हतास र उत्ताउला व्यवहार

ख) आफ्नो समूहबाट अलग हुनु

ग) यौन चाहना

घ) आत्म-असन्तुष्टि

 

 

४. लम्बीय विधिबाट मानव अध्ययन गर्दा हुने फाइदा कुन हो ?

 का विकासका गुण विशेषताहरूमा सामान्यीकरण गर्न सकिन्छ ।

 

ख) कम खर्च र समयमा धेरै बालबालिकाहरूको अध्ययन गर्न सकिन्छ ।

 

ग) परिपक्वता र अनुभव बीचको सम्बन्धलाई विस्तृत रुपमा विश्लेषण गर्न  सकिन्छ ।

 

घ) बालबालिकाहरूबीच तुलनात्मक रुपमा अध्ययन पाइन्छ ।

 

 

 

५. तलको मध्ये कुन चाहिँ प्रतिनिधि सम्बन्धनको उदाहरण हो ?

क) जनावरबाट बालक डराउनु

ख) आमालाई देखेर बालक रुन छोड्नु

ग) भोकाएको कुकुरले खाना खोज्नु

घ इज्जतदार पेसा छान्नु

 

 

६. अस्वभाविक उद्धिपक र स्वभाविक उद्धिपक सँगसँगै प्रस्तुत गरेर स्थापित गरिने अनुबन्धनलाई के भनिन्छ ?

क) समयबद्ध अनुबन्धन

ख) संकेत अनुबन्धन

ग) समकालिन अनुबन्धन

घ) उच्चस्तरीय अनुबन्धन

 

 

 

७. सिकाइ स्थानान्तरणको कुन सिद्धान्तले शुन्य स्थानान्तरणमा विश्वास गर्दछ ?

 क) समान तत्वको सिद्धान्त

ख) संकाय सिद्धान्त

ग) सामान्यीकरणको सिद्धान्त

घ) हस्तक्षेपको सिद्धान्त

 

 

८. विद्यालय सुधार योजनाको लेखाजोखाका आधारहरूमा तलकामध्ये कुन पक्ष समावेश हुँदैन ?

क) प्राविधिक पक्ष

ख) आर्थिक पक्ष

ग) प्रशासनिक पक्ष

घ) मानवीय पक्ष

 

 

९. कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापको लागि योजना निर्माण गर्दा सबैभन्दा महत्वपूर्ण पक्ष के हुन्छ ?

क) विद्यार्थीको प्रवेश व्यवहार

 

ख) विद्यार्थीको सिकाइ व्यवहार

 

ग) विद्यार्थीको अन्तिम व्यवहार

 

घ) विद्यार्थीको सिकाइका सम्पूर्ण व्यवहार

 

 

१०. गाउँ/नगर शिक्षा योजनाको ढाँचामा समावेश नहुने विषय के हो ?

क) परिचय र औचित्य

ख) साँस्कृतिक पृष्ठभूमि

ग) अवस्था विश्लेषण

घ) प्रमुख मुद्धा र समस्या

 

 

११. शिक्षण रणनीतिको मुख्य जोड कुन पक्ष माथि हुन्छ ?

क) लक्ष्यको प्राप्तिमा

ख) शिक्षण विधिको प्रयोगमा

ग) शिक्षण वातावरणको व्यवस्थापनमा

घ) विद्यार्थीहरूको आवश्यकतामा

 

 

१२. “शिक्षक कुनै शिक्षण विधिको भक्त हुनु हुँदैन, आवश्यकता अनुसार शिक्षण विधिको निर्माता र प्रयोगकर्ता आफै हुनुपर्छ", यो कसको भनाइ हो ?

 क) सुकरात

ख) बटलर

ग) अरस्तु

घ) प्लेटो

 

 

१३. खोज शिक्षण विधि कुन विषय शिक्षण गर्दा सबैभन्दा उपयोगी हुन्छ ?

क) नेपाली

ख) अङ्ग्रेजी

ग) गणित

घ) सामाजिक शिक्षा

 

 

१४. कक्षा १ देखि ३ सम्म एकिकृत पाठ्यक्रमको परीक्षण कहिलेबाट भयो ?

क) शै. स. २०७३

ख) शै. स. २०७४

ग) शै. स. २०७५

घ) शै. स. २०७६

 

 

१५. कक्षा १ देखि ५ सम्म सबै कक्षामा हामी र हाम्रो समुदाय भन्ने विषयवस्तु पढाइन्छ । यो विषयवस्तुको कस्तो सङ्गठन हो?

क) लम्बीय

ख) समतलीय

ग क्षितीजिय

घ) एकिकृत

 

 

१६. हालको निम्न माध्यमिक तहमा नागरिक तथा नैतिक शिक्षा विषय कहिलेबाट पठन पाठन गर्न थालिएको हो ?

 क) वि. सं. २०५८

ख वि. सं. २०५९

ग) वि. सं. २०६०

घ) वि. सं. २०६१

 

 

१७. मौखिक परीक्षाले विद्यार्थीको के-कस्तो सक्षमताको मूल्याङ्कन गर्दछ ?

क) संज्ञान सिप

ख) व्यावहारिक सिप

ग) अभिव्यक्ति सिप

घ) माथिका सबै

 

 

१८. नेपालको विद्यालय शिक्षामा आन्तरिक मूल्याङ्कनको प्रारम्भ कहिले देखि भएको हो ?

क) विद्यालय क्षेत्र सुधार कार्यक्रम पछि

 

ख) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना पछि

 

ग) राष्ट्रिय शिक्षा पद्धतिको योजना पछि

 

घ) पाठ्यक्रम कार्यान्वयन योजना पछि

 

 

१९. विशिष्टीकरण तालिकाले सुनिश्चित गर्ने पक्ष कुन हो ?

क) विषयगत वैधता

ख) समवर्ती वैधता

ग) विश्वसनीयता

घ) मुल्याङ्कन

 

 

२०. समाहित शिक्षा कार्यक्रम तलकामध्ये कुन जिल्लामा परीक्षणका रुपमा सञ्चालन गरिएको थिएन ?

 क) सिन्धुपाल्चोक

ख) उदयपुर

ग) बाँके

घ) दाङ

 

 

२१. कुन शैक्षणिक संगठनमा क्षमता र उपलञ्चि अनुसार शिक्षण सिकाइ गरिन्छ ?

क) कक्षा शिक्षण

ख) विषय शिक्षण

ग बहुकक्षा शिक्षण

घ) मिश्रित शिक्षण

 

 

२२. राष्टिय स्तरमा निर्धारण गरिएका आधारअनुसार पहिचान गरिएका विद्यालयहरूमा बहुकक्षा शिक्षणलाई के का रुपमा लागु गरिन्छ?

 क) शैक्षणिक पद्दति

ख) शिक्षण विधि

ग) मूल्याङ्कन प्रक्रिया

घ) सिकाइ प्रक्रिया

 

 

२३. बालबालिकाको विद्यालय शिक्षाको अवसर र तिनले सामना गरेका विभिन्न परिस्थितिजन्य समानताको अवसर दुबैलाई प्रतिविम्बित गराउनका लागि डिजाइन गरिएको सूचक तलका मध्ये कुन हो?

 क) समता सूचक

ख) प्रभाव सूचक

ग) प्रभावकारिता सूचक

घ) सक्षमता सूचक

 

 

२४. शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा तलका मध्ये कुन कार्य पर्दैन ?

क) तथ्याङ्क सङ्कलन

ख) तथ्याङ्क प्रशोधन

ग) तथ्याङ्कको उपयोग

घ) तथ्याङ्क विश्लेषण

 

 

२५. Histogram को प्रयोगबाट कुन कुरा पत्ता लगाउन सकिन्छ ?

 क) फैलावट

ख) बहुलक

ग। मध्यक

घ) मध्यिका

 

 

२६. कुनै शिक्षक दश वर्ष भन्दा बढी १५ वर्षसम्म सेवा गरेर अवकाश भएमा उक्त शिक्षकले कति उपदान पाउँछ ?

क) काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब

 

ख) काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब

 

ग) काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी दुई महिनाको तलब

 

घ) एकमुष्ट एक लाख

 

 

२७. क्षेत्रीय शिक्षा निर्देशनालयबाट १५० घण्टे आधारभूत तालिम कार्यक्रम कहिलेबाट शुरु भएको थियो ?

क) वि. सं. २०४२

ख) वि. सं. २०४४

ग) वि. सं. २०४५

घ) वि. सं. २०४६

 

 

२८. तीन तहको सुपरीवेक्षण व्यवस्था भएको सार्क मुलुक कुन हो?

क) पाकिस्तान

ख) भारत

ग) बंगलादेश

घ) श्रीलंका

 

 

 

२९. “इन्सपेक्टर भन्दा निरीक्षक राख्नु राम्रो हुन्छ । उनीहरूको काम सल्लाह दिनु हो । शिक्षकको कामको मूल्याङ्कन गर्न हेड मास्टर नै जिम्मेवार हुन्छन् । यो भनाइ कुन प्रतिवेदनको हो?

 क) राष्ट्रिय शिक्षा योजनाको प्रतिवेदन, २०११

 

ख) सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८

 

ग) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९

 

घ) राष्ट्रिय शिक्षा पद्धतिको योजनाको मध्यावधि मूल्याङ्कन, २०३१

 

 

 

३०. निरीक्षणमा समन्वय, उत्प्रेरणा, सुमधुर सम्बन्ध, सिर्जनशीलता, शिक्षकहरूको आत्मोन्नति, साझा उत्तरदायित्व आदिमा जोड दिने सुपरीवेक्षण कुन हो ?

 क) दक्षतामूलक सुपरीवेक्षण

ख) अनुसन्धानात्मक सुपरीवेक्षण

ग) सामूहिक सहयोगात्मक सुपरीवेक्षण

घ) आधुनिक सुपरीवेक्षण

 

 

३१. राजा सिद्धिनरसिंह मल्लले कतिवटा बहालहरूमा भिक्षु र भिक्षु बन्न लागेकालाई छुट्टाछुट्टै शिक्षा र पेशा गर्न लगाएका थिए ?

क) ६२

ख)६५

ग)६८

घ) ७१

 

 

३२. नीलदेव पन्त र उनका छोरा वाचस्पती पन्तले संस्कृत पाठशाला कति शालमा खोलेका थिए ?

क) वि. सं. १९२७

ख) वि. सं. १९३७

ग) वि. सं. १९४७

घ) वि. सं. १९५७

 

 

३३. नेपाल सरकारले तलकामध्ये कुन धार्मिक प्रकृतिका विद्यालयलाई एकमष्ट अनुदान उपलब्ध गराउने गरेको छ?

क) मदरसा र गुम्बा

 

ख) मदरसा, गुम्बा र गुरुकुल

 

ग) मदरसा, गुम्बा, बिहार, गुरुकुल आश्रम ।

 

घ) मदरसा, गुम्बा, बिहार, गुरुकुल/आश्रम र चर्च

 

 

 

३४. पन्धौं योजनाको अन्त्यसम्ममा आधारभूत तहमा खुद भर्नादर कति प्रतिशत पुगेको हुनेछ ?

क) ९० प्रतिशत

ख) ९२.३ प्रतिशत

ग) ९९ प्रतिशत

घ) ९९.५ प्रतिशत

 

 

 

३५. सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ अनुसार शिक्षाको संरचना कस्तो थियो ?

क) ३+२+३+२

ख) ५+३+२

ग) ५+६+३

घ) ३+४+३

 

 

३६. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ का अनुसार शिक्षक उत्पादन कार्यक्रमलाई कति भागमा विभाजन गरिएको छ ?

 क) २

ख)३

ग)४

 घ) विभाजन नगरिएको

 

 

३७. उच्चस्तरीय शिक्षा आयोग, २०७४ को अध्यक्ष को हुन् ?

क) विद्याधर मल्लिक

ख) गोपालमान श्रेष्ठ

ग) शान्तबहादुर श्रेष्ठ

घ) बालानन्द पौडेल

 

 

 

३८. सबैका लागि शिक्षा कार्यक्रमले कक्षा ५ को सिकाइ उपलब्धि ८० पुऱ्याउने लक्ष्य राखेको थियो । सन् २०१५ मा गणित विषयको सिकाइ उपलब्धि कति थियो

क) ४६

ख) ४९

ग) ५३

घ) ५५

 

 

३९. विद्यालय क्षेत्र विकास योजना अनुसार सन् २०२२ मा आधारभूत तहमा महिला शिक्षकको प्रतिशत ५० पुगेको हुनेछ भने माध्यमिक तहमा कति पुग्ने लक्ष्य निर्धारण गरेको छ ?

क) ४२ प्रतिशत

ख) ३२ प्रतिशत

ग) २२ प्रतिशत

घ) १६ प्रतिशत

 

 

४०. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले कहिलेबाट नीजि स्तरमा प्राविधिक विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गर्न थालेको हो ?

क) वि. सं. २०५०

ख) वि. सं. २०५१

ग) वि. सं. २०५२

घ) वि. सं. २०५३

 

 

४१. विद्यालय क्षेत्र विकास योजनाले उल्लेख गरे अनुसार निरन्तर शिक्षा प्रदान गर्न कति सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा हुनेछन् ?

क) ४५६८

ग) ३२३२

घ) ४२४२

 

 

 

४२. शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति र नियमन कसको कार्यक्षेत्रमा पर्दछ ?

 क) संघीय

ख) प्रादेशिक

ग) स्थानीय

घ) सबैको साझा

 

 

४३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ नेपालको संविधान, २०७४ को कुन धारा र उपधारा बमोजिम व्यवस्थापिका संसदले बनाएको हो?

क) धारा १३३ को उपधारा १ र २

ख) धारा २३६ को उपधारा १

ग) धारा १९६ को उपधारा १

घ) धारा २९६ को उपधारा १

 

 

 

४४, कुनै प्राथमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी भएमा उक्त विद्यालयमा कति जना महिला शिक्षकको पद अनिवार्य हुन्छ ?

क)२

ख)३

ग) ४

घ) ५

 

 

 

४५. विद्यालयमा विद्यार्थीहरूले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्ने जिम्मेवारी कसको हो ?

क) शिक्षकहरू

ख) प्रधानाध्यापक

ग) शिक्षक अभिभावक सङ्घ

घ) विद्यालय व्यवस्थापन समिति

 

 

 

४६. प्रदेश सभाको सचिव कसरी नियुक्त हुन्छ ?

क) प्रदेश सभाका सदस्यहरूको मतदानबाट

 

ख) प्रदेश सभामुखले सभाको सिफारिसबाट

 

ग) प्रदेश सभामुखको सिफारिसमा प्रदेश प्रमुखले

 

घ) मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले

 

 

 

४७. नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत शिक्षासँग सम्बन्धित कतिवटा नीति रहेका छन् ?

 क) ३ वटा

ख) ४ वटा

ग) ५ वटा

घ) ६ वटा

 

 

४८, कार्यालय व्यवस्थापनमा तलको कुन पर्दैन ?

क) कार्यालय कार्यविधि

ख) कर्मचारी व्यवस्थापन

ग) सम्पति व्यवस्थापन

घ) सेवाग्राही व्यवस्थापन

 

 

 

४९. विद्यार्थीले प्राप्त गरेका विविध उपलब्धिलाई सूचिकृत गरी मूल्याङ्कनको आधार तयार पार्ने कार्यलाई के भनिन्छ ?

 क) स्तर निर्धारण

ख) कार्य सञ्चयिका

ग) मापदण्ड निर्धारण

घ) मानक निर्धारण

 

 

 

५०. आ. व. २०७८/०७९ को बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कति बजेट विनियोजन गरिएको छ ?

क) रु. १८ अर्ब ३४ करोड

ख) रु. ८ अर्ब ७३ करोड

ग) रु. ५ अर्ब ५५ करोड

घ) रु. १० अर्ब

 

समाप्त

 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login