- Home
- Show Content
प्रास मोडेल सेट सात
प्रास मोडेल सेट सात
प्रास वस्तुगत बहुउत्तर - SET 7 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१. राणाकालीन समयमा कडेंलचोकले के सम्बन्धी कार्य गर्दथ्यो ?
क) बजेट तयार गर्ने
ख) भ्रष्ट आचरण विरुद्ध कार्य
ग) खर्चको हिसाब गर्ने
घ) सुन, चाँदी आभूषण सम्बन्धी
२. नेपालका तालहरूको सम्वन्धमा कुनचाही असत्य छ ?
क) रारा ताल गोखुर आकारको छ।
ख) फोक्सुन्डो ताललाई रिग्म ताल पनि भनिन्छ ।
ग) कपिलवस्तु जिल्लामा पर्ने जाखिरा तालमा साइबेरियाबाट दर्जनभन्दा बढी प्रकारका चरा आई बस्छन् र बच्चा हुर्काएर फर्किन्छन् ।
घ) सुर्मा सरोवर हत्केला आकारको छ।
३. जोडा मिलाउनुहोस् ।
समूह "क" समूह "ख"
a.लोपोन्मुख समूह 1. कमाल
b.अति सीमान्तकृत समूह 2. याख्या
c.सीमान्तकृत समूह 3. राजी
d.सुविधा वञ्चित समूह 4. माझी
क) a-2, b-1,c-4,d-3
ख) a-4, b-3,c-1,d-2
ग) a-3, b-4,c-1,d-2
घ) a-2, b-3,c-4,d-1
४. जुद्धशमशेरका पालामा ११ पासेलाई के भनिन्थ्यो ?
क) निजामती प्रथमा
ख) निजामती द्वितीया
ग) निजामती तृतीया
घ) माथिका सबै
५. प्रथम विश्वविद्यालय योजना कमिसनमा कतिजना सदस्य थिए ?
क) २२ जना
ख) २५ जना
ग) २८ जना
घ) ३२ जना
६. राज्यका निर्देशक सिद्धान्तमध्ये दोस्रो कुन उद्देश्यसँग सम्बन्धित छ ?
क) राजनीतिक उद्देश्य
ख) सामाजिक र सांस्कृतिक उद्देश्य
ग) आर्थिक उद्देश्य
घ) अन्तराष्ट्रिय सम्बन्ध
७. अन्तर प्रदेश परिषद् कति सदस्यीय हुने व्यवस्था रहेको छ ?
क) ४ सदस्यीय
ख) ३ सदस्यीय
ग) ७ सदस्यीय
घ) ५ सदस्यीय
८. नेपालको निशान छापको आकारको बारेमा कस्तो व्यवस्था गरिएको छ ?
क) आवश्यकता अनुसार ठूलो वा सानो बनाउन सकिने
ख) ६ x ५ आकारको हुनुपर्ने
ग) संघीय कानुनले तोकेबमोजिम हुनुपर्ने
घ) नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनुपर्ने
९. वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संशाधन विकास सम्बन्धी संघ र प्रदेशको साझा अधिकार कति औं क्रममा रहेको छ ? -
क) २२ औं
ख) २१ औं
ग) २० औं
घ) १९ औं
१०. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११ ले प्रारम्भिक कक्षाका कुन-कुन विषयलाई एकीकरण गर्न सिफारिस गरेको थियो ?
क) विज्ञान र गणित
ख) सामाजिक शिक्षा र शारीरिक शिक्षा
ग) विज्ञान र सामाजिक शिक्षा
घ) स्वास्थ्य शिक्षा र शारीरिक शिक्षा
११. १० वर्ष राम्रो काम गरेमा प्र. अ. लाई द्धितीय र शिक्षकलाई तृतीय श्रेणीमा बढुवा गर्ने तथा शिक्षकलाई स्थायी र पेन्सनको व्यवस्था गर्न सिफारिस गर्ने प्रतिवेदन कुन हो?
क) राष्ट्रिय शिक्षा पद्धतीको योजना, २०२८
ख) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
ग) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८
घ) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११
१२. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) ले प्रौढ शिक्षा मार्फत वार्षिक कति जनालाई साक्षर बनाउने लक्ष्य राखेको छ ?
क) ५० हजार
ख) २५ हजार
ग) १ लाख
घ) ८० हजार
१३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार साक्षरताको आधारभूत तहलाई प्राथमिक शिक्षाको कति कक्षा सरह मानिन्छ ?
क) कक्षा २
ख) कक्षा ३
ग) कक्षा ४
घ) कक्षा ५
१४. उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले स्थानीय निकायहरूले आफ्नो कुल बजेटको कति प्रतिशत बजेट शिक्षा क्षेत्रको भौतिक विकास तथा गुणस्तर विकासमा विनियोजन गर्न सिफारिस गरेको थियो ?
क) १० प्रतिशत
ख) १२ प्रतिशत
ग) १५ प्रतिशत
घ) १७ प्रतिशत
१५. शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन, २०५८ ले विद्यालयलाई कति श्रेणीमा विभाजन गर्न सिफारिस गरेको थियो ?
क) २ श्रेणी
ख) ३ श्रेणी
ग) ४ श्रेणी
घ) ५ श्रेणी
१६. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार विद्यालय तहको सिकाइ क्षमता स्तर कति तहको रहेको छ ?
क) ३ तह
ख) ४ तह
ग) ५ तह
घ) ६ तह
१७. उपयुक्त, सान्दर्भिक एवम् गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रदान गर्ने भन्ने प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम नीति, २०६९ को ........... हो।
क) उद्देश्य
ख) नीति
ग) रणनीति
घ) कार्यनीति
१८. देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई सेनिटरि प्याड निःशुल्क उपलब्ध गराउने कार्यक्रम नेपाल सरकारको कुन आ. व. को नीति तथा कार्यक्रम अन्तर्गत पर्दछ ?
क) आ. व. २०७४/०७५
ख) आ. व. २०७५/०७६
ग) आ. व. २०७६/०७७
घ) आ. व. २०७७/०७८
१९. दूर तथा खुला शिक्षा नीति, २०६३ का नीतिहरूमा तलको कुन पर्दैन ?
क) विभिन्न चाहना भएका सिकारुहरूका लागि शिक्षामा पहुँचको विकास गर्ने
ख) परम्परागत शिक्षाको गुणस्तर वृद्धि गर्ने
ग) औपचारिक शिक्षा र नेतृत्व विकासको प्रवर्धन गर्ने
घ) ज्ञान र सिपको प्रमाणीकरण गर्ने प्रणालीको स्थापना गर्ने
२०. विद्यालय क्षेत्र सुधार योजना २००९-२०१५ कुन सम्मेलनसँग सम्बन्धित छ ?
क) जोम्टिन सम्मेलन
ख) डकार सम्मेलन
ग) इन्चोन सम्मेलन
घ) कराँची सम्मेलन
२१. नेपालमा राष्ट्रिय मानव अधिकार आयोगको गठन कहिले भएको हो ?
क) वि. सं. २०५७/०२/१३
ख) वि. सं. २०५८/०२/१३
ग) वि. सं. २०५९/०२/१३
घ) वि. सं. २०६०/०२/१३
२२. शिक्षामा सशक्तिकरणको सिद्धान्त कसले प्रतिपादन गरेका हुन् ?
क) अल्भिन टफलर
ख) गिटी प्यारेज
ग) कुम्बस
घ) सर्ल अलिन्सी
२३. प्रारम्भिक बालशिक्षा अर्न्तगत विषयगत सिप सिकाइको क्षेत्रका लागि वार्षिक कति समय पठनपाठन हुन्छ ?
क) ५७६ घण्टा
ख) ३८४ घण्टा
ग) १९२ घण्टा
घ) २८८ घण्टा
२४. “प्रमाणपत्रको रोगबाट मुक्त भएको शिक्षा नै अनौपचारिक शिक्षा हो" भन्ने विद्धान को हुन् ?
क) इभान इलिच
ख) रोनाल्ड डोर
ग) पाउलो फ्रेरे
घ) माल्कम नोल्स
२५. खला तथा दूर शिक्षाको सुरुवात कहाँबाट भएको पाइन्छ ?
क) अमेरिका
ख) जापान
ग) चीन
घ) बेलायत
२६. विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, मूल विषयको पाठ्यक्रम, नमूना पाठ्यपुस्तक र नियमन सम्बन्धी कार्य कसको कार्यक्षेत्र भित्र पर्दछ ?
क) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
ख) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
ग) शिक्षा विकास निर्देशनालय
घ) शिक्षा विकास तथा समन्वय इकाई
२७. शिक्षा ऐन, २०२८ (संशोधन सहित) अनुसार विद्यालयीय अनुमति भन्नाले के बुझिन्छ?
क) अस्थायी स्वीकृती
ख) स्थायी स्वीकृती
ग) नियमित स्वीकृती
घ) आवधिक स्वीकृती
२८. शिक्षा ऐन, २०२८ (संशोधन सहित) अनुसार विद्यालयको कोषमा कति प्रकारका रकमहरू हुनेछन् ?
क) ३ प्रकारका
ख। ४ प्रकारका
ग) ५ प्रकारका
घ) ६ प्रकारका
२९. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा कतिमा गाउँपालिका तथा नगरपालिकाका शिक्षा सम्बन्धी अधिकार प्रस्तुत गरिएको छ ?
क) दफा ११(१)झ
ख। दफा ११ (२) झ
ग) दफा ११ (२) ज
घ) दफा ११ (१) ज
३०, शिक्षा नियमावली, २०५९ अनुसार निरीक्षकका काम, कर्तव्य र अधिकारलाई कति नियममा समावेश गरिएको छ ?
क) नियम १६
ख) नियम १७
ग) नियम १८
घ) नियम १९
३१. माध्यमिक विद्यालयको नामाकरण आफ्नो नामबाट गर्न विद्यालयलाई कति सहयोग गर्न पर्दछ ?
क) १० लाख रुपैयाँ तथा सो बराबरको घर वा जग्गा
ख) २० लाख रुपैयाँ तथा सो बराबरको घर वा जग्गा
ग) ३० लाख रुपैयाँ तथा सो बराबरको घर वा जग्गा
घ) ३५ लाख रुपैयाँ तथा सो बराबरको घर वा जग्गा
३२. असमर्थ निजामती कर्मचारीको सम्बन्धमा नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भई आएमा नेपाल सरकारले कति सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ?
क) बढीमा ७ वर्ष
ख। बढीमा १० वर्ष
ग) बढीमा ५ वर्ष
घ) बढीमा ४ वर्ष
३३. निजामती सेवा नियमावली, २०५० अनुसार नेपाल शिक्षा सेवा अन्तर्गत कति समूह तथा उप समूह रहेका छन् ?
क) ३ समूह ६ उपसमूह
ख) ६ समूह ६ उपसमूह
ग) ८ समूह ११ उपसमूह
घ) ९ समूह १८ उपसमूह
३४. निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले कति समय भित्र सम्बन्धित कार्यालयमा हाजिर हुन जानु पर्दछ ?
क) १५ दिन
ख) २१ दिन
ग) १० दिन
घ) १ महिना
३५. निजामती सेवा ऐन, २०४९ कहिले देखि लागू भएको हो ?
क) वि. सं. २०५० असार २८
ख) वि. सं. २०५० जेठ ४
ग) वि. सं. २०४९ मंसिर २३
घ) वि. सं. २०५० कार्तिक ३
३६. सबैभन्दा छिटो केन्द्रिय प्रवृतिको मान पत्ता लगाउन तलका मध्ये कुन प्रयोग गरिन्छ ?
क) मध्यक
ख) मध्यिका
ग) रीत
घ) स्तरीय भिन्नता
३७. शोधग्रन्थ, राष्ट्रिय जनगणना, आर्थिक सर्वेक्षण, अध्ययन प्रतिवेदन तथा विभिन्न अभिलेखबाट प्राप्त तथ्याङ्कलाई कुन स्रोत अन्तर्गत राखिन्छ ?
क) प्राथमिक स्रोत
ख) द्वितीय स्रोत
ग) अवलोकनीय स्रोत
घ) क र ख दुवै
३८. शैक्षिक तथ्याङ्क संकलनमा विद्यालयगत सफ्टवेयर School Level Excel Based Software विकास गरी कहिले अनिवार्य रुपमा तथ्याङ्क संकलन गर्ने व्यवस्था गरियो ?
क) शै. स. २०७०
ख) शै. स. २०७१
ग) शै. स. २०७२
घ) शै. स. २०७३
३९. सम्बन्धित तहको उमेर समूह भित्रको विद्यार्थी सङ्ख्यालाई सम्बन्धित उमेर समूहको जनसङ्ख्याले भाग गर्दा आउने अनुपातलाई के भनिन्छ ?
क) खुद भर्नादर
ख) कुल भर्नादर
ग) साक्षरता दर
घ) विद्यार्थी शिक्षक अनुपात
४०. “पाठ्यक्रमले विद्यार्थीलाई पढाइने विषयवस्तु सूचित गर्दछ ।" यो भनाई कसको हो?
क) बिउच्याम्प
ख) सेलर र अलेकजेण्डर
ग) रोबर्ट उलिच
घ) क्रो एण्ड क्रो
४१. शैक्षिक उद्देश्य अन्तर्गत भावनात्मक क्षेत्रका तहहरूको क्रम कुन हो ?
क) ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङकन
ख) प्राप्त गर्नु, प्रतिक्रिया जनाउनु, मान्यता दिनु, संगठन र चारित्रीकरण
ग) प्रत्यक्षीकरण, तयार, निर्देशित प्रक्रिया, यान्त्रिकीकरण, जटिल कार्यको प्रतिक्रिया र मौलिकपन
घ) कुनै पनि होइन
४२. कुनै वस्तु वा सामाग्रीमा भएको गुणको परिमाणात्मक मात्रालाई बराबर एकाइको अन्तर भएको स्केलमा न्युनतम देखि अधिकतम सम्मको क्रममा राखी अङ्क प्रदान गर्ने कार्यलाई मापनको कुन स्केल अन्तर्गत राख्न सकिन्छ ?
क) नामरुपी स्केल
ख) क्रमागत स्केल
ग) अन्तराल स्केल
घ) अनुपातिक स्केल
४३. परीक्षणका साधनका प्रत्येक पदहरूमा सही उत्तर दिने विद्यार्थीहरूको अनुपात र उक्त परीक्षणबाट प्राप्त अङ्कको विचलनलाई आधार मानी विश्वसनीयता गणना गर्ने विधि कुन हो ?
क) परीक्षण पुनः परीक्षण विधि
ख) समानान्तर प्रारुप विधि
ग) अर्धविभाजन विधि
घ) कुडर रिचार्डसन विधि
४४, पन्धौं योजनाको अन्त्यसम्म मातृभाषामा पठनपाठन हुने विद्यालय सङ्ख्या कति प्रतिशत पुऱ्याउने लक्ष्य छ ?
क) १५ प्रतिशत
ख) १८ प्रतिशत
ग) २० प्रतिशत
घ) २२ प्रतिशत
४५. समूह सुपरीवेक्षणको प्रचलन भएको मुलुक कुन हो?
क) पाकिस्तान
ख) श्रीलंका
ग) भारत
घ बंगलादेश
४६. निरीक्षणको प्रमुख कार्य उत्तम शिक्षण विधि वा उपयुक्त शैक्षिक सिद्धान्तहरूको खोजी गर्नु र तिनीहरूलाई शिक्षकद्धारा लागू गराउनु हो भन्ने मान्यता कुन प्रकारको निरीक्षणले राख्दछ ?
क) प्रशासनिक निरीक्षण
ख) दक्षतामूलक निरीक्षण
ग) सामूहिक सहयोगात्मक निरीक्षण
घ) अनुसन्धानात्मक सुपरीवेक्षण
४७. सुपरीवेक्षण चक्रको तेस्रो चरणमा पर्ने कुरा तलका मध्ये कुन हो?
क) सुपरीवेक्षण योजना
ख) शिक्षकहरूसँग छलफल
ग) सुपरीवेक्षण क्रियाकलाप
घ) कक्षा अवलोकन
४८. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार पाँचौं सक्षमता कुन हो?
क) सञ्चार तथा सहकार्य
ख) सूचना तथा सञ्चार प्रविधि
ग) विषयवस्तुको ज्ञान
घ) कक्षा अवलोकन
४९. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले सम्बन्धित शैक्षिक तालिम केन्द्रमा बुझाएको प्रतिवेदन मूल्याङ्कनको लागि कति अङ्क छट्याइएको छ?
क) १०
ख) ५
ग) १२
घ) १५
५०, आ. व. २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ ?
क) १ खर्ब ८० अर्ब ४ करोड
ख) १ खर्ब २२ अर्ब ७७ करोड
ग) २ अर्ब ७४ करोड
घ) १ खर्ब ६७ अर्ब ३७ करोड
समाप्त
facebook :


all good
Leave a review