- Home
- Show Content
कक्षा ११ काे रिजल्ट तयार गर्ने तरिका
कक्षा ११ काे रिजल्ट तयार गर्ने तरिका
कक्षा ११ काे रिजल्ट तयार गर्ने तरिका Video सहित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको थियो । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ ।कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरुलाई जानकारी गराउनुपर्ने स्पष्ट गरेको छ ।
कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा लिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।
यस्तै, त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ ।कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।
नोट : कक्षा ११ को परीक्षा तथा नतिजा साउन मसान्तभित्र तयार गर्नुपर्ने सूचना राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको छ । उक्त परीक्षाको नतिजा कसरी तयार गर्न सकिन्छ भन्ने बारेमा यहाँ जानकारी दिइएको छ ।यस कार्यको सहजीकरणका Indra Tamang सरले एउटा excel result sheet format तयार गर्नुभएको छ जसले हजुरलाई अवश्य सहयोग हुनेछ । त्यसका लागि दुईवटा file download गर्नुपर्छ ।एउटा तल छ भने अर्को Main File माथि गएर download गर्नुपर्छ ।
File One : Date converter Bs-AD
थप कुरा :यस कार्यमा थप सहजीकरण आवश्यक परेमा youtube मा गएर Indra Tamang सर्च गरेर __How to use excel result sheet format of grade 11 ( कक्षा ११ काे रिजल्ट सिट प्रयाेग गर्ने तरिका ) हेर्नुहोला । सहयोगका लागि Youtube Link :Indra Tamang youtube
यदि कुनै समस्या भए siknethalo@gmail.com or 9841092384 or waibaindra@gmail.com सम्पर्क गर्नुहोला ।
facebook :


Only rated.
निर्देशिका मा यस्तै छ सर।
ग्रेडसिटमा Theory र practical छुट्टा छुट्टै Grade point सहित हुनुपर्ने होइन र ?
Leave a review