- Home
- Show Content
प्रास मोडेल सेट आठ
प्रास मोडेल सेट आठ
प्रास वस्तुगत बहुउत्तर - SET 8 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१. नेपालको इतिहासमा कुन वंशको शासन काललाई अँध्यारो युग भनिन्छ ?
क) गोपाल वंश
ख) किराँत वंश
ग) लिच्छवी वंश
घ) मल्ल वंश
२. तिला नदी निम्नमध्ये कुन नदीको सहायक नदी हो?
क) बबई
ख। कर्णाली
ग) राप्ती
घ) गण्डकी
३, गाइनेहरूले विवाहमा अनिवार्य रुपमा गाउनुपर्ने गीत कुन हो ?
क) कर्खा
ख) मालश्री
ग) जयमलापता
घ) खाँडो
४. गृह आश्रम त्यागी भिक्षु बनेका र बन्न लागेका बौद्ध धर्मावलम्बीलाई कुन राजाले आफ्नो राज्यको वरपर ६८ वटा बहाल बनाई राख्न लगाएका थिए ?
क) सिद्धिनरसिंह मल्ल
ख) प्रताप मल्ल
ग) अंशुवर्मा
घ) पृथ्वीनारायण शाह
५. २००७ सालसम्म नेपालमा परम्परागत संस्कृत शिक्षा, आधुनिक अंग्रेजी शिक्षा र निजामती शिक्षा गरी तीन थरिका शिक्षा प्रणाली थिए, जसमध्ये निजामती कर्मचारीको उत्पादनतर्फ लक्षित निजामती शिक्षा कसको पालामा थालिएको थियो?
क) देव शमशेर
ख) पद्म शमशेर
ग) विर शमशेर
घ) चन्द्र शमशेर
६. सर्वोच्च अदालतका प्रधान न्यायधीश ६५ वर्षसम्म बहाल रहन सक्ने व्यवस्था छ भने न्यायधीश ....... वर्षसम्म बहाल रहन सक्ने व्यवस्था छ।
क) ६०
ख) ६२
ग) ६३
घ)६५
७. कुनै विधयक अर्थ विधयक हो होइन भनी प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्दछ ?
क) राष्ट्रपती
ख। प्रधानमन्त्री
ग) सभामुख
घ) प्रधानन्यायधिश
८. दिइएका मध्ये राष्ट्रिय सुरक्षा समितिमा नरहने को हो ?
क) नेपाल सरकारको रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री
ख) जनपद प्रहरी, सशस्त्र प्रहरी प्रमुख
ग) नेपाल सरकारको मुख्य सचिव
घ) प्रधान सेनापती
९. जोडा मिलाउनुहोस् ।
i.प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक हुनेछ ।
१) धारा २५
ii.पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ । २) धारा ३०
iii. प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा सहभागिताको हक हुनेछ ३) धारा १८
४) धारा १७
५) धारा ३९
क) i-३, ii-२, iii-५
ख) i-२, ii-१, iii-३
ग) i-२, ii-१, iii-१
घ) 1-२, ii-३, iii-५
१०, रा. शि. प. यो. द्वारा राखिएको माध्यमिक शिक्षामा व्यावसायिक विषयको पूर्णाङ्क कहिलेबाट घटाइयो ?
क) २०३८ साल पछि
ख) २०४१ साल पछि
ग) मध्यावधि मूल्याङ्कनबाट
घ) पूणांवधि मूल्याङ्कनबाट
११. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ का अनुसार प्राथमिक विद्यालयको सबैभन्दा कमजोर र बिग्रँदो पक्ष कुन हो?
क) विद्यालयको भौतिक अवस्था
ख शिक्षकहरूको कार्यदक्षता
ग) विद्यालयको व्यवस्थापन पक्ष
घ) शैक्षिक प्रशासन
१२. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ ले माध्यमिक तहलाई कुन नाम दिन सुझाव दिएको थियो ?
क) विद्यालय
ख) महाविद्यालय
ग) हाईस्कुल
घ) माध्यमिक विद्यालय
१३. उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ कहिले गठन भएको थियो ?
क) वि. सं. २०७५/०३/३२
ख) वि. सं. २०७५/०२/३२
ग) वि. सं. २०७५/०२/०३
घ) वि. सं. २०७५/०१/०३
१४. नेपाल सरकारले संघीय संरचना अनुसार शिक्षा क्षेत्रको कस्तो नीतिका रुपमा राष्ट्रिय शिक्षा नीति, २०७६ तर्जुमा गरेको हो?
क) संवैधानिक नीति
ख) कानुनी नीति
ग) मार्गदर्शक नीति
घ) रणनीतिक नीति
१५. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार नेपालको नीजि क्षेत्रको विद्यालय शिक्षामा कति प्रतिशत विद्यार्थी सेवा प्राप्त गरेका छन् ?
क) करिब १७ प्रतिशत
ख) करिब २२ प्रतिशत
ग) करिब २३ प्रतिशत
घ) करिब २५ प्रतिशत
१६. वर्तमान शैक्षिक संरचना अनुसार खुला माध्यमिक तह कति वर्षको हुने व्यवस्था छ?
क) १ वर्ष
ख) २ वर्ष
ग) ३ वर्ष
घ) ४ वर्ष
१७. दिगो विकासका लागि शिक्षाको नेतृत्वदायी भूमिका कुन संस्थाले निर्वाह गर्दै आएको छ?
क) यनेस्को
ख) युनिसेफ
ग) विश्वबैंक
घ) जाइका
१८. इन्चोन सम्मेलनमा विकासशील राष्ट्रहरूले आफ्नो राष्ट्रिय उत्पादन (GNP) को कति प्रतिशत विकासोन्मुख राष्ट्रहरूलाई खर्च गर्ने प्रतिवद्धता जनाएका थिए ?
क) ०.३
ख) १.०
ग) ०७
घ) ०.५
१९. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत तह कक्षा ६-८ को सक्षमता कुन होइन ?
क) देश प्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास
ख) लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास र विविधताप्रति सम्मान
ग) तार्किक तथा व्यवहारिक गणितीय ज्ञान, सिप र अभिवृत्ति विकास र प्रयोग
घ) श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविस्वासका साथ तयारी
२०. लैङ्गिकताका सम्बन्धमा तलका भनाइको जोडा मिलाउनुहोस् ।
i.कानुनी रुपमा महिला र पुरुषबीच समान अधिकार रहनु
१) लैङ्गिक समानता
ii.महिला र पुरुषबीच रहेको भिन्नता कम गर्ने साधन
२) लैङ्गिक समता
iii. लैङ्गिकताको साध्य (Means)
३) लैगिकता
४) लिङ्ग
क) i-१, ii-२, iii-१
ख) i-१, ii-२, iii-३
ग) i-१, ii-२, iii-४
घ) i-२, ii-१, iii-३
२१. लाहान, धनकुटा र जुम्लामा माध्यमिक तहका टेक्निकल स्कुलहरू स्थापना गर्ने कार्यक्रम कुन योजनाले राखेको हो?
क) पाँचौ पञ्चवर्षीय योजना
ख छैटौं पञ्चवर्षीय योजना
ग) चौथो पञ्चवर्षीय योजना
घ) तेस्रो पञ्चवर्षीय योजना
२२. सालामान्कामा भएको विशेष शिक्षा सम्बन्धी विश्व सम्मेलन कहिले भएको हो ?
क) सन् १९९२ जुन ५ देखि १५ सम्म
ख) सन् १९९३ जुन १० देखि १५ सम्म
ग) सन् १९९४ जून ७ देखि १० सम्म
घ) सन् १९९९ जन ७ देखि १२ सम्म
२३. नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को प्रस्तावनामा तलका मध्ये उल्लेख नभएको कुन हो?
क) खुला शिक्षा प्रणालीका नविनतम शिक्षण विधि तथा प्रविधिका माध्यमको प्रयोग
ख) विभिन्न विषयमा उच्च स्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको पहुँच
ग) नेपाल भित्र र आवस्यकता अनुसार नेपाल सरकारको स्विकृती लिएर नेपाल बाहिर पनि शैक्षिक कार्यक्रम सञ्चालन
घ) ज्ञान, सिप र प्रविधियुक्त जनशक्ति उत्पादन
२४. शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति र नियमन कस्को कार्यक्षेत्रमा पर्दछ ?
क) संघीय तह
ख) प्रादेशिक तह
ग) स्थानीय तह
घ) सबैको साझा
२५. प्रश्नपत्रको गोपनियता भङ्ग गरेमा त्यस्तो व्यक्तिलाई तोकिएको अधिकारीले कसुरको मात्रा हेरी कतिसम्म कैद वा जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ?
क) रु. २५ हजार जरिवाना वा ६ महिनासम्म कैद वा दुवै
ख) रु. ५० हजार जरिवाना वा १ वर्षसम्म कैद वा दुबै
ग) रु. १ लाख जरिवाना वा ६ महिनासम्म कैद वा दुवै
घ) रु. १ लाख जरिवाना र १ वर्षसम्म कैद वा दुवै
२६. कहिले देखि प्राथमिक शिक्षकको योग्यता दश जोड दुई (१०+२) वा प्रमाणपत्र तह सरह हुनुपर्ने व्यवस्था भएको हो?
क) २०६७ माघ ५
ख) २०६८ साउन १
ग) २०७२ चैत्र २८
घ) २०७३ असार १५
२७. शिक्षक सेवा आयोग नियमावली, २०५७ को दशौं संशोधन २०७६ ले शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको सामान्य विषयको उत्तिर्णाङ्क ५० अङ्क तोकेको छ भने विषयगत परीक्षाको उत्तिर्णाङ्क कति तोकेको छ ?
क) ३५
ख) ४०
ग) ३२
घ) ५०
२८. कुनै निजामती कर्मचारी कामको सिलसिलामा सवारी दुर्घटनामा परी मृत्यु भएमा निजले पहिले गरेको सरकारी सेवाको अवधि जोड्दा निवृत्तभरण पाउने अवस्था रहेछ भने नेपाल सरकारले निवृत्तभरणका लागि पहिलेको सेवा जोड्ने निर्णय गर्न सक्ने व्यवस्था निजामती सेवा नियमावलीको कुन संशोधनले गरेको हो
क) बाह्रौं
ख) तेह्रौं
ग) चौधौँ
घ) पन्ध्रौं
२९. निजामती सेवा नियमावलीको कुन अनुसूचीमा कर्मचारीको वैयक्तिक विवरण फारम (सिट रोल) समावेश छ?
क) अनुसूची ७
ख)अनुसूची ६
ग) अनुसूची ५
घ) अनुसूची ४
३०. नायब सुब्बा वा सो सरहका निजामती कर्मचारीहरूको लागि कति सन्ततीवृत्तीको व्यवस्था गरिएको छ ? ।
क) सुरु तलबको १० प्रतिशत
ख) सुरु तलबको १२ प्रतिशत
ग) सुरु तलबको १५ प्रतिशत
घ) सुरु तलबको २१ प्रतिशत
३१. निजामती सेवा ऐन, २०४९ चौथो पटक कहिले संशोधन भयो ?
क) वि. सं. २०७३/०५/२४
ख) वि. सं. २०७६/०१/३०
ग) वि. सं. २०७२/११/१३
घ) वि. सं. २०७२/०३/२०
३२. तथ्याङ्कशास्त्रको अध्ययनको कार्यहरूको क्रम कुन हो ?
क) तथ्याङ्कको संकलन, प्रस्तुतीकरण, विश्लेषण र निष्कर्ष
ख) तथ्याङ्कको प्रस्तुतीकरण, विश्लेषण, संकलन र निष्कर्ष
ग) तथ्याङ्कको संकलन, विश्लेषण, प्रस्तुतीकरण, र निष्कर्ष
घ) तथ्याङ्कको संकलन, निष्कर्ष, विश्लेषण र प्रस्तुतीकरण
३३. पन्धौं योजनाले योजनाको अन्त्यसम्ममा १५ वर्ष माथिको साक्षरता दर कति पुगेको हुने अपेक्षा गरेको छ ?
क) ९० प्रतिशत
ख) ९२ प्रतिशत
ग) ९५ प्रतिशत
घ) ९८ प्रतिशत
३४. Standard Score ले के जनाउँछ ?
क) Deviation Score
ख) Z Score
ग) Mean Score
घ) Percintile Score
३५. कनै निम्न माध्यमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पुरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु. २५,०००/- रहेछ भने उसको मासिक निवृत्तभरणको रकम तल दिइएका मध्ये कति हुन्छ ?
क) रु. १२,५००।-
ख) रु. १२,०००।
ग) रु. १५,२५०।
घ) रु. ११,३६३।
३६. कहिले देखि Web based IEMIS को प्रयोग गरियो ?
क) सन् २०१७/०१८ देखि
ख) सन् २०१८/०१९ देखि
ग) सन् २०१९/०२० देखि
घ) सन् २०२१/०२२ देखि
३७. कुनै तहको जम्मा विद्यार्थी सङ्ख्यालाई सम्वन्धित तहका वर्ष उमेर समूहको जनसङ्ख्याले भाग गरी आएको अङ्कलाई १०० ले गुणन गरी आएको सङ्ख्यालाई तलको कुन तथ्याङ्क निकाल्ने तरिका भनिन्छ ?
क) खुद भर्नादर (NER)
ख) सहजै देखिने भर्नादर (GER)
ग विद्यार्थी भर्नादर
घ) सम्बन्धित तहको औसत विद्यार्थी दर
३८. वालवालिकाको समस्या, चाहना तथा आवस्यकताहरू केमा प्रतिविम्बित भएका हुन्छन् ?
क) तहगत उद्देश्यहरूमा
ख) शिक्षाका राष्ट्रिय उद्देश्यहरूमा
ग) पाठ्यक्रमका सिकाइ उपलबधीहरूमा
घ) पाठ्यक्रमहरूमा
३९. आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम, २०७६ ले विषय क्षेत्र वा थिम अन्तर्गतका सिकाइ उपलब्धीको अङ्कन गरिसकेपछि विषय क्षेत्र वा थिमको समग्र उपलब्धि प्रतिशतलाई अक्षराङ्कन सँग मिलान गर्दा उपलब्धि प्रतिशत ४०-६० आउनेलाई कुन स्तरको व्याख्या गरिएको छ ?
क) C- सामान्य
ख) B- राम्रो
ग) A- उच्च
घ) D - कमजोर
४०, वर्तमान अवस्थामा चालु रहेको माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ कहिले लागू भएको हो ?
क) शै. स. २०७२
ख) शै. स. २०७५
ग) शै. स. २०७१
घ) शै. स. २०७३
४१. "मूल्याङ्कन निर्णय गर्नलाई सूचना प्रदान गर्ने विज्ञान हो ।" यो भनाई कसको हो ?
क) Stufflebeam
ख) Comback
ग) Gronlund
घ) Cresh
४२. कुनै विषयसँग सम्वन्धित गुणहरूको सूची तयार गरी त्यही सूची र क्रियाकलापका आधारमा मापन गर्नुलाई ............ भनिन्छ।
क) प्रामाणिक स्केल
ख) संख्यात्मक श्रेणी मापन
ग) सञ्चित बुंदाद्वारा स्तर निर्धारण
घ) रुजु सूची
४३. शरिर सफा राख्नु पर्दछ ? पुष्टि गर्नुहोस् भन्ने प्रश्न कुनसँग सम्बन्धित छ ?
क) छलफल गर्ने प्रश्न
ख) छोटो उत्तर आउने प्रश्न
ग) निर्णयात्मक प्रश्न
घ) मूल्याङ्कन तहको प्रश्न
४४. राष्ट्रिय शिक्षा नीति, २०७६ ले विद्यार्थी मूल्याङ्कन प्रणाली सम्बन्धमा कस्तो रणनीति लिएको छ?
क) मूल्याङ्कन प्रणालीलाई समावेशी र अपाङ्गमैत्री बनाउने
ख) मूल्याङ्कन प्रणालीलाई पूर्णतया विकेन्द्रित गरिने
ग) क्रेडिट ब्याकिड क्रेडिट टान्सफरको व्यवस्था गर्ने
घ) माथिका सबै
४५. “राम्रो सुपरिवेक्षकले सँधै शिक्षकको विकास विद्यार्थीको वृद्धि र शिक्षण सिकाइ प्रक्रियाको सुधारमा गहिरो सम्बन्ध राख्दछ।" यो परिभाषा कसको हो ?
क) Peter Olive
ख E.G. Foster
ग) Good
घ) Jane Franseth
४६. “विद्यालय शिक्षाको प्रभावकारी कार्यान्वायनका लागि समन्वयात्मक अनुगमन संरचनाको विकास र प्रयोग गरी अनुगमन तथा सुपरिवेक्षण गरिने छ । आन्तरिक तथा वाह्य अनुगमन र सुपरिवेक्षण कार्यलाई संस्थागत गरिने छ" भन्ने व्यवस्था तलका मध्ये कुनमा रहेको छ?
क) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेको
ख) राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मा रहेको
ग) राष्ट्रिय शिक्षा नीति, २०७६ मा रहेको
घ) शिक्षा ऐनको आठौँ संशोधन, २०७३ मा रहेको
४७. निरिक्षणको विकास क्रममा सामूहिक सहयोगात्मक निरिक्षणको अवधि कुन मानिन्छ ?
क)सन् १८७६-१९३६
ख) सन् १९३७-१९५९
ग) सन् १९३६-१९६०
घ) सन् २००० पछि
४८. विद्यालय वर्गीकरणका लागि सिफारिस गर्न गठित सिफारिस समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
क) गा. पा. अध्यक्ष/नगर प्रमुख
ख) शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख
ग) प्रमुख प्रशासकिय अधिकृत
घ) स्थानीय तहको शिक्षा शाखा प्रमुख
४९. प्रमाणीकरण तालिम अन्तर्गत विद्यालय केन्द्रित अभ्यास शिक्षण वा अभ्यासको प्रतिवेदन विद्यालय फर्केको कति दिनमा पेश गर्नुपर्ने व्यवस्था छ?
क) १५ दिन
ख) ३० दिन
ग) ३५ दिन
घ) ४५ दिन
५०. आ. व. २०७८/०७९ को बजेटमा शिक्षा क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ?
क) १ खर्ब २२ अर्ब ७७ करोड
ख) १ खर्ब ८० अर्ब ४ करोड
ग) २ अर्ब ७४ करोड
घ) १ खर्ब ६३ अर्ब ३७ करोड
समाप्त
facebook :


- Reviews (0)
Nothing Found...Leave a review