- Home
- Show Content
प्रेरक भनाइ दुई
प्रेरक भनाइ दुई
आखिरमा के रहेछ त यो जीवन ?
१) सुनैका अक्षरले लेखिएको किन नहोस्, अबकास पछि कर्मचारीको परिचयपत्र काम लाग्दैन ।
२) जतिसुकै महंङ्गा कारहरू किनेर ग्यारेजमा राख्नुस्, ह्विलचेयरको प्रयोग गर्ने दिन आउँदा ती काम लाग्दैनन् ।
३) जतिसुकै किमती कपडा, जुत्ता, महङ्गा सरसामान थुपार्नुस्, बिरामी पर्दा अस्पतालले दिएको गाउनले तपाइको लाज छोप्नु पर्नेछ।
४) जतिसुकै ठूलो धनराशीको बैंक व्यालेन्स गर्नुस् , तुलसीको मोठमा सुताएपछि त्यो पैसा तपाइको हुनेछैन ।
५) जतिसुकै ठूलो महल छ भनेर गर्व गर्नुस, आखिरी पर्दा चाहिने ७ फिटको जमिन मात्र हो ।
६) जतिसुकै ठूलो स्टार होटलको खाना खानुस,आखिरी पर्दा आफन्तहरुले ख्वाउने तुलसी पानी नै हो ।
७) धनी हुनुहुन्छ, निजी विमानमा चढ्न सक्नुहोला तर ख्याल राख्नुस् कि कुनै दिन अस्पतालको बेडमा चढन पनि कसैको सहारा चाहिनेछ।
८) तपाइँलाई ८४ व्यञ्जन किनेर खान पुग्छ, तर याद गर्नुस् कुनै पनि बेला तपाइको आहारा दिनमा दुई चक्की र रातमा दुई थोपा तितो औषधिमा सीमित हुने दिन पनि आउन सक्छ ।
९) सुन, हिराले नाक,कान,गला, नाडी,औंला जतिसुकै भरिपुर्ण पार्नुस्, हरिया बाँसमा कस्नुअघि एक-एक गनेर थुत्नेछन्,जाम भएर आएनछ भने पिलासले तानतुन पारेर तपाइलाई बुङ्गै पार्नेछन् ।
१०) तपाइको मरणमा लाखौ मलामी गएपनि न तपाइले देख्नुहुनेछ ,न बाँच्नेलाई तिनीहरुले तपाइको अभाव पूर्ति नै गर्नेछन् । बाँच्नेका लागि तपाइको मृत्यु मरेका भोलिपल्ट २ दिन हुनेछ ।
त्यसैले, कुनै कालखण्डमा संयोगवश कुनै पदमा पुग्दैमा वा प्रतिस्ठा आर्जन र धन आर्जन गर्दैमा सँधैका लागि होला भन्ने भ्रममा नपरौं ।
facebook :


best
yo sacho kura ho man chhoyo mero
Leave a review