- Home
- Show Content
प्रास मोडेल सेट दस
प्रास मोडेल सेट दस
प्रास वस्तुगत बहुउत्तर - SET 10 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१. निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध नेपाली काग्रेस र संयुक्त वाममोर्चा मिलेर कहिलेदेखि आन्दोलन सुरु गरे ?
(A) वि.स. २०४६ माघ १४
(B) वि.स. २०४६ फागुन १
(C) वि.स. २०४६ फागुन ७
(D) वि.स. २०४६ चैत २४
२. तलका कुन भनाइ ठिक छ?
(A) नेपालमा द्वैध शासनको सुरुवात वसन्तदेवको पालामा भएको हो
(B) लिच्छवी बंशको प्रथम राजा जयदेव प्रथमलाई मानिन्छ
(C) राज्यको उत्तराधिकोरीको रुपमा युवराजको घोषणा गर्ने चलन अन्शुबर्मा ले चलाएको हुन्
(D) लिच्छवीकालमा गाउँमा राजाको प्रतिनिधिको रुपमा हजुरिया रहन्थे
३. नेपालको कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र कोइला पाइन्छ?
(A) कुलेखानी, कोलीगण्डकी, फुलचोकी र चितवन
(B) कुलेखानी, कोलीगण्डकी, प्युठान, पाल्पा
(C) चोभार, कोलिगण्उकी, सल्यान, प्युठान
(D) फुलचोकी, कोलिगण्डकी, सल्यान, पाल्पा
४. देहायमा उल्लेखित कुन भनाइ बेठिक छ?
(A) माछापुच्छ्रे हिमाल हिमशृखलामा पर्दछ
(B) नेपालको सिमाना भारतको पाँच प्रान्तसँग जोडिएको छ
(C) बागमति नदी भारतमा पुगेपछि गन्गा नदीमा बिलय हुन्छ
(D) नेपालमा मनसुनको प्रभाव सर्वप्रथम पश्चिमी तराई क्षेत्रमा पर्दछ
५. दराई जातिहरूले तलका मध्ये कुन जिल्लामा बसोबास गरेको छन् ?
(A) दार्चुला
(B) तनहुँ
(C) सोलुखुम्बु
(D) सप्तरी
६. नेपालमा बनेको पहिलो नेपाली फिल्म कुन हो?
(A) सत्य हरिशचन्द्र
(B) माइतीघर
(C) आमा
(D) मनको बाँध
७. बालब्रहमचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेको थिए?
(A) वि.स.१९१५
(B) वि.स.१९२७
(C) वि.सं.१९३२
(D) वि.स.१९४१
८. पहिलो निजी विद्यालयको रुपमा जुद्धोदय पब्लिक हाइस्कुल कहाँ खलेको थियो ?
(A) काठमाडौं
(B) बारा
(C) विराटनगर
(D) सिराहा
९. नेपालको संविधानले सरकारी कामकाजको भाषाको सन्दर्भमा कस्तो व्यवस्था गरेको छ?
(A) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ
(B) देवनागरी लिपिमा लेखिने भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ
(C) देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ
(D) देवनागरी लिपिमा लेखिने सबै मातृभाषा सरकारी कामकाजको भाषा हुनेछ
१०. नेपालको सविधान अनुसार आर्थिक रुपले विपन्न भन्नाले के बुझिन्छ ?
(A) स्थानीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(B) प्रदेश कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(C) संघीय कानुनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति
(D) वार्षिक एक लाख वा सो बराबरको आयभन्दा कम आय भएको व्यक्ति
११. कस्तो अवस्थामा निवारक नजरबन्दमा राखिन्छ ?
(A) नेपालको सार्वभौमसत्तामा खलल पुर्याएमा
(B) भौगोलिक अखण्डतामा खलल पुयाएमा
(C) सार्बजनिक शान्ति र व्यवस्थामा खलल पुयाएमा
(D) माथिका सबै
१२. नागरिकका कर्तव्यहरू के के हुन् ?
(A) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
(B) संविधान र कानुनको पालना गर्नु तथा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु
(C) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु
(D) माथिका सबै
१२. प्राथमिक तहका पाठ्यक्रममा परियोजना कार्य राख्नको लागि सिफारिस कुन प्रतिवेदनले गरेको हो ?
(A) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११
(B) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८
(C) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८
(D) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
१४. सर्वांगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८ ले प्राथमिक तहका परीक्षा प्रणाली कस्तो बनाउन सिफारिस गरेको थियो?
(A) मौखिक र कार्यमय
(B) लिखित र मौखिक
(C) लिखित र प्रयोगात्मक
(D) मौखिक र अबलोकनीय
१५. राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८-२०३२)ले शिक्षकहरूको सेवा सुधार गर्न के कस्तो व्यवस्था गरेको थियो ?
(A) शिक्षक सेवा आयोगको गठन
(B) जिल्ला शिक्षा कोष स्थापना
(C) शिक्षक दरजन्दी र तलवस्केल निर्धारण
(D) माथिका सबै
१६. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ को अनुसार शिक्षाको उद्देश्य कुन होइन ?
(A) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकास
(B) व्यक्तिको सामाजिकीकरण र सामाजिक एकता सुदृढ
(C) समाजको आधुनिकीकरणमा सहयोग र मानव संसाधनको विकास
(D) सूचना र ज्ञानमा आधारित समाज निर्माणमा सहयोग
१७. शिक्षक तालिम नीति, २०६२ अनुसार कुन कुन संस्थाहरूलाई एउटै छातामा गाभेर शिक्षक तालिम प्रणालीलाई एकीकृत गरी सुदृढ बनाइने छ?
(A) शैक्षिक जनशक्ति विकास केन्द्र
(B) दुर शिक्षा केन्द्र
(C) माध्यमिक शिक्षा विकास केन्द्र
(D) माथिका सबै
१८.दुर तथा खुला शिक्षा नीति, २०६३ को नीतिहरूमा कुन पर्दैन ?
(A) विभिन्न चाहना भएको सिकारुहरूको लागि शिक्षामा पहुँचको विस्तार गर्ने
(B) परम्परागत शिक्षाको गुणस्तर वृद्धि गर्ने
(C) औपचारिक शिक्षा र नेतृत्व विकासको प्रबधन गर्ने
(D) ज्ञान र सिपको प्रमाणीकरण गर्ने प्रणालीको स्थापना गर्ने
१९. सबैका लागि शिक्षा सम्बन्धी बैठकको आयोजना गर्ने संस्था कुन हो ?
(A) विश्व शिक्षा मञ्च
(B) युनेस्को
(C) युनिसेफ
(D) युएनडिपि
२०. नेपालमा बालश्रम ऐन, २०४८ अनुसार कति वर्ष मुनिका केटाकेटीहरू बालबालिकाको परिभाषा भित्र पर्दछन् ?
(A) १६ वर्ष
(B) १७ वर्ष
(C) १८ वर्ष
(D) १९ वर्ष
२१. २०५७/५/१ मा स्वीकृत पाठ्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षामा खेल र आरामको लागि दैनिक १ घण्टाको दरले बार्षिक कति दिन छुट्याइएको छ?
(A) १९२
(B) २२०
(C) २३६
(D) २५६
२२. कक्षा १ देखि ३ सम्म कति पाठ्यघण्टा र कति कार्यघण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ?
(A) २६ पाठ्यघण्टा र ८३२ कार्यघण्टा
(B) ३२ पाठ्यघण्टा र १०२४ कार्यघण्टा
(C) ३० पाठ्यघण्टा र ९६४ कार्यघण्टा
(D) २६ पाठ्यघण्टा र १०२४ कार्यघण्टा
२३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को दूरदृष्टि के हो?
(A) सिपयुक्त जनता, समृद्ध नेपाल
(B) सिपयुक्त नेपाल, समृद्ध जनता
(C) सिपयुक्त हामी, समृद्ध नेपाली
(D) सिपयुक्त जनता, विकासको आधार
२४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत तलका मध्ये कुन पर्दैन ?
(A) विश्वविद्यालय अनुदान आयोग
(B) केन्द्रीय विश्वविद्यालय
(C) खुला विश्वविद्यालय
(D) शिक्षा तालिम केन्द्र
२५. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महाशाखाहरू के के हुन् ?
(A) शैक्षिक योजना तथा विकास महाशाखा
(B) मानव संशाधन महाशाखा
(C) शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा
(D) माथिका सबै
२६. शिक्षा ऐन, २०२८ (संशोधन सहित) अनुसार सार्वजनिक गुठीमा कम्तिमा कतिजना सदस्य हुन्छन् ?
(A) ३ जना
(B) ५ जना
(C) ७जना
(D) ९जना
२७. राष्ट्रिय परीक्षा बोर्डको सदस्यले आफ्नो पदीय जिम्मेवारी इमान्दारी पूर्वक पुरा नगरेमा निजलाई कसले पदबाट हटाउन सक्ने व्यवस्था छ?
(A) नेपाल सरकारले
(B) मन्त्रालयले
(C) लोक सेवा आयोगको अध्यक्षले
(D) महानिर्देशकले
२८. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्को सचिवालयको काम कसले गर्दछ ?
(A) पाठ्यक्रम विकास केन्द्र
(B) शिक्षा तथा मानव विकास स्रोत केन्द्र
(C) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(D) सामाजिक विकास मन्त्रालय
२९. निजामति सेवा ऐन, २०४९ कहिलेदेखि लागु भएको हो?
(A) वि.स. २०५० जेठ ३ देखि
(B) वि.सं. २०५० जेठ ४ देखि
(C) वि.स. २०५० असार ४
(D) विसं.२०५० असार ३
३०. निजामति सेवा ऐन, २०४९ मा कति परिच्छेद र दफा छन्?
(A) ११ परिच्छेद र ७६ दफा
(B) १० परिच्छेद र ७६ दफा
(C) १० परिच्छेद र ७५ दफा
(D) ११ परिच्छेद र ७५ दफा
३१. राज्यको ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा महिनाको कम्तिमा एक पटक सार्बजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने निर्णय नेपाल सरकारले कहिले गरेको हो ?
(A) वि.स. २०६० साउन १ देखि
(B) वि.स. २०६१ साउन १ देखि
(C) बि.स. २०६२ साउन १ देखि
(D) वि.स. २०६३ साउन १ देखि
३२. ग्रामीण क्षेत्रको सर्वसाधारण जनताको लागि घरदैलो घुम्ती सेवा कार्यक्रम कहिलेदेखि प्रारम्भ गरिएको थियो ?
(A) वि.स. २०६० असोज
(B) वि.स. २०६० कात्तिक
(C) वि.स. २०६० मंसिर
(D) वि.स. २०६० पुष
३३. नेपालमा कहिलेदेखि शिक्षा मन्त्रालयले शैक्षिक तथ्याङ्क संकलन, विश्लेषण तथा प्रयोग सम्बन्धी कार्य गरेको पाइन्छ ?
(A) शिक्षा इस्तिहार, १९९६ पछि
(B) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११ पछि
(C) सर्वागीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ पछि
(D) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ पछि
३४. शैक्षिक सत्र २०७५ को तथ्यांक अनुसार आधारभुत शिक्षा कक्षा १-५ को कूल भर्नादर कति रहेको छ?
(A) १२३.३ प्रतिशत
(B) ९६.३ प्रतिशत
(c) ९६.९ प्रतिशत
(D) ११८.८ प्रतिशत
३५. बि.सं. २०६८ को जनगणना अनुसार महिलाको साक्षरता प्रतिशत कति रहेको छ?
(A) ६५.९ प्रतिशत
(B) ७५.१ प्रतिशत
(C) ५७.४ प्रतिशत
(D) ५६.९ प्रतिशत
३६. सबैभन्दा छिटो केन्द्रीय प्रवृत्तिको मान पत्ता लगाउन तलका मध्ये कुन प्रयोग गरिन्छ?
(A) मध्यक
(B) मध्यिका
(C) रीत
(D) स्तरीय भिन्नता
३७. एक शैक्षिक अवधिमा शिक्षकले पढाउने विषयवस्तुको रुपमा पाठ्यक्रम लिनु लाई कुन अर्थको रुपमा लिइन्छ ?
(A) सङ्कुचित अर्थ
(B) व्यापक अर्थ
(C) आधुनिक अर्थ
(D) कुनै पनि होइन
३८. शैक्षिक उद्देश्य नयाँ बर्गीकरणको विकास कसले गरेको छन् ?
(A) बेन्जामिन एस.ब्लुमले सन् १९५६ मा
(B) मर्जांनी र केन्डलले सन् २००७ मा
(c) डेभिर आर.क्राथोलले सन् १९६४ मा
(D) जे.ई.सिम्सन र अनिता व् ह्यारोले सन् १९७२ मा
३९. बिद्यालय तहका विषयगत सक्षमना अन्तर्गत पेसा विषयको सक्षमता के के हुन् ?
(A) पूर्व सावधानी र प्रवर्द्धन
(B) क्रिया र प्रतिक्रिया
(C) नैतिकता र समानुभूति
(D) सिपयुक्त दक्षता र प्रतिस्पर्धात्मक कार्य
४०. शैक्षिक मूल्यांकनको मुख्य उद्देश्य कुन हो?
(A) विद्यालयको कार्यहरूको प्रभावकारिता कायम गर्नु
(B) शिक्षण र सिकोर सुधारको लागि निर्देशन दिनु
(C) विद्यार्थीहरूलाई विद्यालयमा ल्याउनु
(D) पाठ्यक्रमको उद्देश्य पुरा गर्नु
४१. परीक्षणको साधनको प्रत्येक पदहरूमा सही उत्तर दिने विद्यार्थीहरूको अनुपात र उक्त परीक्षणबाट प्राप्त अंकको विचलनलाई आधार मानी विश्वसनीयता गणना गर्ने विधि कुन हो?
(A) परीक्षण पुन परीक्षण विधि
(B) समानान्तर प्रारुप विधि
(C) अर्धविभाजन विधि
(D) कुडर रिचार्डसन विधि
४२. सिकाइ भनेको एक अर्काबाट ज्ञान तथा तथ्यहरूको संग्रह गर्ने प्रक्रिया हो ? प्रस्तुत भनाइ कसको हो ?
(A) परम्परागत विश्वास
(B) आधुनिक विश्वास
(C) प्रचलित धारणा
(D) परिवर्तित धारणा
४३. शिक्षकसँग राम्रोसँग मेलमिलाप गर्नु, उनको विचार र चिन्तनलाई बुझ्नु, उनीहरूको कदर गर्नु, कटु आलोचना नगरी सिर्जनात्मक सुझाब दिने र निरीक्षक-शिक्षकबीच आपसी सद्भाव र सम्बन्ध हुन कुन सम्बन्धित छ,
(A) व्यावहारिक मित्रको रुपमा निरीक्षक
(B) स्रोत व्यक्तिको रुपमा निरीक्षक
(C) अवलोकनकर्ताको रुपमा निरीक्षक
(D) मुल्याकनकर्ताको रुपमा निरीक्षक
४४. सर्वागीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ मा शिक्षा निरीक्षणसम्बन्धी कार्यमा तलका मध्ये कुन उल्लेख छ ?
(A) कक्षा निरीक्षण गर्ने
(B) अध्यापक र विद्यार्थी अनुशासनमा छ छैन हेर्ने
(C) सुझाबहरूको कार्यान्वयन भएनभएको हेर्ने
(D) माथिका सबै
४५. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले दिएको निरीक्षण व्यवस्थासम्बन्धी सुझाबहरू तलका मध्ये कुन होइन ?
(A) राष्ट्रिय शैक्षिक व्यवस्थापनलाई वढी प्रभावकारी तथा दक्ष तुल्याउन कार्यान्वयनको तहसम्म प्रत्यायोजन गर्नु
(B) व्यवस्थापनको संगठनबाट अनावश्यक हटाइनुपर्छ र निर्णय प्रक्रिया यथासम्भव छोटो बनाउनु पर्छ
(C) शिक्षा तथा संस्कृति मन्त्रालयको संगठन, अनावश्यक रुपमा व्यापक नगरी मन्त्रालय नीति र योजना बनाउने
(D) माथिका सबै
४६. स्रोतकेन्द्र स्तरीय विषय शिक्षकको बैठक सामान्यतया कुन दिन बस्दछ ?
(A) महिनाको पहिलो शनिबार
(B) महिनाको पहिलो आइतबार
(C) महिनाको पहिलो सोमबार
(D) महिनाको पहिलो शुक्रबार
४७. प्रत्येक पाँच वर्षमा अध्यापन अनुमति पत्र नवीकरण गर्नुपर्ने भनी सिफारिस गर्ने प्रतिबेदन कुन हो ?
(A) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०११
(B) सर्वागीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८
(C) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
(D) शिक्षासम्बन्धी उच्चस्तरीय कार्यसमितिको प्रतिवेदन, २०५८
४८. शिक्षकको सेवा, सुविधा र सर्तसम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने काम कसको हो ?
(A) शिक्षक सेवा आयोग
(B) शिक्षक महासंघ
(C) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
(D) पाठ्यक्रम विकास केन्द्र
४९. माध्यमिक तहमा अध्ययन गर्ने शिक्षकको १८ बर्ष मुनिका प्रत्येक सन्ततिलाई बार्षिक कति रुपैया शैक्षिक भत्ता दिने व्यवस्था रहेको छ?
(A) ६०० रुपैया
(B) ७०० रुपैया
(C) ८०० रुपैया
(D) ९०० रुपैया
५०. बि.स. २०१३ मा भएको शैक्षिक घटनाक्रममा तलका मध्ये कुन पर्दैन ?
(A) आधार शिक्षा केन्द्रबाट उपत्यको बाहिर शिक्षक तालिम सुरु
(B) योजनाबद्ध रुपमा पौढ शिक्षाको सुरु
(C) आधार शिक्षा केन्द्रलाई नर्मल स्कुलमा नामकरण
(D) माथिका सबै पर्दछन्
facebook :


Only rated.
Leave a review