मेरो बुबा र मेरो सोचाइ

मेरो बुबा र मेरो सोचाइ

म ४ वर्षको हुँदा मलाई लाग्थ्यो, मेरो बुबाले सबै कुरा जान्नु भएको छ।

 


म ६ वर्षको हुँदा मलाई लाग्थ्यो, मेरो बुबाले अरुको भन्दा बढी जान्नु भएको छ।

 


म ८ वर्षको हुँदा मलाई लाग्थ्यो, मेरो बुबा अरुभन्दा निक्कै फुर्तिलो हुनुहुन्छ।


म १० वर्षको हुँदा मलाई लाग्थ्यो, बुबालाई पनि सबै कुरा आउँदो रहेछ।


म १२ वर्षको हुँदा मलाई लाग्थ्यो, बुबालाई केही पनि आउँदो

रहेनछ।


म १६ वर्षको हुँदा मलाई लाग्थ्यो यी बुढाको कुरा किन सुन्नु।


म १८ वर्षको हुँदा मलाई लाग्थ्यो, बुबा सारै काम नलाग्ने मान्छे।


म २१ वर्षको हुँदा मलाई लाग्थ्यो, यी बुढाहरु सत्य युगको मात्र कुरा गर्छन्।


म २५ वर्षको हुँदा मलाई लाग्थ्यो, बुबालाई पनि अलिअलि थाहा रहेछ।


म ३० वर्षको हुँदा मलाई लाग्थ्यो, बुबालाई धेरै कुराहरु थाहा रहेछ।


म ३५ वर्षको हुँदा मलाई लाग्थ्यो, बुबालाई सोध्नु पर्छ कि ?


म ४० वर्षको हुँदा मलाई लाग्थ्यो, बुबासँग मैले धेरै कुराहरु सिक्नु छ।


म ४५ वर्षको हुँदा मलाई लाग्थ्यो मेरो बुबा धेरै मेहनेती व्यक्ति हो।


म ५० वर्षको हुँदा मलाई लाग्थ्यो, बुबाले कसरी घर धान्नु भयो होला।


म ५५ वर्षको हुँदा मलाई लाग्थ्यो बुबा अहिले हुनुभएको भए !



  • Reviews (1)
  • Akash
  • 4 Years, 2 Weeks ago

राम्रो

Leave a review

To leave a review, please login to your account. Login