- Home
- Show Content
धर्म संस्कृति :वस्तुगत प्रश्न
धर्म संस्कृति :वस्तुगत प्रश्न
धर्म,संस्कृति,जातजाति तथा परम्परासम्बन्धी महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर-2078
1.थकाली जातिको मूल वसोबास स्थल कहाँ हो ?
=मुस्ताङ थाकखोला
2.लेप्चा जातिको मुख्य बासस्थान कहाँ हो ?
= इलाम
3.जनजाति सँग्रालय कहाँ रहेको छ ?
= कीर्तिपुर
4.सतारहरूको मुख्य बस्ती भएको जिल्ला कुन हो ?
= मोरङ
5.धानुक कुन जातिको अर्को नाम हो ?
= राजवंशी
6.भुजेल जातिको निधनमा कुन जनावरको वली दिइन्छ ?
= भेडा
7..वयरको हाँगो कोठामा राख्दा भुत प्रेतबाट बचिन्छ भनि विश्वास गर्ने जाति कुन हो ?
= झागड
8.विवाहपश्चात लोग्ने नै स्वास्नीको घरमा गई बस्ने चलन कुन जातिमा छ?
= मेचे
9. प्रजा जातिको सबैभन्दा बढी वसोवास भएको अञ्चल कुन हो?
= नारायणी
10.नेपालमा वनकरिया जनजातिको बाहुल्यता कुन जिल्लामा रहेको पाइन्छ ?
= मकवानपुर
11.स्याब्रुङ नाच शेर्पा जातिको हो भने स्याब्रुङ तथा विजुवा नाच कुन जाति विशेषको नाच हो?
= लिम्बु
12. धान नाच कुन जाति विशेषको नाच हो?
= लिम्बु
13.किराँत समुदायको वेदलाई के भनिन्छ ?
= मुन्धुम
14.मधेशको लिम्बु भन्नाले कुन जातीलाई जनाउछ ?
= सतार
15."साकेला सिली" नाच कुन समुदायमा प्रचलित छ ?
= किराँती
16.झिझिया नाँच कुन जातिमा प्रचलित छ ?
= मैथिली
17. लाकोल जातिको मुख्य बसोबास कहाँ हो ?
= बैतडी
18.आदिवासि जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५९ अनुसार सुविधा वन्चित जनजाति कति रहको छन् ?
= १५ जाति
19.छोक्रा नाच कुन समुदायको नाच हो?
= थारु
20.मघौटा नाच कुन समुदायको प्रसिद्ध नाच हो ?
= थारु
21.फोग्यू कुन जातिको धर्मग्रन्थ हो?
= शेर्पा
22.सतारहरूको मुख्य देवताको नाम के हो ?
= ठाकुर
23.माघी पर्व मुख्य गरी कुन जनजातीसँग सम्बन्धित छ ?
= थारु
24.जिर्पा भन्नाले कुन जातीलाई बुझिन्छ ?
= जिरेल
25.चेपाङ जातिलाई अर्को कुन नामले पनि चिनिन्छ ?
= प्रजा
26.तीन दिन लगाएर लास जलाउने चलन नेपालको कुन जातीको मृत्यु संस्कार हो ?
= दनुवार
27.बाह्रमासे नाँच कुन जातिको प्रसिद्ध नृत्य हो ?
= थारु
28.पाल्की वोक्ने जात भनेर कुन जातिलाई चिनिन्छ ?
= झागड
29.कोचे, मेचे, सतार, किसान, वातर तथा गन्गाइ जातिहरूको बाहुल्यता कुन कुन जिल्लामा वढी रहको छ ?
= मोरङ, झापा
30.भोट बमला परिवार अन्तगर्तका भाषा मध्ये नेपालमा सबभन्दा बढी जनसख्याले बोल्ने भाषा कनु हो ?
= तामाङ
31.कुमाल जाति कुन वर्गमा पर्दछ ?
= सीमान्तीकृत
32.सिरिजा अर्थात असारे पुजा कुन जातिको मुख्य चाड हो?
= धिमाल
33.किसान जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ?
= झापा
34.ल्होमी जातिको मुख्य वसोवास संखुवासभा तथा थामी, जिरेल, सुरेल जातिको वसोवास दोलखा जिल्लामा छ भने, लेप्चा जातिको वसोवास स्थल कुन जिल्लालाई मानिन्छ ?
= इलाम
35.मौरी वाजा कुन जातीको परमम्परागत वाजा हो ?
= छन्त्याल
36.गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ?
= पूराती चित्र
37. जिरेल जातीको पूरोहितलाई के भनिन्छ ?
= नाक्सो
38.शेर्पा जातिको मुख्य पर्व कुन हो ?
= ल्होसार
39.नेपालका जंगलहरूमा घुमन्ते जीवन बिताउने जातीहरू कुन-कुन हुन्?
= राउटे र कुसुन्डा
40.विश्व आदिवासी जनजाति दिवस कहिले मनाईन्छ ?
= August 9
41.मरेपछि “घेवा" गर्ने चलन कुन जातिमा रहेको छ ?
= तामाङ
42.व्यासी जातिको मुख्य वसोवास स्थल कहाँ हो ?
= दार्चुला
43.शपथ खाँदा दुवो र ढुङ्गो लिएर खानुपर्ने चलन कुन जातिमा छ?
= लिम्बु
44.उधौली र उभौली कुन जातीको महत्वपूर्ण सांस्कृतिक पर्व हो?
= किराँत जाती
45.पुरुषको लाश घोप्टो तथा महिलाको उत्तानो पारेर गाड्ने चलन कुन जातिमा छ?
= थारु
46. कुन जातिलाई वोडो नामले पनि चिनिन्छ ?
= मेचे
47.दनुवार जातिको मुख्य वसोवास कुन जिल्लामा रहेको छ?
= सिन्धुली
48.तामाङ, नेवार, मगर, गुरुङ जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
= भोटवर्मेली
49.सुरेल तथा जिरेलको पूरोहितलाई नाक्सो तथा वोम्पो भनिन्छ भने, कुन जातिले आफ्नै भाञ्जालाई पूरोहित लगाउँछन् ?
= छन्त्याल
50."पोल्दोक" जिरेल जातिको मुख्य खाना हो भने उनीहरू आफुलाई के भन्न रुचाउँछन् ?
= जिर्पा
51. लेप्चा जातिको धार्मिक गुरु विजुवा हो भने, धार्मिक ग्रन्थ के हो?
= अस्ताच्यो
52. तामाङ जातिको बाहुल्यता भएको जिल्ला कुन हो ?
= रसुवा
53."रिम्पुदिनी" नाच कुन जातिको प्रशिद्ध नाच हो?
= शेर्पा
54."लाखेनाच" मूलतः कसले नाच्ने गर्दछ ?
= नेवार
55. हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको "थाली नाच" मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ?
= म्याग्दी
56.छोक्रा नाच कुन समुदायको नाच हो?
= थारू
57.नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन?
= लिम्बु
58.वडादशैं आसपास "साखिया नाच" कसले नाच्ने गर्दछ ?
= पश्चिम तराईका थारू
59."शिली" कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ?
= चण्डी नाच
60.महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो?
= थारु जाति
61. सतार जातिको मुख्य थलो कहाँ रहेको छ ?
= झापा, मोरङ
62.सुपारी विवाहको प्रचलन कुन जातिमा रहेको छ ?
= धिमाल
63.बच्चाको नाइटो झरेको दिन सुत्केरी चोख्याउने र न्वारान गर्ने जाति कुन हो ?
= धिमाल
64.लिम्बु जातिको पूरोहितलाई के भनिन्छ ?
= फेदाङ्वा
65. तामाङ जातिको पूरोहितलाई के भनिन्छ ?
= लामा
66.मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन कुन जातिमा छ ?
= थामी
67. राई जातिको लोकप्रिय बाजा कुन हो ?
= बिनायो
68.सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ?
= मगर
69.महाकाली नाच कुन जातीसँग सम्बन्धित छ ?
= ज्यापु
70.पाथिभरा पुजा कुन जातिसँग सम्बन्धित छ ?
= जिरेल
71.नेपालको कतिवटा जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ ?
= ६ जिल्ला
72.विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
= झाँगड
73.माघी, सुखरात्री र सिरुवा पर्व कुन जातिका मुख्य चाडपर्व हुन्?
= थारु
74.राई जातिले वर्षमा कतिपटक चण्डी नाच नाच्दछन् ?
= २ पटक
75.दसैं नाँच कुन जातिले नाच्दछन् ?
= सतार
76.डोल्पा जिल्लामा बसोबास गर्ने मगरहरूलाई के भनिन्छ ?
= तराली मगर
77.तारो हान्ने प्रतियोगिता कुन जातिमा छ ?
= मनाङ्गे
78.पैसा छोए पाप लाग्छ भन्ने विश्वास गर्ने जाति कुन हो?
= राउटे
79.आदिवासी चरित्रको सबभन्दा पूरानो जाति कुनलाई मानिन्छ?
= राउटे
80. धिन्तामे नाच कुन जाति विशेषको नाच हो?
= ज्यापु
81.सिउढीको रुखलाई पुजा गर्ने जाति कुन हो?
= मेचे
82.कुन भाषा परिवारलाई आर्य पनि भनिन्छ ?
= भारोपेली
83. गन्गाइ जातिलाई के भनेर पनि चिनिन्छ ?
= मण्डल
84.धुलेल जातिको इष्टदेवतालाई के भनिन्छ ?
= लाँगा
85.बिजुलाङ्गो कुन जातिको कुल देवता हो ?
= गन्धर्व
86.कास्कीको वाटुलेचौर कुन जातिको मुख्य वसोवास स्थल हो?
= गन्धर्व
87.लाकड जातिको मुख्य वसोवास स्थल भएको जिल्ला कुन हो?
= वैतडी
88.जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
= ऋग्वेद
89.थारुको पूरोहितलाई के भनिन्छ ?
= गुरुवा वा भर्रा
90.झागड जातिको मुख्य वसोवास स्थल कुन हो ?
= रौतहट
91.माझीको कुल देवतालाई के भनिन्छ ?
= भिमसेन
92.दुसाधहरूको कुल देवतालाई के भनिन्छ ?
= सहलेस
93.गुरुङहरूको जातीय नाम के हो?
= तमु
94.भाउजु तथा सानीमा ब्यहोंने प्रथाको अन्त्य कसले गरेका हुन् ?
= भीमसेन थापा
95.दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा "सिकाली जात्रा" मनाउने गर्दछन् ?
= खोकना
96.दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो?
= पशुपति क्षेत्र
97.गाईजात्रा कुन तिथिमा पर्दछ ?
= भाद्र कृष्ण प्रतिपदा
98."गाईजात्रा"लाई नेपाल भाषामा के भनिन्छ ?
= सापारू
99. इन्द्र जात्रा कहिले मनाइन्छ ?
= श्रावण शुक्ल चर्तुदशी
100.हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई चिनिन्छ ?
= गाईजात्रा
101.इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?
= जयप्रकाश मल्ल
102.नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ?
= कीर्तिपुर
103.१५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो?
= रातो मछिन्द्रनाथको मन्दिर
104.इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ?
= जय प्रकाश मल्ल
105.'सावनकी डोला' नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो?
= रानाथारू
106.चण्डी पूजा कुन जातिमा प्रचलित छ ?
= राई
107.थारु जातिका मानिसले घरको भित्ता कलात्मक रूपमा चित्र कोर्ने शैलीलाई के भनिन्छ ?
=मोखा
facebook :


very good
Leave a review