सामाजिक पाठयोजना एक

सामाजिक पाठयोजना एक

सामाजिक अध्ययन शिक्षण पाठयोजना -१

 

 

 

 

१.विशिष्ट उद्देश्य :

यस पाठको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् :

 

क.लागू पदार्थको अर्थ बताउन ।

ख. अवैध लागू पदार्थहरूको सूची तयार गर्न ।

ग.अवैध लागू पदार्थ सेवनका तीन प्रमुख खराबी बताउन ।

 

 

 

२.शैक्षिक सामग्री

- दैनिक प्रयोगका सामग्री,

- दूर्व्यसनी व्यक्तिको तस्वीर,

- लागू पदार्थको सूची आदि ।

 

 

३. शिक्षण सिकाइ क्रियाकलाप :

क.शिक्षण सिकाइ क्रियाकलापको प्रारम्भका विद्यार्थीहरूलाई विभिन्न प्रश्नहरू गर्ने, जस्तै : लागू पदार्थ भनेको के हो ? कहिल्यै सुनेका छौ कि छैनौ ? यसपछि यसको परिभाषा वताइदिने । जस्तै : जुन पदार्थले हाम्रो मस्तिष्क र अंगहरूलाई नकारात्मक प्रभाव पारी हाम्रो शरीरको पनि क्षय गराउँछ, त्यसलाई लागू पदार्थ भनिन्छ ।

 

ख.लागू पदार्थको परिभाषा बताइसकेपछि कुन कुन पदार्थलाई लागू पदार्थ भनिन्छ ? भनी प्रश्न सोधे । उनीहरूलाई थाहा भएको केही नाम भन्न लगाउने । उनीहरूले भनेको नामहरू कालोपाटीमा लेख्दै जाने र सूची तयार गर्ने । त्यसपछि प्रत्येकको जानकारी दिने ।

 

ग.लागू पदार्थको उदाहरण प्रस्तुत गरेपछि त्यसको सेवनबाट के-कस्तो हानी हुन्छ भन्ने प्रश्न र छलफल गर्दै यसका खरावीहरू वताइदिने । जस्तै : अचेत हुने, मृत्यु हुने, AIDS सर्न सक्ने आदि ।

 

 

 

४.मूल्याङ्कन :

क. लागू पदार्थ भनेको के हो ?

ख.अवैध लागू पदार्थका दुईवटा नाम वताऊ ।

ग. लागू पदार्थ सेवनवाट हुने दुईवटा हानी वताऊ ।

 

 

५.गृहकार्य :

लागू पदार्थको परिभाषा लेखी यसको सूची तयार पारेर ल्याउनुहोस् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login