- Home
- Show Content
सामाजिक पाठयोजना दुई
सामाजिक पाठयोजना दुई
सामाजिक अध्ययन शिक्षण पाठयोजना -२
१.विशिष्ट उद्देश्य:
यस पाठको अन्त्यमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् :
क.समयरेखा तयार गर्न चाहिने ज्ञान र सीपको पूर्वाधार बताउन ।
ख.दिइएको तथ्याङ्कलाई उपयुक्त स्केल निर्धारण गरी समयरेखामा देखाउन ।
२.शैक्षिक सामग्री:
- दैनिक प्रयोगका सामग्री,
- घटनाक्रम देखाइएको चार्ट र चित्रहरू
३.शिक्षण सिकाइ क्रियाकलाप :
क. शिक्षण सिकाइको प्रारम्भमा विद्यार्थीहरूलाई विभिन्न प्रश्नहरू गर्ने, जस्तै : २०४६ सालमा के भएको थियो ? प्रजातन्त्रको पुनर्वहाली कहिले भयो ? आदि । यसपछि विद्यार्थीलाई २०४६ सालमा जनआन्दोलन भएको थियो भनेर बताउने ।
ख.विद्यार्थीहरूलाई विभिन्न समयमा घटेका घटनाहरूको तस्वीर, चित्र हेर्न दिने जस्तै : २०४६ सालमा सडकमा आन्दोलन गरेको चित्र, राजा विरेन्द्र प्रजातन्त्रको घोषणा गर्दै गरेको चित्र, निर्वाचन भएको चित्रहरू, दरवार हत्याकाण्डपश्चात् विरेन्द्रको परिवारको शवयात्राको चित्रहरू, २०६२/०६३ को जनआन्दोलनमा जनताहरू सडकमा उत्रिएको चित्र आदि । यसपछि विद्यार्थीहरूलाई कुन घटना कहिले घटेको रहेछ भनी सोध्ने । उनीहरूले चित्रमा उल्लेख भएको मितिअनुसार बताउने छन् ।
ग.विद्यार्थीहरूलाई २०४६ पछि हालसम्म भएका घटनाहरूको सरसर्ती बताइदिने, ती घटनाक्रमलाई कालोपाटीमा लेख्दैजाने र समयरेखामा राखेर विद्यार्थीलाई स्पष्ट पारिदिने
घ.विभिन्न घटनाको तथ्याङ्कका आधारमा समयरेखामा राख्न निर्देशन दिने । जस्तो कि तथ्याङ्कहरू :
- २०४६ सालमा बहुदलीय व्यवस्थाको उदय ।
- २०४७ सालमा नेपाल अधिराज्यको संविधान, २०४७ जारी ।
- २०४८ सालमा आमनिर्वाचन ।
- २०५२ सालमा माओवादीको सशस्त्र विद्रोह शुरु ।
- २०५८ सालमा राजदरवार हत्याकाण्ड
- २०६२/०६३ सालमा दोस्रो जनआन्दोलन ।
ङ. विद्यार्थीहरूले घटनालाई समयरेखामा देखाउनेछन् । यदि नमिलेमा शिक्षक आफैले समयरेखा बनाएर देखाउने ।
च.उनीहरूलाई निश्चित् स्केलका आधारमा समयरेखा निर्धारण गर्न निर्देशन गर्ने ।
४.मूल्याङ्कन
क.समयरेखा तयार गर्न आवश्यक ज्ञान र सीप बताऊ ।
ख.२०४६ सालपछि घटेका मुख्य घटनाहरूको सूची तयार गर ।
ग. तलको घटनाक्रमलाई समयरेखामा देखाऊ ।
-२०४६ सालको आन्दोलन, २०५८ को दरवार हत्याकाण्ड, २०६४ को संविधान सभाको चुनाव ।
५. गृहकार्य :
२०४६ पछि घटेका मुख्यमुख्य घटनाहरूको सूची तयार गरी समयरेखामा राखेर ल्याउनुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review