- Home
- Show Content
सामाजिक पाठयोजना तीन
सामाजिक पाठयोजना तीन
सामाजिक अध्ययन शिक्षण पाठयोजना -३
१. विशिष्ट/ व्यवहारिक उद्देश्य:
यस पाठको अन्तमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन् ।
i) अधिकारको परिभाषा दिन ।
ii) अधिकारको प्रयोग गर्दा अपनाउनुपर्ने विधिहरूको सूचि तयार गर्न ।
iii. कानूनी अधिकार र मौलिक अधिकारको सूची तयार गर्न ।
२. शैक्षिक सामग्री:
- दैनिक प्रयोगका सामग्री,
- अधिकारको प्रयोग गर्दा अपनाउनुपर्ने विधिहरू
- कानूनी र मौलिक अधिकारको सूचि ।
३. शिक्षण सिकाई क्रियाकलाप :
i) अधिकार भनेको के होला? अधिकार कहाँबाट प्राप्त हुन्छ ? जस्ता प्रश्नमार्फत अधिकार शीर्षकमा छलफल गरी अधिकारको परिभाषा बताइदिने । जस्तैः अर्कोलाई कुनै पीर, मर्का, वाधा नपारिकन आफ्नो हकको उपयोग गर्ने तरिकालाई अधिकार भनिन्छ ।
ii) अधिकारको अर्थ तथा परिभाषा बताईसकेपछि अधिकारको प्रयोग गर्ने विधिहरूको जानकारी गराउने । यसको लागि निर्मित सूचिलाई कक्षामा प्रदर्शन गर्ने । यसको साथमा छलफल समेत गर्ने ।
iii. यसप्रकार बालबालिकाहरूलाई अधिकारको प्रयोग गर्ने विधिहरूको जानकारी गराईसकेपछि त्यस्ता अधिकार कति प्रकारका हुन्छन् ? तिमीहरूलाई थाहा छ ? भन्ने प्रश्नहरू गर्दै छलफल गर्दै यसका किसिमहरू बताउँदै त्यसलाई सूचीमार्फत प्रष्ट पारिदिने ।
४. मूल्यांकनः
मूल्यांकनका लागि निम्न अनुसारका मौखिक प्रश्नहरू सोधिने छ :-
i) अधिकार भनेको के हो ?
ii) अधिकारको प्रयोग गर्ने दुईवटा विधिहरू भन ।
iii. कुनै २ वटा मौलिक अधिकारको नाम भन ।
५. गृहकार्य:
अधिकारको परिभाषा बताई यसको उपयोग गर्ने तरिकाहरूको सूचि तयार गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review