- Home
- Show Content
सामाजिक पाठयोजना पाँच
सामाजिक पाठयोजना पाँच
सामाजिक अध्ययन शिक्षण पाठयोजना - ५
१. विशिष्ट/व्यवहारिक उद्देश्य:
यस पाठको अन्तमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्:
क. नेपालमा मानिने धर्महरूको सूची तयार गर्न ।
ख.. धार्मिक सहिष्णुताको अर्थ बताउन ।
ग.. हिन्दु, बौद्ध र इसाई धर्मको परिचय दिन
२. शिक्षण सामग्री:
- दैनिक प्रयोगका सामग्री,
- विभिन्न धर्महरूको सूची आदि ।
३. शिक्षण सिकाई क्रियाकलाप :
क. सर्वप्रथम पुर्वपाठको- पुनरावृति गरिने छ । त्यसक्रममा तिम्रो घरमा कुन-कुन पर्व मनाउँछन् ? तिम्रो छिमेकमा तिम्रो घरमाभन्दा अलग पर्व मान्ने व्यक्ति छन् ? लगायतका प्रश्न सोध्दै पाठशीर्षक कालोपाटीमा लेख्ने ।
ख.. त्यसपछि नियमित पाठमा प्रवेश गर्ने । यसरी प्रवेश गर्दा विभिन्न धर्म मान्ने विद्यार्थीहरूको पहिचान गरी त्यसैको आधारमा धर्मको नामहरू वोर्डमा लेख्ने । तत्पश्चात धर्मको नाम अंकित सुची प्रदान गर्ने । विद्यार्थीहरूलाई पनि तयार गर्न लगाउने ।
ग. धर्महरूको सूचि तयार गर्न लगाइसकेपछि विभिन्न प्रश्न तथा छलफलगरी धार्मिक सहिष्णुताको जानकारी गराउने । जस्तै : विभिन्न धर्म मान्नेवीच झगडा भएको थाहा छ ? एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई सम्मान गर्छन् ? जस्ता प्रश्न गर्ने । त्यसपछि सहिष्णुताको जानकारी दिने ।
घ.. धार्मिक सहिष्णुताको परिचय बताइसकेपछि हिन्दु धर्म, वौद्ध धर्म र इसाई धर्मको परिचय दिने । जस्तै हिन्दु धर्म नेपालमा मानिने पुरानो धर्म हो । यसका विभिन्न शाखा तथा प्रशाखा छन् । जसमा विष्णु मान्नेलाई वैष्णव, शिव मान्नेलाई शैव, कृष्ण मान्नेलाई प्रणामी भनिन्छ । यसैगरी अन्यको समेत परिचय दिने ।
४. मूल्यांकन
क. नेपालमा मानिने कुनै २ धर्मको नाम बताऊ ।
ख.. धार्मिक सहिष्णुता भनेको के हो ?
ग. शिव भक्तिलाई के नामले चिनिन्छ ।
५. गृहकार्य:
नेपालमा मानिने विभिन्न धर्महरूको सूचि तयार गर ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review