सामाजिक पाठयोजना छ

सामाजिक पाठयोजना छ

सामाजिक अध्ययन शिक्षण पाठयोजना -६   

 

 

१.विशिष्य/व्यवहारिक उद्देश्यः

यस पाठको अन्तमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्:-

-  राष्ट्रिय विभूतिहरूको नाम वताउन ।

-  राष्ट्रिय विभूतिहरूको योगदान वताउन ।

-  राष्ट्रिय विभूतिहरूको सम्मान गर्न ।

 

२. शैक्षिक सामग्री

 
- दैनिक प्रयोगका सामग्रीहरू 

- राष्ट्रिय विभूतिहरूको योगदान भएको सूची 

- राष्ट्रिय विभूतिहरूको चित्र/पोष्टर 

 

३.शिक्षण सिकाइ क्रियाकलाप 


क. पाठको पुनवरालोकन गर्दै लघुकथा सुनाएर आजको पाठप्रती ध्यानाकर्षण गर्दै  राष्ट्रिय विभूतिहरू भन्ने पाठमा प्रवेश गर्ने ।

ख. राष्ट्रिय विभूतिहरूका विभिन्न चित्रहरू देखाउँदै छलफल गर्न लगाउने र त्यससँग सम्बन्धित विभिन्न  प्रश्नहरू व्यक्तिगत र सामुहिक रूपमा  सोध्ने । 

ग. विद्यार्थीहरूबाट  आएका उत्तरहरूलाई सम्बोधन गर्दै बुँदा टिपोट गर्ने  र विभूतिहरूको योगदान काम लेखिएको चार्ट प्रदर्शन गर्दै छलफल गर्ने ।

घ. विद्यार्थीहरूलाई राष्ट्रिय विभूतिहरूको राम्रो कामको बारेमा डकुमेन्ट्री देखाई तिनीहरूको बारेमा छलफल गर्ने ।

ङ. विद्यार्थीहरूलाई समूह विभाजन गरी विभूतिहरूको २÷२ वटा योगदान लेख्ने परियोजना कार्य दिने ।

 

४.मुल्यांकन


क. राष्ट्रिय विभूति भन्नाले के बुझिन्छ ?

ख. राष्ट्रिय विभूतिहरूको सूचि बनाउनुहोस् ।

ग. पाँचवटा राष्ट्रिय विभूतिहरूको योगदान  लेख्नुहोस ।

 

५. गृहकार्य :
राष्ट्रिय विभूतिहरूको सफा  चित्र बानाइ उनीहरूको नाम पनि लेख्नुहोस् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login