सामाजिक पाठयोजना सात

सामाजिक पाठयोजना सात

सामाजिक अध्ययन शिक्षण पाठयोजना -७    

 


१.विशिष्य/व्यवहारिक उद्देश्यः

यस पाठको अन्तमा विद्यार्थीहरू निम्न कार्य गर्न सक्षम हुनेछन्:-

-  आफ्नो समाजमा मनाइने चाडपर्वहरूको नाम भन्न,

- आफ्नो समाजमा मनाइने चाडपर्वहरूको नाम लेखि सूची तयार पार्न,

- छरछिमेकमा मनाइने चाडपर्वमा सहभागी हुन।

 

 

२. शिक्षण सहजीकरण  सामग्री 

- दैनिक प्रयोगका सामग्रीहरू 

- चाडपर्व मनाएका चित्रहरू/पोष्टर 

- चाडपर्वहरूको सूची
 

 

३.शिक्षण सहजीकरण  क्रियाकलाप 

क्रियाकलाप-१.


- सर्बप्रथम अघिल्लो दिन सहजीकरण गरिएको पाठको छोटो पुनरावलोकन गर्ने । कक्षालाई आजको सहजीकरण गरिने शीर्षकप्रति ध्यानाकर्षण गराउंदै पाठ प्रवेश गर्ने   

 

क्रियाकलाप -२


- कक्षाका विद्यार्थीहरूलाई विभिन्न  समूह बनाइ प्रतेक समुहलाइ आफ्नो समुदायमा वा घरमा के के चाडपर्व मनाइन्छ लेख्न लगाउने र लेखेको कुरालाइ प्रस्तुत गर्न लगाइ सहजीकरण गर्ने ।

 

क्रियाकलाप-३


- प्रत्येक बिद्यार्थिलाइ  आफ्नो घर तथा समाजमा मनाइने चाडपर्वहरूको सूची बनाउन लगाइ आफुले बोर्डमा लेखेर मिले नमिलेको रुजु गर्न लगाउने।
 

 

क्रियाकलाप-४


- बिद्यर्थिलाइ कक्षाकोठामा चाडपर्व मनाइरहेको सबै सहभागी भएको भिडियो चित्र  प्रस्तुत गरि अवलोकन गर्न लगाइ हामी सबै जना छिमेकिको चाडपर्वमा यसरिनै सहभागी हुनपर्छ भन्दै थप स्पस्ट पार्ने ।

 

क्रियाकलाप-५.

 
-बिद्यार्थिलाइ कुनै चाडपर्वमा प्रत्यक्ष सहभागी गराइ अवलोकन गर्न लगाउने (सम्भव भए सम्म)

 

 

४.मूल्याङ्कन

क. आफ्नो घर वा  समाजमा मनाइने चाडपर्वहरूको नाम भन्नुहोस् । 

 

ख. आफ्नो समाजमा मनाइने चाडपर्वहरूको नाम लेखि सूची तयार पार्नुहोस् ।

ग. तपाइंले मनाउने कुनै एक चाडपर्वको चित्र बनाउ । 

 

 

५. गृहकार्य 


- तपाईंको घर वा समुदायमा मनाइने कुनै दुई चाडपर्वको नाम लेखी उक्त चाडपर्व के कसरी मनाउँछौ सूची तयार गर्नुहोस् । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login