- Home
- Show Content
Note Science पाठ १ नाप
Note Science पाठ १ नाप
यो सामग्री तयार पारेर सहयोग गर्नुहुने आदरणीय सर भुपराज अधिकारीलाई हार्दिक धन्यवाद !
Class: 8
Sub: Science
Medium: Nepali
नाम: भुपराज अधिकारी
ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग
कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग
तह र विषय : मा.वि , गणित- विज्ञान
................................................................................
Class 8__पाठ १ : नाप (Lesson 1: Measurement)
१. भौतिक परिमाण भन्नाले के बुझिन्छ ?
उत्तरः नापेर गणितीय रुपमा व्यक्त गर्न सकिने परिमाणलाई भौतिक परिमाण भनिन्छ । जस्तैः लम्बाई, पिण्ड, समय, क्षेत्रफल, आयतन, आदि ।
२. नापको परिभाषा दिनुहोस् ।
उत्तरः थाहा नभएको परिमाणलाई थाहा भएको परिमाणसँग तुलना गरी चाहेको परिमाण पत्ता लगाउने प्रक्रियालाई नाप भनिन्छ।
३. भौतिक परिमाणका प्रकार लेख्नुहोस् ।
उत्तरः भौतिक परिमाण दुई प्रकारका हुन्छन् :
क) आधारभूत भौतिक परिमाण
ख) तत्जन्य भौतिक परिमाण
४. आधारभूत भौतिक परिमाणको उदाहरणसहित परिभाषा दिनुहोस् ।
उत्तरः अन्य भौतिक परिमाणसँग भर नपर्ने स्वतन्त्र परिमाणलाई आधारभूत भौतिक परिमाण भनिन्छ । जस्तैः पिण्ड, लम्बाई, समय, तापक्रम, विद्युत्धारा, प्रकाशको चम्किलोपना र पदार्थको मात्रा।
५. तत्जन्य भौतिक परिमाणको उदाहरण सहित परिभाषा दिनुहोस् ।
उत्तरः अन्य भौतिक परिमाणसँग भर पर्ने परिमाणलाई तत्जन्य भौतिक परिमाण भनिन्छ । जस्तैः क्षेत्रफल, आयतन, गति, प्रवेग, बल, चाप, कार्य, आदि।
६. एकाइको पभिाषा दिनुहोस् ।
उत्तरः एकाइ भनेको पदार्थको निश्चित प्रमाणिक परिमाण हो जसको आधारमा उही प्रकारको परिमाण नाप्न सकिन्छ।
७. एकाइको प्रकार लेख्नुहोस्।
उत्तरः एकाइ दुई प्रकारका हुन्छन्ः
क) आधारभूत एकाइ
ख) तत्जन्य एकाइ
८. आधारभूत एकाइको उदाहरणसहित परिभाषा दिनुहोस् ।
उत्तरः आधारभूत भौतिक परिमाणको एकाइलाई आधारभूत एकाइ भनिन्छ । अर्थात अन्य नापका एकाइमा निर्भर नरहने स्वतन्त्र एकाइलाई आधारभूत एकाइ भनिन्छ । आधारभूत एकाइहरु जम्मा ७ ओटा छन् मिटर, किलोगाम, सेकेण्ड, केल्भिन, एम्पियर, क्यान्डेला, मोल।।
९. तत्जन्य एकाइको उदाहरणसहित परिभाषा दिनुहोस् ।
उत्तरः तत्जन्य भौतिक परिमाणको एकाइलाई तत्जन्य एकाइ भनिन्छ । अर्थात आधारभूत एकाइहरुको संयोजनबाट बनेको एकाइलाई तत्जन्य एकाइ भनिन्छ । तत्जन्य एकाइहरु असङ्ख्य छन् । जस्तैः m, m3, kg/m3, m/s, m/s2, Newton (N), joule (J), आदि ।
१२. पिण्डको परिभाषा दिनुहोस् । पिण्ड कुन-कुन कुरामा निर्भर गर्दछ ?
उत्तरः वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई पिण्ड भनिन्छ । पिण्ड निम्नलिखित दुई कुरामा निर्भर गर्छ
क) वस्तुमा भएका परमाणुहरुको जम्मा संख्या
ख) परमाणुहरुको पिण्ड
नोटः बस्तुको पिण्ड संसार भरी एउटै हुन्छ । अर्थात पिण्ड ठाउँअनुसार घटबढ हुँदैन । ।
१३. वस्तुको पिण्ड कुन उपकरणद्वारा नापिन्छ ?
उत्तरः वस्तुको पिण्ड भौतिक तराजु वा बिम तराजुले नापिन्छ ।
१४. किलोग्रामका अपवर्त्य र अपवर्तक एकाइहरु के-के हुन् ?
उत्तरः किलोग्राम भन्दा ठूला एकाइहरुलाई किलोग्रामका अपवर्त्य एकाइ भनिन्छ । तिनीहरु क्विन्टल र टन हुन् । किलोग्राम भन्दा साना एकाइहरुलाई किलोग्रामका अपवर्तक एकाइ भनिन्छ । तिनीहरु मिलीग्राम, सेन्टीग्राम, डेसीग्राम, ग्राम, डेकाग्राम, हेक्टोग्राम, हुन्।
१६. एक किलोग्राम भन्नाले कति पिण्डलाई जनाउँछ ?
उत्तरः फ्रान्समा रहेको अन्तर्राष्ट्रिय नाप तौल विभागमा राखिएको प्लाटिनम र इरिडियम धातुबाट बनेको ढकको
पिण्डले एक किलोग्राम जनाउँछ ।
१७. एक किलोग्राम पिण्ड संसार भरी बराबर हुन्छ, किन ?
उत्तरः फ्रान्समा रहेको अन्तर्राष्ट्रिय नाप तौल विभागमा राखिएको प्लाटिनम र इरिडियम धातुबाट बनेको ढकको पिण्डले एक किलोग्राम जनाउँछ । यही ढकसँग नापेर संसारका अरु देशहरुको एक किलोग्राम ढक बनाइएको हुनाले संसारभरी एक किलोग्राम पिण्ड बराबर हुन्छ ।
१८. तौलको परिभाषा दिनुहोस् । यसको सूत्र र एस.आइ. एकाइ लेख्नुहोस्।
उत्तर - वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्ने बलको नाप नै त्यस वस्तुको तौल हो । यसको सूत्र यस प्रकार छ:
वस्तुको तौल (W) = पिण्ड (m) x गुरुत्व प्रवेग (g)
यसको एस.आइ. एकाइ न्युटन (N) हो।
१९. गुरुत्व वल भनेको के हो ?
उत्तरः पृथ्वीले आफ्नो केन्द्रतिर तान्ने बललाई गुत्व वल भनिन्छ ।
२०. तौल कुन उपकरणद्वारा नापिन्छ ?
उत्तरः तौल कमानी तराजु (Spring balance) द्वारा नापिन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review