- Home
- Show Content
Note Science पाठ १ नाप__2
Note Science पाठ १ नाप__2
यो सामग्री तयार पारेर सहयोग गर्नुहुने आदरणीय सर भुपराज अधिकारीलाई हार्दिक धन्यवाद !
Class: 8
Sub: Science
Medium: Nepali
नाम: भुपराज अधिकारी
ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग
कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग
तह र विषय : मा.वि , गणित- विज्ञान
................Part 2.......................................
Class 8__पाठ १: नाप (Lesson 1: Measurement)
२१. गुरुत्व प्रवेगको परिभाषा दिनुहोस् । यसको संकेत र एस. आइ. एकाइ लेख्नुहोस्।
उत्तरः गुरुत्व वलको असरले खसिरहेको वस्तुमा उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ । यसलाई 'g' ले । जनाइन्छ । यसको एस. आइ. एकाइ m/s2 हो ।
२२. पृथ्वीको सबै भागमा गुरुत्व प्रवेगको मान समान हुँदैन, किन ?
उत्तरः पृथ्वी पूर्णरुपले गोलाकार नभएकोले गर्दा पृथ्वीको सबै भागमा गुरुत्व प्रवेगको मान समान हुँदैन ।
२३. वस्तुको तौल ठाउँ अनुसार फरक हुन्छ, किन ?
उत्तरः पृत्वी पूर्णरुपले गोले छैन । त्यसैले पृथ्वीको सबै भागमा गुरुत्व प्रवेग समान हुँदैन । गुरुत्व प्रवेगको मान फरक भएकाले बस्तुको तौल पनि ठाउँ अनुसार फरक हुन्छ ।
२५. समयको परिभाषा दिइ यसको एस.आइ. एकाइ लेख्नुहोस् ।
उत्तरः दुईओटा घटनाहरु बिचको अवधिलाई समय भनिन्छ । समयको एस.आइ. एकाइ सेकेण्ड (s) हो।
२६. समयको निर्धारण के को आधारमा गरिएको हुन्छ ?
उत्तरः पृथ्वीले आफ्नो अक्षमा घुम्न लाग्ने समयका आधारमा समयको निर्धारण गरिएको हुन्छ ।
२७. एक सौर्य दिन भन्नाले के बुझिन्छ ?
उत्तर ; पृथ्वीले आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समयलाई एक सौर्य दिन भनिन्छ ।
२८. एक सौर्य दिनमा कति सेकेण्ड हुन्छ ?
उत्तरः एक सौर्य दिनमा 86400 सेकेण्ड हुन्छ ।
२९. एक सेकेण्डको परिभाषा दिनुहोस् ।
उत्तर- एक सौर्य दिनको 86,400 खण्डको एक खण्ड समयलाई एक सेकेण्ड भनिन्छ।
३०. एक सेकेण्डमा कति दिन हुन्छ ?
उत्तरः एक सेकेण्डमा = 1 दिन हुन्छ ।
३१. वैज्ञानिकहरुले समय नाप्न किन एटोमिक घडीको प्रयोग गर्छन् ?
उत्तरः हामीले प्रयोग गर्ने साधरण घडीमा समय केही सेकेण्ड ढिलो वा चाँडो हुन सक्छ । तर एटामिक घडीले सहि समय नाप्ने हुनाले वैज्ञानिकहरुले समय नाप्न एटोमिक घडी प्रयोग गर्छन् ।
३२. सेकेण्डका अपवर्त्य र अपवर्तक एकाइहरु लेख्नुहोस्।
उत्तरः सेकेण्डका अपवर्त्य एकाइहरु मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्ष हुन् भने अपवर्तक एकाइहरु मिलि सेकेण्ड, माइको सेकेण्ड, नानो सेकेण्ड हुन् ।
३५. तल दिइएको परिमाणलाई तोकिएको एकाइमा बदल्नुहोस् ।
क) 4.5 घण्टालाई सेकेण्डमा उत्तरः
यहाँ,
4.5 घण्टा = 4.5x60 x 60 सेकेण्ड = 16200 सेकेण्ड
ख) 2.5 किलोग्रामलाई ग्राममा उत्तरः
यहाँ,
2.5 किलोग्राम = 2.5x1000 ग्राम = 2500 ग्राम
ग) 1 दिनलाई सेकेण्डमा उत्तरः
यहाँ,
1 दिन = 1 x 24 x 60 x 60 सेकेण्ड = 86,400 सेकेण्ड
facebook :


- Reviews (0)
Nothing Found...Leave a review