- Home
- Show Content
Note Science एकाइ १६ सजीवहरु
Note Science एकाइ १६ सजीवहरु
यो सामग्री तयार पारेर सहयोग गर्नुहुने आदरणीय सर भुपराज अधिकारीलाई हार्दिक धन्यवाद !
Class: 8
Sub: Science
Medium: Nepali
नाम: भुपराज अधिकारी
ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग
कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग
तह र विषय : मा.वि , गणित- विज्ञान
...............................................................................
एकाइ १६: सजीवहरु (Living Beings)
१. सूक्ष्म जीव भन्नाले के बुझिन्छ ? उदाहरण दिनुहोस् ।
उत्तरः सूक्ष्मदर्शक यन्त्रको सहायताबाट मात्र देख्न सकिने जीवलाई सुक्ष्म जीव भनिन्छ ।
जस्तैः ब्याक्टेरिया, भाइरस फन्जाइ, आदि।
२. ब्याक्टेरिया भनेको के हो ? यसका आकारहरु के -कस्ता छन् ।
उत्तरः ब्याक्टेरिया सबैभन्दा पहिला पत्ता लागेको अति सुक्ष्म जीव हो । यो पृथ्वीको प्रायः सबै भागहरुमा पाइन्छ । यिनीहरु गोलाकार, छड आकार, घुघारिएको, अर्धविराम, धागो आकारका हुन्छन्।
३. ब्याक्टेरियालाई कसले र कहिले पत्ता लगाएका हुन् ।
उत्तरः ब्याक्टेरियालाई सर्वप्रथम सन् 1676 मा एन्टोन भान लिउवेनहकले पत्ता लगाएका हुन्।
४. व्याक्टेरियाका विशेषताहरु लेख्नुहोस्।
उत्तरः ब्याक्टेरियाका विशेषताहरु यसप्रकार छन् :
i) ब्याक्टेरियामा वास्तविक न्यूक्लियस हुँदैन।
ii) यसको बाहिर कोष झिल्लीले घेरेको हुन्छ । कुनै ब्याक्टेरियामा कोष भित्ता पनि हुन्छ ।
iii) यिनीहरु कुनै स्वजीवी र कुनै परजीवी हुन्छन्।
iv) यिनीहरु हावा, पानी, माटो, जन्तु, बोटबिरुवा जस्ता थुप्रै माध्यममा बाँच्न सक्छन् ।
५. कोसे बालीको जरामा पाइने ब्याक्टेरियाको नाम के हो ? त्यो ब्याक्टेरियाको काम के हो ?
उत्तरः कोसे बालीको जरामा पाइने ब्याक्टेरियाको नाम राइजोवियम हो । यसले वातावरणमा नाइट्रोजन चक्रको सन्तुलनमा सहयोग गर्दछ।
६. ब्याक्टेरियाले मानिसमा ल्याउने केही रोगहरुको नाम लेख्नुहोस् ।
उत्तरः ब्याक्टेरियाले मानिसमा ल्याउने केही रोगहरुको नाम हैजा, निमोनिया, झाडापखाला, टाइफाइड, आदि हुन् ।
7.भाइरस के हो ?भाइरसका विशेषताहरु के-के हुन् ।
उत्तरः भाइरस अत्यन्त सुक्ष्म विषाणु हो । यसका विशेषताहरु यस प्रकार छन् :
i) भाइरस जीवित कोषबाहिर बाँच्न सक्दैन।
ii) यसले सजीव र निर्जीव दवैको गण देखाउँछ ।
iii) यिनीहरुमध्ये कुनैमा न्यक्लियस र कुनैमा साइटोप्लाज्म हुँदैन।
iv) यिनीहरुमध्ये कुनै डी.एन.ए. (DNA) र कुनै आर एन ए (RNA) बाट बनेका हुन्छन् ।
८. भाइरस शब्दको उत्पति कुन भाषाबाट भएको हो ।
उत्तरः भाइरस शब्दको उत्त्पति ल्याटिन भाषाबाट भएको हो ।
९. डी. एन.ए. (DNA) र आर एन.ए. (RNA) को पूर्णरुप लेख्नुहोस् ।
उत्तरः डि.एन.ए (DNA) = डिअक्सिराइबोन्युक्लिक एसिड (Deoxyribonucleic Acid)
आर एन ए (RNA) = राइबोन्युक्लिक एसिड (Ribonucleic Acid)
१०. आश्रयदाताका आधारमा भाइरसलाई कति भागमा बाँडिएको छ र ती के-के हुन् ?
उत्तरः आश्रयदाताका आधारमा भाइरसलाई तीन भागमा बाँडिएको छ । ती यसप्रकार छन् :
क. वनस्पति भाइरस (Plant virus) = वनस्पतिमा मात्र पाइने भाइरस । जस्तैः सूर्तीमा पाइने टोबाको मोजाइक भाइरस (TMV)
ख) जन्तु भाइरस (Animal virus) = जन्तुमा मात्र पाइने वा जन्तुलाई मात्रै असर गर्ने भाइरस । जस्तैः रेबिज : । भाइरस, राइनो भाइरस ।
ग) ब्याक्टेरियोफेज भाइरस (Bacteriophage virus) = ब्याक्टेरियालाई मात्रै असर गर्ने भाइरस।
११. न्युक्लिक एसिडका आधारमा भाइरसको प्रकार लेख्नुहोस् ।
उत्तरः न्युक्लिक एसिडका आधारमा भाइरस दुई प्रकारका हुन्छन् । ती यसप्रकार छन् :
क. डि.एन.ए. भाइरस
ख) आर एन ए. भाइरस
१२. भाइरस कुन-कुन माध्यमबाट मानिसमा सर्छ ?
उत्तरः भाइरस हावा, पानी, खाना आदिको माध्यमबाट मानिसमा सर्छ ।
१३. मानिसमा लाग्ने केही भाइरसजन्य रोगहरुको नाम लेख्नहोस् ।
उत्तरः मानिसमा लाग्ने केही भाइरसजन्य रोगहरु रुघा, हाँडे, दादुरा, पोलियो, रेबिज, एड्स, आदि।
१५. फन्जाइ भनेको के हो उदाहरण दिनुहोस् ।
उत्तरः फन्जाइ हरितकणविहीन सूक्ष्म वनस्पति हो । जस्तैः च्याउ, मोर्चा (यीस्ट), आदि ।
१६. फन्जाइको दुई ओटा विशेषता लेख्नुहोस् ।
उत्तरः फन्जाइको विशेषता यसप्रकार छन् :
क) फन्जाइले आफ्नो खाना आफै बनाउन सक्दैन।
ख) कुनै फन्जाइ परजीवी र कुनै मृत परजीवी हुन्छन्।
ग) यसको जरा, काण्ड र पात छट्टिएको हुँदैन ।
१७. हाइफी भनेको के हो ?
उत्तरः फन्जाइ त्यान्द्रा जोडिएर बनेको हुन्छ, जसलाई हाइफी भनिन्छ ।
१८. च्याउको सफा र नामाङ्कित चित्र बनाउनुहोस् ।
उत्तरः
१९. बिरुवाका मुख्य अंगहरु के-के हुन् ?
उत्तरः बिरुवाका मुख्य अंगहरु यसप्रकार छन् :
क) भेजिटेटिभ अंग = जरा, काण्ड र पात
ख प्रजनन् अंग = फूल
२०. जरा केलाई भनिन्छ । यसको प्रकार लेख्नुहोस् ।
उत्तरः बिरुवाको जमिनमुनिको भागलाई जरा भनिन्छ । जरा मुख्य दुई प्रकारका हुन्छन् :
क) मूल जरा प्रणाली
ख) गुच्छे जरा प्रणाली
२१. बिरुवाको रुपान्तरण भनेको के हो ? विरुवाका विभिन्न भागहरु किन रुपान्तरित हुन्छन् ।
उत्तर : बिरुवाका विभिन्न अंगहरु जरा, काण्ड, पात आदिले स्थान, बनावट र कार्य अनुसार विभिन्न रुपमा परिवर्तन भई कार्य गर्नुलाई बिरुवाको रुपान्तरण भनिन्छ । वातावरणमा अनुकूलित भएर बाँच्नको लागि बिरुवाका विभिन्न भागहरु रुपान्तरित हुन्छन्।
२२. विरुवाको जरा रुपान्तरण कुन-कुन कामको लागि हुन्छ । उदाहरणसहित लेख्नुहोस् ।
उत्तरः बिरुवाको जरामा रुपान्तरण मुख्य तीन कार्यको लागि भएको पाइन्छ :
क) खाद्य वस्तु सञ्चय गर्न मुला, गान्टे मुला, गाँजर
ख) बिरुवालाई आधार दिनः
ग) विभिन्न जीवन प्रक्रिया गर्न पानी र लवण सोस्ने कार्य
23.काण्ड भनेको के हो ? काण्डको रुपान्तरणबाट खाद्य वस्तु सञ्चित हुने बिरुवाहरु कुन-कुन हुन, उदाहरण 2 दिनुहोस् ।
उत्तरः बिरुवाको जमिनमाथिको भागलाई काण्ड भनिन्छ । काण्डको रुपान्तरणबाट खाद्य वस्तु सञ्चित हुने बिरुवाहरु
आलु, अदुवा, प्याज, लसुन हुन्।
२४. बिउ कति प्रकारबाट छरिन्छन् । उल्लेख गर्नुहोस् ।
उत्तरः बिउ निम्न तरीकाबाट छरिन्छन् :
क. हावाद्वाराः सिमल, कपास र घाँस जस्ता बिरुवाका विउहरु हावाबाट छरिन्छन् ।
ख) पानीद्वाराः नरिवल, स्पारी, कमल ।
ग) फल आफै जोडसँग फूल्नाले केही बिरुवाका फल पाकेपछि आफै जोडसँग फुल्दछ र त्यसमा रहेका बिउहरु ओरीपरी छरिन्छन् । जस्तैः तिउरी, केराउ, आलस, तिल ।
घ) मानिस तथा जीवजन्तुबाट
२६. बिउका दुई ओटा भागहरुको नाम लेख्नुहोस् ।
उत्तर: बिउका दुई ओटा भागहरु रेडिकल र प्लुमुल हुन् ।
२७. बिउको अङ्कुरण हुँदा रेडिकल र प्लुमुल कुन कुन कुरामा विकसित हुन्छन् ?
उत्तरः बिउको रेडिकल जरामा र प्लुमुल काण्डमा विकसित हुन्छन्। ।
२८. बिउ भनेको के हो ? यसका कार्यहरु लेख्नुहोस् ।
उत्तरः बिउ गर्भाधान भएको रजकण हो । यसलाई सुषुप्त अवस्थामा रहेको भ्रूण पनि भनिन्छ । बिउका कार्यहरु निम्नलिखित छन् :
क) बिउबाट नयाँ बिरुवा उम्रन्छ ।
ख) बिउमा खाद्य पदार्थ सञ्चय हुन्छ।
ग) बिउको बोकाले भ्रूणको सुरक्षा गर्दछ।
२९. बिउ अङ्कुरण भन्नाले के बुझिन्छ ? बिउ अङ्कुरण हुन आवश्यक पर्ने अवस्थाहरु के-के हुन् ?
उत्तरः अनुकूल वातावरणमा बिउबाट बिरुवा बन्ने प्रक्रियालाई नै बिउ अङ्कुरण भनिन्छ । बिउ अङ्कुरण हुन आवश्यक मात्रामा हावा, पानी र तापक्रमको आवश्यकता पर्दछ ।
३०. पानी कम पाइने स्थानका बिरुवाको पात काँडामा रुपान्तरित हुन्छन्, किन ?
उत्तरः बिरुवाको सुरक्षा गर्न र उत्स्वेदन क्रिया (पातबाट पानी वाष्पिकरण भई खेरा जाने प्रक्रिया) कम गर्न पानी कम पाइने स्थानका बिरुवाको पात काँडामा रुपान्तरित हुन्छन् ।
३१. हाइलम र माइकोपाइल भन्नाले के बुझिन्छ ?
उत्तरः बिउको खाल्डो परेको भागतिर रहने एउटा सेतो दाग जस्तो भागलाई हाइलम भनिन्छ । यही ठाउँबाट बिउ फलमा टाँसिएको हुन्छ। हाइलम नजिक एउटा सानो प्वाल हुन्छ जसलाई माइकोपाइल भनिन्छ । यही माइकोपाइलबाट पानी भित्र पसी बिउलाई अङ्कुरणमा मद्दत गर्दछ ।
३२. कुनै कुनै बिरुवाहरुमा प्वाँख वा भुवा हुन्छन्, किन ?
उत्तरः प्वाँख वा भुवाले गर्दा कुनै कुनै बिरुवाका बिउहरु हावामा उडेर एक ठाउँबाट अर्को ठाउँमा छरिन मदत पुग्छ जसले गर्दा बिउको अङ्कुरण भई बिरुवाहरु उम्रिन्छन् ।
३४. बन्द गरिएको बट्टा वा सिसीमा राखिएको बिउबाट नयाँ बिरुवा उम्रदैन, किन ?
उत्तरः बिउ उम्रनको लागि सूर्यको प्रकाशको आवश्यकता पर्छ । बन्द गरिएको बट्टा वा सिसीमा प्रकाश छिर्न नसक्ने - भएकाले त्यस भित्र राखिएको बिउबाट नयाँ बिरुवा उम्रदैन ।
३५. खोला, नदिनालाका किनारमा विभिन्न प्रकारका वनस्पति पाइन्छन्, किन ?
उत्तरः पानीको माध्यमबाट पनि बिरुवा एक ठाउँबाट अर्को ठाउँमा छरिने र खोला, नदिनालाको किनारमा ओसिलो
लवणयुक्त वातावरण हुने भएकाले खोला, नदिनालाका किनारामा विभिन्न प्रकारका वनस्पति पाइन्छन् ।
३६. नयाँ बिउले उचित वातावरण पाए पनि उम्रदैन, किन ?
उत्तरः नयाँ बिउ भित्र रहेको भ्रूण सुषुप्त अवस्थामा रहने हुनाले त्यसलाई सक्रिय हुन समय लाग्छ । त्यसैले नयाँ बिउले उचित वातावरण पाए पनि उम्रर्दैन ।
37.बिरुवाको अङ्कुरण हुन हावा, पानी र तापक्रमको उचित व्यवस्था हुनुपर्छ भन्ने कुरा एउटा प्रयोग गरी पुष्टि गर्नुहोस्।
उत्तरः एउटा लाम्चो आकारको काठको छुकामा तल, बिचमा र माथि पर्ने गरी एक एक ओटा चना वा सिमीको बिउ धागाले नखस्ने गरी बाँधी काँचको एउटा गिलासमा राख्ने र बिचको बिउको आधा भाग पानी भित्र र आधा भाग पानी बाहिर पर्ने गरी गिलासमा पानी राख्ने । यस अवस्थामा गिलासलाइ 3/4 दिनसम्म अलि अलि घाम आउने ठाउँमा राख्ने । केही दिनपछि ती तीन ओटा बिउलाई अवलोकन गर्दा पानीमा पुरै डुबेको बिउमा अत्यन्त सानो टुसा आउँछ, नडुबेको बिउमा केही पनि परिवर्तन आउँदैन भने बिचको बिउमा ठूलो टुसा उम्रिएर पातहरु पनि देखिन्छ।
यसो हुनुको कारणमा पानीमा डुबेको बिउले पानी र तापक्रम पर्याप्त पाए पनि पानी भित्र अक्सिजन थोरै पाउँछ । त्यसैगरी पानी बाहिरको बिउले तापक्रम र अक्सिजन पर्याप्त पाए पनि पानी पाउँदैन भने बिचको बिउले पानी, हावा र तापक्रम सबै पर्याप्त मात्रामा पाउँछ । यसबाट बिउ अङ्कुराउन हावा, पानी र तापक्रमको उचित व्यवस्था हुनुपर्छ भन्ने पुष्टि हुन्छ ।
३८. फूल भनेको के हो ? फूलका विभिन्न भागहरुको नाम लेख्नुहोस् ।
उत्तरः फूल भनेको बिरुवाको प्रजनन् अंग हो । फूलका विभिन्न भागहरुको नाम यसप्रकार छन् :
क) पत्रदल क्यालिक्स
ख) पुष्पदल कोरोला
ग) पुकेशर एण्ड्रोसियम
घ) स्त्रीकेशर गाइनोसियम
३९. फूलको सफा चित्र बनाई विभिन्न भागहरुको नाम लेख्नुहोस् ।
४०. फूलका विभिन्न भागहरुको परिचय र कार्यः
क) क्यालिक्स: फूलको सबैभन्दा बाहिरी भागलाई क्यालिक्स भनिन्छ । यो सेपल मिलेर बनेको हुन्छ । यो प्राय हरियो रङको हुन्छ । यसले फूलको कोपिला अवस्थामा भित्री अङ्गलाई जोगाएर राख्छ ।
ख) कोरोलाः फूलको दोस्रो घेरालाई कोरोला भनिन्छ । यो पेटल मिलेर बनेको हुन्छ । यो फूलको रङ्गीन भाग हो । यसले किराहरुलाई आकर्षित गरी परागसेचनमा सहयोग पुयाउछ ।
ग) एण्ड्रोसियमः फूलको तेस्रो घेरालाई एण्ड्रोसियम भनिन्छ । यो फूलको भाले प्रजनन् अंग हो । यो स्टामेनहरु मिलेर बनेको हुन्छ । स्टामेनको डाँठलाई फिलामेण्ट भनिन्छ भने टुप्पाको फुलेको भागलाई एन्थर भनिन्छ । एन्थरमा भाले ग्यामेट (परागकण) बन्छ।
घ) गाइनोसियमः फूलको सबैभन्दा भित्री घेरालाई गाइनोसियम भनिन्छ । यो फूलको पोथी प्रजनन् अंग हो। यो एक वा एक भन्दा बढि कार्पल वा पिस्टिल मिलेर बनेको हुन्छ । प्रत्येक कार्पेलमा ओभरी, स्टाइल र . स्टिग्मा हुन्छ । तल्लो फुलेको भागलाई ओभरी, बिचको लाम्चो भागलाई स्टाइल र माथिल्लो केही फुलेको भागलाई स्टिग्मा भनिन्छ । ओभरीले पोथी ग्यामेट उत्पादन गर्छ।
४१. पराग सेचन भनेको के हो ? स्वपराग सेचन र परपराग सेचन बिच भिन्नता लेख्नुहोस् ।
उत्तरः भाले अंगको एन्थरमा बनेको परागकण पोथी अंगको स्टिग्मासम्म पुग्ने प्रक्रियालाई परागसेचन भनिन्छ। स्वपराग सेचन र परपराग सेचन बिच भिन्नता यसप्रकार छ:
facebook :


- Reviews (0)
Nothing Found...Leave a review