- Home
- Show Content
Note Science एकाइ ११ पदार्थ
Note Science एकाइ ११ पदार्थ
यो सामग्री तयार पारेर सहयोग गर्नुहुने आदरणीय सर भुपराज अधिकारीलाई हार्दिक धन्यवाद !
Class: 8
Sub: Science
Medium: Nepali
नाम: भुपराज अधिकारी
ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग
कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग
तह र विषय : मा.वि , गणित- विज्ञान
.................part 1...........................................
एकाइ-११ :पदार्थ (Matter)
१. पदार्थ भनेको के हो ? ।
उत्तर : जुन वस्तुको पिण्ड हुन्छ र ठाउँ ओगट्छ, त्यसलाई पदार्थ भनिन्छ।
१२. पदार्थको वर्गिकरण गर्नुहोस् ।
उत्तर:
३. तत्त्वको उदाहरणसहित परिभाषा दिनहोस् ।
उत्तरः त्यस्तो सरल र शुद्ध पदार्थ जसलाई त्यो भन्दा सरल पदार्थमा परिवर्तन गर्न सकिदैन, त्यसलाई तत्त्व भनिन्छ । जस्तैः फलाम, तामा, सुन, हाइड्रोजन अक्सिजन, पारो, आदि ।
४. यौगिकको उदाहरणसहित परिभाषा दिनुहोस् ।
उत्तरः दुई वा सो भन्दा बढि प्रकारका तत्त्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको शुद्ध पदार्थ जसलाई अझ सरल पदार्थमा परिवर्तन गर्न सकिन्छ, त्यसलाई यौगिक भनिन्छ । जस्तैः पानी, नुन, तेल, कार्बन डाइअक्साइड, आदि
नोटः हालसम्म 92 ओटा प्राकृतिक र 26 ओटा कृत्रिम गरी जम्मा 118 ओटा तत्त्वहरु पत्ता लागिसकेका छन्
५. परमाणुको परिभाषा दिनुहोस् ।
उत्तरः रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्त्वको सबैभन्दा सानो कणलाई परमाणु भनिन्छ।
६. अणुको परिभाषा दिनुहोस् ।
उत्तरः रासायनिक प्रतिक्रियामा भाग नलिने तत्त्व वा यौगिकका सबै गुणहरु यथावत् रहेको सबैभन्दा सानो कणलाई अणु भनिन्छ।
नोट 1: एउटै तत्त्वका परमाणुहरु समान किसिमका हुन्छन् भने फरक फरक तत्वका परमाणुहरु फरक फरक हुन्छन्
। जस्तै हाइड्रोजन तत्त्वको परमाणु हिलियमको भन्दा फरक हुन्छ । यसरी 118 ओटा तत्त्वका 118 प्रकारकै परमाणु हुन्छन्।
नोट 2: तत्त्वका अणुहरु समान किसिमका परमाणु मिलेर बनेका हुन्छन् भने यौगिकका अणुहरु फरक-फरक परमाणु मिलेर बनेका हुन्छन् । जस्तैः
९. एउटा हाइड्रोजन परमाणुको पिण्ड कति हुन्छ ?
उत्तरः एउटा हाइड्रोजन परमाणुको पिण्ड 1 amu हुन्छ ।
१०. 1 ग्राममा कति amu हुन्छ ?
उत्तरः 1 ग्राममा 6 x 1023 हुन्छ ।
नोटः 1p+ = 1 n° = 1837e- = 1 amu
११. विद्युतीय चार्जको एस आई. एकाइ के हो ?
उत्तरः विद्युतीय चार्जको एस.आई. एकाइ कोलम्ब (Coulomb) हो जसलाई संकेतले जनाइन्छ ।
१२. 1 कोलम्बमा कति ओटा इलेक्ट्रोन हुन्छन् ?
उत्तरः 1 कोलम्बमा 6.25 x 1018 ओटा इलेक्ट्रोन हुन्छन् ।
१३. साधारणतया परमाणुमा विद्युतीय चार्ज देखिदैन, किन ?
वा
प्रायः परमाणु तटस्थ (चार्जवीहिन हुन्छ, किन ?
उत्तरः हरेक परमाणुमा प्रोटोन र इलेक्ट्रोनको सङ्ख्या बराबर हुने भएकाले प्रोटोनको धनात्मक चार्ज र इलेक्ट्रोनको ऋणात्मक चार्ज एक अर्कामा काटिएर परमाणु तटस्थ बन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review