- Home
- Show Content
Note Science एकाइ ११ पदार्थ_2
Note Science एकाइ ११ पदार्थ_2
यो सामग्री तयार पारेर सहयोग गर्नुहुने आदरणीय सर भुपराज अधिकारीलाई हार्दिक धन्यवाद !
Class: 8
Sub: Science
Medium: Nepali
नाम: भुपराज अधिकारी
ठेगाना: सुन्दर हरैँचा -१२ ,खोर्साने ,मोरङ्ग
कार्यरत विद्यालय : लक्ष्मी माध्यमिक विद्यालय बेलबारी -११,लक्ष्मीमार्ग , मोरङ्ग
तह र विषय : मा.वि , गणित- विज्ञान
.................part 2...........................................
एकाइ-११ :पदार्थ (Matter)
२५. संयुज्यताको परिभाषा लेख्नुहोस् ।
उत्तरः कुनै तत्त्वको परमाणुले अर्को तत्त्वको परमाणुसँग रासायनिक प्रतिक्रिया गरी यौगिक बनाउँदा लिने वा दिने । वा साझेदारी गर्ने इलेक्ट्रोनको सङ्ख्यालाई नै संयुज्यता भनिन्छ ।
२६. तत्त्वको संयुज्यता कुन कुरामा निर्भर हुन्छ ?
उत्तरः तत्त्वको संयुज्यता त्यसको परमाणुको बाहिरी कक्षमा रहेको इलेक्ट्रोनको सङ्ख्यामा भर पर्दछ ।
२७. डुप्लेट र अक्टेटको परिभाषा दिनुहोस् ।
उत्तरः अन्तिम K-कक्षमा 2 ओटा इलेक्ट्रोन भएको परमाणुलाई डुप्लेट भनिन्छ । जस्तैः हिलियम । अन्तिम कक्षमा 8 ओटा इलेक्ट्रोन भएको परमाणुलाई अक्टेट भनिन्छ । जस्तैः नियोन, आर्गन, आदि ।
२८. अक्टेटको नियम भन्नाले के बुझिन्छ ?
उत्तरः परमाणुले इलेक्ट्रोन लिएर, दिएर वा साझेदारी गरेर अन्तिम कक्षमा 8 ओटा इलेक्ट्रोन बनाउन खोज्ने गुणलाई अक्टेटको नियम भनिन्छ।
२९. संयुज्यता सूचक इलेक्ट्रोन भनेको के हो ?
उत्तरः परमाणुको सबैभन्दा बाहिरी सेलमा भएको इलेक्ट्रोनलाई संयुज्यता सूचक इलेक्ट्रोन भनिन्छ । नोटः परमाणुको बाहिरी कक्षमा K-सेल बाहेक इलेक्ट्रोनको सङ्ख्या क्रमशः 1,2,3,र 4 भएमा संयुज्यता पनि त्यति नै हुन्छ । यदि बाहिरी कक्षमा 5,6 वा 7 भएमा संयुज्यता क्रमशः 3,2 र 1 हुन्छ ।
३०. अणु सूत्रको परिभाषा दिनुहोस् ।
उत्तरः अणुलाई जनाउने तत्त्वहरुको संकेत समूहलाई अणु सूत्र भनिन्छ ।
३१. अणु सूत्र कसरी लेखिन्छ ?
उत्तरः अणु सूत्र लेख्न सबैभन्दा पहिले त्यो रासायनिक पदार्थ कुन कुन तत्त्व मिली बनेको हुन्छ भन्ने कुरा थाहा - पाउनु पर्छ । त्यसपछि ती तत्त्वको संयुज्यता थाहा पाउनु पर्छ । त्यसपछि संयुज्यताको साटफेर गरी अण सूत्र लेखिन्छ ।
जस्तै.
३५. पेरियोडिक तालिकाको परिभाषा दिनुहोस् । यसको विकास किन भएको हो ?
उत्तरः तत्त्वका भौतिक एवम् रासायनिक गणको समानता र असमानताका आधारमा निर्माण गरिएको तालिकालाई पेरियोडिक तालिका भनिन्छ । संसारमा हालसम्म पत्ता लागेका जम्मा 118 ओटा तत्त्वहरूको बारेमा बेग्लाबेग्लै रुपमा अध्ययन गर्न कठिन हुने भएकाले तत्त्वहरुको अध्ययनलाई वैज्ञानिक एवम् व्यवस्थित गर्न पेरियोडिक तालिकाको विकास भएको हो।
३६. मेण्डेलिभको पेरियोडिक तालिकाको परिभाषा दिनुहोस्।
उत्तरः तत्त्वहरुलाई पारमाणविक भारको बढ्दो क्रममा राखी निर्माण गरिएको तालिकालाई मेण्डेलिभ पेरियोडिक - तालिका भनिन्छ ।
३७. आधुनिक पेरियोडिक तालिकाको परिभाषा दिनुहोस् ।
उत्तरः तत्त्वहरुलाई पारमाणविक सङ्ख्याको बढ्दो क्रममा राखी निर्माण गरिएको तालिकालाई आधुनिक पेरियोडिक तालिका भनिन्छ।
३८. रासायनिक प्रतिक्रिया के लाई भनिन्छ ?
उत्तरः रासायनिक परिवर्तन हुने क्रममा पदार्थका परमाणु तथा अणुहरुबिच हुने साटफेर, सङ्गठन वा विघटन प्रक्रियालाई रासायनिक प्रतिक्रिया भनिन्छ ।
३९. रासायनिक प्रतिक्रियालाई जनाउने तरीकाहरु के के हुन् ?
उत्तरः रासायनिक प्रतिक्रियालाई निम्नलिखित दई तरीकाले जनाइन्छ:
क) शब्द समिकरण
ख) सूत्र समिकरण
facebook :


- Reviews (0)
Nothing Found...Leave a review