प्रास मोडेल सेट एघार

प्रास मोडेल सेट एघार

प्रास वस्तुगत बहुउत्तर - SET  11           (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. नेपालको इतिहासमा पहिलो पटक जनमत संग्रह कहिले भएको थियो ?

(A) वि.सं. २०३६ बैशाख २०

(B) वि.सं. २०३७ बैशाख २०

 (C) वि.सं. २०३८ वैशाख २०

 (D) वि.सं. २०३९ बैशाख २०

 

 

२.१२ बजे तोप पड्काउने चलन कसले चलाएको हुन् ?

(A) पद्म शमशेर

(B) चन्द्र शमशेर

 (C) देव शमशेर

 (D) भीम शमशेर

 

 

३. सेचेन गुम्बा कुन जिल्लामा रहेको छ?

 (A) काठमाडौं

(B) रुपन्देही

 (C) कपिलवस्तु

 (D) ललितपुर

 

 

४. द ग्रेट हिमालयन ट्रेड पदमार्गको यात्रा पुरा गर्ने प्रथम व्यक्ति को हुन् ?

 (A) मिङमा शेर्पा

(B) नवाङ लामा

 (C) आप्पा शेर्पा

 (D) फुर्वा शेर्पा

 

 

५. लिच्छविकालमा राज भाषाको रुपमा कुन भाषालाइ लिइन्थ्यो?

(A) नेपाली

(B) नेवारी

(C) संस्कृत

 (D) पाली

 

 

६. जंग बहादुर राणा बेतायतबाट फर्केर आउँदा सँगै ल्याएको प्रेसलाई के भनिन्थ्यो ?

 (A) गिद्दे प्रेस

(B) पाशुपत प्रेश

(C) गरुड प्रेस

 (D) माथिका कुनै पनि होइन

 

 

७. नेपालमा प्रथम शिक्षा मन्त्री को भएको थिए?

 (A) नन्दराम उप्रेति

(B) नृपजंग राणा

(C) मोहन शमशेर राणा

(D) परशुनारायण चौधरी

 

 

८. माधवी मासिक पत्रिकोको प्रकाशन सर्वप्रथम कहिले बाट सुरु भयो ?

 (A) वि.सं. १९३४

(B) वि.सं. १९६७

 (C) वि.सं. १९६९

 (D) वि.सं. १९४२

 

 

९. प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ? यो कथन नेपालको संविधानको कुन धारासँग सम्बन्धित छ ?

 (A) धारा १५

(B) धारा १६

(C) धारा १७

(D) धारा ३१

 

 

१०. नेपालको संविधानले मौलिक हकको कार्यान्वयनको लागि कुन तहका अदातललाई जिम्मेवारी दिएको छ ?

(A) सर्वोच्च अदालत

(B) उच्च अदालत

 (C) जिल्ला अदालत

 (D) A र B दुबै

 

 

११. नेपालको संविधान अनुसार प्रदेशको कार्यकोरिणी अधिकार कसमा निहित रहेको छ?

 (A) प्रदेश सरकार

(B) प्रदेश मन्त्रिपरिषद्

 (C) प्रदेश सभा

 (D) प्रदेश प्रमुख

 

 

१२. नेपालको संविधानको कतिवटा अनुसूचीमा अधिकारको सूची उल्लेख गरिएको छ ?

 (A) ३ वटा

(B) ४ वटा

(C) ५ वटा

 (D) ६ वटा

 

 

१३. नेपालमा शिक्षा २०११ ले निर्धारण गरेको प्राथमिक शिक्षाको उद्देश्य तलका मध्ये कुन होइन् ?

(A) निरक्षर हटाउनु

 (B) सबै बालबालिकालाई न्यूनतम अत्यावश्यक शिक्षा प्रदान गर्नु

(C) बालबालिका लाई सुयोग्य नागरिक बनाउन सहायता दिनु

(D) व्यवसायिक ज्ञान एवम् सिप प्रदान गर्नु

 

 

१४. सर्वागीण राष्ट्रिय शिक्षा समितिको रिपोर्टले सरकारी सेवामा प्रवेश गर्न चाहने व्यक्तिले शिक्षा समाप्ती पछि कति वर्ष समाज सेवा गर्न अनिवार्य गरिएको थियो?

 (A) दुई वर्षे

(B) तीन वर्षे

(C) एक वर्षे

(D) चार वर्षे

 

 

१५. राष्ट्रिय शिक्षा पद्धतिको योजना अनुसार कुन कुन बिषयको पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रमै छाप्न सिफारिस गरिएको थियो ?

(A) विज्ञान, गणित र व्यवसायिक विषयहरू

(B) नेपाली, गणित र सामाजिक शिक्षा

 (C) नेपाली, गणित र व्यवसायिक विषयहरू

 (D) अंग्रेजी विज्ञान

 

 

१६. नेपालको हालसम्मको शिक्षा नीतिहरू मुख्य कुत कुन कुरामा बढी केन्द्रित रहेको छन् ?

 (A) समतामुलक पहुँच

(B) गुणस्तर

 (C) क्षमता विकास

 (D) साक्षरता

 

 

१७. प्राविधिक शिक्षा तथा व्यवसायिक तातिम तीति २०६९ कुन नीति परिमार्जन गरी तयार गरिएको हो ?

 (A) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम नीति २०३७

 (B) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम नीति २०४९

(C) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम नीति २०५९

(D) प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम नीति २०६४

 

 

१८. विद्यार्थी ल्याऔँ र सिकोऔँ देहायका मध्ये कुनमा उल्लेख गरिएको अभियान हो?

(A) राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५

(B) शैक्षिक गुणस्तर नीति २०७५

 (C) राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७१

 (D) आधारभूत शिक्षा पाश्यक्रम कक्षा १-३

 

 

१९. दशौं योजनाको उद्देश्यमा महिलाको जिवनस्तर उकोस्न मद्दत पुयाउन कस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको थियो?

 (A) साक्षरता, साक्षरोत्तर, आयमुलक र जीवनोपयोगी अनौपचारिक शिक्षा

(B) आयमुलक र जीवनोपयोगी कार्यक्रम

 (C) साक्षरता र आयमूलक कार्यक्रम

(D) सीपयुक्त जनशक्ति उत्पादन गर्ने शैक्षिक

 

 

२०. सर्वागीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट २०१८ ते सिफारिस गरेको तलका मध्ये कुन हो?

(A) निरक्षरता हटाउन दश वर्षे योजना हुनु पर्छ

(B) ७७ विकास जिल्लामा एक एक ओटा ग्राम पुस्तकालय खोल्नुपर्छ

(C) कार्यमुलक पौढ शिक्षा सञ्चालन गर्नुपर्छ

(D) साक्षरताको राष्ट्रिय परिभाषा निर्धारण गर्नुपर्छ

 

 

२१. नेपाल सरकारले अवलम्बन गर्दै आइरहेको वैकल्पिक विद्यातय कार्यक्रम अन्तर्गत कुन कुन कार्यक्रमहरू रहेको छन् ?

 (A) महिला शिक्षा र बाल शिक्षा

 (B) महिला शिक्षा र अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम

(C) बाल शिक्षा र प्राथमिक शिक्षा विस्तार कार्यक्रम

(D) प्राथमिक शिक्षा विस्तार कार्यक्रम र अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम

 

 

२२. जिल्ला अनौपचारिक शिक्षा संयोजकको व्यवस्था गर्ने कार्य कसले गर्दछ?

 (A) जिल्ला शिक्षा अधिकारी

(B) जिल्ला अनौपचारिक शिक्षा समिति

(C) अनौपचारिक शिक्षा उपभोक्ता तथा व्यवस्थापन समिति

(D) अनौपचारिक शिक्षा केन्द्र

 

 

२३. निरन्तर शिक्षा तह एक कार्यक्रमको स्वरुप कस्तो हुने व्यवस्था रहेको छ ?

(A) पुस्तकालयमा नियमित अध्ययन गर्ने

(B) सामुदायिक सिकाइ केन्द्रमा अध्ययन गर्ने

(C) आधारभूत तथा कार्यमूलक साक्षरता सिप हाँसिल गर्ने

(D) साक्षरोत्तर शिक्षा तथा कार्यमुलक सिप हासिल गर्ने

 

 

२४. शिक्षा नियमावती अनुसार एक शैक्षिक सत्रमा कति दिन विद्यालय खोल्नुपर्दछ?

(A) १९२ दिन

(B) २०५ दिन

 (C) २१० दिन

(D) २२० दिन

 

 

२५. वर्तमान शिक्षा प्रणाली व्यवस्थित गर्ने कार्य कुन कुन ऐनले गर्ने गरेको छन् ?

 (A) शिक्षा ऐन २०२८ संशोधन सहित

(B) शिक्षा नियमावली २०४९ संशोधन सहित

(C) प्रचलित नेपालको कानुनहरू

 (D) माथिका सबै

 

 

२६. कुनै जिल्लाको जिल्ला शिक्षा समितिते तोकिए बमोजिम जिम्मेवारी पुरा गर्न नसकेमा यस्तो जिल्ता शिक्षा समितिलाई कसले विघटन गर्न सक्छ ?

(A) शिक्षा मन्त्रालय

(B) प्रधानमन्त्री

 (C) नेपाल सरकार

 (D) शिक्षा मन्त्री

 

 

२७. व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरूको छनोट गर्ने प्रयोजनको लागि शैक्षिक सत्र सुरु भएको कति दिनभित्र कति दिनको म्याद दिएर प्रधानाध्यापकले अभिभावकको भेला गराउनु पर्दछ?

 (A) ७ दिनको म्याद दिएर १५ दिन भित्र

(B) ३० दिन भित्र, कम्तीमा ७ दिनको म्याद दिएर

 (c) ३० दिन भित्र १५ दिनको म्याद दिएर

 (D) कुनै पनि होइन

 

 

२८. नेपालमा सर्वप्रथम कुन शिक्षा आयोगको प्रतिबेदनले खुल्ला विश्वविद्यालयको स्थापना गर्नुपर्छ भनी सिफारिस गरेको थियो?

(A) रा.शि.प.यो. २०२८

(B) स.सा.शि.स. को रिपोर्ट, २०१८

 (C) शाही उच्चशिक्षा आयोग, २०४०

 (D) राष्ट्रिय शिक्षा आयोग, २०४९

 

 

२९. निजामति सेवा ऐन वा यस अन्तर्गत बनेको नियममा उल्लेख भएदेखि बाहेक निजामति कर्मचारी प्रशासन सम्बन्धी काम कुन मन्त्रालयको नीतिगत स्वीकृति बिता गर्न पाउने छैन ?

 (A) अर्थ मन्त्रालय

(B) राष्ट्रिय योजना आयोग

 (C) रक्षा मन्त्रालय

 (D) सामान्य प्रशासन मन्त्रालय

 

 

३०. निजामति सेवामा समावेशी बनाउनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये तोकिएको प्रतिशतको पदको लागि महिला, जनजाति, दलित र अपांग उम्मेदवारको लागि छुट्टाछुट्टै व्यवस्था द्वारा प्रतिस्पर्धा गराइ पदपूर्ति गर्ने प्रक्रियाको पुतराबलोकन कति वर्षमा गर्नुपर्छ ?

 (A) ३ वर्ष

(B) ४ वर्ष

(C) ५ वर्ष

 (D) १० वर्ष

 

 

३१. निजामति सेवाको राजपत्राङ्कित पदमा बढुवा गर्दा बढुवा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 (A) लोक सेवा आयोगको अध्यक्ष

 (B) लोक सेवा आयोगको सदस्य

 (C) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य

 (D) सेवा समुह सम्बन्धी मन्त्रालयको सचिव

 

 

३२. बदुवाको लागि सामान्य उम्मेद्वार हुन नपाउने अवस्था तलका मध्ये कुन होइन ?

 (A) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर

(B) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर

(C) तलब बद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर

 (D) निलम्बन भएकोमा निलम्बन भएको २ वर्षसम्म

 

 

३३. माध्यमिक शिक्षामा छात्राहरूको सहभागिता तुलनात्मक रुपमा कम हुँदै आएको समुदाय कुन हो ?

 (A) मदेशी समुदाय

(B) मुस्लिम समुदाय

(C) हिमाली समुदाय

(D) A र B दुवै

 

 

३४. दिवा खाजा कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक देखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीको लागि कति जिल्लामा कार्यक्रम लागु गरिएको छ?

(A) १४ जिल्ला

(B) १५ जिल्ला

(C) १२ जिल्ला

 (D) १७ जिल्ला

 

 

३५. पन्ध्रो योजनामा आधारभूत तह १-८ को खुद भर्नादर कति प्रतिशत पुयाउने लक्ष्य राखिएको छ?

(A) ९२.५ प्रतिशत

(B) ९५.३ प्रतिशत

(C) ९९.५ प्रतिशत

(D) ९६.३ प्रतिशत

 

 

२६. राष्ट्रिय जनगणना २०६८ अनुसार सबभन्दा बढी साक्षरता प्रतिशत र सबभन्दा कम साक्षरता प्रतिशत हुने जिल्लाहरू कुन कुन थिए?

(A) ललितपुर र मुगु

(B) काठमाडौं र हुम्ला

 (C) कास्की र मनाङ

 (D) कोठमाडौँ र मनाङ

 

 

३७. मापन र मूल्यांकन सम्बन्धमा तलका मध्ये कुन भनाइ ठीक हो ?

(A) मापन र मूल्यांकन भनेको एउटै हो

 (B) मापनले मूल्य निर्धारण गर्दछ मूल्याकंनले मुल्य निर्धारण गर्दछ

 (C) मापनले मुख्य निर्धारण गर्दछ मुल्यांकनले स्तर निर्धारण गर्दछ

 (D) मापनले अंकन गर्दछ र मुल्यांकनले मुल्य निर्धारण गर्दछ

 

 

३८. पाठ्यक्रमको विषयवस्तुको प्रतिनिधित्व गराई मूल्यांकन गर्न सक्ने गुण तलका कुन चाहिँ प्रश्नमा हुन्छन् ?

(A) निवन्धात्मक प्रश्न

(B) वस्तुगत प्रश्न

 (C) छोटो उत्तर प्रश्न

 (D) विषयगत प्रश्न  

 

 

३९. परीक्षा बाहेकको मूल्यांकनको साधन तलका कुन पर्दैन ?

(A) मौखिक परीक्षा

(B) प्रयोगात्मक परीक्षा

 (C) अन्तरवार्ता

 (D) अवलोकन

 

 

४०. विद्यालय तहमा अक्षरांकन पद्धति कार्यान्वयन गर्नुको मुख्य उद्देश्य कुन हो?

 (A) विद्यालयको सिकाइ र क्षमतालाई यथारुपमा प्रमाणित गर्नु

(B) सिकाइ उपलब्धिको अंकन गर्दा देखिने अंकगत स्तरलाई नौ वटा अक्षरगत स्तरमा सूचित गर्नु

(C) शैक्षिक क्षतिलाई न्युनीकरण गर्दै शैक्षिक गुणस्तर पवर्द्धन गर्नु

 (D) माथिका सबै

 

 

४१. विद्यालयमा आन्तरिक र बाह्य परीक्षा मूल्यांकन गर्ने प्रचलन कहिले देखि सुरु भएको हो ?

 (A) वि.सं. २०२० साल

(B) वि.सं. २०२५ साल

 (C) वि.सं. २०२८ साल

 (D) वि.सं. २०३० साल

 

 

४२. पाठ्यक्रममा कुन विषय समावेश भएपछि विशेषज्ञहरूद्धारा सुपरीवेक्षणको आवश्यकता महसुस गरियो?

 (A) गणित

(B) समाजशास्त्र

 (C) नीतिशास्त्र

 (D) शारीरिक शिक्षा

 

 

४३. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले तराई र उपत्यकोको लागि माध्यमिक विद्यालय र निरीक्षक बीचको अनुपात कति तोकेको थियो?

(A) १:३०

(B) १:२०

 (C) १:१०

 (D) १:७

 

 

४४. २०३७ सालमा नेपालको शैक्षिक निरीक्षण व्यवस्था विषयमा युनेस्को, आइ.पि.पि. भन्ने संस्थाले अध्ययन मूल्यांकन गरी सुधारको निम्ति ओल्याएको कमजोरी तलका मध्ये कुन हो?

(A) निरीक्षकहरूको शैक्षिक योग्यता तथा अनुभवको कमी हुनु

(B) निरीक्षकहरूमा शैक्षिक सीप नहुनु

(C) दक्ष शिक्षकहरू निरीक्षण पेसाप्रति आकर्षित नहुनु

 (D) माथिका सबै

 

 

४५. पाठशाला बन्दोबस्त इन्स्पेक्टरी फाँट कहिले खुलेको हो ?

 (A) वि.सं. १९७६

(B) वि.सं. १९७७

 (C) वि.सं. १९८८

 (D) वि.सं. १९८९

 

 

४६. राष्ट्रिय  व्यावसायिक प्रशिक्षण केन्द्र कसको सह्योगबाट सञ्चातित थियो?

 (A) एसियाली विकास बैंक

(B) युएसआईडी

 (C) युनेस्को

 (D) विश्व बैंक

 

 

४७. शिक्षकको पेसागत विकासको प्रारुप कहिले पारित भएको हो?

 (A) वि.सं. २०७२/१२/०३

(B) वि.सं. २०७२/१२/१३

 (C) वि.सं. २०७२/०३/१२

 (D) वि.सं. २०७१/१२/०३

 

 

४८. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार पाँचौं सक्षमता कुन हो?

 (A) सञ्चार तथा सहकार्य

(B) सुचना तथा सञ्चार प्रविधि

 (C) विषयवस्तुको ज्ञान

 (D) निरन्तर सिकाइ र पेसागत विकास

 

 

४९. माध्यमिक तहका शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च बापत दिने व्यवस्था छ?

 (A) आखिरी १२ महिना

(B) आखिरी १८ महिना

(C) आखिरी २१ महिना

 (D) आखिरी २४ महिना

 

 

५०. प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले सम्बन्धित शैक्षिक तालिम केन्द्रमा बुझाएको प्रतिवेदनको मूल्याकंनको लागि कति अंक छुट्याइएको छ?

(A) ५ अंक

(B) ७ अंक

 (C) १० अंक

 (D) १५ अंक

 

 

समाप्त (सफलताको सुभकामना)

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login