प्रास मोडेल सेट बार

प्रास मोडेल सेट बार

प्रास वस्तुगत बहुउत्तर - SET  12           (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 


2. नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
क. वि.स. २०५७ श्रावण २ 
ख. वि.स. २०६३ जेठ २१
ग. वि.स. २०६३ मंसिर ५ 
घ. वि.स. २०६५ भाद्र २१ 

 

3. समाजिक लेखापरीक्षणमा बालक्लब गठन नभएको अवस्थामा सबैभन्दा माथिल्लो कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने दुइ जनालाइ अनिवार्य रुपमा ...............गर्नुपर्ने छ?
(क) पर्यवेक्षक 
(ख) सदस्य
 (ग) समावेश 
(घ) आमन्त्रण

 


 4. स्थानिय पाठ्यक्रम तथा मातृभाषाको पाठ्यक्रम स्वीकृती गर्ने कार्य कसले गर्दछ ? 
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) जिल्ला पाठ्यक्रम समन्चय समिति 
(ग) जिल्ला शिक्षा समिति
(घ) जिल्ला शिक्षा अधिकारी 

 


5. सार्क राष्ट्रको बंगलादेश र पाकिस्तान अधिकारमा आधारित शिक्षा (निशुल्क कक्षा १२ सम्म) छ भने अनिवार्य शिक्षा कति कक्षासम्म छ?
 (क) बंगलादेश प्रा.वि र पाकिस्तान मा.वि 
(ख) बंगलादेश आधारभुत र पाकिस्तान माध्यमिक
(ग) बंगलादेश जुनियर र पाकिस्तान सिनियर
(घ) बंगलादेश (१-३) र पाकिस्तान ६-८ 

 

 


6. निम्न लिखित तथ्यहरूमा कुन कुन सही छ/छैन ?


(1) नेपालको मौलिक शैली मानिने प्यागोडा शैलीको मन्दिर निर्माणमा इटा र कोठको प्रयोग हुन्छ 


(2) नेपालमा जिल्ला स्थित प्रशासनिक संरचनामा मौजा, प्रगान्ना र जिल्ला भन्ने तह मल्लकालमा थियो 


(3) मल्लकालमा बनेको कोठको धेरै मुर्तिहरू पाटनको कोष्ठकला संग्राहलयमा संरक्षित छन् 


(4) पश्चिम नेपालमा मगरहरूको एक बहुउद्देशिय स्वेच्छिक संगठन भेजा हो  


(क) 1र 3 मात्र 
(ख) 1र 4 मात्र 
(ग) 1,2,3 र 4 सबै 
(घ) 1 मात्र 

 


7. शिक्षकले विद्यालयमा अनुपस्थित हुने भन्दा पहिले तलका मध्ये कुन कार्य गर्नुपर्दछ ?
 (क) निवेदन दिनुपर्ने
(ख) प्र.अ लाइ भन्नुपर्ने
(ग) विदाको अनुमति लिनुपर्ने 
(घ) उपस्थित हुन नसक्ने जानकारी गराउने 

 


8. नेपालको संविधान २०७२ अनुसार मातृभाषा शिक्षा पाउने हक कसलाइ सुनिश्चित गरेको छ ? 
(क) प्रतयेक व्यक्तिलाइ
(ख) प्रत्येक नागरिकलाइ
 (ग) प्रत्येक नेपाली समुदायलाइ 
(घ) प्रत्येक देशबासीलाइ 

 


9. सबैभन्दा पहिले शिक्षक तालिम दिने संस्था कुन हो ?
 (क) शिक्षक तालिम केन्द्र
(ख) अगुवा स्रोत केन्द्र 
(ग) आधार शिक्षक तालिम केन्द्र
(घ) प्राथमिक शिक्षक तालिम केन्द्र 

 


10. शिक्षण सिकाइ प्रक्रियालाई सहज र सिलिसिलाबद्ध बनाउन बनेको समाग्रीमध्ये कुन सवभन्दा बढी उपयोगी हुन्छ ?
(क) पाठ्यक्रम 
(ख) पाठ्यपुस्तक 
(ग) निरिक्षण
 (घ) माथिका सबै 

 


11. विद्यालय क्षेत्र विकास कार्यक्रमको दातृ निकाय तलका मध्ये कुन होइन ?
(क) विश्व बैङ्क 
(ख) युरोपियन युनियन 
(ग) अस्ट्रेलियन सहयोग
 (घ) अमेरिकन सहयोग 

 


12. प्राथमिक शिक्षा ५ वर्षको हुनुपर्ने र कक्षा १ मा प्रवेश गर्ने विद्यार्थी ६ वर्ष लागेको हुनुपर्ने सुझाब तल दिइएको मध्ये कुन आयोगले सिफारिस गरेको छ? 
(क) राष्ट्रिय शिक्षा आयोग २०४९
(ख) राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ 
(ग) उच्चस्थरीय राष्ट्रिय शिक्षा आयोग २०५५ 
(घ) शिक्षा सम्बन्धि उच्चस्तरीय कार्य समिति २०५८ 

 


13. शैक्षिक तथ्याङ्क  २०७४ अनुसार (११-१२) तहका खुद भर्नादर कति प्रतिशत रहेको छ ?
 (क) ९७.२ 
(ख) ९५.१
ग) २२
(घ) ६४.९ 

 


14. श्रव्य दृश्य सामग्रीको प्रयोगले वालवालिकोको सबै इन्द्रियहरूको प्रयोग गरी पाठ्यपुस्तकलाइ सरल र अधिकार बनाउने कुन संग सम्बन्धित छ ? 
(क) सि नि गुड 
(ख) म्याकनन एण्ड रोवर्ट
 (ग) कन्फुसियम 
(घ)कमेनियम 

 


15. विद्यालयमा शिक्षाको माध्यम........ हुने छ ?
(क) नेपाली र अंग्रेजी 
(ख) नेपाली 
(ग) अंग्रेजी 
(घ) माथिका सबै 

 


16. आधारभुत र माध्यमिक तहका आवधारणा तलका मध्ये कुन योजनाले अगाडी सारेको छ ? 
(क) सबैका लागी शिक्षा
(ख) विद्यालय क्षेत्र विकास योजना 
(ग) विद्यालय क्षेत्र सुधार योजना 
(घ) प्राथमिक शिक्षा परियोजना 

 


17. तलका मध्ये शिक्षाको राष्ट्रिय उदेश्य कुन होइन ?
(क) समाजको आधुनिकरणमा सहयोग मानव संसाधनको विकोश
 (ख) व्यक्तिको समाजिकरणमा सहयोग समाजिक एकता 
(ग) राष्ट्रिय सम्पदाको संरक्षण तथा संवर्द्धन 
(घ) सस्कृतिको संरक्षण तथा सम्बर्द्धन 

 


18. अपाङ्गता छात्रवृति कार्यक्रम यतायात सेवा छात्रवृति रु ३०० दिइन्छ र शैक्षिक समाप्ती छात्रवृति कति दिने व्यवस्था छ?
(क) ५०० 
(ख) ७००
(ग) १०००
 (घ) १२०० 

 


19. शिक्षा ऐन २०२८ को कतिऔ संशोधनले राष्ट्रिय परिक्षा बोर्डको व्यवस्था गरेको हो ?
(क) सातौ 
(ख) आठौ
 (ग) नवौ 
(घ) पाँचौ

 


20. पाठ्यक्रमलाइ पुर्णता प्रदान गर्ने अंग कुन हो ?
 (क) उद्देश्य
 (ख) बिषयबस्तु
(ग) विधिहरू 
(घ) मूल्याङ्कन 


21. समान विषयलाइ तहगत रुपमा मिलाउने संगठन कुन स्वरुप हो ?
(क) लम्बीय 
(ख) समतलिय 
(ग) वलयकोर
 (घ) माथिका सबै

 


22. सन् १९८९ मा सुशासनको आवधारणा कसले अगाडी सारेको थिए ?
(क) युरोपियन युनियन 
(ख) एसियाली बैंक
 (ग) विश्व बैंक
 (घ) माथिका कुनै पनि होइन 

 


23. कक्षा १ पढ्ने विद्यार्थीको उमेर ६ वर्ष हुन तलका मध्ये कुन राष्ट्रमा व्यवस्था छ ?
(क) फिनल्यण्ड 
(ख) श्रीलङ्का 
(ग) पाकिस्तान 
(घ) बंगलादेश 

 


24. सर्वाङगीण राष्ट्रिय शिक्षा समिति २०१८ ले (१-५) लाइ पाठशाला भनिन्थ्यो भने कक्षा(६-११) लाइ के भनिन्थ्यो ?
(क) मिडिल 
(ख) हाइस्कुल 
(ग) बद्यालय
 (घ) कलेज उच्च तह

 


25. राष्ट्रिय शिक्षा आयोग प्रतिबेदन २०४९ अनुसार उच्च माध्यमिक शिक्षाको ५ धार मध्ये कुन पर्दैन ?
 (क) साधारण
(ख) पेशागत र प्राविधिक 
(ग) बहुप्राविधिक र सस्कृत 
(घ) स्नातकोत्तर 

 


26.११ औँ जनगणना २०६८ अनुसार नेपाल सबैभन्दा बढी वा धेरै साक्षर भएको जनजाती कुन हो ? 
(क) नेवार
(ख) थकोली 
(ग) मारवाडी 
(घ) कोयस्थ 

 


27. वि.स २०१० सालमा नेपाललाइ कति ओटा डिभिजनल इन्स्पेक्टर अफ स्कुल स्थापना गरिएको थियो ?
(क) ६ 
(ख) ८ 
(ग) ९ 
(घ) ७ 

 


28. कुनै शिक्षकलाइ सुपरिवेक्षकले गरेको मूल्यांकन चित्त नबुझेमा सोको ठोस आधार र कारण सहित कति दिन भित्र
जिल्ला शिक्षा अधिकारी समक्ष उजुरी गर्न सक्ने व्यवस्था छ? 
(क) ३५ दिन
 (ख) १५ दिन
 (ग) ९० दिन 
(घ) ७ दिन 


29. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार कुन विषयको प्रयोगात्मक मुल्याइकन हुने व्यवस्था छैन ?
 (क) नेपाली 
(ख) विज्ञान
 (ग) गणित
(घ) सामाजिक 

 


30. शिक्षा मनोविज्ञनाले जन्मदेखी बृद्धाअवस्था सम्मको सिकाइ अनुभवहरूको वर्णन र व्याख्या गर्छ ? यो भनाइ कसको हो ?
(क) जोन डिवे 
(ख) क्रो एण्ड क्रों 
(ग) डुगल 
(घ) प्लेटो 

 


31. तल दिइएको मध्ये सात सदस्य समिति कुन होइन ?
 (क) सामाजिक लेखा परिक्षक समिति
(ख) ऐच्छिक विषयगत समिति
 (ग) विद्यालय पुस्तक समिति
(घ) ग्रामिण शिक्षा विकास कोष समिति 

 


32. पुस्तकालय पर्व कहिले घटेको थियो ? 
क) वि.स १९८५ 
(ख) वि.स १९८७
(ग) वि.स १९७८ 
(घ) बि.स १९८६

 


 33. नेपालले २०६४ साल देखी मनाउदै आएको सुचना दिवस कहिले पर्दछ ?
 (क) भाद्र ३
(ख) भाद्र ४
 (ग) भाद्र ५ 
(घ) भाद्र ६ 

 


34. परिक्षालाई कुन अर्थमा लिने गरिन्छ ? 
(क) निरन्तर चलिरहने प्रक्रिया
(ख) लक्ष्य प्राप्तिको मात्रा निर्धारण
 (ग) प्राप्त सुचनाको आधारमा निर्णय गर्ने पद्धति
 (घ) मूल्यांकनको लागी सुचना 

 


35. खुल्ला विश्व विद्यालयमा पठनपाठन कहिले देखि सञ्चालन भयो ?
(क) २०७५ जेठ १२ 
(ख) २०७४ जेठ १२ 
(ग) २०७० असार ३० 
(घ) माथिका सबै 

 


36. साविक शिक्षा विभाग (शिक्षा तथा मानव ग्रोत विकास केन्द्र)को माहाशाखा ३ वटा मध्ये कुन होइन?
(क) शैक्षिक सूचना तथा प्रविधि महाशाखा 
(ख) शैक्षिक योजना तथा विकास महाशाखा
 (ग) शैक्षिक प्रविधि तथा अनौपचारिक महाशाखा 
(घ) मानव संशाधन विकास महाशाखा

 


37. प्राथमिक तहका सबै शिक्षकहरूलाई तालिम प्राप्त बनाउने लक्ष्यको साथ सञ्चालित कार्यक्रम कुन हो ? 
(क) शिक्षक शिक्षण आयोजना
(ख) वि.क्षे.सुधार योजना
 (ग) सबैका लागि शिक्षा कार्यक्रम
(घ) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम 

 


38. पियाजेले  मानव विकासको कति चरण विभाजन गरेको छन् ?
(क)४
(ख) ७
 (ग) ९ 
(घ) १० 

 


39. शिक्षक सेवा आयोगको पहिलो अध्यक्ष को थिए ?
(क) नन्दाराम उप्रेती 
(ख) उदयराज स्रोती 
(ग) ताना गौतम 
(घ) विश्वनाथ भट्टराई 

 


40. अंग्रेजी पढाउने प्रथम नेपाली शिक्षक को हुन् ?
 (क) गरुडध्वज राणा
 (ख) रूद्रराज पाण्डे
(ग) डाइमण्ड शमशेर 
(घ) चन्द्र शमशेर 

 


41. नेपाको संविधानमा राज्यको नितिहरू कतिवटा रहेको छन् ?
(क) १२
 (ख) १३ 
(ग) १४ 
(घ) १५ 

 


42. अनिवार्य तथा निःशुल्क शिक्षा बमोजिम भर्ना गर्न ईन्कार गरेमा कति सजाय हुन्छ ? 
(क) ५००० 
(ख) २००० 
(ग) ३०००
(घ) १००० 

 


43. कक्षा ९ मा पढ्ने विद्यार्थीको उमेर कति वर्ष तोकिएको छ ?
(क) १८ 
(ख) १२ 
(ग) १३
 (घ) १६ 

 


44. कुनैपनि वस्तुको मूल्य निर्धारण गर्ने प्रक्रिया मुल्याकंन हो , यो कसको भनाइ हो? 
(क) टेलर 
(ख) गुड
(ग) ग्रेन्लुन्ड 
(घ) हेग 

 


45. कार्यपरक सम्बन्ध प्रत्यावर्तन सिकाइ १९३२ BF Skinner ले कुन जिव माथि प्रयोग गरेको थिए ?

(क) परेवा
 (ख) बादर
 (ग) हात्ति 
(घ) मुसा  

 


46. बानि ,ज्ञान र प्रवृति आर्जन गर्नु सिकाइ हो ?
 (A) Crow 
(B) Skinner
(C) Gillford
 (D) Gafes 

 


४७. यौवन अवस्थाको शारिरिक संकटहरू तलका मध्ये कुन होइन ? 
(क) दुर्घटना 
(ख) आत्महत्या
 (ग) मृत्यु, शारिरिक खतरा
(घ) प्राप्तिमा कमि 

 


४८. शिक्षक एउटा मैनबत्ति जस्तै हुन, जो आफु बलेर अरुलाई उज्यालो दिन्छन् ?
(A) John Dewey 
(B) Roffrin 
(C) petter 
(D) Plato 

 


४९. शिक्षक केन्द्रित बिधि तलका मध्ये कुन होइन ?
(क) प्रबचन विधि 
(ख) प्रदर्शन 
(ग) प्रश्नोत्तर 
(घ) समस्या समाधान विधि 

 

 


५०. बैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास कुन तहका अधिकारको सुचिमा पर्दछ ? 


(क) स्थानिय तह र संघको अधिकार
(ख) स्थानिय तह र प्रदेशको अधिकार 
(ग) संघ र प्रदेशको अधिकार
(घ) स्थानिय तहका अधिकार
***समाप्त***



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login