प्रास मोडेल सेट चौध

प्रास मोडेल सेट चौध

प्रास वस्तुगत बहुउत्तर - SET  14           (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१. महत्वपुर्ण रुख बोधिचित्त उत्पादनको पहिला जिल्ला कुन हो ? 
(A) सिन्धुपाल्चोक
(B) कोभ्रेपलाञ्चोक
 (C) कोठमाण्डौ
(D) दोलखा 

 


२. राजा सिद्धिनरसिंह मल्लले पाटनको कृष्ण मन्दिरको निर्माण...... मा गरेको हुन ? 
(A) वि.सं. १५९३
(B) विसं १६१३ 
(C) वि.सं. १६९३
(D) वि.सं. १७९३ 

 


३. नेपालको शैक्षिक इतिहासमा आधुनिक कालको प्रारम्भ कुन अवधिबाट भएको मानिन्छ ? 
(A) औपचारिक शिक्षाको प्रारम्भ वि.सं. १९१०
(B) वि.सं. २००७ प्रजातन्त्रको प्राप्ति पछि
 (C) राशि.प.यो. २०२८ बाट 
 (D) प्रजातन्त्रको पुनर्वहाली २०४७ बाट 

 


४. दरबार स्कुल स्थापनाको कति वर्ष पछि उक्त स्कुलले नपाली हेडमास्टर प्राप्त गर्यो ?
 (A) ६२ वर्ष
(B) ६८ वर्ष
 (C) ७५ वर्ष 
 (D)७२ वर्ष 

 


५. संवैधानिक हकको प्रचलनको लागि कुन कुन धारामा लेखिए बमाजिम सबैधानिक उपचार पाउने हक हुने छ?
 (A) धारा १३३ र १४४
(B) धारा १३३ र १४६
 (C) धारा १४४ र १५५ 
 (D) धारा १३२ र १४३ 

 


६. नेपालको सविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल सरचनामा कुन कुन तह रहने व्यवस्था छ?

(A) केन्द्र, प्रदेश र स्थानीय
(B) संघ, प्रदेश र स्थानीय
 (C) क्षेत्र, प्रदेश र स्थानीय
 (D) संघ र प्रदेश 

 


७. सविधान बमोजिम राज्य शक्तिको प्रयोग विभिन्न तहले कसरी सञ्चालन गर्ने व्यबस्था छ? 
(A) संविधान बमोजिम
(B) कानुन बमोजिम 
(C) संघीय सरकारले तोकेबमोजिम 
(D) संविधान तथा कानुन बमोजिम .. 

 


८.आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, बार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने काम कसको हो ? 
(A) संघ, प्रदेश र स्थानीय तह
(B) संघ र प्रदेश
 (C) संघ 
 (D) नेपाल सरकार मन्त्रिपरिषद 

 


९. राष्ट्रिय शिक्षा पद्धतिको योजनापूर्व विद्यालय शिक्षाको संरचना कुन रहेको थियो  ? 
(A)5+5
(B)5+6
 (C)5+3+2 
 (D)3+4+3 

 


१०. विद्यालयहरूलाई सरकारीकरण गर्ने योजना देहायका मध्य कुन हो ?
 (A) राष्ट्रिय शिक्षा योजना आयोग, २०११
(B) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
 (C) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०१८ 
 (D) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ 

 


११ रा. शि. प. यो. २०२८-०३२ अनुसार माध्यमिक शिक्षाको प्रकार कुन हुने व्यवस्था थियो ?
 (A) साधारण र व्यवसायिक
(B) साधारण र संस्कृत
 (C) साधारण, प्राविधिक र संस्कृत 
 (D) साधारण, व्यावसायिक र संस्कृत

 


१२. उच्च स्तरीय राष्ट्रिय शिक्षा आयागको प्रतिवदन, २०५५ ले कुन योजनाको  अन्तसम्ममा शतप्रतिशत बालबालिकाहरू लाई प्राथमिक शिक्षामा सहभागी गराउने  लक्ष्य लिइनुपर्छ भनी सिफारिस गरेको थियो ? 
(A) नवौं
(B) दशौं
 (C) एघारौं  
 (D) बारौं 

 


१३. विगतका नीतिहरूमा सामान्य सुधार गर्दै लैजाने नीति कुन सिद्धान्त अन्तर्गत पर्दछ ? 
(A) अभिवृद्धिवादी सिद्धान्त
(B) जनमतको सिद्धान्त
 (C) प्रणाली सिद्धान्त
 (D) समूह सहमति सिद्धान्त 

 


१४. शिक्षाको  मुल प्रवाहमा पछाडी पारिएको वर्गहरूलाई लक्षित गरी शैक्षिक नीति तर्जुमा शिक्षा नीति निमार्णको ..... हो ? 
(A) सम्भ्रान्त वर्गीय सिद्धान्त
(B) वर्गीय हितको सिद्धान्त
 (C) प्रणाली सिद्धान्त 
 (D) समूह सहमति सिद्धान्त 

 


१५. राष्ट्रिय शिक्षा नीति २०७६ ले कुन तहले विद्यालय सेवा क्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याइने व्यवस्था गरिने कार्यनीति लिएको  छ?
 (A) स्थानीय तह
(B) विद्यालय तह
 (C) स्थानीय र प्रदेश तह 
 (D) वडा तह 

 


१६. राष्ट्रिय शिक्षा नीति २०७६ ले  विद्यालय सेवा क्षेत्र निर्धारणको आधार, निर्धारित मापदण्ड ....... ले तोक्ने कार्यनीति लिएको छ? 
(A) स्थानीय तह
(B) संघीय सरकारको शिक्षा हेर्ने मन्त्रालय
 (C) प्रदेश तह 
 (D) शिक्षा तथा मानव स्रोत विकास केन्द्र 

 


१७. सबैका लागि शिक्षा सम्बन्धि राष्ट्रिय कार्ययोजना २००१-२०१५ मा देहाय मध्य कुन सूचक समावेश छ ?
(A) आधारभूत तहका खुद भर्नादर  
(B) प्रारम्भिक बालविकासको अनुभव सहित कक्षा १ मा भर्ना हुन आउनेको प्रतिशत 
(C) कक्षा १० सम्मै विद्यार्थी स्थायित्व 
(D) प्रारम्भिक बालविकासको खुद भर्नादर 

 


१८. साक्षरता कार्यक्रमलाई महत्व दिँदै कुन सालको शिक्षा दिवसको नारा साक्षर बनौँ, साक्षरता बढाऔँ" भन्ने  राखिएको थियो ?
 (A) वि.सं. २०४६
(B) वि.सं. २०५१
 (C) वि.सं. २०४९ 
 (D) वि.सं. २०६५ 

 


१९. विद्यालय क्षेत्र सुधार योजनाले आधारभूत तहलाई कति चरणमा विभाजन गरेको छ? 
(A) २ चरण
(B) ३ चरण 
(C) ४ चरण
(D) १ चरण 

 


२०. विद्यालय क्षेत्र विकास योजनाले  देहायका मध्य कुन कक्षामा विद्यार्थी राष्ट्रिय उपलब्धि परीक्षण गर्ने थप व्यवस्था गरेको छ? 
(A) कक्षा १२
(B) कक्षा ८ 
(C) कक्षा १०
(D) कक्षा ७ 

 


२१. वि.सं. २०३७ सालमा स्थापित प्राविधिक शिक्षालय कुन हो ? 
(A) पनौती प्राविधिक शिक्षालय
(B) जिरी प्राविधिक शिक्षालय
 (C) लाहान प्राविधिक शिक्षालय 
 (D) उत्तरपानी प्राविधिक शिक्षालय 

 


२२. सबैका लागि शिक्षा नेपाल राष्ट्रिय कार्ययोजना २००१-०१५ ले सन् २०१५ सम्मलाई कति चरणमा विभाजन गरी लक्ष्य निर्धारण गरको छ?
 (A) ३
(B) ४
 (C) ५
 (D) ६ 

 


२३. साझेदारीमा विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था शिक्षा एनको कुन संशाधनले गरेको हो ?
 (A) सातौ
(B) आठौं 
(C) पाँचौं
(D) छैटौं 

 


२४. २०५७/७/२४ मा जारी गरिएको नियमावली कुन हो ?
 (A) शिक्षा नियमावली
(B) शिक्षक सेवा आयोग नियमावली
 (C) उच्च माध्यमिक शिक्षा नियमावली 
 (D) राष्ट्रिय शिक्षक सेवा आयोग नियमावली


२५. शिक्षकलाई नोकरीबाट हटाउने वा बर्खास्त गर्ने अधिकारी देहायका मध्य कुन हो ? 
(A) सम्बन्धित निर्देशक
(B) सम्बन्धित जिल्ला शिक्षा अधिकारी
 (C) सम्बन्धित विद्यालय व्यवस्थापन समिति 
 (D) विद्यालय शिक्षक कितावखाना 

 


२६. स्थायी नियुक्ती भएको शिक्षक सेवा अवधि कति वर्ष पुगपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ ?
 (A) १ वर्ष
(B) २ वर्ष
 (C) ३ वर्ष 
 (D) ५ वर्ष 

 


२७. प्रधानाध्यापक र शिक्षक समान तह र श्रणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरिवेक्षकको हैसियतमा कसले अंक प्रदान गर्ने व्यवस्था छ?
 (A) विद्यालय निरीक्षक
(B) विव्यस अध्यक्ष
 (C) स्रोत व्यक्ति 
 (D) प्रधानाध्यापकले 

 


२८. निजामती सेवा नियमावली, २०५० को चौधो संशोधन कहिले भएको थियो ? 
(A) २०७३/५/२४
(B) २०७४/५/२४
 (C) २०७२/५/२४ 
 (D) २०७२/५/२३

 


२९. निजामती सेवा नियमावली, २०५० नेपाल राजपत्रमा कहिले प्रकाशित भएको थियो ? 
(A) २०५०/३/२८
(B) २०५०/२/२८
 (C) २०५०/१/२८ 
 (D) २०५०/४/२८ 

 


३०. निजामती सेवा नियमावली, २०५० बमाजिम के कस्तो अवस्थामा दुई वर्ष देखि पाच वर्षसम्म बढुवा रोक्का गर्न वा दुई देखि  पाँच तलब वृद्धिसम्म रोक्का गर्ने व्यवस्था रहेको छ?
 (A) अनुशासनहीन काम गरेमा
(B) प्रचलित कानुन बमोजिम पेस्की फछ्यौट नगरेमा 
 (C) पूर्वस्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा 
 (D) माथिका सबै 

 


३१. वि.सं. २०४७ सालमा नेपालको कुल साक्षरता कति प्रतिशत रहेको थियो ?
 (A) २८ प्रतिशत
(B) ३२ प्रतिशत
 (C) ३६ प्रतिशत 
 (D) ४२ प्रतिशत 

 

 


३२. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल साक्षरता दर कति रहेको छ ?
 (A) 53.7%
(B) 57.5%
 (C) 65.9% 
 (D)75.1% 

 


३३. निश्चित उमेर समूहका  बालबालिकाहरूको भर्नाको अवस्था निकाल्नको लागि तलका मध्य कुन सूचक उपयोगी हुन्छ ?
 (A) NIR
(B) GIR
 (C) GER
 (D) NER 

 


३४. शैक्षिक सुचनालाई अर्थपूर्ण बनाई विश्लषण योग्य बनाउन ............ बढी उपयोगी हुन्छ ? 
(A) फारम विकास
(B) तालिका निर्माण
 (C) सूचकको निर्माण 
 (D) तथ्याकको संगठन 

 


३५. एकाइ परीक्षा मुख्यतयाः कुन मूल्याङ्कनको आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ?
 (A) निर्माणात्मक
(B) निदानात्मक
 (C) निर्णयात्मक 
 (D) त्रैमासिक र वार्षिक परीक्षा 

 


३६. निरन्तर विद्यार्थी मूल्याङ्कन कुन मूल्याङ्कन अन्तर्गत पर्दछ ? 
(A) निर्णयात्मक
(B) विश्लेषणात्मक
(c) निर्माणात्मक 
(d) विषयात्मक 

 


३७. किन विद्यार्थीको लागि मुल्याउन गर्नु आवश्यक हुन्छ ?
 (A) विद्यार्थीको क्षमता जाँच्न
(B) विद्यार्थीको कमजोरी पत्ता लगाई सुधार गर्न
(c) विद्यार्थीलाई अनुशासनमा राख्न 
(d) विद्यार्थीलाई पुरस्कार वा दण्ड दिन 

 


३८. विद्यालय निरीक्षकमा हुनुपर्ने गुणहरू तलका मध्य कुन हो ? 
(A) नैतिकता एवं इमान्दारिता 
 (B) निरन्तर पेसागत विकासमा समर्पित 
(c) तनाव व्यवस्थापन क्षमता 
(d)माथिका सबै 

 


३९. विद्यालय निरीक्षणलाई कस्तो सेवाको रुपमा लिइन्छ ?
 (A) प्रशासनिक
(B) व्यावसायिक
(C) प्राविधिक 
(D) पेसागत

 


४०. शिक्षकको सक्षमता नं. १ मा कुन पर्दछ ? 
(A) विषयवस्तुको ज्ञान
(B) शिक्षण सिकाइ विधिसम्बन्धी ज्ञान
 (C) सिकारु सम्बन्धी ज्ञान
 (D) सिकाइ वातावरण र कक्षा व्यवस्थापन 

 


४१. प्राथमिक तहका सबै शिक्षकहरूलाई तालिम प्राप्त बनाउने लक्ष्यको साथ सञ्चालित कार्यक्रम कुन हो ? 
(A) विद्यालय क्षेत्र सुधार योजना
(B) सबैका लागि शिक्षा कार्यक्रम 
(C) शिक्षक शिक्षण आयोजना
(D) आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम 

 


४२. निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकहरूको लागि सञ्चालित सेवाकालीन १० महिने तालिम कार्यक्रमलाई कति चरणमा विभाजन गरी प्रदान गरिएको थियो? 
(A) २ चरण
(B) ३ चरण
 (C) ४ चरण 
 (D) ५ चरण 

 


४३. प्राथमिक तहका शिक्षकहरूलाई तालिम दिन वि.सं. २०५३ मा स्थापना गरिएको प्राथमिक शिक्षक तालिम केन्द्र रहेको स्थान दहायको मध्य कुन हो?
 (A) सुर्खेत
(B) कास्की
 (C) पाल्पा 
 (D) चितवन 

 


४४. पन्ध्रौं योजनाको अन्त्यसम्ममा मातृभाषामा पठनपाठन हुने विद्यालय संख्याको बृद्धि प्रतिशत ...... पुयाउने लक्ष्य लिएको छ?
 (A) १८ प्रतिशत
(B) २० प्रतिशत
 (C) २५ प्रतिशत
 (D) २४ प्रतिशत 

 


४५. “सामाजिक आर्थिक रुपान्तरणको लागि मानव संसाधनको विकास” पन्ध्रौं योजनाको .....हो ? 
(A) सोच
(B) लक्ष्य 
(C) उद्देश्य
 (D) रणनीति 

 


४६. पन्ध्रौं योजनाले ...... शिक्षालाई निःशुल्क र अनिवार्य गराउने उद्देश्य लिएको छ ?
 (A) माध्यमिक शिक्षा
(B) आधारभूत शिक्षा
 (C) प्राथमिक शिक्षा
 (DI उच्च शिक्षा 

 


४७. "विद्यालय शिक्षामा गुणस्तर मापदण्ड र प्रत्यायन प्रणाली [Accreditation System) विकास गरी विद्यालयमा समान गुणस्तर कायम गर्ने" पन्ध्रौं आवधिक योजनाको केमा पर्दछ ?
 (A) रणनीति
(B) सोच 
(C) लक्ष्य
(D) उद्देश्य 

 


४८. पन्ध्रौं योजनाको शिक्षा सम्बन्धी उद्दश्य देहायका मध्य कुन हो ?
(A) रोजगारी एवम् स्वरोजगारीको लागि सीपमूलक शिक्षाको विस्तार गर्ने 


 (B) मुलुकको आवश्यकता अनुरुप गुणस्तरीय, व्यावसायिक र सीपयुक्त शिक्षा प्रदान गर्ने 


(C) संघीय संरचना अनुरुप सबै तहका शैक्षिक सुशासन कायम गर्नु 


(D) शैक्षिक प्रशासनमा निरन्तर सुधार. नवप्रवर्तन र सुशासनलाई संस्थागत गर्नु 

 


४९. चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा माध्यमिक शिक्षामा अध्ययन गर्नेमध्य प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीको प्रतिशत कति पुयाउने लक्ष्य लिएको छ?
 (A) 20%
(B)25%
 (C) 28% 
 (D)30% 

 


५०. राष्ट्रिय साक्षरता अभियानको सुरुवात कहिलेदेखि भएको हो?
 (A) आ.व. ०६६/६७
(B) आ.व. ०६८/६९ 
(C) आ.व. ०६५/६६
(D) आ.व. ०६९/७०


THE END

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login