- Home
- Show Content
प्रास मोडेल सेट पन्ध्र
प्रास मोडेल सेट पन्ध्र
प्रास वस्तुगत बहुउत्तर - SET 15 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१. तलका मध्ये कुन शिक्षण विधि अन्तर्क्रियात्मक विधिअन्तर्गत पर्दछ ?
(क) व्याख्यान विधि
(ख) प्रदर्शन विधि
(ग) छलफल विधि
(घ) खोज विधि
२. परियोजना विधि सर्वप्रथम कसले प्रतिपादन गरेको हुन् ?
(क) विलियम एच.किलप्याट्रिक
(ख) अगस्त कम्ते
(ग) जोन डिवे
(घ) कमेसियन
३. बढी प्रभावकारी शिक्षण सामग्री कुन हो?
(क) मुदित सामग्री
(ख) श्रव्य सामग्री
(ग) दृश्य सामग्री
(घ) श्रव्यदृश्य सामग्री
४. नेपालको वर्तमान प्राथमिक शिक्षा पाठ्क्रम अनुसार कक्षा १ देखि ३ सम्म विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षाको प्रत्येक कक्षामा साप्ताहिक पाठभार र पूर्णाङ्क कति कायम गरिएको छ ?
(क) पाठ्यभार २ र पूर्णाङक ५०
(ख) पाठ्यभार ३ र पूर्णाङक ७५
(ग) पाठ्यभार ४ र पूर्णाङक ५०
(घ) पाठयभार ५ र पूर्णाङ्क १००
५. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ (संशोधन सहित) अनुसार शिक्षाको राष्ट्रिय उद्देश्य कुन पर्दैन ?
(क) व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकताको सृदृत बनाउने
(ख) समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणको निम्ति मानव संसाधनको विकास गर्ने
(ग) प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने
(च) मानव अधिकार र सामाजिक मूल्य मान्यताप्रति सचेत भई जिम्मेवार पूर्ण आचरणको विकास गर्ने
६. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७५ ले आधारभूत तहका कक्षा ६-८ मा साप्ताहिक कति पाठ्यघण्टाको पठन पाठन हुने कुरा उल्लेख गरेको छ ?
(क) २४ पाठ्यघण्टा
(ख) २६ पाठयघण्टा
(ग) ३२ पाठ्यघण्टा
(घ) ३४ पाठ्यघण्टा
७. कस्तो पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ?
(क) स्थानीय आवश्यकता अनुसारको विषयवस्तु छनौट गरी निर्माण गरिएको पाठ्क्रम
(ख) स्थानीय सरकारको निर्देशनमा तयार गरिएको पाठ्यक्रम
(ग) पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएको पाठ्यक्रम
(घ) विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले तयार गरेको पाठ्यक्रम
८. पाठ्यक्रम विकासको लागि आवश्यक पर्ने तत्वहरूको सही क्रम कुन हो ?
(क) विषयवस्तु, उद्देश्य, क्रियाकलाप र मूल्यांकन
(ख) उदेश्य, विषयवस्तु, क्रियाकलाप र मूल्यांकन
(ग) विषयवस्तु, सक्षमता, क्रियाकलाप र मूल्याकन
(घ) क्रियाकलाप, उदेश्य, विषयवस्तु र मूल्यांकन
९. आधारभुत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम, २०७५ कति जिल्ला र विद्यालयमा परिक्षण भइरहेको छ ?
(क) १५ जिल्लाको १०० विद्यालय
(ख) १५ जिल्लाको १०३ विद्यालय
(ग) १८ जिल्लाको १०० विद्यालय
(घ) १८ जिल्लाको १०३ विद्यालय
१०. विधार्थीले प्राप्त गरेको मापन पा अंकलाई विश्लेषण गरि स्तर निर्धारण गर्नु क्रमश राखी राम्रो नराम्रो छुट्याउनु या मूल्य निर्धारण गर्नुलाई के भनिन्छ ?
(A)Evaluation
(b) Test
(C) Measurement
(D) Assessment
११. विधार्थीलाई कुनै कक्षा या विषयमा अध्ययन गर्नको लागि प्रवेश दिन अगाडी त्यस विषय प्रति उनीहरूको रूची अभिवृति ज्ञान शिप कस्तो छ भनि पत्ता लगाउने मूल्यांकन लाई के भनिन्छ?
(क) स्थान निर्धारण
(ख) निर्माणात्मक
(ग) निर्णयात्मक
(च) उपचारात्मक
१२. शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्याकनको प्रमुख उद्देश्य कुन हो ?
(क) शिक्षण सिकाइमा सुधार गर्नु
(ख) विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
(ग) शिक्षक र विद्यार्थीलाई पृष्ठपोषण प्रदान गर्नु
(घ) सिकाइ प्रति विद्यार्थीलाई उत्प्रेरित गर्नु
१३. कुनै विद्यार्थीले ४५ अंक ल्यायो भने अक्षरांकन पदति अनुसार उक्त विधार्थीले स्तरीकृत अंक कति पाउँछ ?
(क) १.६
(ख) २.०
(ग) २.४
(घ) २.८
१४. आधारभुत शिक्षा पाठ्क्रम, २०६९ अनुसार कक्षा ६, ७ र ८ मा नैतिक शिक्षा विषयमा आवधिक मूल्यांकनको लागि कति प्रतिशत छुटयाइएको छ?
(क) १५ प्रतिशत
(ख) २५ प्रतिशत
(ग) ५० प्रतिशत
(च) ६० प्रतिशत
१५. माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार सबैभन्दा कम साप्ताहिक पाठ्यभार भएको विषय कुन हो ?
(क) नेपाली
(ख) सामाजिक अध्ययन
(ग) स्वास्थ्य, जनसंख्या र वातावरण
(च) सबै विषयमा पाठ्यभार बराबर छ
१६. समावेशी शिक्षाले मूलतः तल दिइएको मध्ये कुन तीन ओटा पक्षलाई जोड दिन्छ ?
(क) समतामूलक पहुंच. पूर्ण सहभागिता र विविधताको स्वीकृति तथा सम्मान
(ख) विविधताको स्विकार, सम्मान र समतामूलक पहुंच
(ग) सहभागित, विकास र सम्मान
(च) सम्मान, स्वीकृति र सहभागिता
१७. कक्षा शिक्षण भन्नाले कस्तो शिक्षणलाई जनाउँछ ?
(क) एउटा कक्षाको सबै विषयहरू एउटै शिक्षकबाट शिक्षण गर्ने व्यवस्था
(ख) एउटा कक्षाको मिल्दोजुल्दो विषयहरू विभाजन गरी एक भन्दा बढी शिक्षकले शिक्षण गर्ने व्यवस्था
(ग) कक्षामा पालैपालो फरक फरक शिक्षकले फरक फरक विषय शिक्षण गर्ने व्यवस्था
(घ) एकजना शिक्षकले एकभन्दा बढी कक्षामा एकै समयमा शिक्षण गर्ने व्यवस्था
१८. लैंगिक समानताको लागी गरिने सकारात्मक विभेदलाई के भनिन्छ ?
(क) लैंगिक समानता
(ख) लैंगिक सशक्तिकरण
(ग) लैंगिक न्याय
(घ) लैगिक मुलप्रवाहीकरण
१९. सर्वप्रथम कम्युटर प्रणालीमा आधारित शैक्षिक सुचना व्यवस्थापन सम्बन्धि तालिम कुन संस्थाको सहयोगमा सञ्चालन भएको थियो ?
(क) USAID
(ख) UNDP
(ग) JICA
(घ) RORAD
२०. शिक्षकको पेशागत विकास तालिम हाल कति चरणमा सम्पन्न हुने व्यवस्था छ?
(क) २
(ख) ३
(ग) ४
(घ) ५
२१. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कतिओटा केन्द्रीय निकायहरू गाभिएको छन् ?
(क) २
(ख) ३
(ग) ४
(घ) ५
२२. साक्षर घोषणा भएको पहिलो जिल्ला कुन हो ?
(क) ललितपुर
(ख) पाल्पा
(ग) सिन्धुपाल्चोक
(घ) चितवन
२३. हाल नेपालमा शिक्षा तालिम केन्द्रको संख्या कति रहेको छ ?
(क)७
(ख) ९
(ग) २०
(घ) २९
२४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार शिक्षा सम्बन्धी वडा समितिले तलका मध्ये कुन कार्य गर्दैन ?
(क) आधारभुत विद्यालय खोल्न सिफारिस गर्ने
(ख) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने
(ग) विद्यालयको ठाँउ सारी गर्न सिफारिस गर्ने
(घ) आधारभुत विद्यालय स्वीकृत गर्न सिफारिस गर्ने
२५. राष्ट्रिय परिक्षा बोर्डमा मनोनित सवस्यको पदावधि कति अवधि रहेको हुन्छ ?
(क) २ वर्ष
(ख) ३ वर्ष
(ग) ४ वर्ष
(च) ५ वर्ष
२६. शिक्षा नियामावली, २०५९ अनुसार प्रधानाध्यापकको छनोटको आधारहरू अन्तर्गत माथिल्लो शैक्षिक योग्यताको अंकभार कति कायम गरिएको छ?
(क) ५
(ख) १०
(ग) १५
(घ) २५
२७. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक बढुवाको आधार अन्तर्गत तालिम वापत शिक्षकले कति अंक पाउने व्यवस्था छ?
(क) ३
(ख) ५
(ग) ७
(घ) १०
२८. नेपालको वर्तमान संविधान अनुसार शिक्षा सम्बन्धी मौलिक हक कुन हो?
(क) प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ
(ख) पत्येक व्यक्तिलाई आधारभुत शिक्षामा पहुंचको हक हुनेछ
(ग) प्रत्येक मानिसलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ
(घ) प्रत्येक समुदायलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ
२९. दिगो विकासको शिक्षा सम्बन्धी लक्ष्य कुन हो?
(क) सबैलाई समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने र जीययपर्यन्त सिकाइ अवसर अभिवृद्धि गर्ने
(ख) सबैलाई समानता र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने र जीवयपर्यन्त सिकाइ अवसर अभिवृद्धि गर्न
(ग) सबैलाई समावेशी र पहुँचयोग्य गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने र जीवयपर्यन्त सिकाइ अवसर अभिवृद्धि गर्ने
(घ) सबैलाई सान्दर्भिक र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने र जीवयपर्यन्त सिकाइ अवसर अभिवृद्धि गर्ने
३०. कुनै कार्यालयमा अन्य कार्यालय, संघसंस्था वा व्यक्तिबाट प्राप्त हुन आएको विभिन्न चिठीपत्र, आदेश, निवेदन, उजुरी, प्रतिवेदन तथा अन्य कागजातहरूको प्रारम्भिक अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?
(क) चलानी
(ख) फाइलिङ
(ग) दर्ता
(च) टिप्पणी
३१. शिक्षा जीवन हो , जीवनको लागि तयारी हैन ? यो भनाइ कुन शिक्षा विदको हो ?
(क) एरिस्टोटल
(ख) फ्रोबेल
(ग) रूसो
(घ) जोन डिवे
३२. निश्चित पाठ्यक्रमको आधारमा निश्चित समयमा दिइने शिक्षाको स्वरूपलाई-- भनिन्छ ?
(क) औपचारिक शिक्षा
(ख) अनौपचारिक शिक्षा
(ग) अनियमित शिक्षा
(घ) अप्रत्यक्ष शिक्षा
३३. मानव विकासको विशेषता कुन हो?
(क) विकासको परिपक्वतासंग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ
(ख) विकास निश्चित अवधिसम्म मात्र हुन्छ
(ग) विकास वंशानुगत गुणबाट प्रभावित हुने गर्दछ
(घ) व्यक्तिमा देखा पर्ने गुणात्मक परिवर्तन विकास हो
३४. प्रारम्भिक बाल्यावस्थाको विशेषता कुन हो ?
(क) पूर्व बाल समूह उमेर
(ख) समूह उमेर
(ग) विद्यालय जाने उमेर
(घ) प्रतिस्पर्धी खेल उमेर
३५. सिकाइको स्वरूपमा कुन पर्दैन ?
(क) सिकाइ प्रक्रिया र उत्पादन हो
(ख) सिकाइ प्रक्रिया हो र उत्पादन होइन
(ग) सिकाइ उदेश्यपूर्ण हुन्छ
(घ) सिकाइ सार्वभौम हुन्छ
३६ सिकाइमा प्रभाव पार्ने प्रमुख दुई तत्वमा कुन कुन पर्छन् ?
(क) अभ्यास र प्रतिविम्वन
(ख) वंशानुगत र वातावरण
(ग) पृष्ठपोषण र प्रतिविम्वन
(घ) उत्प्रेरणा र पुनर्बल
३७. थर्नडाइकले प्रतिपादन गरेको सिकाइको प्राथमिक नियमहरू अन्तर्गत कुन पर्दछ ?
(क) बहु प्रतिक्रियाको नियम
(ख) अभ्यासको नियम
(ग) समानताको नियम
(घ) मनोवृत्तिको नियम
३८. विद्यालय सुधार योजनाको मुख्य उद्देश्य कुन हो ?
(क) स्थानीय सरोकारवालाहरूलाई विद्यालयको विकासमा सक्रिय सहभागिता गराई अपनत्व भावना जगाउने
(ख) स्थानीय तहमा योजना निर्माण, परिमार्जन, कार्यान्वयन र अनुगमन गर्ने सीप तथा क्षमताको विकास गर्ने
(ग) विद्यालय समुदायको लागि हो र समुदायको सहयोग विद्यालयको लागि हो भन्ने भावना जागृत गर्ने
(घ) सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सहयोग पुयाउने र शिक्षण सिकाइमा सुधार गर्ने
३९. वार्षिक शैक्षणिक योजनालाई सहयोग गर्ने शैक्षणिक योजना कुन हो ?
(क) वार्षिक कार्यतालिका
(ख) वार्षिक पाठयोजना
(ग) एकाइ योजना
(घ) शिक्षण सुधार योजना
४०. एक हप्ताभित्र (शनिवार बाहेक) शिक्षण सिकाइमा प्रयोग गरिने समयलाई पाठ्यक्रमको पाठ्यभार अनुसार पिरियडमा विभक्त गरी तयार पारिएको योजनालाई के भनिन्छ ?
(क) एकाइ योजना
(ख) शिक्षण सुधार योजना
(ग) दैनिक पाठयोजना
(घ) साप्ताहिक कार्यतालिका
४२. कक्षा १ मा अंग्रेजी विषयलाई अनिवार्य कहिले गरिएको हो?
(क) २०५९
(ख) २०६०
(ग) २०६१
(घ) २०६२
४२. नेपालमा सर्वप्रथम पुर्वप्राथमिक शिक्षालाई विद्यालयीय शिक्षाको संरचनामा एकिकृत गर्नुपर्छ भन्ने सुझाव दिने दस्तावेज कुन हो ?
(क) राष्ट्रिय शिक्षा पद्धति योजना
(ख) नेपालमा शिक्षा प्रतिवेदन
(ग) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
(घ) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
४३. प्राथमिक शिक्षाको उद्धेश्य साक्षरताको शिक्षा दिनु हो ? यो कुन दस्तावेजसँग सम्बन्धित छ ?
(क) राष्ट्रिय शिक्षा पद्धति योजना
(ख) नेपालमा शिक्षा प्रतिवेदन
(ग) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
(च) उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
४४. शिक्षक सक्षमताको प्रारूप, २०७२ अनुसार छैटौं नम्बरको सक्षमता कुन हो?
(क) शिक्षण सिकाइ कौशलता सम्बन्धि ज्ञान
(ख) सञ्चार र समन्वय
(ग) निरन्तर सिकाइ र पेशागत विकास
(घ) कानुनी अधार र पेशागत आचारसंहिता
४५. समावेशी शिक्षा निति २०७३ को उद्देश्य कुन होइन ?
(क) अपांगता भएको बालबालिकाको लागी गुणस्तरीय शिक्षाको अवसरहरूमा समतामुलक पहुंच सुनिश्चित गर्ने
(ख) अपांगता भएको नागरिकहरूको लागी आवश्यकता अनुकुल गुणस्तरीय, जीवनोपयोगी शिक्षाको अवसर प्रदन गर्ने
(ग) अपांगता भएको नागरिकका लागी जीवनपर्यन्त निरन्तर शिक्षाको व्यवस्था गर्ने
(च) अपांगता भएको नागरिकका लागी पर्याप्त सुविधाहरू उपलब्ध गराउने
४६. वर्तमान विद्यालय शिक्षाको शैक्षिक संपचनाअनुसार विद्यालय शिक्षाको अवधि कति वर्षको कायम गरिएको छ?
(क) १०
(ख) ११
(ग) १२
(च) १३
४७. वर्तमान शैक्षिक संगठन संरचनाअनुसार शिक्षा विकास निर्देशनालयको शाखामा कुन पर्दैन ?
(क) योजना तथा कार्यक्रम शाखा
(ख) उच्च तथा प्राविधिक शिक्षा शाखा
(ग) शिक्षक सेवा शाखा
(घ) अतिरिक्त कियाकलाप तथा प्रबर्द्धन शाखा
४८. बाल अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धी, १९८९ ले बालबालिकाको शिक्षा सम्बन्धी गरेको व्यवस्था कुन हो ?
(क) शिक्षा प्राप्त गर्ने बालबालिका र वयस्कको अधिकार
(ख) कम्तीमा आधारभुत शिक्षा अनिवार्य र निःशुल्क गराउनुपर्ने राज्यको दायित्व
(ग) शिक्षा बालबालिकाको व्यक्तित्व र बौद्धिक क्षमताको विकास तर्फ निर्देशित हुनुपर्ने
(घ) सबैका लागि शिक्षाको सर्पसुलभ पहुंच हुनुपर्ने
४९. सबैका लागि शिक्षा कार्यक्रम २००४-२००९ को उदेश्यमा कुन पर्दैन ?
(क) प्राथमिक शिक्षामा पहुँच र समता सुनिश्चित गर्ने
(ख) शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्ने
(ग) प्राथमिक शिक्षाको गुणस्तर र सान्दर्भिकता वृद्धि गर्ने
(घ) कार्यदक्षता तथा संस्थागत क्षमताको सुधार गर्ने
५०. नेपालमा वि.सं. २०२७ मा कसको आर्थिक सहयोगमा महिलाको लागि शिक्षामा समान अवसर कार्यक्रम शिक्षा मन्त्रालयले सञ्चालन गरेको थियो?
(क) युनेस्को
(ख) युनिसेफ
(ग) जाइका
(घ) युएनडीपी
facebook :


Only rated.
Leave a review