- Home
- Show Content
प्रास मोडेल सेट सोर
प्रास मोडेल सेट सोर
प्रास वस्तुगत बहुउत्तर - SET 16 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१.निम्नमध्ये कुन कथनले शिक्षाको वास्तविक अर्थ प्रस्तुत गर्दछ ?
(क) ज्ञान प्राप्त गर्ने कार्य
(ख) मानिसमा निहित सम्भावनाहरूको विकास
(ग) जगतलाई केलाउने वास्तविक दृष्टिकोणको विकास
(घ) व्यक्तिको प्राज्ञिक उन्नयन
२. शिक्षा शब्दको सबभन्दा नजिकको अर्थ दिने अभिव्यक्ति कुन हो ?
(क) वैचारिक क्रान्ति
(ख) ज्ञान आर्जन
(ग) जीवनयापन
(घ) बौद्धिक चेतना
३. समाजमा एक आपसमा सद्भाव र भाइचाराको विकास गराउनु शिक्षाको कस्तो कार्यमा पर्छ ?
(क) व्यक्तिगत कार्य
(ख) व्यवसायिक कार्य
(ग) आर्थिक कार्य
(घ) राष्ट्रिय कार्य
४. हर्लकको अनुसार किशोरावस्थाको केटाकेटीहरू परिवारसँग समायोजन हुन नसक्नुको कारणहरू मा कुन कुन पर्छन् ?
(क) अनुशासन, परिवार आकार, व्यवहारको मापदण्ड र साना ठुलासँगको सम्बन्ध
(ख) अनुशासन, सामाजिक व्यवहारको मापदण्ड र नातेदारसँगको सम्बन्ध
(ग) सामाजिक व्यवहार र परिवारबाट दिइने भुमिका तथा अनुशासन
(घ) घरायसी संस्कारमा लगाउने तथा अनुशासन र पारिवारिक नियन्त्रण
५. शैक्षिक सत्र २०६९ बाट कक्षा ६ मा लागु भएको कक्षा ६-८ को कुल पाठ्यभार र पूर्णाङ्क कति रहेको छ ?
(क) ३९ र ७००
(ख) ३९ र ७५०
(ग) ४० र ७५०
(घ) ४० र ८००
६.विद्यालय शिक्षाको लागि स्थानीय पाठ्क्रम प्रारूप, २०७१ ले स्थानीय पाठ्यक्रमको सम्भावित विषय क्षेत्रको रूपमा कतिवटा क्षेत्र उल्लेख गरेको छ?
(क) २०
(ख) २१
(ग) २२
(घ) २३
७.आधारभुत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कसले गर्छ ?
(क) शिक्षा विकास तथा समन्वय इकाइ
(ख) नगरपालिका तथा गाउँपालिका
(ग) विद्यालयले आफै
(घ) शिक्षा तालिम केन्द्र
८.Rubriecs के सँग सम्बन्धित छ?
(क) प्रश्न पत्र
(ख) परीक्षा
(ग) उत्तरपुस्तिका परीक्षण
(घ) नतिजा विश्लेषण
९. तलका भनाइहरू मध्ये मूल्यांकन सम्बन्धी सबैभन्दा उपयुक्त भनाइ कुन हो ?
(क) मूल्यांकन उपलब्धिको मापन गर्ने प्रक्रिया हो
(ख) मूल्यांकन निश्चित शैक्षिक क्रियाकलापको परीक्षा लिने प्रक्रिया हो
(ग) मूल्यांकन निर्णय, निर्माण र मूल्यको लेखाजोखा गर्न प्रक्रिया हो
(घ) मूल्यांकन निर्णय, निर्माण र परीक्षाको अंकन गर्ने प्रक्रिया हो
१०. शिक्षकले कक्षा शिक्षण गर्दा बालबालिकालाई उत्प्रेरणा जगाउने तत्वहरू तलका मध्ये कुन उपयुक्त मानिन्छ ?
(क) उपलब्धि
(ख) उत्सुकता
(ग)रूची
(घ) माथिका सबै
११. संस्कृत भाषासँग सम्बन्धित जयन्तु संस्कृतम् आन्दोलन कहिले भएको थियो ?
(क) वि.सं. २००३
(ख) वि.स. २००४
(ग) वि.सं. २००५
(घ) वि.सं. २००६
१२. नेपालको शिक्षा सम्बन्धी पहिलो लिखित कानुन शिक्षाको इस्तिहार कहिले जारी भएको हो ?
(क) वि.सं. १९९०
(ख) वि.स. १९९२
(ग) वि.सं. १९९४
(घ) विसं. १९९६
१३. शिक्षामा लैङ्गिक समता प्राप्त गर्ने उदेश्यले शिक्षा मन्त्रालयले लैङ्गिक समविकासको लागि बालिका शिक्षाको रणनीति तथा कार्यान्वयन योजना कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?
(क) विसं. २०५६
(ख) वि.स. २०६२
(ग) वि.सं. २०६३
(घ) विसं. २०६५
१४. प्राविधिक तथा व्यवसायिक शिक्षाको सुदृढीकरण र प्रमाणीकरणको लागि कस्तो दस्तावेज तयार गर्ने लक्ष्य विद्यालय क्षेत्र विकास योजनामा उल्लेख गरिएको छ ?
(क) व्यवसायिक सक्षमता प्रारूप
(ख) प्राविधिक सीप प्रमाणीकरण प्रारूप
(ग) व्यवसायिक सीप प्रमाणीकरण प्रारूप
(घ) राष्ट्रिय व्यवसायिक योग्यता प्रारूप
१५. वि.स. २०६८ सालको जनगणना अनुसार सबैभन्दा साक्षरता दर भएको जिल्ला कुन हो ?
(क) काठमाडौं
(ख) झापा
(ग) कास्की
(घ) रौतहट
१६. नेपालमा हाल बालअधिकार दिवस कहिले मनाउने गरिन्छ ?
(क) भदौ ४ गते
(ख) भदौ १६ गते
(ग) भदौ २३ गते
(घ) भदौ २९ गते
१७. शिक्षकले कहिलेदेखि नेपाल सरकारले तोकिदिएबमोजिमको तलब र भत्ता पाउनेछ ?
(क) नियुक्ति भएको दिनदेखि
(ख) विद्यालयमा पठनपाठन शुरू गरेको दिनदेखि
(ग) नियुक्ति लिएको महिनाको १ गतेदेखि
(घ) आफनो पदमा बहाल गरेको मितिदेखि
१८. अध्ययन विदा नोकरीको तमाम अवधिमा एकैपटक वा पटक पटक गरी बढीमा कति वर्ष दिइने छ ?
(क) ३
(ख) ४
(ग) ५
(घ) ६
१९. संविधान अनुसार प्रत्येक नागरिकलाई के गर्ने स्वतन्त्रता हुनेछैन ?
(क) विचार अभिव्यक्तिको
(ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने
(ग) राजनीतिक दल वा सङ्गठन खोल्ने
(घ) सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्य गर्न
२०. राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव को हुने व्यवस्था रहेको छ?
(क) नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृत
(ख) बोर्डको बरिष्ठ कर्मचारीहरूमध्ये बाट मन्त्रालयले तोकेको कर्मचारी
(ग) क र ख दुवै
(घ) क ठीक ख बेठीक
२१. तल दिइएको मध्ये कुन अवस्थामा कसुरको मात्रा हेरी एकलाख रूपैयाँसम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन सक्छ ?
(क) प्रश्नपत्रको गोपनीयता भंग
(ख) उत्तरपुस्तिका परीक्षण गर्दा लापरवाही वा गैर जिम्मेवारपूर्ण कार्य गरेमा
(ग) परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा
(घ) माथिका सबै
२२. कुनै मन्त्रालय, केन्द्रीय कार्यालय वा उच्च कार्यालयले आफ्नो मातहतको कार्यालय वा कर्मचारीलाई कुनै निश्चित विषयको सूचना वा जानकारी दिन एउटै व्यहोरामा लेखिएको पत्रलाई के भनिन्छ ?
(क) ज्ञापनपत्र
(ख) परिपत्र
(ग) आदेशपत्र
(घ) मन्जुरीनामा
२३. फाइलिङको उदेश्य कुन हो ?
(क) खोजेको बखत चिठीपत्रहरू तुरून्त प्राप्त गर्नु
(ख) कार्यालयको कार्य प्रक्रिया एवम् पद्धतिलाई व्यवस्थित गर्नु
(ग) भविष्यको लागि कागजातहरू सुरक्षित मिलाएर राख्नु
(घ) माथिका सबै
२४. स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा गाउँपालिका तथा नगरपालिकाको शिक्षा सम्बन्धि काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ?
(क) दफा ११
(ख) दफा १२
(ग) दफा १३
(घ) दफा १४
२५. शिक्षा ऐनको आठौ संसोधन अनुसार जिल्ला शिक्षा समितिमा कतिजना सदस्य रहने व्यवस्था छ?
(क) ८ जना
(ख) ९ जना
(ग) १० जना
(घ) १३ जना
२६. हर्लकको अनुसार अधिकांश प्रौढहरूले आफ्नो किशोरवस्थालाई कसरी सम्झनछन् भन्ने धारणा रहेको छ ?
(क) आनन्दको समय
(ख) वेखुसीको समय
(ग) पारिवारीक तनावको समय
(घ) सामाजिक नियन्त्रणको समय
२७. हर्लकको अनुसार Socail Isolation को अवस्था भनेर कुन अवस्थालाई बुझाउँछ ?
(क) किशोरवस्था
(ख) युवावस्था
(ग) पूर्व प्रौढ अवस्था
(घ) उत्तर प्रौढ अवस्था
२८. यदि कुनै शिक्षकले माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिएको छ र उ प्राथमिक तहका शिक्षक हुन चाहन्छ भने अध्यापन अनुमति पत्र सम्बन्धि कस्तो व्यवस्था छ?
(क) माथिल्लो तहको अनुमतिपत्रले नै हुन्छ
(ख) अर्को अध्यापन अनुमतिपत्र लिनुपर्छ
(ख) विषयमिल्ने भएमा मात्र हुन्छ
(ग) अन्तवार्ता मात्र लिएर अनुमति पत्र दिइन्छ
२९. पूर्व सेवा कालीन र सेवा कालीन गरी २ प्रकारको शिक्षक तालिम पहिलो पटक कहिले सञ्चालन भएको थियो ?
(क) विसं. २००४
(ख) वि.स. २०११
(ग) वि.सं. २०१३
(घ) विसं.२०१४
३०. यौवनास्थामा हुने दुततर वृद्धिलाई कस्तो वृद्धि सुरूवात भनिन्छ ?
(क) किशोर वृद्धि शुरूवात
(ख) यौनवृद्धि शुरूवात
(ग) पेसागत सीप वृद्धि शुरूवात
(घ) सामाजिकीकरण शुरूवात
३१. कक्षा १ मा रंगीन पाठ्यपुस्तकको शुरूवात कहिलेबाट भयो ?
(क) शैक्षिक सत्र २०७२
(ख) शैक्षिक सत्र २०७३
(ग) शैक्षिक सत्र २०७४
(घ) शैक्षिक सत्र २०७५
३२. निम्न मध्ये कुन सिकिएको व्यवहार हो ?
(क) गौथलीले गुड बनाउनु
(ख) माछा पानीमा दौडिनु
(ग) काँडा विझदा हात तान्नु
(घ) आमा देख्दा बच्चा रून छाड्नु
३३. अन्तरदृष्टि सिकाइ सिद्धान्तको विशेषताहरू तलका मध्ये कुन होइन ?
(क) अन्वेषणात्मक व्यवहार
(ख) प्रत्यक्षीकरण
(ग) नयाँ सम्बन्धको खोजी
(घ) भूल र प्रयासबाट समस्या समाधान
३४. सिकाइ स्थानान्तरणको कुन सिद्धान्तले शुन्य स्थानान्तरणमा विश्वास गर्दछ ?
(क) समानतत्वको सिद्धान्त
(ख) संकाय सिद्धान्त
(ग) सामान्यीकरणको सिद्धान्त
(घ) हस्तक्षेपको सिद्धान्त
३५. तलका मध्ये कुन पक्ष दैनिक पाठयोजनाको प्रमुख पक्ष अन्तर्गत पर्दैन?
(क) विशिष्ट उदेश्य
(ख) शिक्षण सामाग्री
(ग) पूर्वपाठसँग सम्बन्धित प्रश्नहरू
(घ) शिक्षण सिकाइ क्रियाकलाप
३६. दैनिक पाठ योजना व्यवस्थित र क्रमबद्ध बनाउन तलका मध्ये कुन सामग्री आवश्यक पर्छ ?
(क) सुक्ष्म योजना निर्देशिका
(ख) शिक्षक निर्देशिका
(ग) तालिम निर्देशिका
(घ) पाठ्यक्रम निर्देशिका
३७. तलका योजनाहरू मध्ये स्थानीय स्तरको योजना कुन कुन हुन् ?
(क) जिल्ला शिक्षा योजना र क्षेत्रीय शिक्षा योजना
(ख) क्षेत्रीय शिक्षा योजना , जिल्ला शिक्षा योजना र गाँउ/नगर शिक्षा योजना
(ग) जिल्ला शिक्षा योजना, गाँउ/नगर शिक्षा योजना र विद्यालय सुधार योजना
(घ) गाँउ/नगर शिक्षा योजना, सबैका लागि राष्ट्रिय कार्य योजना र विद्यालय सुधार योजना
३८. कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापलाई (verbal behavior) Flendars, Ned.s. ले कति समूहमा विभाजन गरेको छन् ?
(क) २ समूह (Teacher time and student time)
(ख) ३ समुह (Teacher talk, student talk and silence)
(ग) ४ समूह (Teacher talk, Student talk, Silence and Interaction)
(घ) ३ समूह (Teacher time, student time, Interaction time)
३९. मारीया मन्टेश्वरीले विकास गरेको मन्टेश्वरी विधिको चार पक्षमा तलका कुन पर्दैन ?
(A) Sensory Training
(B) Moter Training
(C) Training in practical life activities
(D) Training in professional skill
४०. पाठ्यक्रम शिक्षण सिकाइ क्रियाकलापको निर्देशिका हो भने पाठ्यपुस्तक के हो ?
(क) पाठ्यक्रमको पूरक सामग्री
(ख) पाठ्यक्रमको विशिष्ट रूप
(ग) पाठ्यक्रमको सहयोगी
(घ) पाठ्यक्रमको आधारमा तयार गरिएको सामग्री
४१. प्राथमिक तहका कक्षाहरूमा कक्षा शिक्षण प्रभावकारी हुनुको कारण के हो ?
(क) विद्यार्थीको सिकाइस्तर र कठिनाइ थाहा हुने
(ख) साना विद्यार्थीसँग शिक्षकको सम्बन्ध सुमधुर हुने
(ग) विद्यार्थीको रूचि अनुसार सिकाउन सकिने
(घ) माथिका सबै
४२. यदि नमूना छनौटबाट तथ्याङ्क सङ्कलन गरिदैछ भने सबैभन्दा विश्वसनीय नमूना छनौट विधि कुन हो ?
(A) Simple random sampling
(B) Stratified random sampling
(C) Cluster sampling
(D) Quota sampling
४३. कुनै परीक्षाको तथ्याङ्क विश्लेषण गरी त्यसमा सबैभन्दा बढी अंक र कम अंकको भिन्नता निकाल्नुलाई तथ्याङ्कमा के भनिन्छ ?
(A) Mean
(B) Range
(C) Mode
(D) Variance
४४. कुनै एउटा जिल्लामा भएको पाँच ओटा स्थानीय तहबाट विद्यालय छनौट गर्दा धेरै विद्यालय भएको स्थानीय तहबाट धेरै र थोरै भएकोबाट थोरै छनौट गर्ने विधिलाई के भनिन्छ ?
(क) अनुपातिक छनौट
(ख) आधार मूलक छनौट
(ग) अपूर्ण छनौट
(घ) प्रतिनिधिमूलक छनौट
४५, शिक्षक तालिमको सर्वोच्च निकायको रूपमा रहेको शैक्षिक जनशक्ति विकास केन्द्र कहिलेबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा समाहित भयो ?
(क) वि.सं. २०७३
(ख) वि.सं. २०७४
(ग) वि.सं. २०७५
(घ) वि.स. २०७६
४६. नेपालको विद्यालय शिक्षाको इतिहासमा व्यवसायिक शिक्षालाई बढी जोड कसले दिएको पाइन्छ ?
(क) राष्ट्रिय शिक्षा योजना आयोग , २०११
(ख) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
(ग) राष्ट्रिय शिक्षा आयोग, २०४९
(घ) उच्च स्तरीय शिक्षा आयोग, २०५५
४७. बालविकास शिक्षाको प्रमुख उद्देश्य कुन हो ?
(क) बालबालिकालाई उनीहरूको सर्वाङ्गिण विकासको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु
(ख) बालबालिकालाई विद्यालयप्रति सकारात्मक धारणाको विकास गराउदै उनीहरूलाई सिक्न प्रोत्साहित गर्ने
(ग) बालबालिकाको सरल समायोजनको लागि उनीहरूलाई सम्पूर्ण (शारीरिक तथा मनोवैज्ञानिक) रूपले तयार पार्नु
(घ) बालबालिकालाई उनीहरूको दैनिक जीवनको क्रियाकलाप र भावि जीवनको लागि सुरक्षित हुन सिकाउने
४८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले विश्वविद्यालय अन्तरगत शिक्षाशास्त्र संकायमा के को व्यवस्था गरिनुपर्छ भनेको छ ?
(क) एक केन्द्रीत क्याम्पस
(ख) एक छात्रावास
(ग) एक अनुसन्धान केन्द्र
(घ) एक खुला सिकाइ केन्द्र
४९. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले कुल बजेटको कति प्रतिशत शिक्षा क्षेत्रलाई गराउने सिद्धान्त अँगाल्नु उचित देखिन्छ भनी उल्लेख गरेको छ?
(क) १२
(ख) १४
(ग) १५
(घ) १७
५०. सबैका लागि शिक्षा भन्नाले के बुझिन्छ ?
(क) सबैका लागि सबै ठाँउमा औपचारिक विद्यालय खोल्ने
(ख) सबैका लागि औपचारिक र अनौपचारिक शिक्षाको प्रबन्ध मिलाउने
(ग) शिक्षामा सबैका पहुँच सुनिश्चित गर्न विभिन्न माध्यमको प्रयोग गर्ने
(घ) सबैका लागि निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराई पहूँच सुनिश्चित गर्ने
THE END
facebook :


- Reviews (0)
Nothing Found...Leave a review