प्रास मोडेल सेट सत्र

प्रास मोडेल सेट सत्र

प्रास वस्तुगत बहुउत्तर - SET  17         (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

१.शिक्षा ऐन,२०२८ अनुसार विकट हिमाली क्षेत्रमा घुम्ती विद्यालय कसले सञ्चालन गर्न सक्ने व्यवस्था उल्लेख छ ?
 क) नेपाल सरकार
 ख) शिक्षा मन्त्रालय
ग) जिल्ला शिक्षा कार्यालय 
घ) शिक्षा विभाग 

 


२. शिक्षा नियमावली,२०५९ अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिमा तलका मध्ये को अध्यक्ष रहेको हुन्छ ?

क) शिक्षा मन्त्री 
ख) शिक्षा सचिव 
ग) परीक्षा नियन्त्रक
घ) पाविकेको महानिर्देशक 

 


३. नेतृत्व सीपको विकासमा सहयोग गर्ने सबैभन्दा मुख्य शिक्षण विधि कुन हो ?
 (क) प्रश्नोत्तर विधि 
(ख) छलफल विधि 
(ग) खोज विधि 
(घ) समस्या समाधान विधि 

 


४. शिक्षक सेवा आयोगको सदस्य हुनको लागि कति वर्ष उमेर हुन पर्दछ ?
क) २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको 
ख) ४० वर्ष पुरा भई ६५ वर्ष ननाघेको 
ग) ४५ वर्ष पुरा भई ६० वर्ष ननाघेको 
घ) ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको 

 


५. आयोगले शिक्षकलाई बढुवा गर्दा अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि बापत जम्मा कति अंक प्रदान गर्दछ ?
(क) १० अंक 
(ख) १५ अंक
 (ग) ५ अंक 
(घ) १२ अंक 

 


६. प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनको लागि कतिओटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ? 
(क) ५ ओटा
(ख) ६ ओटा
 (ग) ७ ओटा
 (घ) ८ ओटा 

 


७ राशिआको प्रतिवेदन २०४९ को प्रतिवेदनले शिशु स्याहार केन्द्रमा भर्ना हुनको लागि बच्चाको उमेर कति वर्ष पुरा भएको हुनुपर्ने सफारिस गरेको थियो ? 
क) १ वर्ष
ख) २ वर्ष 
ग)३ वर्ष
घ) ४वर्ष 

 


८. गोरखा स्कूल, हङकङमा अध्ययन गर्ने विद्यार्थीको निमित्त वि.सं. २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र वि.सं कति सालमा बन्द गरिएको थियो ?
 (क) २०४२
 (ख) २०४८ 
(ग) २०५२
(घ) २०५५ 

 


९. शैक्षिक तथ्याङ्क अनुसार हाल नेपालमा शैक्षिक तालिम केन्द्र कति छन् ?
(क) ५
 (ख) ७
(ग) २९
(घ) ३४

 


१०. शिक्षकको आठ ओटा मुख्य सक्षमतामध्ये 'नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न' भन्ने कुरा तलका कुन मुख्य सक्षमताभित्र पर्दछ ? 
क) विषयवस्तुको ज्ञान


ख) शिक्षण सिकाइ र तौरतरिका सम्बन्धी ज्ञान


 ग) निरन्तर सिकाइ र पेसागत विकास 


घ) सञ्चार तथा सहकार्य 

 


११. शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरेबापत बढीमा कति अङ्क बढुवा प्रयोजनको लागि गणना गर्ने व्यवस्था गरिएको छ?
 क) दुई अङ्क 
ख) तिन अङ्क
 ग) चार अङ्क
घ) पाँच अङ्क

 


१२. सामुदायिक विद्यालयमा कति जना सदस्य रहेको शिक्षक अभिभावक सङ्घको कार्यकारी समिति गठन हुने व्यवस्था छ?
(क) ७
 (ख) ९
(ग) ११
(घ) १३

 


१३. शिक्षा ऐन..... संशोधनले प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको छ ? 
क) आठौं
ख) सातौं 
ग) छैठौं 
घ) पाचौं 

 


१४. गाउँ शिक्षा समितिमा सो समितिले मनोनित गरेको सदस्यहरूको पदावधि कति वर्षको रहन्छ ?
 क) १ वर्ष
 ख) २ वर्ष 
ग) ३ वर्ष
घ) ५ वर्ष 

 


१५. आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६-८).२०६९ कक्षा ८ मा कहिलेबाट कार्यान्वयन भएको हो ?
क) शैक्षिक वर्ष २०७० 
ख) शैक्षिक वर्ष २०७१
१ ग) शैक्षिक वर्ष २०७२ 
घ) शैक्षिक वर्ष २०६९ 

 


१६ प्राविधिक शिक्षा धार तर्फका विद्यालयका विद्यार्थीले कति विषयमा प्रवेशिको परीक्षा दिन्छन् ?
क) ६ विषय 
ख) ७ विषय 
ग) ८ विषय 
घ) १० विषय 

 


१७. रा.शि.आ.को प्रतिवेदन २०४९ ले माध्यमिक तहका लागि अनिवार्य विषयको रूपमा कुन कुन विषयलाई पठन पाठन गराउन सुझाव दिएको थियो?
क) नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा 


ख) नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान 


ग) अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र स्वा. ज. वा..


घ) नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र स्वा. ज. वा. 

 

 


१८. साविकको शिक्षा विभागको हाल कहाँ एकीकृत भएको हो ?
क) शिक्षा तथा मानव स्रोत विकास केन्द्र 
ख) शिक्षा विकास केन्द्र 
ग) शिक्षा तथा स्रोत विकास केन्द्र
घ) मानव स्रोत विकास केन्द्र 

 


१९. शैक्षिक योजना निर्माण गर्दा सबैभन्दा पहिला के गरिन्छ ?
 क) विषय वस्तुको चयन
ख) उद्देश्य निर्धारण 
ग) आवश्यकताको पहिचान
घ) विकल्पको चयन 

 


२०. वर्तमान संविधानमा जम्मा कति भाग र धारा छन् ?
 क) भाग २२ र धारा ३२५
ख) भाग २३ र धारा ३१० 
ग) भाग २५ र धारा ३०८
घ) भाग ३५ र धारा ३०८

 


२१. खेलको उमेर भनेर कुन अवस्थालाई बुझिन्छ ?
क) शिशु अवस्था 
ख) पूर्व बाल्यावस्था 
ग) उत्तर बाल्यावस्था 
घ) वृद्ध अवस्था 

 


२२. नेपालको संविधानमा पुस्तकालय सम्बन्धी अधिकार कसको अधिकार क्षेत्र भित्र समावेश गरिएको छ ?
 (क) संघ
 (ख) प्रदेश
(ग) स्थानीय
 (घ) माथिका सबै 

 


२३.सबैका लागि शिक्षाको लक्ष्य पुरा गर्न नेपालले कति ओटा सूचक निर्धारण गरेको थियो ? 
क) एक ओटा 
ख) सात ओटा
ग) अठार ओटा
घ) बाइस ओटा 

 


२४. नियुक्ति पत्र लिएको मितिले कति समयभित्र शिक्षक पदस्थापन गरिएको विद्यालयमा हाजिर नभएमा बैल्कपिक उम्मेद्वारलाई जिश.अ.ले नियुक्ति दिने व्यवस्था छ ?
क) १५ दिन 
ख) ३० दिन 
ग) ३५ दिन 
घ) १ महिनाभित्र 

 


२५. विद्यालय सुधार योजना निमार्ण कार्यदलमा जम्मा कति सदस्य हुने व्यवस्था छ ?
क) ५ जना 
(ख) ६ जना 
(ग) ९ जना 
(घ) ११ जना 

 


२६. शिक्षकले अध्ययन विदा पाउनको लागि कति वर्ष स्थायी भई सेवा गनुपर्ने व्यवस्था छ?
क) ७ वर्ष 
ख) ५ वर्ष
ग)३ वर्ष 
घ) २ वर्ष  

 


२७. बालअधिकार महासन्धि १९८९ को कुन धारामा प्राथमिक शिक्षा अनिवार्य र निशुल्क गराउनुपर्ने राज्यको दायित्वको कुरा उल्लेख गरिएको छ? 
क) धारा १७ 
ख) धारा २८ 
ग) धारा ३०
घ) धारा ५४ 

 


२८ वि.सं. २०२३ सालमा बागमती, नारायणी र गण्डकी अञ्चलको कति जिल्लामा शिक्षण लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको थियो ?
 क) एघार ओटा
 ख) पन्ध्र ओटा 
ग) बीस ओटा 
घ) तीस ओटा

 


२९. शिक्षा नियमावलीअनुसार वि नि ले विद्यालएको निरीक्षण कति पटक गर्नुपर्दछ ? 
क) महिनाको एक पटक
ख) दुई महिनाको एक पटक 
ग) महिनाको दुई पटक
घ) वर्षको एक पटक 

 


३०. नेपालमा निमावि निरीक्षक हटाई प्राविनि र माविनि रहने व्यवस्था कहिले गरिएको थियो ? 
क) विसं. २०२७
 ख) वि.सं. २०२८
ग) वि.सं. २०३०
घ) वि.सं. २०३५ 

 


३१. कक्षा ६ मा शारीरिक शिक्षाको लागि प्रयोगात्मक कार्य कति पूणाङ्क राखिएको छ ?
क) ५
ख) १० 
ग) १५ 
घ) २५ 

 


३२. राष्ट्रिय शिक्षा पद्धतिको योजना(२०२८-२०३२) ले निमावि तहका लागि शिक्षकको मासिक तलबमान देहायका मध्ये कुनलाई सिफारिस गरेको थियो ?
 क) रू. २५०
 ख) रू. २५५
 ग) रू.२७५
घ) रू.३०० 

 


३३. जम्मा १६ ओटा मुख्य नीतिहरू भएको अनौपचारिक शिक्षा नीति, २०६३ नेपाल सरकार (मन्त्रीपरिषद्) ले कहिले स्वीकृत गरेको हो?
क) २०६३/०५/२५ 
ख) २०६३/१०/२५ 
ग) २०६३/११/१४ 
घ) २०६३/१२/०६

 

 
३४ प्रत्येक जिल्ला शिक्षा समितिले जिल्लामा शिक्षा परिक्रमा कोष स्थापना गरी विद्यालय र विद्यार्थीलाई ऋणको व्यवस्था गरिनुपर्ने भन्ने सुझाब तलका मध्ये कसले दिएको हो? 
क) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८- २०३२ 


ख) राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन २०४९ 


ग) उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ 


घ) नेपाल शिक्षा योजना आयोग २०११ 

 


३५. शिक्षा नियमावलीअनुसार शिक्षकको आचारसंहितामा तलका मध्ये कुन कुरा पर्दैन ?
क) शिक्षकले आफूलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने छ 


ख) शिक्षकले राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त सधैं प्रयत्नशील रहनुपर्ने छ  


ग) शिक्षकले बिद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने 


घ) शिक्षकले धैर्य र सत्चरित्रलाई प्रोत्साहन दिनुपर्ने छ  

 


३६. शिक्षक बढुवाको लागि शैक्षिक योग्यताबापत कति अंक प्रदान गरिन्छ ?
क) २० 
ख) १५ 
ग) १० 
घ) १२ 

 


३७. २०७५ को शैक्षिक तथ्याङ्क अनुसार नेपालमा कति विद्यालय छन् ?
 क) ३५०५५ ओटा
ख) ३५०५६ओटा 
ग) ३६०५५ओटा 
घ) ३५६०१ ओटा 

 


३८ हाल उच्च शिक्षामा विद्यावारिधि तहको अवधि कति वर्ष रहेको पाइन्छ ?
क) ४ देखि ५ वर्ष 
ख) ३ देखि ५ वर्ष 
ग) ५ देखि ७ वर्ष 
घ) ३ देखि ७ वर्ष 

 


३९. उच्च माध्यमिक विद्यालयको विकासको लागि समांश कोषको स्थापना गर्नुपर्ने सुझाव कसले दिएको थियो ?
क) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८. 


ख) राशि.आ.को प्रतिवेदन २०४९


ग) उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५


 घ) माध्यमिक शिक्षा सहयोग कार्यक्रम 

 


४०. प्राथमिक शिक्षा पाठ्यक्रमअनुसार कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन गर्दा श्रेणी कसरी कायम गनुपर्ने छ ?
क) ७० प्रतिशतमाथिका प्राप्ताङ्क भए क श्रेणी 


ख) ७५ प्रतिशतमाथिका प्राप्ताङ् भए क श्रेणी


ग) ८० प्रतिशतमाथिका प्राप्ताङ्क भए क श्रेणी 


घ) ६० प्रतिशतमाथिका प्राप्ताङ्क भए क श्रेणी  

 


४१. नेपालको संविधानमा कति ओटा मौलिक हकको व्यवस्था छ ?
क) १३ 
ख) २१ 
ग) २२ 
घ) ३१ 

 


४२. हालको व्यवस्थाअनुसार कक्षा ६ मा नेपाली विषयको सुनाइ सीपको प्रयोगात्मक अंकभार कति छ ? 
क) ५ अंक
ख) १५ अंक 
ग) २५ अंक 
घ) प्रयोगात्मक व्यवस्था नै छैन 

 


४३ शिक्षा नीति निर्धारण समितिको अध्यक्ष को रहने व्यवस्था छ ? 
क) शिक्षा मन्त्री
ख) शिक्षा सचिव 
ग) शिक्षा मन्त्रालयको सहसचिव 
घ) शिक्षा विभागको महानिर्देशक 

 


४४. देहायका मध्ये हालको प्राथमिक शिक्षाको उद्देश्य कुन हो ?
क) सामाजिक मूल्यअनुरूप व्यवहार गर्ने बानीको विकास गर्नु

 
ख) कला सौन्दर्यप्रति अभिरूचि जगाई सिर्जनशील सिपको विकास गर्ने


ग) प्रारम्भिक भाषिक, तार्किक तथा व्यावहारिक गणितीय सिपको विकास गर्ने


घ) प्राविधिक र व्यावसायिक सिप विकास गर्नु र श्रमप्रति सम्मान गर्न सिकाउने 

 


४५ शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षकको बढुवा प्रयोजनको लागि शैक्षिक योग्यतावापत जम्मा कति अङ्क प्रदान गरिने व्यवस्था छ ?
क) १० अड़क 
ख) १५ अक 
ग ) २० अङ्क 
घ) ३५ अङ्क 

 


४६. रा.शि.आ.को प्रतिवेदन २०४९ को गठन कहिले भएको थियो ?
 क)२०४७ फागुन १४
ख) २०४७ फागुन १३ 
ग)२०४८ साउन १४
घ) २०४७ फागुन १५ 

 


४७. प्रश्न पत्र निर्माणमा प्रयोग गरिने संज्ञान तहका क्रियापद तलका कुन हो ?
क) उदाहरण दिनु 
ख) परिभाषा दिनु 
ग) चित्र बनाउनु
घ) फरक देखाउनु 

 


४८. विद्यालयको कामकारबाहीको सामाजिक परीक्षण गर्ने समितिमा जम्मा सदस्य कति जना रहन्छन् ?
क) ५ जना 
ख) ६ जना 
ग) ७ जना 
घ) ९ जना 

 


४९. नेपालमा सर्वप्रथम विश्व विद्यालयको स्थापना कहिले भएको हो ?
क) वि.स.२०१२ 
ख) वि.स.२०१६ 
ग) वि.स.२०२३
 घ) वि.स.२०२८ 

 


५०. तलका मध्ये कुनचाहिँ नेपालको शिक्षाको राष्ट्रिय उदेश्यभित्र पर्दछ?
(क) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने 


(ख) प्राविधिक र व्यावसायिक सिप विकास गर्न र श्रमप्रति सम्मान गर्न सिकाउने 


(ग) मानवअधिकार, सामाजिक न्याय, लोकतन्त्रको मर्म र भावना बुझी सोअनुसार अभ्यास गर्ने 


(घ) व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्द सामाजिक एकतालाई सुदृढ बनाउने

 


***THE END***



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

very good

Leave a review

To leave a review, please login to your account. Login