प्रास मोडेल सेट अठार

प्रास मोडेल सेट अठार

प्रास वस्तुगत बहुउत्तर - SET  18         (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

1. नेपालमा गान्धीवादी स्कुल के को नामले प्रख्यात छ ? 
(A) शिक्षा पाठशाला 
(B) आधार शिक्षा
(C) बहुउद्देश्यीय विद्यालय 
(D) व्यावसायिक शिक्षालय 

 


२. नेपालमा उच्च माध्यमिक शिक्षा परिषद्को स्थापना कहिले भएको थियो ? 
(A) वि.सं. २०३८ भाद्र १० 
(B) वि.सं. २०४६ फागुन १२
(C) वि.सं. २०४९ फागुन १२ 
(D) वि.सं. २०४५ फागुन १२ 

 

३. रा.शि.प.यो. अनुसार निम्नमाध्यमिक कक्षाहरूमा केमा जोड दिइने उल्लेख छ?
 (A) चरित्र निर्माण 
(B) व्यावसायिकताको विकास
(C) भाषा र गणितको प्रारम्भिक सीप 
(D) श्रमप्रति आदरको भावना 

 


४. राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएको चरणमा देहायमध्ये कुन पर्दैन ?
(A) अस्थायी चरण 
(B) प्रयोगात्मक चरण
(C) मध्यावधि चरण 
(D) स्थायी चरण 

 


५. राष्ट्रिय शिक्षा पद्धतिको योजना अनुसार त्रिभुवन विश्वविद्यालय सभामा कति जना सदस्यहरू रहने व्यवस्था गरिएको छ ?
 (A) ४९ जना 
(B) ५० जना
(C) ५१ जना 
(D) ५३ जना 

 


६.राष्ट्रिय शिक्षा पद्धतिको योजना अनुसार राष्ट्रिय विकास सेवालाई कति दलमा विभाजन गरिएको थियो ?
 (A) ३ 
(B) ४
(C) ५ 
(D) ६ 

 


७. राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु गर्न कुन राष्ट्रले सहयोग गरेको थियो ?
 (A) बेलायत 
(B) डेनमार्क
(C) जापान 
(D) अमेरिका 

 


८. शिक्षा नीतिले देहायका मध्ये कुन पक्षलाई समेट्छ ? 
(A) औपचारिक शिक्षा 
(B) अनौपचारिक शिक्षा
(C) प्राविधिक तथा व्यावसायिक शिक्षा 
(D) माथिका सबै 

 


९. शिक्षा नीति तर्जमा प्रक्रियाको अन्तिम चरण कुन हो ?
 (A) विकल्पहरूको विश्लेषण
(B) नीतिको पूर्वानुमान
 (C) नीतिको स्वीकृति
 (D) समस्याको पहिचान 

 


१०. शिक्षाको मुल प्रवाहमा पछाडी पारिएको वर्गहरूलाई लक्षित गरी शैक्षिक नीति तर्जुमा शिक्षा नीति निर्माणको ..... हो ?
 (A) सम्भ्रान्त वर्गीय सिद्धान्त 
(B) वर्गीय हितको सिद्धान्त
(C) प्रणाली सिद्धान्त 
(D) समूह सहमति सिद्धान्त

 


११. खुला तथा दुर शिक्षा नीति कहिले स्वीकृत भएको थियो ?
 (A) २०६३ पौष १० 
(B) २०६३ माघ २०
(C) २०६३ मंसिर २० 
(D) २०६३ फागुन २० 

 


१२. राष्ट्रिय शिक्षा नीति २०७६ ले .......... वटा रणनीति लिएको छ?
 (A) १३ वटा 
(B) २१ वटा
(C) ३२ वटा 
(D) ३३ वटा 

 


१३. औपचारिक शिक्षाको अवसरबाट बञ्चित रहेको बालबालिकाहरूको लागि शिक्षा प्रदान गर्न हाल सञ्चालित कार्यक्रम देहायका मध्ये कुन हो ? 
(A) औपचारिक प्रौढ विद्यालय
(B) अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम
(C) प्राथमिक शिक्षा विस्तार कार्यक्रम 
(D) माथिका सबै

 

 
१४. देहायका मध्ये कुन शिक्षामा “मुख्य शब्द पद्धति" अनुसार शिक्षण गरिन्छ ?
 (A) प्राथमिक शिक्षा विस्तार 
(B) खुला आधारभूत
(C) निरन्तर शिक्षा तह एक 
(D) माथिका सबै 

 


१५. प्रत्येक निर्वाचन क्षेत्रमा १/१ गरी जम्मा २०५ वटा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने व्यवस्था कुन आवधिक योजनामा भएको थियो ? 
(A) नवौं 
(B) दशौं
(C) एघारौं 
(D) बाह्रौं 

 


१६. आधार स्कूलको अबधि कुन हो ?
 (A) वि.सं. २०१४ देखि २०२४ सालसम्म 


(B) वि.सं. २००४ देखि २०१४ सालसम्म


(C) वि.सं. २०१८ देखि २०२८ सालसम्म 


(D) वि.सं. २००४ देखि २०१५ सालसम्म 

 

 


१७. जिल्ला शिक्षा समितिको विघटन कसले गर्दछ ?
(A) नेपाल सरकार 
(B) शिक्षा मन्त्रालय
(C) शिक्षा विभाग 
(D) क्षेत्रीय निर्देशक 

 


८. विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावकलाई सहयोग गर्न गठित समितिको संयोजक को रहने व्यवस्था छ ?
(A) विद्यालय निरीक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको व्यक्ति 


(B) विद्यालय निरीक्षक वा जिल्ला शिक्षा कार्यालयले तोकेको व्यक्ति


 (C) प्रधानाध्यापक 


(D) गाउँ विकास समितिको सचिव वा प्रतिनिधि 

 

 

१९. शिक्षक सेवा आयोगमा अध्यक्ष समेत कति जना सदस्य रहने व्यवस्था छ?
 (A) २ जना 
(B) ४ जना
(C) ३ जना 
(D) ५ जना 

 


२०. नियम बनाउने अधिकार शिक्षा ऐनको कुन दफाले दिएको छ ?
 (A) दफा १५ 
(B) दफा १९
(C) दफा २१ 
(D) दफा २५ 

 


२१. माध्यमिक विद्यालय (९-१२) को उमेर समूह देहायमध्ये कुन हो ? 
(A) १२-१६ वर्ष
(B) १३-१४ वर्ष
 (C) १४-१७ वर्ष
 (D) १३-१६ वर्ष 

 


२२. कुन दिनको शैक्षिक तथ्यांकको आधारमा विद्यालयस्तरीय शैक्षिक तथ्यांक flah 2 भर्ने व्यवस्था गरिएको छ ?
 (A) चैत २३ 
(B) चैत २६
(C) जेठ ७ 
(D) जेठ २० 

 


२३. खुद भनादरले के लाई जनाउछ ?
 (A) विद्यालयमा भर्ना भएकोको प्रतिशत


 (B) निश्चित उमेर समूहको भर्नादर


 (C) नयाँ भर्नादर


(D) निश्चित उमेर समूहसँग जम्मा विद्यार्थीको भर्नादर

 


२४. कुनै तहका कुल विद्यार्थीहरूको भर्नाको अवस्था थाहा पाउन प्रयोग गरिने सूचक देहायका मध्ये कुन हो ? 
(A) तह पुरा गर्ने दर
 (B) सहजै देखिने भर्नादर 
(C) खुद प्रवेश दर
(D) खुद भर्नादर 

 


२५. प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्याङ्कनमा रेजा दिनको लागि के-के मापदण्डलाई आधार मानेको छ ?
 (A) कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी 


(B) उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता 


(C) परीक्षाको प्राप्तांक, नियमितता र सरसफाई


 (D) कक्षाकार्य, गृहकार्य र परियोजना कार्य 

 


२६. मूल्यांकनको विशेषता मानिने वैधताको विषयगत वैधताको निर्धारण गर्ने कार्य तलका मध्ये कसको हो ? 
(A) सम्बन्धित शिक्षक
 (B) सम्बन्धित विशेषज्ञ
 (C) सम्बन्धित निरीक्षक
(D) सम्बन्धित विद्यालय 

 


२७. मूल्यांकनको साधनहरूमा तलका मध्ये कुन पर्दैन ?
 (A) विषयगत परीक्षा
 (B) वस्तुगत परीक्षा
(C) प्रयोगात्मक परीक्षा
(D) कक्षाकोठा छलफल 

 


२८. विद्यार्थीहरूमा प्रतियोगितात्मक भावनाको विकास गराउन तलका मध्ये के गर्नु बढी उपयोगी मानिन्छ ?
 (A) निर्देशन दिने
 (B) सामान्य सजाय गर्ने
(C) अभिप्रेरित गर्ने
(D) माथिका सबै 

 


२९. नेपालमा शिक्षक तालिम हेर्ने केन्द्रिय निकाय देहायका मध्ये कुन हो ? 
(A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
 (B) शिक्षा तालिम केन्द्र
(C) त्रिभुवन विश्वविद्यालय
(D) शैक्षिक जनशक्ति विकास केन्द्र 

 


३०. निम्नमाध्यमिक तथा माध्यमिक तहका शिक्षकहरूको लागि सञ्चालित सेवाकालिन शिक्षक तालिममा दुर शिक्षा पद्धतिबाट सञ्चालित तालिमको समयावधि देहायका मध्ये कुन हो ? 
(A) १३२ घण्टा
 (B) १९८ घण्टा 
(C) ३३० घण्टा
(D) ६६० घण्टा 

 


३१. शिक्षकको पेसागत विकासको प्रारुप २०७२ अनुसार प्रमाणीकरण शिक्षक तालिममा सहभागी शिक्षकले विद्यालय फर्केको .............भित्र सम्बन्धित शैक्षिक तालिम केन्द्रमा निर्दिष्ट ढाचामा दोस्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्नेछ ? 
(A) ४५ दिन
 (B) ३५ दिन
(C) ३० दिन 
(D) १५ दिन 

 


३२. शिक्षकको पेसागत विकासको प्रारुप २०७२ अनुसार प्रमाणीकरण शिक्षक तालिम अन्तर्गत अभ्यास कार्यको प्रतिवेदनमा कम्तीमा कति ओटा पाठयोजना समावेश गर्नुपर्ने व्यवस्था छ ?
 (A) १५ ओटा
 (B) ३० ओटा
(C) १० ओटा
(D) २५ ओटा 

 


३३. कलेज अफ एजुकेशनले सञ्चालनमा ल्याएको ४ वर्षे वि.एड. कार्यक्रमलाई कहिलेदेखि २/२ वर्षमा टुकयाइयो ? 
(A) वि.सं. २०१६
 (B) वि.सं. २०१७
(C) वि.सं. २०१८
(D) वि.सं. २०२१ 

 


३४. पन्ध्रौं योजनाले योजनाको माध्यमिक तह कक्षा ९-१२ को खुद भर्नादर ..... पुयाउने लक्ष्य लिएको छ ?
 (A) ५५ प्रतिशत
 (B) ७८ प्रतिशत 
(C) ७२ प्रतिशत
(D) ६५ प्रतिशत 

 


३५. पन्धौ योजनाको अन्त्यसम्ममा उच्च शिक्षाको कुल भर्नादर ....... पुऱ्याउने लक्ष्य लिएको छ?
 (A) १८ प्रतिशत
 (B) २० प्रतिशत
(C) २२ प्रतिशत
(D) २४ प्रतिशत

 


३७. राजपत्रान्कीत प्रथम श्रेणी र सो भन्दा माथिका पदमा कार्यरत निजामती कर्मचारीलाई विभागिय सजाय दिने अधिकार कसमा हुनेछ?
 (A) नेपाल सरकार
 (B) सामान्य प्रशासन मन्त्रालय
(C) लोक सेवा आयोग
(D) विभागिय प्रमुख 

 


३८. निजामति सेवामा राजपत्रांकित विशिष्ट श्रेणी सम्म नै सेवा विशिष्टीकरण गर्ने प्रयोजनको लागि कति वटा सेवाको सामुहिककरण गरिएको छ? 
(A) ८ वटा
 (B) ९ वटा
(C) १० वटा
(D) ६ वटा 

 


३९. निजामती कर्मचारीको अभिलेख निजामती किताब खानाले अध्यावधिक गरे नगरेको कसले निरीक्षण गर्ने छ?
 (A) लोक सेवा आयोग


 (B) अर्थ मन्त्रालय

(C) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय


(D) सामान्य प्रशासन मन्त्रालय 

 


४०. तलका मध्ये कुन अवधारणा शैक्षिक सुपरीवेक्षण सँग मेल खान्छ ?
 (A) कक्षा कोठा भित्रको सिकाइमा जोड 


(B) शिक्षकको क्रियाकलापमा मात्र केन्द्रीत 


(C) प्रशासनिक कार्यमा जोड


 (D) समस्यामा अध्ययन, अवलोकन र विश्लेशण गरी तत्कालिन सुधारमा जोड 

 


४१. शिक्षकको स्वाभिमानमा आघात नपुर्याइकन गरिने निरीक्षण तलका मध्ये कुन प्रकृति को हो ?
(A) निकट निरीक्षण
 (B) दूर निरीक्षण
(C) प्रशासनिक निरीक्षण
(D) माथिका कुनै होइनन् 

 


४२. योजनाबद्ध विद्यालय निरीक्षणको पहिलो चरण तलका मध्ये कुन हो ?
 (A) आवश्यकताको पहिचान 
 (B) योजना निर्माण 
(C) सम्बन्ध स्थापना
(D) तथ्यांक संकलन 

 


४३. क्षेत्रफलको हिसाबले नेपालको उत्तरदेखि दक्षिणसम्म फैलिएको सबैभन्दा लामो जिल्ला कन हो ? 
(A) सिन्धुपाल्चोक
(B) मकवानपुर
 (C) कैलाली
(D) धादिङ्ग 

 


४४. नेपालको इतिहास सम्बन्धमा दिइएको उत्तरहरू मध्ये कुन गलत छ ? छान्नुहोस् ?
 (A) लिच्छवी कुलकेतु भनेर शिवदेव द्वितीयलाई चिनिन्छ 


(B) जिउदो सहिद भनेर टन्क प्रसाद आचार्यलाई चिनिन्छ


 (C) नेपालको दोश्रो गौतम बुद्ध भनेर जय पृथ्वी बहादुर सिंहलाई चिनिन्छ


 (D) हालसम्म जीवित मानिने राजा योग नरेन्द्र मल्ल हुन  

 


४५. नेपालको प्रचलित नाचहरू सम्बन्धमा कुन गलत छ?
 (A) धान नाच लिम्बु समुदायसँग सम्बन्धित छ 


(B) पाङदुरे नाँच मगर समुदायले नाच्ने नाच हो


 (C) तरवार नाच र लट्ठी नाच थारुहरूको संस्कृतिसँग सम्बन्धित छ 


(D) वालन नाच नेवार समुदायले नाच्ने परम्परागत नाच हो

 


४६. नेपालको राष्ट्रिय गानको रचनाकार र संगीतकार को हुन् ?
 (A) क्रमश: व्याकुल माइला र अम्बर गुरुङ 


(B) क्रमश: व्याकुल माइला र न्यहू बज्राचार्य


 (C) क्रमश: रामप्रसाद ज्ञवाली र अम्बर गुरुङ 


(D) क्रमश: अम्बर गुरुङ र व्याकुल माइला

 


 ४७. आजसम्मको क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने संविधानसभाबाट नया संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार गरी जारी गरिएको संविधान कुन हो ? 
(A) नेपाल अधिराज्यको संविधान, २०४७ 
(B) नेपालको संविधान, २००७ 
(C) नेपालको अन्तरिम संविधान, २०६३
(D) नेपाल अधिराज्यको संविधान, २०१९

 


४८. नेपालको संविधानबमोजिम राज्यले मुलुकमा अर्थतन्त्रको विकास गर्ने नीति तलकामध्ये कुन क्षेत्रको माध्यमबाट अवलम्बन गर्नेछ ? 
(A) बैङ्क तथा वित्तीय निकायको
(B) नागरिक समाजको सहयोगको 
(C) एकता, सहमति र सहकार्यको
(D) सार्वजनिक, निजी र सहकोरी क्षेत्रको 

 


४९. नेपालको संविधान (२०७२) बमोजिम नेपाल राज्यको निर्देशक सिद्धान्तहरू कतिओटा छन् ? 
(A) तीन ओटा 
(B) चार ओटा
(C) पाँच ओटा 
(D) छ ओटा

 


५०. नेपालको संविधान (२०७२) बमोजिम राज्यको नीतिहरू कतिओटा छन् ?
 (A) १३ ओटा
(B) १० ओटा
 (C) ११ ओर
 (D) १२ ओटा

 



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login