प्रास मोडेल सेट बिस

प्रास मोडेल सेट बिस

प्रास वस्तुगत बहुउत्तर - SET  20         (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।   

 

१. निजामति कर्मचारी उत्पादन गर्ने उद्देश्यले कहिले श्रेस्ता पाठशालाको स्थापना भएको थियो ? 
(A) वि.सं. १९६२ भदौ
(B) वि.सं. १९६२ असोज
(C) वि.सं. १९६२ कात्तिक 
(D) वि.सं. १९६२ मंसिर 

 


२. स्थापनाकालमा दरबार स्कुलको प्रधानाध्यापक मि.केनिङ थिए भने सुपरीवेक्षक को थिए ? 
(A) मि. केनिङ्ग
(B) मि. जोन
(C) मि. रोस 
(D) मि. के.लिङ्ग 

 


३. नेपालको संविधान २०७२ को भाग १ प्रारम्भिकमा कति वटा धारा रहेको छन् ?
 (A) ८ वटा 
(B) ९ वटा
(C) १० वटा 
(D) १२ वटा 

 


४. नेपालको संविधान २०७२ ले राष्ट्रको परिभाषा तलका मध्ये कुन गरेको छ?
(A) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता आंशिकमा राष्ट्र हो


(B) एकताको सुत्रमा आवद्ध सर्वभौम जनता 


(C) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता


(D) एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो

 


५. नेपालको राष्ट्रिय गान कति अनुसुचीमा दिइएको छ ? 
(A) अनुसुची ४ 
(B) अनुसुची ३
(C) अनुसुची २ 
(D) अनुसूची १ 

 


६. राष्ट्र भाषा भन्नाले नेपालको संविधान २०७२ अनुसार कुन लाई जनाउदछ ? 
(A) नेपालमा बोलिने सबै मातृभाषा 
(B) स्थानीय बोलिने भाषा
(C) नेवारी भाषा 
(D) माथिका सबै 

 


७. राष्ट्रिय शिक्षा योजना आयोग २०११ अनुसार विद्यालयमा कति समय पढाइ हुने गरेको थियो ?
 (A) हप्ताको ६ दिन र वर्षमा १० महिना


(B) हप्ताको साढे पाँच दिन र वर्षमा १० महिना


(C) हप्ताको ६ दिन र वर्षमा ११ महिना 


(D) हप्ताको साढे ५ दिन र वर्षमा ९ महिना 

 


८. राष्ट्रिय शिक्षा योजना आयोग २०११ ले शिक्षकहरूको तालिम सम्बन्धमा कस्तो सिफारिस गरेको छ ?
(A) तालिम पाठ्यक्रम तयार पार्ने र शिक्षण तालिम केन्द्र स्थापना गर्ने 


(B) प्रशिक्षक तयार गर्ने र शिक्षण तालिम केन्द्र स्थापना गर्ने 


(C) शिक्षक तालिम अनिवार्य गर्ने र सो आधारमा बढुवा गर्ने


(D) शिक्षकलाई तालिम लिन आउदा बसोबासको व्यवस्था गर्ने 

 

 


९. बालबालिकाहरूको प्रगतिबारे अभिभावक र शिक्षकबीच मातापिता र शिक्षक शिक्षाहरूको सम्मेलन कम्तीमा कतिपटक गर्न सुझाइएको छ ?
 (A) कमसेकम १ महिनामा एकपटक
(B) कमसेकम २ महिनामा एकपटक
(C) कमसेकम ३ महिनामा एकपटक 
(D) कमसेकम १ वर्षमा एकपटक

 


१०. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले चरणबद्ध रुपमा लागू गर्ने उद्देश्य लिएको थियो तर के को आधारमा टेकेर स्थायी चरणमा लागू गर्ने जिल्ला मध्यावधि चरणमै लागू भयो ?
(A) कुनै शिक्षण संस्थाले योजनाको आधारमा परिवर्तन गर्न चाहन्छन भने दिने 


(B) कुनै शैक्षिक संस्थाको माग भएमा 


(C) राजनीतिक सहमति भएमा


(D) विद्यार्थीहरूले माग गरेमा 

 


११. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले कहिलेदेखि त्रि.बि.बि. ले प्रमाणपत्र तलका क्याम्पस खोल्न बन्द गर्ने सिफारिस गरेको थियो ?
 (A) वि.सं. २०५३
(B) वि.सं. २०५५
(C) वि.सं. २०५० 
(D) वि.सं. २०५१ 

 


१२. उच्च स्तरीय शिक्षा आयोगले तलका मध्ये कुन तहलाई नक्साङ्कनको आधारमा खोल्नु पर्ने भनी सिफारिस गरिएको छैन ? 
(A) निम्न माध्यमिक
(B) माध्यमिक
(C) प्राथमिक 
(D) कुनै पनि होइन् 

 


१३. शिक्षा सम्बन्धि उच्च स्तरीय कार्य समितिले कसले तोकेको पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रुपमा सबै विद्यालयले प्रयोग गर्नु पर्दछ भनेको छ ? 
(A) नेपाल सरकार 
(B) शिक्षा मन्त्रालय
(C) शिक्षा विभाग 
(D) पाठ्यक्रम विकास केन्द्र

 

 
१४. प्राथमिक तहको उद्देश्यले कसरी सिर्जनशील सिपको विकास गर्ने भनिएको छ?
(A) कला प्रति अभिरुची जगाई 
(B) सौन्दर्य प्रति अभिरुची जगाई
(C) कला र सौन्दर्य प्रति अभिरुची जगाई 
(D) कला, संस्कृति र सौन्दर्यप्रति अभिरुची जगाई 

 


१५. सरकारद्वारा स्थापित संरचनाले तयार गर्ने नीति तलका मध्ये कुन सिद्धान्तमा आधारित छ? 
(A) जनमतको सिद्धान्त
(B) सम्भ्रान्त वर्गीय सिद्धान्त
(C) वर्गीय हितको सिद्धान्त 
(D) संस्थागत सिद्धान्त 

 

 


१६. राष्ट्रिय शिक्षा नीति २०७६ को कार्यन्वयनको समग्र स्थितिको वार्षिक तथा आवधिक मूल्याङ्कन कुन निकायले गर्न छ? 
(A) शिक्षा विकास तथा समन्वय इकाइ
(B) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
(C) राष्ट्रिय शिक्षा परिषद् 
(D) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

 


१७. खुला सिकाइ वा दुर शिक्षा संचालन निर्देशिकाको चौथो संशोधन कहिले भएको हो ?
 (A) २०७१/१/९ 
(B) २०७३/१/९
(C) २०७२/१/९ 
(D) २०७४/१/९ 

 


१८. अनौपचारिक र औपचारिक शिक्षाका कार्यक्रमलाई एक अर्काको समकक्षी बनाउन कस्तो कोर्स तयार गरिने छ ? 
(A) संश्लेषित कोर्स 
(B) विश्लेषण कोर्स
(C) विस्तृत कोर्स 
(D) संकुचित कोर्स 

 


१९. प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम नीति कहिले जारी भयो ?
 (A) वि.सं. २०५९
(B) वि.सं. २०६९
(C) वि.सं. २०६६ 
(D) वि.सं. २०६४ 

 


२०. सबै तहका नया नियुक्ती पाएकोलाई सेवा प्रवेश तालिम कसले प्रदान गर्दछ ?
 (A) शैक्षिक जनशक्ति विकास केन्द्र
(B) शिक्षक तालिम केन्द्र
(C) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
 (D) पाठ्यक्रम विकास केन्द्र

 


२१. समाहिक शिक्षाको उद्देश्य तलका मध्ये कुन हो ?
(A) सबैका लागि शिक्षा अन्तर्गत सबैका लागि विद्यालय विकास गराउनु


 (B) सबैका लागि आधारभूत शिक्षा उपलब्ध गराउनु 


(C) सबैका लागि शिक्षाको जनचेतना अभिवृद्धि गर्नु


(D) माथिका सबै 

 


२२. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्रीको मातहतमा को प्रमुख प्रशासकिय तथा कार्यकारी प्रमुख रहन्छन् ?
 (A) राजपत्राकित विशिष्ट श्रेणीका सचिवहरू
 (B) राजपत्राकित विशिष्ट श्रेणीका सह-सचिवहरू
(C) शिक्षा राज्य मन्त्री
(D) कुनै पनि होइन 

 


२३. सबैका लागि शिक्षा सम्बन्धि दक्षिण एसियाली क्षेत्रका शिक्षा मन्त्रीहरूको काठमाडौं सम्मेलन कहिले भएको थियो ? 
(A) सन् २००१ अप्रिल १०-१२
(B) सन् २००२ अप्रिल १०-१२
(C) सन् २००१ अप्रिल १-२
(D) सन् २००३ अप्रिल १-२ 

 


२४. शिक्षा ऐन, २०२८ अनुसार निम्नमाध्यमिक विद्यालय भन्नाले केलाई जनाउदछ?
(A) कक्षा ६ देखि ८ दिने विद्यालय
 (B) प्राथमिक शिक्षा दिने विद्यालय 
(C) कक्षा १ देखि ७ सम्म पढाइ हुने विद्यालय
(D) प्राथमिक शिक्षा र आधारभूत शिक्षा दिने विद्यालय 

 


२५. नेपालमा सन्दर्भमा लैङ्गिक भुमिकाको सहि धारणा तलका मध्ये कुन हैन् ?
(A) महिला पनि घर बाहिरको उत्पादन मुलक काम गर्न सक्षम छन्

 
(B) महिला र पुरुष दुबैको जिम्मेवारी हो  


(C) छोरीलाई शिक्षा दिनु उसलाई सक्षम र आत्मनिर्भर बनाउनु हो 


(D) परम्परादेखि चलेको चलन अनुसार भूमिका निर्भाह गर्नु पर्दछ 

 


२६. विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्न केन्द्रिय निर्देशक समितिमा कति जना सदस्य मनोनित रहेका छन् ?
 (A) २ जना
(B) ३ जना
(C) ४ जना 
(D) १ जना 

 


२७. कुन सालमा सुस्तमनस्थिति भएको बालबालिकाहरूको लागि शिक्षा दिने उद्देश्यले निर्मल बाल विकास केन्द्र नामक संस्थाको स्थापना भयो ? 
(A) वि.सं. २०३७ 
(B) वि.सं. २०३८
(C) वि.सं. २०३९ 
(D) वि.सं. २०४० 

 


२८. अनौपचारिक खुला विद्यालय अन्तर्गत माध्यमिक तहको विज्ञान विषयको वार्षिक सत्र सङ्ख्या कति हुन्छ ? 
(A) २४  
(B) १३
(C) २५ 
(D) १४ 

 


२९. कलेज अफ एजुकेशनले प्रौढ शिक्षा शाखाबाट रेडियो द्वारा प्रसारित युवाहरूको लागि कहिलेबाट कार्यक्रम संचालन गरेको थियो?
 (A) सन् १९५८
(B) सन् १९५७
(C) सन् १९६२ 
(D) सन् १०५६ 

 


३०. क्षेत्रिय शिक्षा निर्देशनालयको मूख्य ध्येय तलका मध्ये कुन थियो ?
(A) जिल्ला शिक्षा कार्यलय स्रोत केन्द्र र विद्यालयलाई सक्रिय बनाउने


 (B) जिल्ला र केन्द्रिय निकाय विच समन्वयन गर्ने


(C) शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य हाँसिल गर्न आवश्यक सहयोग गर्ने


(D) जिल्ला र केन्द्रीय निकाय विच सहजीकरण गर्ने 

 


३१. अध्यापन अनुमतीपत्र सम्बन्धी विषयमा शिक्षक सेवा आयोगलाई सुझाव दिन के को व्यवस्था गरिएको छ ? 
(A) शिक्षक काउन्सिल


 (B) अध्यापन अनुमति पत्र सुझाव समिति


(C) नेपाल शिक्षक महासंघबाट गठित समिति 


(D) त्यस्तो व्यवस्था छैन ? 

 


३२. शिक्षकहरूको निवृत्तभरण, उपदान, औषधी उपचार खर्च आदिको व्यवस्था गर्ने निकाय कुन हो ? 
(A) विद्यालय शिक्षक किताबखाना
 (B) जिल्ला शिक्षा कार्यालय
(C) क्षेत्रीय शिक्षा निर्देशनालय
(D) शिक्षा विभाग 

 


३३. सामान्य प्रशासन मन्त्रालयको सचिवको सरुवा सिफारिस गर्नुपर्दा सामान्य प्रशासन मन्त्रालयको सट्टा सिफारिस समितिमा को राखिने छ?
(A) प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सचिव
 (B) लोकसेवा आयोगको अध्यक्ष
 (C) सामान्य प्रशासन मन्त्री
(D) अर्थ मन्त्रालय 

 


३४. सामान्य प्रशासन मन्त्रालयले कहिलेदेखि कहिलेसम्म निजामति कर्मचारीलाई सरुवा गर्नु पर्दछ ?
 (A) भदौ १ देखि असोज मसान्त सम्म
 (B) भदौ १ देखि भदौ मसान्त सम्म
(C) श्रावण १ देखि मंसिर सम्म 
(D) भदौ १ देखि कात्तिक मसान्त सम्म

 


 ३५. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा फ्लास पहिलोको विवरण कहिले सङ्कलन हुन्छ ?
(A) जुन १०
 (B) जुलाई १५
(C) मार्च १४
(D) मे १६ 

 


३६. शैक्षिक तथ्याङ्क २०७५ अनुसार आधारभूत तह कक्षा १-८ को खूद भर्ना दरमा लैङ्गिक समता सूचकाङ्क कति रहेको छ
(A) ०.७८ प्रतिशत
 (B) ०.९८ प्रतिशत
(C) ०.८८ प्रतिशत 
(D) ०.९५ प्रतिशत 

 


३७. अप्रत्यक्ष रुपमा सिकाइको क्रममा स्वत सिक्ने पाठ्यक्रमलाई कस्तो पाठ्यक्रम भनिन्छ ? 
(A) मुख्य पाठ्यक्रम
(B) बृहत पाठ्यक्रम
(C) क्रियाकलाप केन्द्रीत पाठ्यक्रम 
(D) लुकेको पाठ्यक्रम 

 


३८. गुरुकुल शिक्षातर्फको कक्षा ६-७ को पाठ्यक्रम ढाचा कहिले स्वीकृत भएको हो ?
 (A) वि.सं. २०६४
(B) वि.सं. २०६५
(C) वि.सं. २०६७ 
(D) वि.सं. २०६६ 

 


३९. स्थानीय पाठ्यक्रम विकास तथा कार्यन्वयन मार्गदर्शन,२०७६ अनुसार स्थानीय पाठ्यक्रमको ढाचा कति अंकमा रहेको छन् ?
(A) ५
 (B) ७
(C) ६
(D) ८ 

 


४०. शिक्षा योजना सफल पार्नको लागि शैक्षिक प्रक्रियामा आन्तरिक रुपमा गरिने मूल्याङकन कुन हो ? 
(A) निर्माणात्मक मूल्याङ्कन
 (B) निर्णयात्मक मूल्याङ्कन
(C) निरन्तर मूल्याङ्कत
(D) कुनै पनि होन

 


 ४१. तलका मध्ये कुन बाक्य दक्षतामूलक निरीक्षणमा आधारित छ? 
(A) ऐन नियम अनुसार भए नभएको हेर्ने


(B) प्रशासनको रुपमा भुमिका निर्वाह गर्ने


(C) शिक्षण सिकाइलाई यान्त्रिक कार्यको रुपमा हेर्ने 


(D) प्रजातान्त्रिक निरीक्षणको रुपमा

 


४२. शिक्षण सिकाइ तलका मध्ये के सँग बढी सम्बन्धित हुनु पर्दछ ?
 (A) बसाई व्यवस्था
(B) भौतिक व्यवस्था
(C) कक्षाको नियम 
(D) उद्देश्य अनुरुप

 


 ४३. नि.मा.वि. र मा.वि. तहको पूर्व सेवाकालिन तालिम कसले सञ्चालन गर्दछन् ?
(A) उच्च माध्यमिक शिक्षा परिषद् र शैक्षिक जनशक्ति विकास केन्द्र

 
(B) शैक्षिक जनशक्ति विकास केन्द्र र त्रि.वि.वि. 


(C) उच्च माध्यमिक शिक्षा परिषद् र त्रि.वि.वि.


(D) उच्च माध्यमिक शिक्षा परिषद् र विश्वविद्यालय 

 


४४. नेपाल राष्ट्रिय शिक्षा योजना २०११ को सिफारिस अनुसार सेवा कोलिन र पूर्व सेवाकालिन तालिम कसले सञ्चालन गर्यो?
(A) शिक्षा मन्त्रालय
 (B) स्रोत केन्द्र
(C) शिक्षक तालिम केन्द्र
(D) शैक्षिक जनशक्ति तालिम केन्द्र 

 


४५. पशुपतिनाथ लाई पञ्चामृतले नुहाउने चलन कसले चलाए ?
 (A) राजेन्द्र विक्रम शाह
(B) सुरेन्द्र विक्रम शाह
(C) त्रैलोक्य विक्रम शाह 
(D) पृथ्वीनारायण शाह 

 


४६. विश्वको सबैभन्दा गहिरो उपत्यको अरुण उपत्यकोको उचाइ कति छ?
 (A) करिब ४५७ मिटर
(B) करिब २५७ मिटर
(C) करिब ५५७ मिटर 
(D) करिव ४७७ मिटर 

 


४७. नेपालको जनगणना २०६८ अनुसार नेपालमा जैन धर्म मान्ने कति प्रतिशत मानिस रहेको छन् ?
 (A) ०.०९ प्रतिशत
(B) ०.०१२ प्रतिशत
(C) ०.०१० प्रतिशत 
(D)/०.०१३ प्रतिशत 

 


४८. सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना २००१-१५ ले सन् २०१५ सम्म १५ वर्ष भन्दा माथिका साक्षरता दर कति पुयाउने लक्ष्य राखेको थियो ? 
(A) ७५ प्रतिशत
(B) ८० प्रतिशत
(C) ७० प्रतिशत 
(D) ९० प्रतिशत 

 


४९. जिल्ला अनौपचारिक शिक्षा समितिको अध्यक्ष को रहन्छ ?
(A) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत 


(B) जिल्ला विकास समितिको सभापति


(O) जिल्ला शिक्षा अधिकारी 


 (D) सचिव जिल्ला विकास समिति 

 

 


५०. राष्ट्रिय शिक्षा पद्धितिको योजना २०२८ बमोजिम शिक्षाको संगठनमा तलको कुन चाहि पर्दैन ?
 (A) प्राथमिक शिक्षा कक्षा १ देखि ३ सम्म


(B) निम्न माध्यमिक शिक्षा कक्षा ४ देखी ७ सम्म


(C) माध्यमिक शिक्षा कक्षा ८ देखि १० सम्म 


(D) उच्च शिक्षा कक्षा ११ देखि १२ सम्म

 



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login