- Home
- Show Content
प्रास मोडेल सेट एक्काईस
प्रास मोडेल सेट एक्काईस
प्रास वस्तुगत बहुउत्तर - SET 21 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
१. विद्यालय र समूदायविचको सम्बन्ध सुमधुर बनाउने कार्यमा सबैभन्दा बढी भुमिका कसको हुन्छ ?
(क) विद्यार्थी
(ख) स्थानीय राजनैतिक नेतृत्व
(ग) प्रधानाध्यापक
(घ) स्थानीय गैह्रसरकारी संस्था
२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय निकायको कति ओटा अधिकार उल्लेख गरिएको छ ?
(क) २० ओटा
(ख) २१ ओटा
(ग) २२ ओटा
(घ) २३ ओटा
३. विद्यालय सुधार योजनाको मुख्य उद्देश्य तलका मध्ये कुन हो ?
(क) स्थानीय समुदायलाई विद्यालय गतिविधिमा सहभागिता अभिवृद्दी गर्नु
(ख) विद्यार्थीको उच्च सिकाइ उपलब्धिको सुनिश्चित गर्नु
(ग) स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्नु
(घ) योजना कार्यान्वयनमा सुनिश्चितता हासिल गर्नु
४. पाठकम मस्यौदा लेखन कार्यदलमा तलका मध्येको पदैन ?
(क) पाठ्यक्रम विकास केन्द्रको विशेषज्ञ
(ख) सम्बन्धित विषय शिक्षक
(ग) डिजाइनर
(घ) सम्बन्धित विषयको प्राध्यापक विशेषज्ञ
५. विद्यालय तहका पाठ्यक्रम अनुसार विषयगत पाठ्यक्रमको प्रमुख अङ्गहरू कति ओटा रहेको छन् ?
(क) ४ ओटा
(ख) ५ ओटा
(ग) ६ ओटा
(घ)८ ओटा
६. आधारभुत तह अन्तर्गत कक्षा ८ को मुल्याङ्कनमा उत्तीर्णाङ्क कति प्रतिशत छुट्याइएको छ?
(क) ३० प्रतिशत
(ख) ६० प्रतिशत
(ग) ५० प्रतिशत
(घ) ४० प्रतिशत
७. अन्दाजको भरमा उत्तर दिने प्रवृत्तिको लागि सजाय हुने प्रश्न तलका मध्ये कुन हो ?
(क) जोडा मिलाउने प्रश्न
(ख) सारांश लेख्ने प्रश्न
(ग) छोटो उत्तर आउने प्रश्न
(घ) बस्तुगत प्रश्न
८. आधारभुत तह (कक्षा ६-८) को पाठ्यक्रम २०६९ मा कक्षा ६ र ७ को हकमा आवधिक मूल्याङकन र आन्तरिक मूल्याङ्कनको भार कति कति छुट्याइएको छ?
(क) ६० प्रतिशत भारको आवधिक मूल्याङ्कन र ४० प्रतिशत भारको निरन्तर मूल्याङ्कन
(ख) ४० प्रतिशत भारको आवधिक मूल्याङ्कन र ६० प्रतिशत भारको निरन्तर मूल्याङ्कन
(ग) ५० प्रतिशत भारको आवधिक मूल्याङ्कन र ५० प्रतिशत भारको निरन्तर मूल्याङ्कन
(घ) ३० प्रतिशत भारको आवधिक मूल्याङ्कन र ७० प्रतिशत भारको निरन्तर मूल्याङ्कन
९. तलका मध्ये कुनले मानव बृद्धिलाई जनाउाछ ?
(क) व्यवहारमा परिवर्तन
(ख) नैतिकतामा परिवर्तन
(ग) शारीरिक संरचनामा परिवर्तन
(घ) धारणामा परिवर्तन
१०. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कहिलेदेखि लागु भएको हो ?
(क) २०७५ असोज २
(ख) २०७५ असोज १५
(ग) २०७५ कात्तिक २
(घ) २०७५ मसिर १५
११. उत्प्रेरणाको शृङ्खला सिद्धान्तको प्रतिपादक को हुन् ?
(क) हजबर्ग
(ख) अब्राहम मास्लो
(ग) म्याक ग्रेगर
(घ) जे एस एडम्स
१२. उत्तरबाल्यावस्थाको समयावधि तलका मध्ये कुन हो?
(क) जन्मदेखि ६ वर्षको समय
(ख) जन्मदेखि १२ वर्षको समय
(ग) ६ वर्षदेखि १२ वर्ष सम्मको समय
(घ) २ वर्षदेखि १२ वर्षसम्मको समय
१३. एकतर्फि सञ्चार नेतृत्व तलका मध्ये कुन नेतृत्वशैलीमा विद्यमान हुन्छ?
(क) अग्रगामी नेतृत्व
(ख) निरङ्कुश नेतृत्व
(ग) स्वच्छन्दतावादी नेतृत्व
(घ) प्रजातान्त्रिक नेतृत्व
१४. शैक्षिक नेतृत्वमा प्र.अ. र शिक्षक विच समन्वय कायम हुनु कुन नेतृत्व शैली हो?
(क) सहभागितामूलक
(ख) स्वीकृतीमूलक
(ग) स्वतन्त्र
(घ) कर्मचारी नेतृत्व शैली
१५. विद्यालयमा सामाजिक परीक्षण गर्ने सम्बन्धी निर्देशिका तलका मध्ये कुन मितिमा जारी गरिएको हो ?
(क) वि.सं. २०६१
(ख) वि.सं. २०६५
(ग) विसं २०७१
(घ) वि.स. २०७२
१६.विद्यालय निरीक्षकले विद्यालयबाट प्राप्त भएको सामाजिक परीक्षणको प्रतिवेदनमाथि आवश्यक अध्ययन गरी कहिलेसम्म स्थानीय निकायमा पठाउनुपर्ने व्यवस्था गरेको छ?
(क) असोज १५
(ख) कात्तिक १५
(ग) पुष मसान्त
(घ) माघ १५
१७. पेसागत समस्या समाधानको लागि स्वयस् पेसाकर्मी नै सक्रिय भएर गरिने अनुसन्धान तलका मध्ये कुन हो ?
(क) शैक्षिक अनुसन्धान
(ख) प्राज्ञिक अनुसन्धान
(ग) कार्यमूलक अनुसन्धान
(घ) मामला अनुसन्धान
१८. अधिकारमा आधारित शिक्षा कस्तो शिक्षालाई मानिन्छ ?
(क) सशुल्क
(ख) निःशुल्क
(ग) अनिवार्य
(घ) ऐच्छिक
१९. एकपटक सिकेको ज्ञान र तालिम बिर्सने तथा पुरानो हुदै जाने भएकोले त्यसको पुनः स्मरणको साथै उक्त विषयको नवीन ज्ञान, सीप र प्रविधि दिने उद्देश्यले सञ्चालन गरिने तालिम तलका मध्ये कुन हो ?
(क) सेवाकालिन तालिम
(ख) पश्चसेवाकालिन तालिम
(ग) पूर्वसेवाकालीन तालिम
(घ) पुनर्ताजगी तालिम
२०. शिक्षक पेसागत तालिमको एक चरणमा कति दिन हुन्छ ?
(क) २५ दिन
(ख) १५ दिन
(ग) ३० दिन
(घ) २० दिन
२१. विकास, परिवर्तन वा परिमार्जन भएको पाठ्यक्रम र पाठ्यसामग्री सामान्यतया शैक्षिक सत्र सुरु भएको कति समयभित्र प्रबोधीकरण गरिने व्यवस्था छ ?
(क) १५ दिन
(ख) १ महिना
(ग) ३ महिना
(घ) ६ महिना
२२. पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिमार्जन गर्दा कसको सैद्धान्तिक सहमति लिनुपर्ने व्यवस्था छ ?
(क) विषय समिति
(ख) नेपाल सरकार
(ग) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
(घ) समन्वय तथा सम्पादन समिति
२३. आधारभुत प्रौढ साक्षरता शिक्षाको लक्षित समूह तल दिइएको मध्ये को हुन् ?
(क) पञ्च वर्षदेखि पैतालीस वर्षसम्मको निरक्षर व्यक्ति
(ख) आधारभुत प्रौढ साक्षरता शिक्षा पूरा गरिसकेको व्यक्ति
(ग) साक्षरोत्तर शिक्षा पूरा गरिसकेको व्यक्ति
(घ) विद्यालयमा अध्ययन गरेको वा अध्ययन गरी बिचैमा छाडेको बालबालिका
२४. मानव अधिकारको संरक्षढा र संवर्धन गर्दै विधिको शासन कायम राख्ने राज्यको कस्तो नीति हो ?
(क) विकास सम्बन्धी नीति
(ख) राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति
(ग) नागरिकका आधारभुत आवश्यकता सम्बन्धी नीति
(घ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
२५. वि.सं. १९९६ माघ ८ को शिक्षा इस्तिहारले सिफारिस गरेको नेपालको विद्यालय तहका शिक्षाको संरचना तलका मध्ये कुन हो?
(A) 3+4+3
(B)5+3+2
(C)3+5+2
(D) 4+4+2
२६. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले प्राथमिक तहका शिक्षकको तलबमा सरकारले कति प्रतिशत अनुदानस्वरुप दिने व्यवस्था गरेको थियो?
(क) ६० प्रतिशत
(ख) ७५ प्रतिशत
(ग) १०० प्रतिशत
(घ) ५० प्रतिशत
२७. विद्यालय क्षेत्र विकास योजनाले सन् २०२२/३२ सम्ममा कक्षा ३ मा विद्यार्थी पठन सक्षमता प्रतिशत कति पुयाउने लक्ष्य राखिएको छ?
(क) ४०
(ख) ५०
(ग) ४५
(घ) ६०
२८. राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम तल दिइएको मध्ये कति कक्षादेखि कति कक्षासम्मको लागि तयार गरिएको कार्यक्रम हो ?
(क) कक्षा १ देखि ५ सम्म
(ख) पूर्व प्राथमिक तहदेखि कक्षा १ सम्म
(ग) कक्षा १-३ सम्म
(घ) कक्षा १ देखि ८ सम्म
२९. नेपालको संविधानको कुन धारामा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्ने कुरा उल्लेख गरिएको छ?
(क) धारा १५
(ख) धारा १६
(ग) धारा १८
(घ) धारा २०
३०. पाठ्यक्रम विकासको प्रमुख पाँच चरणमध्ये दोस्रो चरणमा तलका कुन कुरा पर्दछ ?
(क) आवश्यकताको पहिचान
(ख) पाठ्यक्रम विकास
(ग) लक्ष्य र उद्देश्य निर्धारण
(घ) नीतिगत निर्णय
३१. एसियाली विकास बैंकको सहयोगमा विज्ञान शिक्षा परियोजना कहिलेबाट सुरु भएको थियो ?
(क) वि.स. २०३५
(ख) वि.सं. २०३८
(ग) वि.स. २०३९
(घ) वि.सं.२०४१
३२. शिक्षक सक्षमताको प्रारुपमा कति ओटा सक्षमताहरू प्रस्तुत गरिएको छ?
(क) ७ ओटा
(ख) ८ ओटा
(ग) ९ ओटा
(घ) १० ओटा
३३. संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तराष्ट्रिय कानुनद्वारा शिक्षा नीति बनाइन्छ भने यो कुन स्रोत हो ?
(क) आन्तरिक स्रोत
(ख) कानुनी स्रोत
(ग) बाह्य स्रोत
(घ) संवैधानिक स्रोत
३४. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले प्राथमिक शिक्षामा कुन कक्षा समावेश गरेको थियो ?
(क) कक्षा १ देखि ८
(ख) कक्षा १ देखि ३
(ग) कक्षा १ देखि ५
(घ) कक्षा १ देखि ६
३५. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ - ०३२) ले कति कक्षादेखि शिक्षामा विधिधीकरणको सुरुवात गरेको पाइन्छ ?
(क) कक्षा ७ देखि
(ख) कक्षा ८ देखि
(ग) कक्षा ९ देखि
(घ) कक्षा ४ देखि
३६. प्रत्येक प्राथमिक विद्यालयमा एक जना महिला शिक्षकको व्यवस्था गर्नुपर्दछ भनी सिफारिस तलका मध्ये कुन आयोगले गरेको छ?
(क) राष्ट्रिय शिक्षा योजना आयोग -२०११
(ख) राष्ट्रिय शिक्षा आयोग २०४९
(ग) उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५
(घ) सर्वामीण राष्ट्रिय शिक्षा समिति २०१८
३७. राष्ट्रिय शिक्षा आयोगले कक्षा ३ मा समावेश नगरेको तर कक्षा ४-५ कक्षामा मात्र समावेश गरेको विषय तलका मध्ये कुन हो ?
(क) अंग्रेजी
(ख)विज्ञान
(ग) माथिका दुवै हुन्
(घ) माथिका दुवै होइनन्
३८. सबैका लागि शिक्षा २००४-२००९ को उद्देश्यहरूमा तलका कुन पर्दैन ?
(क) प्राथमिक शिक्षामा पहुँच समान्यायिकता सुनिश्चित गर्ने
(ख) प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दर्शिकता वृद्धि गर्ने
(ग) कार्यदक्षता तथा संस्थागत क्षमताको सुधार गर्ने
(घ) प्राथमिक शिक्षालाई आधार शिक्षाको रूपमा विकास गर्ने
३९. NEGRP को पुरा रूप तलका मध्ये कुन हो?
(A) National Early Group Reading Programme
(B) National Early Grade Reading Programme
(C) National Early Grade Reading Participation
(D) Nationa early group reading participation
४०. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्रमुख उद्देश्य तल दिइएको मध्ये कुन हो ?
(क) कक्षा १ देखि कक्षा ३ सम्मको सबै विद्यार्थीको बोलाई सिपको सुधार गर्नु
(ख) कक्षा १ देखि कक्षा ३ सम्मको सबै विद्यार्थीको लेखाइ सिपको सुधार गर्नु
(ग) कक्षा १ देखि कक्षा ३ सम्मको सबै विद्यार्थीको पढाइ सिपको सुधार गर्नु
(घ) कक्षा १ देखि कक्षा ३ सम्मको सबै विद्यार्थीको लेखाइ शुद्धतामा सुधार गर्नु
४१. वर्तमान संविधानमा आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक कसलाई प्रदान गरेको छ?
(क) प्रत्येक विद्यालयलाई
(ख) प्रत्येक समुदायलाई
(ग) प्रत्येक नागरिकलाई
(घ) प्रत्येक नागरिक र समुदायलाई
४२. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि कति वर्षको हुने व्यवस्था रहेको छ ?
(क) तीन वर्षको
(ख) पाँच वर्षको
(ग) एक वर्षको
(घ) चार वर्षको
४३. शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्तिको लागि गठन हुने समितिमा तलका मध्ये को रहदैन ?
(क) लोक सेवा आयोगको अध्यक्ष
(ख) त्रिभुवन विश्वविद्यालयको उपकुलपति
(ग) शिक्षा मन्त्रालयको सचिव
(घ) शिक्षा विभागको महानिर्देशक
४४. शिक्षा नियामावली २०५९ नेपाल राजपत्रमा तल दिइएकामध्ये कुन मितिमा प्रकाशित भएको हो ?
(क) २०५९/२/१३
(ख) २०५९/२/१४
(ग) २०५९/२/१५
(घ) २०५९/२/१६
४५. आवासीय विद्यालयले सुरुमा कम्तीमा कति प्रतिशत विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था शिक्षा नियमावलीले गरेको छ?
(क) ५ प्रतिशत
(ख) १० प्रतिशत
(ग) १५ प्रतिशत
(घ) २० प्रतिशत
४६. विद्यालयले Flash II को तथ्याङ्क फारम तल दिइएको मध्ये कुन समयमा भर्नुपर्ने व्यवस्था रहेको छ ?
(क) जेठ ७
(ख) चैत २३
(ग) वैशाख २३
(घ) चैत १३
४७. नेपालको जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको कति प्रतिशत व्यक्तिले एस. एल. सी. परिक्षा उत्तीर्ण गरेको छन् ?
(क) १०.२
(ख) ८.२
(ग) १२.४
(घ) ९.२
४८. तलका मध्ये कुन दस्तावेजले शिक्षाको राष्ट्रिय उद्देश्य निर्धारण तथा परिवर्तन गरेको छैन ?
(क) राशि.प.यो. (२०२८-३२) को प्रतिवेदन
(ख) राष्ट्रिय शिक्षा आयोग २०४९ को प्रतिवेदन
(ग) शाही उच्च शिक्षा आयोग २०४० को प्रतिवेदन
(घ) राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३
४९. राष्ट्रिय शिक्षा आयोग २०११ को प्रतिवेदनले नेपालको शिक्षाको संरचना कति हुनु पर्दछ भनी सिफारिस गरेको थियो ?
(A) 3+2+3+2
(B)5+6
(C) 5+5
(D) 5+3+2
५०. आमाबाबुले पूर्वबाल्यावस्थालाई कुन रुपमा लिने गर्दछन् ?
(क) अन्वेषणत्मक उमेर
(ख) सिर्जनात्मक उमेर
(ग) पूर्व विद्यालय उमेर
(घ) खेलौनाको उमेर
facebook :


very good
Leave a review