प्रास मोडेल सेट तेईस

प्रास मोडेल सेट तेईस

प्रास वस्तुगत बहुउत्तर - SET  23       (50x2 = 100)

उत्तर अन्तिममा हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।   

 

१. तलका मध्ये कुन शैक्षिक कार्यक्रमका लागि सर्वप्रथम शिक्षक तालिम संस्था स्थापना गरिएको थियो ?
क) विद्यालय शिक्षा 
ख) आधार शिक्षा
ग) स्रेस्ता शिक्षा 
घ) दरबार स्कुल 

 

 

२. वैदिककालमा वेदको अध्ययनपछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
क) पण्डितिनी
ख) सघोबधु
ग) ब्रह्मवादिनी 
घ) वेद विज्ञता

 

 

३.नेपालमा प्रथम पञ्चवर्षीय योजना कति सालबाट सुरु गरिएको थियो ?
क) २०१७ साल 
ख) २०१३ साल
ग) २०१५ साल
घ) २०१६ साल

 

 

४. प्राविधिक शिक्षालाई बढी व्यावहारिक र कार्यदक्षतायुक्त बनाउन गर्नुपर्छ ?
क) जीवनोपयोगी
 ख) पहुँचमा अभिवृद्धि 
ग) गुणस्तरमा सुधार 
घ) रोजगारीको अवसर प्रवर्द्धन

 

 

५. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदन अनौपचारिक शिक्षालाई कुनकुन तहमा विभाजन गरेको छ?
क) आधारभूत साक्षरता, साक्षरोत्तर, दूर शिक्षा 


ख) आधारभूत साक्षरता, साक्षरोत्तर, आयआर्जन


ग) आधारभूत साक्षरता, साक्षरोत्तर, खुला शिक्षा 


घ) आधारभूत साक्षरता, दूरशिक्षा, खुला शिक्षा

 

 

६.नियमअनुसार  लगातार कति दिन भन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेका शिक्षकलाई पदबाट हटाउन सकिने व्यवस्था छ ?
क) ३५ दिन
ख) १५ दिन 
ग) २१ दिन
घ) ३० दिन

 

७. पाठ्यक्रम प्रबोधीकरणको मुख्य उद्देश्य के हो ?
क) पाठ्यक्रमको मूल्याङकन गर्न


ख) नयाँ पाठ्यक्रमको परिचय गराउने


ग) नयाँ पाठ्यक्रम लेखन छलफल गराउने 


घ) आवश्यकताको पहिचान गर्ने

 

 

८. विद्यालयमा कस्तो काम गर्नेलाई उत्तम सुपरिवेक्षक भनिन्छ ?
क) शिक्षकलाई सिर्जनात्मक र पेसागत सहयोग दिने


ख) शिक्षकलाई स्तरयुक्त शिक्षण गर्ने दिर्नेशन दिने


ग) प्रशासनिक अधिकारको प्रयोग गर्ने


घ) शिक्षकको मूल्याङ्कन गर्ने उद्देश्यले कक्षा निरीक्षण गर्ने

 

 

९. तलकामध्ये कुन वैकल्पिक विद्यालय शिक्षाको कार्यक्रम होइन ?
क) खुला विद्यालय
ख) प्राथमिक शिक्षा विस्तार कार्यक्रम
ग) साक्षरोत्तर शिक्षा कार्यक्रम
 घ) अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम

 

 

१०. नेपालमा दृष्टिविहीन विद्यार्थीहरूका लागि शिक्षा दिने अभिप्रायले कहिलेदेखि विशेष शिक्षा कार्यक्रम थालनी भएको हो ?
क) २०२८ साल  
ख) २०१६ साल 
ग) २०१८ साल 
घ) २०२१ साल

 

 

 

११. कार्यगत अनुसन्धान भन्नाले के बुभिन्छ ?
क) घटनाको परिणाम खोज्ने प्रक्रिया 


ख) घटनाको कारण पत्ता लगाउने प्रक्रिया


ग) माथिका दुवै


घ) कुनै पनि होइन

 

 

१२. निम्नमध्ये कुन उद्देश्य राष्ट्रिय पाठ्यक्रम प्रारुपले समावेश गरेको शिक्षाको राष्ट्रिय उद्देश्य के हो ?
क) लोकतान्त्रिक भावनाको विकास
ख) प्राकृतिक वातावरण राष्ट्रिय सम्पदाको संरक्षण
ग) सामाजिक एकतालाई सदृढ बनाउने 
घ) समावेशी समाजको निर्माण

 

 

१३. कक्षा ६ -८ को पाठ्यक्रमअर्न्तगत गुरूकुल शिक्षा ढाँचामा तलको कुन विषय पठनपाठन हुँदैन ?
क) संस्कृत साहित्य
 ख) संस्कृत भाषा 
ग) संस्कृत रचना 
घ) संस्कृत व्याकरण

 


१४. कला सौन्दर्यप्रति अभिरुची जगाई सीर्जनशील सीपको विकास गर्ने उद्देशय कुन तहको शिक्षाको हो ?
क) पूर्व प्राथमिक तहको
ख) प्राथमकि तहको
ग) निम्न माध्यमिक तहको
घ) माध्यमिक तहको

 

 

१५. शिक्षाको सामाजिक उद्देश्यभित्र तलका मध्ये कुन पर्दैन ?
क) राजनैतिक चेतना
 ख) नागरिकताको ज्ञान 
ग) मानवीय सम्बन्ध
 घ) आर्थिक दक्षता

 

 

१६. शिक्षक छनौटमा लिइने परीक्षा कति प्रकारका हुन सक्दछन् ?
क) ३ प्रकार, लिखित, अन्तर्वार्ता प्रयोगात्मक

 
ख) २ प्रकार, लिखित, अन्तर्वार्ता


ग) १ प्रकार, लिखित मात्रै


घ)४ प्रकार,लिखित,अन्तर्वार्ता,मौखिक अभ्यास, प्रयोगात्मक

 

 

१७. सन् २००० मा सेनेगलको डकारमा सम्पन्न सबैका लागि शिक्षाको सम्मेलनले विश्वको कति बालबालिका
प्राथमिक शिक्षाको पहुँचमा नरहेको तथ्य सार्वजनिक गरेको थियो,
क) ११ करोड ३० लाख
ख)१२ करोड ३० लाख
ग) १३ करोड ३० लाख
घ)१४ करोड ३० लाख

 

 

१८. सबैको लागि शिक्षा (Education For All) को प्रमुख उद्देश्य कुन हो ?
क) प्राथमिक शिक्षामा पहुँच तथा समता/समन्वयायिता सुनिश्चित गर्ने


ख) प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दर्भिक वृद्धि गर्ने


ग) कार्यदक्षता तथा संस्थागत क्षमताको सुधार गर्ने


घ) माथिका सबै

 

 

१९. अनौपचरिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तक कसले स्वीकृत गर्दछ ?
क) अनौपचारिक शिक्षा परिषद् 


ख) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्


ग) अनौपचारिक शिक्षा केन्द्र


घ) पाठ्यक्रम विकास केन्द्र

 

 

२०. शिक्षकलाई तालिमको लागि कसले सिफारिश गर्दछ ?
क) विद्यालय व्यवस्थापन समिति 
ख) प्रधानाध्यापक
ग) विद्यालय निरीक्षक
घ) जिल्ला शिक्षा अधिकारी

 

 

२१. रेडियो नेपालबाट शिक्षक तालिम कहिलेबाट प्रसारण गर्न थालियो ?
क) सन् १९७८ 
ख) सन् १९८० 
ग) सन् १९८२
 घ) सन् १९९०

 

 

२. राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ बमोजिम शिक्षाको सङ्गठनमा तलको कुनचाँही पर्दैन ?
क) प्राथमिक शिक्षा - कक्षा १ देखि ३ सम्म 


ख) निम्नामाध्यमिक शिक्षा-कक्षा ४ देखि ७ सम्म


ग) माध्यमिक शिक्षा कक्षा ८ देखि १० सम्म 


घ) उच्च शिक्षा कक्षा ११ देखि १२ सम्म

 

 

२३. गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप, २०६७ अनुसार “शिक्षामा लैङ्गिक पक्ष सम्बन्धी न्यूनतम मापदण्डअनुसार लैङ्गिक सहभागिता सम्बन्धमा छात्रको तुलनामा कति प्रतिशत छात्राको सहभागिता हुनुपर्दछ ?
क) ९० प्रतिशत
ख) ९५ प्रतिशत
ग) ९७ प्रतिशत
घ) १०० प्रतिशत

 

 

२४. शाही उच्च शिक्षा आयोग कसको अध्यक्षमा गठन भएको थियो ?
क) केशराजङ्ग रायमाझी
ख) रणधीर सुब्बा 
ग) रुद्रराज पाण्डे
घ) विश्वबन्धु थापा

 

 

२५. नेपालको संविधानको धारा ४८ अनुसार प्रत्येक नागरिकको कर्तव्य तलका मध्ये कुन होइन ?
क) संविधान र कानुनको पालना गर्नु 


ख) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु


ग) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु 


घ) आफ्नो भाषा तथा संस्कृतिको संरक्षण र संबर्धन गर्नु

 

 

२६. आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६ ८), २०६९ का अनुसार अनुशासन र प्रदर्शन कुन विषयको सक्षमता हो ?
क) नैतिक शिक्षा 
ख) सामाजिक अध्ययन
ग) विज्ञान
घ) भाषा 

 

 

२७. शिक्षा ऐन/नियमावलीअनुसार निमावि तहको विद्यालय सञ्चालनसम्बन्धमा अन्तिम स्वीकृति कसले दिने व्यवस्था छ ?
क) जिल्ला शिक्षा अधिकारी
ख) क्षेत्रीय शिक्षा निर्देशक
ग) शिक्षा विभाग
घ) शिक्षा मन्त्रालय

 

 

२८. तलका मध्ये आधारभूत शिक्षाको सक्षमता कुन हो ?
क) विद्यालयप्रतिको सकारात्मक धारणा


ख) जनसङ्ख्या, वातावरण र दिगो विकासको व्यवस्थापनमा सहयोग


ग) दैनिक क्रियाकलापमा आत्म विश्वासका साथ भाषिक सीपको विकास


घ) माथिका कुनै पनि होइन

 

 

२९. सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक -को कुरा कुन मौलिक हकअन्तर्गत पर्दछ ?
क) सम्पत्तिको हक
ख) न्यायको हक 
ग) समानताको हक 
घ) महिलाको हक

 

 

३०. नेपालको शैक्षिक इतिहासमा "प्रबन्ध बोर्ड को स्थापना कहिले भएको हो ?
क) वि. सं. १९९९ 
ख) वि. सं. १९९८
 ग) वि. सं. १९९० 
घ) वि. स. १९७५

 

 

३१. विद्यालय क्षेत्र विकास योजनाले नमुना माध्यमिक विद्यालयको सङ्ख्या सन् २०२२/ २०२३ सम्ममा कति पुर्याउने लक्ष्य राखेको छ ?
क) ३४०ओटा
 ख) ५४० ओटा
ग) १००० ओटा
घ) ७५०० ओटा

 

 

३२. नेपालमा सर्वप्रथम टेक्निकल स्कुलको स्थापना कहिले भएको थियो ।
क) वि.स. १९९८ 
ख) वि.स. १९९६
ग) वि.स.१९९३
घ) वि.स.१९८७

 

 


३३. राष्ट्रिय शिक्षा पद्धतिको योजना(२०२८-२०३२) ले निमावि तहका लागि शिक्षकको मासिक तलबमान देहायका मध्ये कुनलाई सिफारिस गरेको थियो ?
क) रू. २५० 
ख) रू. २५५ 
ग) रू. २७५
घ) रू. ३००

 

 

३४. जम्मा १६ ओटा मुख्य नीतिहरू भएको अनौपचारिक शिक्षा नीति, २०६३ नेपाल सरकार(मन्त्रीपरिषद्)ले कहिले स्वीकृत गरेको हो ?
क) २०६३/०५/२५
 ख) २०६३/१०/२५
 ग) २०६३/११/१४ 
घ) २०६३/१२/०६

 

 

३५. विद्यालयको वार्षिक कार्ययोजना मुख्यतया कस्तो योजना हो ?
क) सम्पूर्ण वार्षिक शैक्षिक गतिविधिहरू समेटिएको कार्यक्रम


ख) सम्पूर्ण वार्षिक अतिरिक्त कार्यक्रम समेटिएको


ग) सम्पूर्ण वार्षिक प्रशासनिक कार्यक्रम समेटिएको


घ) माथिका सबै हो

 

 

३६. दैनिक पाठयोजनाका प्रमुख अङ्गहरू कतिओटा हुन्छन् ?
क) ३ ओटा
ख) ४ ओटा
ग) ५ ओटा 
घ) ६ ओटा

 

 

३७. विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) सात वर्षे योजना हो । यसले आधारभूत शिक्षाको तह पूरा गर्नेको दर सन् २०२२/ २०२३ सम्ममा कति पुर्याउने लक्ष्य राखेको छ ?
क) ९० प्रतिशत
ख) ९२ प्रतिशत
ग) ९८ प्रतिशत
घ) १०० प्रतिशत

 

 

३८. मास्लोको आवश्यकताको श्रृङ्खलाको सिद्धान्तमा आत्मसम्मान आवश्यकता तलका मध्ये कुन तहमा पर्दछ ?
क) तलबाट माथिल्लो दोस्रो तह
ख) तलबाट माथिल्लो तेस्रो तह
ग) तलबाट माथिल्लो चौथो तह
घ) सबैभन्दा तलको पहिलो तह

 

 

३९. Eggan and Kauchak का अनुसार सोधपुछ विधिको पाठ तयार गर्दा गरिने मुख्य ४ वटा चरणहरू मध्ये तेस्रो चरण कुन हो ?
क) खुला प्रश्नावली
ख) परिचित अवस्था
ग) प्रयोग
घ) समापन

 

 

४०. समस्या समाधान विधिको तयारी र योजना निर्माण गर्दा सबैभन्दा पहिले के गर्ने गरिएको छ ?
क) समस्याको छनोट 
ख) समस्याको परिभाषा
 ग) सूत्रको खोजी 
घ) समस्याको समाधान

 

 

४१. "असल नैतिक चरित्रको विकास गर्नुपर्छ भन्ने कथन शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?
क) सामाजिक कार्य 
ख) आर्थिक कार्य
ग) राष्ट्रिय कार्य 
घ) व्यक्तिगत कार्य

 

 

४२. कसका विचारमा 'सत्यको ज्ञान नै दर्शन हो र सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् ।'
क)प्लेटो 
ख) सुकरात
ग) सेलर 
घ) कान्ट

 

 

४३. नेपालको संविधान, २०७२ अनुसार प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँचको
हक हुनेछ" भन्ने कुरा कहाँ कुन हकअन्तर्गत उल्लेख गरिएको छ ?
क) उपभोक्ताको हक
ख) सामाजिक सुरक्षाको हक
ग) सामाजिक न्यायको हक 
घ)राज्यका नीति

 

 

४४. B.F. Skinner ले क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तको प्रयोग के माथि गरेका थिए ?
क) कुकुर
ख) बिरालो
ग) मुसो 
घ) बाँदर 

 

 

४५. शिक्षकको बढुवा उम्मेद्वार हुनका लागि कम्तीमा कति वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्दछ ?
क) ३ वर्ष
ख) ५ वर्ष
ग) ६ वर्ष 
घ) ७ वर्ष

 


४६. माध्यमिक शिक्षाको गुरूकुल शिक्षा ढाँचामा ऐच्छिक ३ विषयक्षेत्र मध्ये ऐच्छिक पहिलो समूहमा पर्ने विषय तल दिइएका मध्ये कुन हो ?
क) नीतिशास्त्र
 ख) आयुर्वेद 
ग) साहित्य 
घ)न्याय 

 

 

४७. शिक्षाका साधनहरू मध्ये अनौपचारिक साधनभित्र तलको कुन कुरा पर्दैन ?
क) घर/परिवार
 ख) पत्रपत्रिका
ग) धार्मिक संस्थाहरू 
घ) धार्मिक संगठनहरू

 

 

४८. सिकाइ प्रक्रियाका चरणहरू मध्ये सामान्यीकरणको सिद्धान्त प्रतिपादन गर्ने मनोवैज्ञानिक तलका मध्ये को हुन् ?
क) चार्ल्स जुड
ख) थर्नडाइक 
ग) स्कीनर 
घ) प्याभ्लभ

 

 

४९. मानव वृद्धि र विकासका सम्बन्धमा तल दिइएका मध्ये कुन भनाइ ठीक छैन ?
क) विकास वंशाणुक्रम र वातावरणीय दुवै गुणहरूबाट विकसित हुन्छ


ख) वृद्धिको सम्बन्ध मानिसको शारीरिक परिपक्वतासँग मात्रै रहेको हुन्छ


ग) विकास निश्चित बिन्दुमा पुगेपछि रोकिन्छ


घ) विकास गुणात्मक परिवर्तनसँग सम्बन्धित

 

 

५०. मनोवैज्ञानिक E.L. Throndike ले आफ्नो प्रयोग के माथि गरेका थिए ?
ख) बाँदर
ग) बिरालो
घ) भालु क) कुकुर

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login