- Home
- Show Content
प्रास मोडेल सेट चौबिस
प्रास मोडेल सेट चौबिस
प्रास वस्तुगत बहुउत्तर - SET 24 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
1. स्तरयुक्त परीक्षाको विशेषता तलका मध्ये कुन हो ?
(A) परीक्षणमा विविधता
(B) मानकको स्थापना
(C) परीक्षा केन्द्रको एकरूपता
(D) विद्यार्थी संख्याको समानता
2. मूल्याङ्कन प्रक्रियामा धेरै प्रश्न बनाउन पर्ने आवश्यकता भएमा कस्तो प्रकारको प्रश्न बनाउन उपयुक्त हुन्छ ?
(A) जोडा मिलाउने पत्र
(B) ठीक बेठीक प्रश्न
(C) बहुवैकल्पिक प्रश्न
(D) वस्तुगत प्रश्न
3. कक्षाकोठा व्यवस्थापनको मूल ध्येय कुन हो ?
(A) सहभागितामूलक कक्षा सञ्चालन गर्ने
(B) सिकारुले सिक्नका लागि उपयुक्त वातावरण सिर्जना गर्ने
(C) सह-शिक्षाको व्यवस्था मिलाउने
(D) शैक्षिक सामाग्रीको उचित व्यवस्थापन गर्ने
4. टेलिभिजनमा कार्टून हेरेर अङ्ग्रेजी भाषा सिक्ने पद्दतिलाई के भनिन्छ ?
(A) भाषिक स्थानान्तरण
(B) सकारात्मक स्थानान्तरण
(C) भाषिक सम्प्रेषण
(D) भाषिक अधिनता
5. विद्यालयको शैक्षिक तथ्याङ्क दोश्रो (Flash-lI) कुन मितिमा भर्नु पर्ने व्यवस्था रहेको छ ?
(A) शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र
(B) जेठ.७
(D) असोज ७
(D) चैत्र २३
6. शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) अन्तर्गत सम्बन्धित नभएको पक्ष कुन हो ?
(A) तथ्याङ्क संकलन
(B) तथ्याङ्क भण्डारण
(c) तथ्याङ्क विप्रेषण
(D) तथ्याङ्क वितरण
7.अध्यापन अनुमति पत्र नलिई कसैले पनि शिक्षा पदको लागि उम्मेदवार हुन नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?
(A)२०१८/१०/२५
(B) २०५५/१०/०१
C)२०६३/०९/१४
(D) २०७२/११/१३
8. निवृत्तभरण पाउने गरी अवकाश भएको शिक्षकले अधिकतम कति रकम निवृत्तभरण वापत पाउन सक्छ ?
(A) सुरु तलब स्केलको आधा रकम
(8) खाइपाई आएको तलबको आधा रकम
(c) समान पदको बहालवाला शिक्षकको सुरु स्केल बराबरको रकम
(D) सुत्र बमोजिम हुन आउने रकम ,
9. अनलाईन शिक्षामा सहयोग गर्न शिक्षा तथा मानव विकास केन्द्रबाट सामग्री अध्ययन र योगका लागि संचालित पोटेल कुन हो ?
(A) शैक्षिक पोर्टल
(B)दुर पोर्टल
(c) अनौपचारिक पोर्टल
(D) पाठयक्रम पोर्टल
नोट : शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामग्री अध्ययन र प्रयोगका लागि लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।
10. कोरोना माहामारीको समयमा लचिला मोडका वैकल्पिक सिकाइका माध्यमहरूको प्रयोगमा वढोत्तरी आएको पाइन्छ । यस सन्दर्भमा अफलाइन सामग्री भनेर कस्ता सामग्रीलाई भनिन्छ ?
(A) इन्टरनेटमा पाइने सामग्री
(B) सामाजिक सञ्जाल
(c) हस्तलिखित सामग्री
(D) माथिका सबै
11. नेपालको शैक्षिक प्रशासनलाई २८ जिल्लामा कहिले विभाजन गरिएको हो ?
(A) वि.सं. २०१२
(B) वि.सं. २०१४
(c) वि.सं. २०१५
(D) वि.सं. २०२०
12. अंशुवर्माले निर्माण गरेको शास्त्रलाई के भनिन्छ ?
(A) निर्माण शास्त्र'
(B) वास्तु शास्त्र
(c) शिक्षा शास्त्र
(D) ध्वनि शास्त्र
13. माध्यमिक शिक्षाको मुल्याङ्कन र प्रमाणिकरणका लागि उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालयले गर्दै आएको कार्य जिम्मेवारी सहितको राष्ट्रिय परीक्षा बोर्डको गठन शिक्षा ऐन, २०२८ को कुन संशोधनबाट भएको हो ?
(A) छैटौ
B) सातौ
(C) आठौ
(D) नवौ
14, कक्षा १-३ मा एकीकृत ढाँचाको पाठ्यक्रम कार्यान्वयन गर्ने विषय उल्लेख भएको आधिकारिक दस्तावेज कुन हो ?
(A) शिक्षा नियमावली, २०५९
(B) विद्यालय क्षेत्र विकास कार्यक्रम
(C) राष्ट्रिय पाठ्यकम प्रारुप २०७६
(D) शिक्षा ऐन, २०२८
15. शिक्षा मन्त्रालय मार्फत संचालित नीति तथा योजनाहरूका आधारमा आधारभूत र माध्यमिक शिक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने केन्द्रीय निकाय कुन हो ?
(A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
(B) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
(C) राष्ट्रिय परीक्षा बोर्ड
(D) सामाजिक विकास मन्त्रालय
16. राष्ट्रिय शिक्षा नीति २०७६ का कतिवटा उद्देश्यहरू निर्धारण गरिएका छन् ?
(A)१० वटा
(B) ११ वटा
(C)१२ वटा
(D) १३ वटा
17. विद्यालय क्षेत्र सुधार कार्यक्रम कुन आर्थिक वर्ष देखि कार्यान्वयनमा आएको हो ?
(A) आ.व.२०६५/६६
(B) आ.व.२०६६/६७
(C) आ.व. २०६७/६८
(D) आ.व.२०६८/६९
18. प्रत्येक प्राथमिक विद्यालयमा कम्तिमा एक जना महिला शिक्षक अनिवार्य रूपमा राख्नु पर्ने व्यवस्था कुन शिक्षा आयोगले सिफारिस गरेको थियो ?
(A) राष्ट्रिय शिक्षा आयोग २०४९
(B) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८
(C) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०५५
(D) शिक्षा सम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन २०५८
19. पन्ध्रौ योजनाको अन्त्यसम्ममा आधारभुत तहमा खुद विधार्थी भर्नादर कति प्रतिशत पुग्ने अपेक्षा राखिएको छ ?
(A)९९%
(B) ९८%
(C)९७%
(D)९६%
20. वाग्मती प्रदेशको पहिलो अवधिक योजनामा उल्लेख भएको शिक्षा क्षेत्रको दीर्घकालीन सोच कुन हो?
(A) प्रविधिक शिक्षाको विस्तार र दक्ष जनशक्ति विकास
(B) सामाजिक रुपान्तरणका लागि मावन संशाधन विकास
(C) सामाजिक आर्थिक रूपान्तरणका लागि गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति
(D) सामाजिक न्यायमा आधारित गुणस्तरीय शिक्षा विकास
21. संयुक्त राष्ट्र संघको आयोजनामा बालबालिका सम्बन्धी विश्व शिखर सम्मेलन कहिले भएको थियो ।
(A) सन् १९५८
(B) सन् १९८८
(C) सन् १९९०
(D) सन् २०००
22. लैंगिक मूल प्रवाहीकरणको उद्देश्य कुन हो ?
(A) विकासलाई दिगो, प्रभावकारी र सन्तुलित बनाउनु
(B) महिला हिंसा अन्त्य गर्नु
(C) सुविधाको वितरणलाई समान बनाउन
(D) आर्थिक विकासलाई तीव्रता दिनु
23. सन् २०१५ सम्ममा शतप्रतिशत अपाङ्ग बालवालिकाले प्राथमिक शिक्षा पाउने घोषणा कुन अन्तर्गत गरिएको थियो ?
(A) दिगो विकास लक्ष्य
(B) बिश्व सहश्राब्दी लक्ष्य
(C) विद्यालय क्षेत्र सुधार योजना
(D) दशौ योजना
24. आधारभूत शिक्षा पाठयक्रम (१-३)२०७५ अनुरूपको कक्षा १ को पाठयपुस्तक कति विद्यालयमा परीक्षण गरिएको थियो।
(A)१०० विद्यालय
(B)१०३ विद्यालय
(C)१०५ विद्यालय
(D) ११० विद्यालय
25. नेपालमा राष्ट्रिय साक्षरता अभियानको सुरुवात कहिले भएको हो?
(A) आ.व २०६२/०६३
(B) आ.व. २०६५/०६६
(C) आ.वा २०६६/०६७
(D) आ.व. २०६७/०६८
26. साविकमा क्षेत्रीयस्तरमा स्थापना गरिएका निजामती विद्यालयको व्यवस्थापन गर्ने कार्य जिम्मेवारी कुन निकायमा रहेको छ ?
(A) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
(B) समाजिक विकास मन्त्रालय
(C) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(D) शिक्षा विकास निर्देशनालय
27. शिक्षा नियमावली (संशोधन सहित) २०५९ मा शिक्षकले बढीमा कति अवधि बेतलबी विदा पाउन सक्ने उल्लेख छ।
(A) दुई वर्ष
(8)३ वर्ष
(C)४ वर्ष
(D) ५ वर्ष
28. शिक्षा ऐन, २०२८ ओ नवौ संशोधन कहिले भएको?
(A)२०७३/०३/१५
(B)२०७४/०६/३०
(C)२०७४/०७/०६
(D)२०७६/०६/१३
29. स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम विद्यालयको ठाउँ सारी गर्न सिफारिस गर्ने कार्य जिम्मेवारी कसको पर्दछ ?
(A) वडा अध्यक्ष
(B) वडा समिति
(C) वडा सदस्य
(D) गाउँपालिका
30. एक अर्कोमा गाभिएका विद्यालयको सम्पत्ति व्यवस्थापन कसको क्षेत्राधिकारमा पर्दछ?.
(A) वडा समिति
(B) वडा अध्यक्ष
(C) गाउँ/नगर पालिका
(D) प्रशासकीय प्रमुख
31. नेपालको संविधान बमोजिम नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित छ?
(A) सघीय संसद
(B) नेपाली जनता
(C) प्रधानमन्त्री
(D) राष्ट्रपति
32. नेपालको संविधानको कुन अनुसूचीमा सघ र प्रदेशको साझा अधिकारको सूची उल्लेख भएको छ ?
(A) अनुसूची ५
(B) अनुसूची ६
(B) अनुसूची ७
(D) अनुसूची ८
33. नेपालको संविधानमा प्रदेश प्रमुखलाई कुन रूपमा जिम्मेवार बनाइएको छ ?
(A) नेपाल सरकारको प्रतिनिधिको रुपमा
(B) प्रदेश सरकारको कार्यकारीको रूपमा
(C) प्रदेश सरकारको समन्वयकर्ताको रूपमा
(D) प्रदेश र स्थानीय बीचको समन्वयकर्ताको रूपमा
34. कार्यालयको फाइल व्यवस्थापनमा अनुक्रमणिका विधि भन्नाले के बुझिन्छ ?'
(A) क्रम सङ्ख्याको आधारमा फाइल मिलाउने
(B) वर्णको आधारमा फाइल मिलाउने
(C) मितिको आधारमा फाइल मिलाउने
(D) माथिका सबै
35. निजामती सेवा नियमावली (संशोधन सहित) २०५० मा कर्मचारीको पिरमर्का र गुनासो सुनुवाइका लागि केन्द्रीय गुनासो व्यवस्थापन समितिको संयोजक को हुने व्यवस्था छ ?
(A) मुख्य सचिव
(B) सामान्य सचिव
(c) सम्बन्धित सचिव
(D) सामान्य प्रशासन मन्त्री
36. बागमती प्रदेशको प्रदेश लोक सेवा आयोग ऐन, २०७६ कहिले देखि प्रारम्भ भएको हो?
(A) २०७६ भाद्र २८
(B)२०७६ भाद्र २५
(C) २०७६ असोज १
(D)२०७६ असोज २८
37. Fill in the blanks with the correct answer from the options given below:
We haven't got ......... sugar. Can you go to the shops to buy ......?
(A) some/any
(B) any/some
(C) any/many
(D) a/some
38. Fill in the blank with the correct tense from the alternatives given below:
In recent decades, the efficiency of the United Nations..... by a growing number of countries.
(A) will have been questioned
(B) would be questioned
(C) has been questioned
(D) was questioned
39. निम्न बमोजिमका विकल्पहरूमध्ये शुद्ध लेखिएको शब्द कुन हो?
(A) चिरञ्जिवि
(B) सुचित
(c) तेजवी
(D) विशेषज्ञ
40. निम्न वाक्यांशमध्ये पूरै शुद्ध लेखिएको शब्दहरूको विकल्प छान्नुहोस ।
(A) वेरोजगारी र गरिबीको पीडा
(8) बेरोजगारी र गरीवीको पीडा
(C) बेरोजगारि र गरिवीको पिडा
(D) बेरोजगारी र गरिवीको पिडा
41. शिक्षाको सामाजिक उद्देश्य अन्तर्गत कुन पर्दैन ?
(A) मानवीय सम्बन्ध
(B) आर्थिक दक्षता
(c) संस्कृतिको संरक्षण
(D) व्यक्तित्व विकास
42. कुन उमेर समूहमा बालकले प्राप्त गर्ने शिक्षालाई परजीवीमूलक प्रकृतिको शिक्षाको रूपमा लिइन्छ ?
(A) गर्भाधारणदेखि जन्मसम्मको शिक्षा
(B) जन्मदेखि २१/२ वर्षसम्मको शिक्षा
(C)२१/ बर्ष देखि ४ वर्षसम्मको शिक्षा
(D) ४ वर्षदखि ६ वर्षसम्मको शिक्षा
43. Jean Piaget का अनुसार व्यक्तिको सिकाइ विधि तथा संज्ञानात्मक विकासको प्रक्रियाका ४ चरण छन्। तलका मध्ये कुन उक्त चरणमा पर्दैन ?
(A) मानसिक योजना
(B) आत्मसातकरण
(c) समायोजन
(D) स्वीकारोक्ति
44. सम्बन्ध प्रत्यावर्तन (classical Conditioning) सम्बन्धी सिकाइको सिद्धान्तको उपयोग के का लागि गरिन्छ ?
(A) व्यवहारको निर्माण र अनुशासन
(B) खोजी गरी सिक्ने
(C) गल्तीबाट सिक्ने
(D) नविनतम सिर्जना
45. विद्यालयको वार्षिक कार्ययोजनामा समेटिनुपर्ने विषय तलका मध्ये कुन हो?
(A) दैनिक क्रियाकलापको योजना
(B) विद्यालयको समग्र क्रियाकलाप
(C) बार्षिक शैक्षणिक योजना
(D) आवधिक क्रियाकलाप
46. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ का अनुसार एक शैक्षिक सत्रमा कति दिनको कार्ययोजना सहितको वार्षिक कार्ययोजना बनाउनुपर्ने हुन्छ ?
(A) २०५ दिन
(B)२१० दिन
(C) १९० दिन
(D) १९२ दिन
47. तलमा मध्ये कुन विधि अन्तरक्रियात्मक शिक्षण विधि हो?
(A) अध्ययन र सर्वेक्षण
(B) प्रश्नोत्तर
(C) समस्या समाधान
(D) प्रदर्शन
48. कुन अवस्थामा शैक्षिक सामग्री अधिकतम उपयोगी हुन सक्छ ?
(A) आकर्षक भएमा
(B) शैक्षिक सामग्रीले प्रयोगकर्तालाई मनोरञ्जन दिएमा
(C) विषयको प्रकृतिसंग शैक्षिक सामग्री मिल्दो भएमा
(D) शिक्षकको स्तर अनुरुप शैक्षिक सामग्री प्रयोग भएमा
49. पठनपाठन सञ्चालनका लागि खर्च भएको कति घण्टाको समयावधिलाई १ पाठ्यघण्टा मानिनेछ ?
(A) २४ घण्टा
(B)२८ घण्टा
(C)३२ घण्टा
(D)३६ घण्टा
50. कक्षा १-३ को सामाजिक अध्ययन विषय अन्तर्गत सिकाइ उपलब्धिका कतिवटा विषयक्षेत्र किटान गरिएको छ ?
(A)४ वटा
(B) ५ वटा
(c)६ वटा
(D) ७ वटा
facebook :


very good
Leave a review