प्रास मोडेल सेट पच्चीस

प्रास मोडेल सेट पच्चीस

प्रास वस्तुगत बहुउत्तर - SET  25       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।   

 

 

 

१. अन्तराष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

क) जनवरी २४ (सन् २०१९ देखि सुरु )

ख) सेप्टेम्बर ८

ग) जुन ५

घ) अप्रील १५

 

 

२.नेपालको जेठो मानिने पुस्तकालय “किताव चिताइ तहविल"को स्थापना कहिले भएको हो ?

क) वि.सं.१८६९ भाद्र १५

ख) वि.सं १८६८ भाद्र १५

ग) वि.सं.१९६९ भाद्र १५

घ) वि.सं.१८६९ भाद्र २५

 

 

३. विश्वमा छैठौं महादेशको उपनामले चिनिने मुलुक कुन हो ?

क) बेलायत

ख) उत्तर अमेरिका

ग) नर्वे

घ) स्वीट्जरल्याण्ड

 

 

४.इन्सेफ्लाइटिसले मानव शरीरको कुन अंगमा आक्रमण गर्दछ ?

क) मुटु

ख) कलेजो

ग) मस्तिष्क

घ) फोक्सो

 

 

५. मिथिलाका राजा जनकको पत्नीको नाम के थियो ?

क) कैकेयी

ख) सुनयना

ग) सुभद्रा

घ) अरुन्धति

 

 

६. विश्वको सर्वोच्च शिखर सगरमाथामा ओलम्पिक ज्योती कहिले पुर्याइएको थियो ?

क) ८ मे २००८

ख) ३१ मे २००८

ग) ५ अप्रील २००९

घ) ८ मे २००९

 

 

७.इन्द्रजात्रामा यलम्बरको प्रतिक मानि कस्को पूजा गर्ने परम्परा रहि आएको छ?

क) वटुक भैरव

ख) आकाश भैरव

ग) इन्द्र

घ) उन्मत्त भैरव

 

 

८.शिक्षा ऐन २०२८ को कुन संशोधनले पूर्व प्राथमिक शिक्षाको व्यवस्था गरेको हो ?

क) छैटौं

ख) सातौँ

ग) आठौं

घ) नवौँ

 

 

९.माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन न्यूनतम शैक्षिक योग्यता कति चाहिन्छ ?

क) कक्षा ८ उत्तीर्ण

ख एसइइ

ग) एसएलसिइ

घ) स्नातक

 

 

१०. नेपालमा विद्यालय खोल्न अनुमति लिइरहनु नपर्ने निकाय कुन हो ?

क) गाउ पालिका

ख) नगर पालिका

ग) कुटनीतिक नियोग

घ) नेपाल सरकार

 

 

११. शिक्षा ऐन तथा नियमावलीमा तोकिए भन्दा बढी दिन विदा गर्ने प्र.अ.लाई तलका मध्ये कुन सजाय गरिन्छ ?

क) बढुवा रोक्का

ख) ग्रेड वृद्धि रोक्का

ग) विभागीय

घ) नसिहत

 

 

१२. शिक्षक सेवा आयोगको अध्यक्षको विदा कस्ले स्वीकृत गर्दछ ?

क) मन्त्री

ख) सचिव

ग) प्रशासकीय प्रमुख

घ) आफैं

 

 

१३. नेपालका विद्यालयमा अध्यापन गर्ने पहिलो नेपाली  शिक्षक को हुन ?

क) गरुड ध्वज राना

ख) जय पृथ्वी बहादर सिंह

ग) भरतमणि आदि

घ) मकरध्वज राणा

 

 

१४. राणा शासनकालमा शिक्षकहरुलाई तनखाको रुपमा अन्न दिइ संचालन गरिएको पाठशालालाई के भनिन्थ्यो ?

क) श्रेस्ता पाठशाला

ख) भाषा पाठशाला

ग सञ्चरी पाठशाला

घ) तीनधारा पाठशाला

 

 

१५. किताब तर्जुमा अड्डाको स्थापना कहिले भएको मानिन्छ ?

क) १९६० बेशाख ३०

ख) १९६१ बैशाख ३०

ग) १९६२ बैशाख ३०

घ) १९६४ बैशाख ३०

 

 

१६.वि.सं. २०२८ साल भन्दा अगाडी नेपालको शिक्षा कुन स्वरुपमा संचालित थियो ?

क) राष्ट्रिय आवश्यकता अनुसार

ख) उद्देश्यहीन, अनुत्पादनशील र असन्तुलित

ग) पाठ्यक्रम अनुसार

घ) शिक्षाको योजना अनुसार

 

 

१७.हाल  शिक्षाका राष्ट्रिय उद्देश्य कति वटा तोकिएका छन् ?

क) १२ वटा विद्यालय शिक्षाका

ख) १३ वटा

ग) ३३ वटा

घ) ५५ वटा

 

 

१८.आधारभूत तहमा अध्ययन गर्ने वालवालिकाको उमेर समूह कुन हो ?

क) ५-१२ वर्ष

ख) ५-१३ वर्ष

ग) ४-१२ वर्ष

घ) ४-१२ वर्ष

 

 

१९.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कतिवटा महाशाखा निर्धारण गरिएको छ?

क) ५ वटा

ख) ६ वटा

ग) ७ वटा

घ) ८ वटा

 

 

२०.नेपालमा विद्यालय स्तरीय तथ्यांकको सर्वप्रथम प्रकाशन कहिले गरिएको थियो ?

क) आ.व. २०२०/२१

ख) आ.व. २०२८/२९

ग) आ.व. २०३०/३१

घ) आ.व. २०५६/५७

 

 

२१.शैक्षिक सूचना व्यवस्थापन पद्धति अर्न्तगत तलका मध्ये कुन कार्यलाई समेटिएको छैन ?

क) तथ्यांक प्रशोधन

ख) तथ्यांक भण्डारण

ग) तथ्यांक प्रकाशन

घ) तथ्यांक प्रवोधीकरण

 

 

२२.नेपालमा शिक्षा नीति प्रतिपादन गर्ने सवै भन्दा उपल्लो निकाय कुन हो ?

क) नेपाल सरकार

ख) शिक्षा मन्त्रालय

ग) संघीय संसद

घ) अदालत

 

 

२३.राष्ट्रिय शिक्षा पद्धतिको योजना कार्यान्वयनको क्रममा परीक्षण गरिएको जिल्ला कुन होइन ?

क) चितवन

ख) कास्की

ग) धनकुटा

घ) सुर्खेत

 

 

२४.राष्ट्रिय शिक्षा आयोग २०४९ ले कक्षा १० को लागि कति पूर्णांक राख्न सिफारिश गरेको थियो ?

क) ७००

ख) ७५०

ग) ८००

घ) ९००

 

 

२५.राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ लाई कुन स्वरुपमा लिने गरिन्छ ?

क) शिक्षा संरचना

ख शिक्षा योजना

ग) शिक्षा उद्देश्य

घ) शिक्षा नीति

 

 

२६.सवैका लागि शिक्षा कार्यक्रम २००४-२००९ मूल दस्तावेजले कुन तहको शिक्षाको गुणस्तर वृद्धिमा जोड दिएको थियो ।

क) प्राथमिक

ख) निम्न माध्यमिक

ग) माध्यमिक

घ) उच्च माध्यमिक

 

 

२७.विद्यालय क्षेत्र विकास कार्यक्रम कस्तो प्रकारको शिक्षा योजना मानिन्छ ?

क) शिक्षा क्षेत्रको खण्डीत योजना

ख) शिक्षा क्षेत्रको एकिकृत योजना

ग) शिक्षा क्षेत्रको विषयगत योजना

घ) शिक्षा क्षेत्रको समावेशी योजना

 

 

 

२८.राष्ट्रिय प्रारम्भिक पठन सिप विकास कार्यक्रमको मुख्य उद्देश्य कुन हो ?

क प्राथमिक शिक्षामा पहुच बिस्तार

ख) पठन सीप र संस्कृतिको प्रवर्द्धन गर्नु

ग) प्रभावकारी शिक्षणमा जोड दिनु

घ) सक्रिय सहभागिता, अन्तरक्रिया र सिर्जनात्मकता सहितको सिकाइ सुनिश्चित गर्नु

 

 

 

२९.विद्यालयको वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कस्को हो ?

क) प्र.अ.

ख) विषय शिक्षक

ग) वि.व्या.स.

घ) तोकिएको शिक्षक

 

 

 

३०.दैनिक पाठ योजनाको कुन तत्वले विद्यार्थीमा सिकाइ प्रति उत्प्रेरणा जगाउन मुख्य भूमिका निर्वाह गर्दछ ?

क) मूल्याकन

ख शिक्षण क्रियाकलाप

ग) विशिष्ट उद्देश्य

घ) शिक्षण सामग्री

 

 

 

३१.फ्लास वन (Flash I) प्रतिवेदनले मूलत विद्यालयको कुन तहको सूचना प्रवाह गर्दछ ?

क प्रक्रिया

ख) आगत (input)

ग) निर्गत

घ) प्रभाव

 

 

 

३२.नगर शिक्षा योजना कस्ले स्वीकृत गर्दछ ?

क) नगर शिक्षा समिति

ख) गाउ शिक्षा समिति

ग) नगरपालिका, शिक्षा शाखा प्रमुख

घ) नगर सभा

 

 

 

३३.विद्यालय शिक्षा क्षेत्रको योजना बन्ने ढाचा कुन हो ?

क) Top down approach

ख) Bottom up approach

ग) Decentralized approach

घ) Centralized approached

 

 

 

३४.तल्लो कक्षाको पाठ्यक्रमलाई आधार मानी माथिल्लो कक्षाको पाठ्यक्रम निर्माण गर्ने कार्यलाई संगठनको समन्वय भनिन्छ ।

क) समतलीय

ख लम्बिय

ग) समानान्तर

घ) चक्रिय

 

 

 

३५.पाठ्यक्रमको पुच्छारमा रहने तत्व कुनलाई मानिन्छ ?

क) विषय वस्तुको संगठन

ख) अनुभवको संगठन

ग) मूल्यांकन

घ) योजना

 

 

 

३६.शिक्षा नीति २०७६ ले विद्यालयमा छुट्याइने प्रति घन्टी न्यूनतम समय कति निर्धारण गरेको छ ?

क) ४५ मीनेट

ख) ५० मीनेट

ग) ६० मीनेट

घ) ९० मीनेट

 

 

 

३७.माध्यमिक शिक्षाको पाठ्यक्रमले तलका मध्ये कुन पक्षलाई समेटेको छैन ?

क) औद्योगिक शिक्षा

ख) कम्प्यूटर शिक्षा

ग) गृह विज्ञान

घ) व्यवसायिक शिक्षा

 

 

 

३८.हाल नेपालमा कतिवटा स्थानीय तह साक्षर घोषणा हुन बाकी छन् ?

क) २१५

ख) २१८

ग) २२०

घ) २२३

 

 

३९.निर्माणात्मक मूल्यांकनले तलका मध्ये कुन कार्य गर्न चाहदैन ?

क) सिकाइका लागि पृष्ठपोषण

ख) सवै विद्यार्थीको सिकाइको सुनिश्चितता

ग) विद्यार्थीको सिकाइ उपलब्धीमा बढोत्तरी

घ) सिकाइ उपलब्धीको प्रमाणिकरण

 

 

 

४०.विद्यार्थी मूल्यांकनको मुख्य उद्देश्य कुन हो ?

क) निर्णय दिनु

ख) सिकाइ उपलब्धीको लेखाजोखा गर्नु

ग) सिकाइ उपलब्धी मापन गर्नु

घ) शिक्षण सिकाइमा सामयिक सुधार गर्नु

 

 

४१.शैक्षिक मूल्यांकनलाई निर्माणात्मक र निर्णयात्मक भनि छुट्याउने अग्रज को हुन ?

क) स्टफमविम

ख) टायलर

ग) स्काइभेन

घ) हिल्डा टावा

 

 

 

४२.अक्षरांकन पद्धतिका सन्र्दभमा तलका मध्ये सहि क्रम कुन हो ?

क) राम्रो, सन्तोषजनक, स्वीकार्य, आंशिक स्वीकार्य

ख) स्वीकार्य, राम्रो, सन्तोषजनक, आंशिक स्वीकार्य

 

ग) राम्रो, स्वीकार्य, सन्तोषजनक, आंशिक स्वीकार्य

 

घ) राम्रो, सन्तोषजनक, आंशिक स्वीकार्य, स्वीकार्य

 

 

 

४३.वालवालिकामा वैयक्तिक भन्निता ल्याउने आन्तरिक तत्व कुनलाई मानिन्छ ?

क) वातावरण

ख) वंशानुगत  

ग) परिवार

घ) पोषण

 

 

 

४४.मनोविज्ञानमा वृद्धि भन्नाले कुन पक्षलाई जनाउदछ ?

क) वालवालिकामा देखा पर्ने परिमाणात्मक परिवर्तन

ख) वालवालिकामा देखा पर्ने गुणात्मक परिवर्तन

ग) वालवालिकामा देखा पर्ने परिमाणात्मक र गुणात्मक परिवर्तन

घ) माथिका सवै

 

 

 

४५.सिकाइमा प्रेरणाको उपल्लो तह कुनलाई मानिन्छ ?

क) आत्म सम्मान

ख) मान सम्मान

ग) आत्म सन्तुष्टि

घ) उत्सुकता

 

 

 

४६.सामाजिक परीक्षणको क्षेत्रभित्र नपर्ने विषय कुन हो ?

क) विद्यालयको आय व्यय

ख) शिक्षक विद्यार्थीको नियमितता

ग) विद्यालय सुधार योजनाको प्रगति प्रतिवेदन उपरको समिक्षा

घ) शिक्षक व्यवस्थापन

 

 

 

४७.कक्षा शिक्षण कस्तो शैक्षणिक संगठन हो ?

क) धेरै शिक्षक धेरै विषय पढाउने

ख) एउटा शिक्षक धेरै विषय पढाउने

ग) शिक्षक एउटा विषय पढाउने

घ) एउटा शिक्षक एउटा विषय पढाउने

 

 

 

४८.वाल अधिकार सम्बन्धी महासन्धी कहिले कहिले भएको हो ?

क) १९८० नोभेम्वर २०

ख) १९८९ नोभेम्बर २०

ग) १९९० नोभेम्बर २०

घ) १९८९ अक्टोबर २०

 

 

 

४९.समाहित शिक्षाको अवधारणा कुन होइन ?

क )सवै वालवालिका सिक्न सक्छन्

ख) सवै वालवालिकाले शिक्षा प्राप्त गर्नु पर्छ

ग) सवै वालवालिकाको सिकाइको गति समान हुन्छ

 घ) सवै वालवालिकाले विना भेदभाव सिक्तछन

 

 

५०.तलका मध्ये सूचना तथा संचार प्रविधिमा नपर्ने कुन हो ?

क) टेलिफोन

ख) टेलिभिजन

ग)  कम्प्यूटर

घ)  इन्टरनेट

 



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Months ago

very good

Leave a review

To leave a review, please login to your account. Login