- Home
- Show Content
TSC Model set 12
TSC Model set 12
TSC Model set 12
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 12 (50x2 = 100)
(१) पृथ्वी बाहेक सबैभन्दा बढी खोज अनुसन्धान भएको ग्रह ---------- हो भने हरियो रंग हुने ग्रह ---------- हो |
क.शुक्र अरुण
ख.मंगल अरुण
ग.वृहस्पति अरुण
घ.मंगल शुक्र
(२) अफ्रीका महादेशमा कतिवटा देशहरू रहेका छन् ?
क.५५
ख.४६
ग.४०
घ.२४
(३)विश्वको सबैभन्दा सर्वोच्च स्थानमा रहेको ज्वालामुखी कुन हो ?
क.डेल सलादो
ख.डेक्कन
ग.फुजी
घ.वर्तंग
(४) नेपालको न्युनतम उत्तर दक्षिण चौडाई कति रहेको छ ?
क.१९३ किमी
ख.१४५ किमी
ग.२४१ किमी
घ.२५८ किमी
(५) कोशी अंचलको सदरमुकाम कहाँ हो ?
क.धनकुटा
ख.धरान
ग.इटहरी
घ.बिराटनगर
(६) नेपालका पहिलो शाशकहरू गोपाल कहाँबाट नेपाल आएको मानिन्छ ?
क.पाकिस्तानको सिन्धबाट
ख.पाकिस्तानको मोहनजोदारो र हरप्पाबाट
ग.भारतको मथुराबाट
घ.भारतको छत्तिसगढ़बाट
(७) नेपाल र तिब्बत विच वैत्रावती सन्धि कहिले भएको थियो ?
क.वि.स १८४६
ख.वि.स १८४९
ग.वि.स १९५२
घ.वि.स १८५४
(८)नेपालमा भुमि सुधार कार्यक्रम कहिलेबाट लागु भएको हो ?
क.वि.स २०१८
ख.वि.स २०१९
ग.वि.स २०२०
घ.वि.स २०२१
(९) नेपाल कहिले W T O को सदस्य बनेको हो ?
क.वि.स २०६३ मङ्सिर ५
ख.वि.स २०६० वैशाख १
ग.वि.स २०६१ वैशाख ११
घ.वि.स २०६२ वैशाख ११
(१०) ग्यालिलियोले तल दिइएका मध्ये के आविष्कार गरेका हुन् ?
क.ब्यारोमिटर
ख.घडी
ग.माइक्रोस्कोप
घ.थर्मोमिटर
(११) ब्लु प्लानेट पुरस्कारका बारेमा तलका भनाइहरू विचार गर्नुहोस
१. यसको स्थापना सन् १९१२ मा भएको हो |
२.विश्वका वातावरणीय समस्या समाधान गर्न योगदान गर्ने अनुसन्धानदाता र संस्थालाई ब्लु प्लानेट पुरस्कार दिइन्छ |
क.१ मात्र ठिक
ख.२ मात्र ठिक
ग.दुवै ठिक
घ.दुवै बेठिक
(१२) सयुंक्त राष्ट्र संघले सन् २०११-२०२० लाई कुन दशकको रूपमा मनाउदैछ ?
क.जैविक विविधता दशक
ख.मरुभूमिकरण विरुद्धको दशक
ग.अन्तराष्ट्रिय युवा दशक
घ.दिगो पर्यटन विकास दशक
(१३) नेपालले सर्वप्रथम कुन राष्ट्रसँग दौत्य सम्बन्ध कायम गरेको थियो ?
क.भारत
ख.चिन
ग.बेलायत
घ.अमेरिका
(१४) तलका मध्ये कुन-कुन खेलमा खेलाडीहरूको संख्या बराबर हुन्छ ?
क.भलिबल,आइस,हकी
ख.पोलो,वेसबल
ग.वक्सिंग,टेबलटेनिस
घ.वेसबल,ह्यान्डबल
(१५) मकैको खेति कृतिका लेखक को हुन् ?
क.लक्ष्मी प्रसाद देवकोटा
ख.वि,पी कोइराला
ग.मोहन कोइराला
घ.सुब्बा कृष्णलाल अधिकारी
(१६) समजशाश्त्री बुवाकरले प्रस्तुत गरेका शिक्षाका कार्य तलका मध्ये कुन हो ?
क.परम्परागत कार्य,तटस्थ कार्य,प्रगतिशील कार्य र अन्तराष्ट्रिय कार्य
ख.व्यक्तिगत कार्य,परम्परागत कार्य,प्रगतिशील कार्य र क्रान्तिकारी कार्य
ग.परम्परागत कार्य,तटस्थ कार्य,प्रगतिशील कार्य र क्रान्तिकारी कार्य
घ.राष्ट्रिय कार्य,परम्परागत कार्यक्रान्तिकारी कार्य र तटस्थ कार्य
(१७) शिक्षा तथा मानव स्रोत विकास केन्द्र स्थापनाका क्रममा तलका मध्ये कुन निकायलाई एकीकृत गरिएको होइन ?
क.शिक्षा विभाग
ख.शैक्षिक गुणस्तर परिक्षण केन्द्र
ग.शैक्षिक जनशक्ति विकास केन्द्र
घ.अनौपचारिक शिक्षा केन्द्र
(१८) जाइगोटको अवस्था तलका मध्ये कुन हो ?
क.गर्भाधारण देखि २ हप्ता सम्म
ख.गर्भाधारण देखि २ महिना सम्म
ग.जन्मे देखि २ हप्ता सम्म
घ.जन्मे देखि २ महिना सम्म
(१९) तलका मध्ये कुन-कुन अवस्थामा पुरुषका तुलनामा महिलाहरू छिटो प्रवेश गर्दछन् ?
क.वाल्यावस्था र योनावस्था
ख.योनावास्था र मध्येवस्था
ग.मध्येवस्था र बृद्धावस्था
घ.योनावास्था र बृद्धावस्था
(२०) तलका मध्ये पुर्ववाल्यावास्थाको कुन विशेषता मनोवैज्ञानिकद्वारा नामाकरण गरिएको विशेषता होइन ?
क.नकारात्मक उमेर
ख.पुर्व समुहको उमेर
ग.प्रश्न गर्ने उमेर
घ.अनुकरण गर्ने उमेर
(२१) सिकाई व्यावहारको स्थाई परिवर्तन हो भन्नुले तलका मध्ये कुन पक्षलाई संकेत गर्दछ ?
क.सिकाईको प्रक्रिया
ख.सिकाईको अवधारणा
ग.सिकाईको विशेषता
घ.सिकाईको तत्व
(२२) भुल र प्रयत्न कोसँग सम्बन्धित छ ?
क.प्याभ्लव
ख.स्किनर
ग.गेटे
घ.थनडाईक
(२३) शाश्त्रिय सम्बन्ध प्रत्यावर्धन सिद्धान्तमा स्वभाविक उत्तेजना कुन हो ?
क.खाना
ख.घन्टी
ग.र्याल
घ.घन्टीको आवाज
(२४) प्राणीको व्यवहार निर्माण गर्न लगाउने क्रममा निर्माण भएको व्यवहारहरूको शृंखलालाई स्किनरको सिद्धान्तमा के नाम दिइएको छ ?
क.व्यवहार निर्माण
ख.सिक्री निर्माण
ग.व्यवहारहरूको समूह
घ.व्यवहारहरूको बनोट
(२५) बेन्जामिन ब्लोमले शैक्षिक उदेश्यको वर्गीकरण कहिले प्रस्तुत गरेका थिए ?
क.सन् १९५०
ख.सन् १९५६
ग.सन् १९६०
घ.सन् १९६६
(२६) राष्ट्रिय पाठ्यक्रम प्रारूपले आधारभूत तह कक्षा ४-५ का लागि वार्षिक पाठ्यघण्टा कति निर्धारण गरेको छ ?
क.२४
ख.२६
ग.२८
घ.३२
(२७) स्थानीय पाठ्यक्रमको फाइदा तलका मध्ये कुन होइन ?
क.यसले स्थानीय विषयलाई समेट्दछ
ख.यसले स्थानीय तहको पहुँच अभिवृद्धि गर्दछ
ग.यसको निर्माण गर्न निकै सजिलो हुन्छ
घ.यसले स्थानीय संस्कृति,मूल्यमान्यता र ज्ञानको उजागर गर्दछ
(२८) तलका मध्ये कुनलाई दैनिक पाठयोजनाको ऐच्छिक स्तम्भ मानिन्छ ?
क.विशिष्ट उदेश्य
ख.मुल्यांकुन प्रक्रिया
ग.गृहकार्य
घ.शिक्षण सिकाई क्रियाकलाप
(२९) तलका मध्ये कुन योजना निर्माणमा विषय शिक्षकको मात्र भूमिका हुँदैन ?
क.वार्षिक पाठयोजना
ख.वार्षिक कार्यतालिका
ग.एकाई योजना
घ.दैनिक पाठयोजना
(३०) कारमा रहुने नम्बरले तलका मध्ये मापनको कुन संकेतलाई जनाउँछ ?
क.अन्तराल युक्त संकेत
ख.अनुपातिक संकेत
ग.नामरुपी संकेत
घ.क्रमगत संकेत
(३१) वैधताका प्रकार मध्ये सबैभन्दा गाह्रो र जटिल हुने तथा प्रत्यक्ष रूपमा अवलोकुन गर्न नसकिने पक्षहरूको वैधता तलका मध्ये कुन हो ?
क.रचनात्मक वैधता
ख.समवर्ती वैधता
ग.विषयगत वैधता
घ.आधार प्रासंगिक वैधता
(३२) आफ्नो व्यक्तित्व निर्माण कार्यक्षमता आफ्नो सोचाईको ढांचा जस्ता पक्षमा सुधार गर्न आफूभित्रको क्षमतालाई पहिचान गर्ने सीपलाई के भनिन्छ ?
क.तनाव व्यवस्थापन
ख.संकट व्यवस्थापन
ग.स्व-व्यवस्थापन
घ.समय व्यवस्थापन
(३३) एउटा शिक्षकले एकभन्दा बढी कक्षामा वा एउटै कक्षामा एकभन्दा बढी कक्षाका विद्यार्थीलाई राखेर शिक्षण गर्दछ भने त्यसलाई कस्तो शिक्षण भनिन्छ ?
क.सामुहिक शिक्षण
ख.कक्षा शिक्षण
ग.विषय शिक्षण
घ.बहुकक्षा शिक्षण
(३४) तत्कालिन माध्यमिक शिक्षा विकास केन्द्र र दुर शिक्षा केन्द्रलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा एकीकृत गरि एउटै संस्थागत संरचना तयार गर्ने कार्य कहिले भएको हो ?
क.वि,स २०५०
ख.वि,स २०५६
ग.वि,स २०६०
घ.वि,स २०६१
(३५) अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई विद्यालयको शिक्षण सेवामा प्रवेश गराइने छैन भन्ने सिफारिस तलका मध्ये कुन आयोगले गरेको हो ?
क.साही उच्च शिक्षा आयोगको प्रतिवेदन २०४०
ख.राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
ग.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५
घ.विद्यालय शिक्षाको प्रस्तावित कार्यनीति र कार्ययोजनाको अवधारणा पत्र २०५८
(३६) तलका मध्ये कुन सफ्टवेर सिस्टम सफ्टवेर अन्तर्गत पर्दैन ?
क.प्याकेज सफ्टवेर
ख.अपरेटिङ सिस्टम सफ्टवेर
ग.युटिलिटी सफ्टवेर
घ.ल्याङ्ग्वेज सफ्टवेर
(३७) तलका मध्ये कुन अफिस प्याकेज अन्तर्गत पर्दैन ?
क.वर्ड
ख.फोटोसप
ग.एक्सेल
घ.पावर प्वाइन्ट
(३८) हिसाबकिताब गर्न तथा त्यसको लेखा राखनको लागि तलका मध्ये कुन उपयोगी हुन्छ ?
क.वर्ड
ख.सिपियु
ग.एक्सेल
घ.पावर प्वाइन्ट
(३९) इन्टरनेटको सबैभन्दा महत्वपुर्ण फाइदा के हो ?
क.फुर्सदको समय बिताउनु
ख.सुचना र संचारको कार्य गर्नु
ग.मनोरंजन प्राप्त गर्नु
घ.तस्विरको खोजि गर्नु
(४०) साइबर अपराधबाट जोगिने उपाय तलका मध्ये कुन हो ?
क.आफ्ना व्यक्तिगत सुचनाको समय-समयमा चेकजाँच गर्ने
ख.अपरिचित व्यक्तिले पठाएको संकास्पद लिंक म्यासेज आदि नखोल्ने
ग.आफ्नो इन्टरनेट एकाउन्टको पासवर्ड समय-समयमा परिवर्तन गर्ने
घ.माथिका सबै हुन
(४१) नेपालको सविधान २०७२ को शिक्षा सम्बन्धि मौलिक हकमा तलका मध्ये कुन कुरा उल्लेख गरिएको छैन ?
क.प्रत्येक नागरिकलाई माध्यमिक शिक्षामा पहुँचको हक हुनेछ
ख.प्रत्येक नागरिकलाई आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक हुनेछ
ग.प्रत्येक नागरिकलाई माध्यमिक तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ
घ.अपांगता भएका र आर्थिक रूपले बिपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ
(४२) राष्ट्रिय परिक्ष बोर्डमा कति सदस्य रहुने व्यवस्था छ ?
क.७
ख.९
ग.११
घ.१३
(४३) महिलालाई शिक्षकलाई सामुदायिक शिक्षक पदमा न्युक्ति गर्दा व्यवस्थापन समितिले कति अवधि सम्म परीक्षण कालमा रहुने गरि न्युक्ति गर्नु पर्ने व्यवस्था रहेको छ ?
क.३ महिना
ख.६ महिना
ग.१ वर्ष
घ.१ वर्ष ६ महिना
(४४) बढुवाको लागि उमेदवार हुन सम्बन्धित श्रेणीको तहमा कति शक्षिक सत्रको नोकरी अवधि पुरा गरेको स्थाई शिक्षक हुनु पर्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावलीले गरेको छ ?
क.२ शैक्षिक सत्र
ख.३ शैक्षिक सत्र
ग.४ शैक्षिक सत्र
घ.५ शैक्षिक सत्र
(४५) स्थानीय शाशन संचालन ऐन राजपत्रमा कुन मितिमा प्रकाशन भएको हो ?
क.वि,स २०७४ असोज २९
ख.वि,स २०७४ श्रावण १
ग.वि,स २०७४ जेष्ठ २९
घ.वि,स २०७४ वैशाख १
(४६)
क.21
ख.22
ग.24
घ.23
(४७) एउटा कक्षामा १६० से,मी उचाइका १८ छात्र छन् यो संख्या कुल छात्र संख्याको तिन चौथाइ हो कुल छात्रको संख्या कक्षाका कुल विद्यार्थीको दुइ तिहाइ छ भने कक्षामा कति जना छात्रा छन् ?
क.६
ख.१२
ग.१८
घ.२४
(४८) Choose the figure which is different from the rest.
क.4
ख.3
ग.1
घ.2
(४९) ४२ : २० = ६४ : ?
क.३१
ख.३२
ग.३३
घ.३४
(५०) तल उल्लेखित विकल्पहरू मध्येबाट समुहमा नमिल्ने छान्नुहोस्
क.स्याल
ख.गिद्ध
ग.ब्वाँसो
घ.बाघ
facebook :


- Reviews (0)
Nothing Found...Leave a review