TSC Model set 16

TSC Model set 16

TSC Model set 16

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 16 (50x2 = 100)

 

 

१.रिङबाट घेरिएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?

क) शुक्र

ख)शनि

ग) वरुण

घ)  मंगल

 

 

२. हिन्द महासागरमा चल्ने वायुलाई के भनिन्छ?

क)  चिनुक

ख) टाइफुन

ग) साइक्लोन

घ)  सिरेटो

 

 

 

३. पानामा नहर कुन कुन महादेश को सिमानामा अवस्थित छ?

क) उत्तर अमेरिका र दक्षिण अमेरिका

ख) दक्षिण अमेरिका र अन्टार्कटिका

ग) एसिया र अफ्रिका

घ)  अफ्रिका र अस्ट्रेलिया

 

 

४. नेपालमा भारत र चीन मध्ये कुनै पनि राष्ट्रलाई नछुने जिल्लाको संख्या कति छ?

क)  २७

ख) ३२

ग) ३७

घ)  ४१

 

 

५. विश्वको सर्वोच्च शिखर MOUNT EVEREST को नामाकरण कसको नामबाट भएको हो?

क)  George Everest

ख) Gerald Everest

ग) John Everest

घ)  James Everest

 

 

६. बुद्धलाई विष्णुको कतिऔं अवतारको रूपमा मानिन्छ?

क)  दोस्रो

ख) सातौं

ग) नवौं

घ)  दसौं

 

 

७. नेपालको 17 औं राष्ट्रिय विभुती को हुन्?

क)  भक्ति थापा

ख) महागुरु फाल्गुनन्द

ग) पासाङ ल्हामु शेर्पा

घ)  शंखधर साख्वा

 

 

८. नेपाल आउने पर्यटकहरूमा सबैभन्दा बढी कुन उद्देश्यले आउँछन्?

क) पदयात्रा

ख) पर्वतारोहण

ग) मनोरञ्जन

घ)  अन्य

 

 

९. आ. व. 2078/79 को बजेट वक्तव्यमा शिक्षाक्षेत्रमा कुल बजेटको कति प्रतिशत छुट्याइएको छ?

क)  १०.९३

ख) ११.०३

ग) ११.६४

घ)  ११.९३

 

 

१०. जीवावशेष उर्जा (FOSSIL FUEL) को बढी प्रयोग को नतिजा के हुन्छ?

क)  अक्सिजनको मात्रा बढ्छ।

ख) हरितगृह ग्याँसको मात्र घट्छ।

ग) हरितगृह ग्याँसको मात्रा बढ्छ।

घ)  इथेन ग्यासको मात्रा बढ्छ।

 

 

 

११. तलको मध्ये अनविकरणिय उर्जा कुन हो?

क)  कोइला

ख) जंगल

ग) पानी

घ)  वन्यजीवन

 

 

१२. संयुक्त राष्ट्रसंघलाई नोबेल शान्ति पुरस्कार कहिले (इ.सं.) प्रदान गरिएको थियो?

क)  1975

ख) 1999

ग) 2001

घ)  2006

 

 

 

१३. भारत पछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो?

क)  श्रीलंका

ख) नेपाल

ग) भूटान

घ) बङ्गलादेश

 

 

 

१४. राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कहिले गरियो?

क)  वि.सं. २०७८ असार २१

ख) वि.सं. २०७८ असार २२

ग) वि.सं. २०७८ असार २३

घ)  वि.सं. २०७८ असार २४

 

 

 

१५. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् 2020 प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक कति छ?

क)  ०.५७९

ख) ०.५९७

ग) ०.६२०

घ)  ०.६०२

 

 

१६. आदर्शवाद अनुसार शिक्षाको अर्थ कुन हो?

क)  इश्वरसँगको समायोजन

ख) प्रकृतिको समग्र अध्ययन

ग) अनुभवहरूको पुनर्निर्माण

घ)  चेतनाको प्राप्ति वा प्रत्यक्षीकरण

 

 

१७. संघीय सरकारको जिल्लास्तरमा रहेर शिक्षा सम्बन्धी काम गर्ने निकाय कुन हो?

क) शिक्षा विकास निर्देशनालय

ख) सामाजिक विकास मन्त्रालय

ग) शिक्षा विकास तथा समन्वय इकाई

घ)  शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

 

१८. शिक्षा मनोविज्ञानले तलका मध्ये कुन सँग सरोकार राख्छ?

क) सिकारु

ख) सिकाइ प्रक्रिया

ग) सिकाइका अवस्था

घ)  माथिका सबै

 

 

१९. वृद्धि र विकासका समानता मा कुन पर्दैन?

क)  यी दुवैको सम्बन्ध मानिसमा हुने परिवर्तनसँग हुन्छ।

ख) यी दुवैले परिवर्तनको एक निश्चित क्रम पछ्याउँछन्।

ग) यी दुबैले परिमाणात्मक र गुणात्मक दुवै परिवर्तनलाई समेट्छन्।

घ)  दुवै एक अर्कामा अन्तरसम्बन्धित हुन्छन्।

 

 

 

२०. संवेगलाई वैकल्पिक तथा समाज द्वारा स्वीकृत प्राप्त हुने तवरमा प्रस्तुत गर्न जान्नु के हो?

क) संवेगात्मक विरेचन(emotional catharsis)

ख) संवेगात्मक सन्तुलन(emotional equilibrium)

ग) आँधी र तुफान(storm and stress)

घ)  संवेगात्मक नियंत्रण(emotional control)

 

 

२१. पुनर्बल को सन्दर्भमा कुन सही छ?

क)  सकारात्मक पुनर्वलले सही प्रतिक्रियाको दरलाई घटाउँछ।

ख) नकारात्मक पुनर्वल ले गलत प्रक्रियाको दरलाई बढाउँछ।

ग) खानेकुरा, डर, दुखाई माध्यमिक सबलक हुन्।

घ)  पैसा, स्वास्थ्य,शिक्षा प्राथमिक सबलक हुन्।

 

 

२२. सिकाई स्थानान्तरणको सिद्धान्त कुन होइन?

क)  मानसिक अनुशासनको सिद्धान्त

ख) समान तत्वको सिद्धान्त

ग)शास्त्रीय सम्बन्धन सिद्धान्त

घ)  सामान्यीकरण सिद्धान्त

 

 

 

२३. कार्यपरक सम्बन्ध सिद्धान्तमा पुनर्वलको भूमिका कस्तो हुन्छ?

क)  महत्वपूर्ण

ख) अति नै महत्वपुर्ण

ग) नगण्य

घ) भूमिका हुँदैन

 

 

२४. शास्त्रीय सम्बन्धन सिकाइमा कुकुर माथि गरिएको प्रयोगमा घन्टी के हो?

क) प्राकृतिक उत्तेजना

ख) स्वभाविक उत्तेजना

ग) अप्राकृतिक उत्तेजना

घ)  अस्वाभाविक प्रतिक्रिया

 

 

 

२५. पाठ्यक्रमको तलका अर्थ मा कुन बेठिक छ?

क)  शाब्दिक अर्थ-शिक्षा रुपी दौडको मैदान

ख) संकुचित अर्थ- पाठ्यांश वा पाठ्य विवरण

ग) व्यापक अर्थ- पढ्ने पढाउने विषयवस्तुको क्रम

घ) माथिका सबै ठिक छन्।

 

 

२६. पाठ्यपुस्तकको निर्माणमा कसको संलग्नता हुन्छ?

क)  विषयगत विशेषज्ञ

ख) समाजशास्त्री

ग) अभिभावक

घ)  माथिका सबै

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बाल विकास र शिक्षा कस्तो विद्यार्थीको लागि हुने उल्लेख छ?

क)  चार वर्ष पुरा भएको लाई एक बर्षको

ख) चार वर्ष मुनिकालाई एकवर्षको

ग) पाँच वर्ष पूरा भएकालाई एकवर्षको

घ) पाँच वर्ष पूरा भएकालाई तीन वर्षको

 

 

२८. शिक्षक केन्द्रित विधिमा प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण पक्ष कुन हो?

क) उचित बसाई व्यवस्थापन

ख) शैक्षिक सामग्रीको व्यवस्था

ग) विषयवस्तुको प्रकृति

घ) विषयवस्तुमा दक्षता

 

 

२९. शैक्षणिक सामग्रीको मूल अर्थ के सँग सम्बन्धित हुन्छ ?

क)  ज्ञान

ख) बोध

ग) प्रयोग

घ) संश्लेषण

 

 

३०. निदानात्मक मूल्यांकुनको उदेश्य कुन हो?

क) शिक्षण सिकाइमा सुधार गर्नु

ख)स्तर निर्धारण गर्नु

ग) कुनै तहका लागि पूर्वयोग्यता जाँच्नु

घ)  गम्भिर सिकाइ समस्या पहिचान गर्नु

 

 

 

३१.स्तरीकृत परीक्षाको विशेषता कुन होइन?

क) प्रश्नपत्र निर्माण र परीक्षणमा एकरूपता

ख)मानकको स्थापना

ग) विषयगत वैधताको कमी भएतापनि विश्वसनीयता उच्च हुन सक्ने

घ) विश्वसनीयता कम भएतापनि विषयगत वैधता उच्च हुन सक्ने

 

 

३२. मिलाउने कार्य के को एक भाग हो?

क) योजना

ख) सँगठन

ग) आदेश

घ)  माथिका सवै

 

 

३३. तलको मध्ये कुन गलत छ?

क)  सबै विपद् संकट हुन्।

ख) सबै संकट विपद् हुन्।

ग) सँगठनमा द्वन्द स्वभाविक र परिवर्तनको वाहक को रूपमा लिइन्छ।

 

घ)  विपद्मा परेका बालबालिकाको मनस्थितिमा परेको असरलाई सम्बोधन गर्न परामर्श आवश्यक पर्छ।

 

 

३४. शैक्षिक अनुसन्धानमा प्रायजसो प्रयोग हुने प्रविधि कुन हो?

क)  प्रश्नावली

ख) अन्तर्वार्ता

ग) अवलोकुन

घ)  समाजशास्त्रीय

 

 

३५. वि.सं. 2013मा NORMAL SCHOOL तालिम केन्द्रले उपत्यका बाहिर कुन कुन ठाउँमा घुम्ती शिक्षण केन्द्र स्थापना गरी तालिम कार्यक्रम सञ्चालन गरेको थियो?

क)  नेपालगञ्ज, धरान र विरगञ्ज

ख) पोखरा, धरान र विरगञ्ज

ग) नेपालगञ्ज, धरान र वुटवल

घ) पोखरा, सुर्खेत र विरगञ्ज

 

 

३६. THE BRAIN OF COMPUTER SYSTEM भनेर के लाई चिनिन्छ?

क)  ALU

ख) Memory

ग) CPU

घ) Control unit

 

 

37. MICROSOFT POWERPOINT APPLICATION सुरु गर्न के गर्नुपर्छ?

क) click on start > all program>Microsoft PowerPoint

 

ख) Hit Ctrl+R then type ppoint.exe and Enter

 

ग)Click start > Run then type powerpnt then press enter

 

घ) all of the above

 

 

 

३८.ICT को पुरा रूप के हो?

क) interconnected terminals

ख) interia common technology

ग) international communication technology

घ) information and communication technology

 

 

 

३९. COMPUTER मा PASTE कार्य गर्ने SHORT CUT KEY कुन हो?

क)  Ctrl +v

ख) Alt+v

ग) Shift+v

घ) Ctrl + P

 

 

४०. कुन सही छ?

क)  भाइरस software को एउटा भाग हो।

ख) इन्टरनेटले virus विस्तारमा सहयोग गर्दैन।

ग) virus एउटा अपरेटिङ सिस्टम हो।

घ) भाइरसले कम्प्युटरमा speed बढाउन सहयोग गर्छ।

 

 

४१.'गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति हुन पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ'। यो नेपालको संविधानको कुन हकमा छ।

क)  उपभोक्ताको हक

ख) क्षतिपूर्तिको हक

ग) सामाजिक न्यायको हक

घ)  समानताको हक

 

 

 

४२.शिक्षा ऐन 2028 (संशोधन सहित) बमोजिम राष्ट्रिय परीक्षा बोर्डले आवधिक तथा वार्षिक प्रतिवेदन कहाँ पेस गर्ने व्यहोरा उल्लेख छ।

क)  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

ख) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

ग) नेपाल सरकार

घ) राष्ट्रपति कार्यालय

 

 

४३. शिक्षा नियमावली 2059 (संसोधनसहित) बमोजिम प्रधानाध्यापक छनोटका आधारमा तलको मध्ये

कुन समावेश छैन?

क)  शैक्षिक योग्यता

ख) व्यवस्थापन कला

ग) तालिम

घ) शिक्षण अनुभव

 

 

४४. शिक्षक सेवा आयोगको नियमावली 2059 (संशोधन सहित) बमोजिम समावेशी पदमा दरखास्त दिंदा अपाङ्गता भएको प्रमाणित गर्न कुन कागजात पेश गर्नुपर्ने उल्लेख छ?

क)  जिल्ला प्रशासन कार्यालयको सिफारिस

 

ख) स्वीकृत चिकित्सकको सिफारिस मा समाजकल्याण परिषदबाट अपाङ्गता प्रमाणित भएको कागजात

 

ग) स्थानिय तहबाट प्राप्त अपाङ्गताको परिचयपत्र

घ)  सम्बन्धित वडाको सिफारिस

 

 

४५. स्थानीय सरकार संचालन ऐन 2074 बमोजिम तलको मध्ये कुन कार्य स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दैन?

क)  विद्यालय नामाकरण

ख) पाठ्यक्रम स्वीकृत

ग) सिकाइ उपलब्धि परीक्षण र व्यवस्थापन

घ)  मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति

 

 

४६.

Ans : 110

 

 

४७. नमिल्ने एउटा पहिचान गर्नुहोस्?

क)  उत्थान : पतन

ख) सुलभ : सर्वसुलभ

ग) खण्ड : अखण्ड

घ)  अर्पण : ग्रहण

 

 

४८.Look at this series: 7, 10, 8, 11, 9, 12, ... What number should come next?

 (a) 7

(b) 10

(c) 12

(d) 13

 

 

49.चित्र पूर्ण हुन कुन विकल्प ठिक हुन्छ?

(a) 1

(b) 2

(c) 3

(d) 4

 

 

 

 

५०. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5

 



  • Reviews (1)
  • ghartiluk
  • 4 Years, 1 Month ago

Dear sir/ madam Could you please write short explanation of IQ? We will be more grateful.

Leave a review

To leave a review, please login to your account. Login