- Home
- Show Content
प्रा.स. प्रश्नोत्तर प्रदेश एक
प्रा.स. प्रश्नोत्तर प्रदेश एक
लोकसेवा आयोग, शिक्षा सेवा (प्राविधिक तर्फ)
नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमुह,
प्रा.स. प्रश्नोत्तर २०७८ (प्रदेश न. १ )
Key (B) उत्तर अन्तिममा छ
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
प्रदेश लोक सेवा आयोगद्वारा प्रदेश नं. १ मा सोधिएको प्रश्न २०७८-०७-१२ मा सोधिएको
१. खुल्ला विद्यालयको शैक्षिक कार्यक्रम गर्न आवश्यक पर्ने पाठ्यक्रम तलका मध्ये कुन निकायले स्वीकृत गरे बमोजिम लागू हुन्छ ?
(क) शिक्षा मन्त्रालय
(ख) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद
(ग) पाठ्यक्रम विकास केन्द्र
(घ) अनौपचारिक शिक्षा केन्द्र
२. “प्रत्येक व्यक्तिलाई शिक्षा पाउने अधिकार छ” यो नेपालको संविधान कुन धारामा लेखिएको छ?
(क) धारा २६
(ग) धारा २८
(ख) धारा २७
(घ) धारा २९
(नोट : नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ। यो प्रश्न मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ बाट सोधे जस्तो आसय देखिन्छ । उक्त घोषणापत्रको धारा २६(१) मा प्रत्येक व्यक्तिलाई शिक्षा पाउने अधिकार छ भन्ने उल्लेखित छ।)
३. विद्यालय शिक्षाको परीक्षा संचालन, व्यवस्थापन र प्रमाणिकरणका लागि स्थापना गरिएको निकाय कुन हो ?
(क) शिक्षा विभाग
(ख) परीक्षा नियन्त्रण कार्यालय
(ग) राष्ट्रिय परीक्षा बोर्ड
(घ) पाठ्यक्रम विकास केन्द्र
४. संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धलाई कानूनले कुन रुपमा हेरेको छ ?
(क) सहकारीता, सह अस्तित्व र समन्वय
(ख) सहकारिता, एकता र समन्वय
(ग) एकता, समन्वय र सह अस्तित्व
(घ) सह अस्तित्व, एकता र मेलमिलाप
५.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाले कुन शिक्षाको नीति, कानून, योजना र मापदण्ड तर्जुमा गर्न सक्दैन ?
(क) सामुदायिक शिक्षा
(ग) उच्च शिक्षा
(ख) विशेष शिक्षा
(घ) प्राविधिक शिक्षा
६. तथ्याङ्क सङकलनका क्रममा कस्तो सामग्रीलाई प्राथमिक स्रोत अन्तर्गत राखिन्छ ?
(क) प्रकाशित स्रोत
(ख) अप्रकाशित स्रोत
(ग) अन्तरवार्ता
(घ) समाचार सूचना
७. राष्ट्रिय शिक्षा आयोग , २०४९ ले प्राथमिक तहमा सबै विषयका लागि जम्मा कति पूर्णाङ्क हुनु पर्ने कुरा उल्लेख गरिएको थियो ?
(क) ८०० पूर्णाङ्क
(ख) ७०० पूर्णाङ्क
(ग) ६५० पूर्णाङ्क
(घ) ६०० पूर्णाङ्क
नोट : राष्ट्रिय शिक्षा आयोग, २०४९ ले प्राथमिक तहको कक्षा १ देखि ३ मा ५०० र कक्षा ४-५ मा७०० पूर्णांक हुनुपर्ने उल्लेख गरेको।
८. राष्ट्रिय प्रारम्भिक पढाइ सीप कार्यक्रम अन्तर्गतको पाठ्यसामग्री विकासमा कुन निकाय क्रियाशील रहेको छ ?
(क) शिक्षा विभाग
(ग) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
(ख) पाठ्यक्रम विकास केन्द्र
(घ) माध्यमिक शिक्षा परिषद
९. कुन किसिमको वर्गीकरणलाई स्व अनुक्रमणिक फाइलिङ प्रणाली भनिन्छ ?
(क) वर्णानुक्रम वर्गीकरण
(ग) भौगोलिक वर्गीकरण
(ख) अंकको क्रम वर्गीकरण
(घ) विषयगत वर्गीकरण
१०. नेपालको पहिलो औपचारिक शिक्षण संस्था दरबार स्कूलमा कुन कुन विषय पढाउन निषेध गरिएको थियो ?
(क) इतिहास र भूगोल
(ग) हिसाब र प्रेस्ता
(ख) अंग्रेजी र अर्थशास्त्र
(घ) अंग्रेजी र भूगोल
११. लाहाचोक परियोजना र ग्रामिण विकासका लागि सेती शिक्षा परियोजनाको आधारमा लिई सुरु गरिएको नेपालको शिक्षा परियोजना तलका मध्ये कुन हो ?
(क) प्राथमिक शिक्षा विकास परियोजना
(ख) प्राथमिक शिक्षा परियोजना
(ग) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना–पहिलो
(घ) आधारभूत तथा प्राथमिक शिक्षा परियोजना-दास्रो
१२. नेपालमा साक्षरता अभियान कुन पञ्चवर्षीय योजना देखि सुरु भएको मानिन्छ ?
(क) पहिलो पञ्चवर्षीय योजना
(ग) चौंथो पञ्चवर्षीय योजना
(ख) दोस्रो पञ्चवर्षीय योजना
(घ) छैटौ पञ्चवर्षीय योजना
नोट : नेपालमा साक्षरता अभियान सर्वप्रथम २०४५ सालमा शुरु गरिएको जिल्ला सुर्खेत हो । जुन साँतौ पञ्चवर्षीय योजनाको अवधिभित्र पर्दछ । वि.सं. २०३५ मा राष्ट्रिय साक्षरता कार्यक्रमको विकास भएको । नेपालमा योजनाबद्ध रुपमा प्रौढ शिक्षाको सुरुवात पहिलो योजनाबाट भएको मानिन्छ।
१३. शिक्षकको हरेक सक्षमताको क्षेत्रलाई कति किसिमबाट प्रस्तुत गर्न सकिन्छ ?
(क) तीन किसिम
(ग) पाँच किसिम
(ख) चार किसिम
(घ) छ किसिम
नोट : शिक्षकका हरेक सक्षमतालाई ज्ञानमा आधारित सक्षमता, सिप एवम् क्षमतामा आधारित सक्षमता र अभिवृत्तिमा आधारित सक्षमता गरी तीन किसिमबाट वर्गीकरण गर्न सकिने
१४. शैक्षिक सत्र २०७७ को तथ्याङक अनुसार सबैभन्दा कम विद्यार्थी भएको प्रदेश कुन हो ?
(क) सुदुरपञ्चिम प्रदेश
(ख) कर्णाली प्रदेश
(ग) लुम्बिनी प्रदेश
घ) प्रदेश न. १
१५. हरेक वर्ष विद्यालय तथ्याङ्क दिबस कहिले पर्दछ ?
(क) जेठ ७ गते
(ग) चैत्र १० गते
(ख) फागुन १२ गते
(घ) भाद्र २२ गते
१६.शिक्षा ऐन, २०२८ मा भएको कतिऔं संशोधनले पुरुष शिक्षकले पत्नी सुत्केरीको अघि वा पछि गरी तलबी सुत्केरी स्याहार विदा पाउने व्यवस्था गरेको हो ?
(क) छैटौ संशोधन
(ग) आठौ संशोधन
(ख) पाँचौ संशोधन
(घ) सातौ संशोधन
नोट : शिक्षा ऐन २०२८ मा शिक्षकको विदा सम्बन्धी व्यवस्था छैन । शिक्षा नियमावलीमा शिक्षकका विदा सम्बन्धी व्यवस्था छ। सुत्केरी स्याहार विदा शिक्षा नियमावलीको छैटौ संशोधनले व्यवस्था गरेको हो।
१७. प्राथमिक तहका लागि सबैभन्दा उपयुक्त कक्षा संगठन तलका मध्ये कुन हो ?
(क) विषय शिक्षण
(ख) कक्षा शिक्षण
(ग) बहु कक्षा शिक्षण
(घ) मिश्रित शिक्षण
१८. २०७७ सालमा माध्यमिक तहमा महिला शिक्षक प्रतिशत कति छ ?
(क) १०.१ %
(ख) २०.३%
(ग) २०.४%
(घ) २०.७%
१९. “बहुकक्षा शिक्षण " कुन कार्यक्षेत्र सँग सम्बन्धित हुन्छ ?
(क) शैक्षणिक कार्यक्षेत्र
(ख) व्यवस्थापकीय कार्यक्षेत्र
(ग) मनोवैज्ञानिक कार्यक्षेत्र
(घ) दक्षता अभिवृदि कार्यक्षेत्र
२०. बहु वर्ग (कक्षा) शिक्षण कस्ता प्राथमिक विद्यालयमा संचालन गर्न सकिन्छ ?
(क) कम क्षेत्र, कम विद्यार्थी र पातलो वस्ती भएका
(ख) शहरी परिवेशमा स्थापना भएका
(ग) बाक्लो वस्ती र विद्यार्थी बढी भएका
(घ) बढी सुविधायुक्त भएका
२१. तलका मध्ये कुन चाहि निर्णयात्मक मूल्याङ्कन भित्र पर्दछ ?
(क) कक्षाकार्य
(ख) गृहकार्य
(ग) एकाइ परीक्षा
(घ) बार्षिक परीक्षा
२२. निरन्तर विद्यार्थी मूल्याङ्नमा क श्रेणीको विद्यार्थीले न्यूनतम कति अङक प्राप्त गर्नुपर्छ ?
(क) ७० प्रतिशत
(ग) ६५ प्रतिशत
(ख) ६० प्रतिशत
(घ) ५५ प्रतिशत
नोट : निरन्तर विद्यार्थी मूल्यांकनमा प्राथमिक तहमा ७० प्रतिशत वा बढीलाई क श्रेणी भनिन्छ भने कक्षा ६-७ मा ८० प्रतिशत वा बढीलाई क श्रेणी अन्तर्गत राखिएको छ।
२३.पाठ्यक्रमका तत्वहरुको कम कसरी निर्धारण गरिन्छ ?
(क)उद्देश्य, विषयवस्तु, मूल्याङ्कन र क्रियाकलाप
(ख) विषयवस्तु मूल्याङ्कन, क्रियाकलाप र उद्देश्य
(ग) उद्देश्य विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कन
(घ) मूल्याङ्कन, क्रियाकलाप, उद्देश्य र विषयवस्तु
२४. प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम -२०७७ ले तलका कुन सीपलाई आधारभूत सीपभित्र समेटेको छैन ?
(क) भाषिक सीप
(ग) संवेगात्मक सीप
(ख) शारीरिक सीप
(घ) सिर्जनात्मक सीप
२५. नेपालमा क्षेत्रीय स्तरमा विश्वविद्यालय स्थापना गर्ने अवधारणा कुन शिक्षा आयोगले ल्याएको हो?
(क) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
(ख) शाही उच्च शिक्षा आयोग, २०४०
(ग) राष्ट्रिय शिक्षा आयोग, २०४९
(घ) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५
२६. नेपालमा अध्यापन अनुमति पत्रको व्यवस्था अनिवार्य गर्ने सुझाव कुन शिक्षा आयोग/ समितिले दिएको हो ?
(क) सर्वाङगीर्ण राष्ट्रिय शिक्षा समिति २०१८
(ख) राष्ट्रिय शिक्षा पद्धतिको , २०२८
(ग) उच्चस्तरीय राष्ट्रिय शिक्षा योजना, २०५५
(घ) शिक्षा सम्बन्धी उच्चस्तरीय कार्य समिति, २०५८
२७. संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले शैक्षिक गुणस्तरका कति वटा पक्षहरु निर्धारण गरेको छ?
(क)६ वटा
(ख) ५ वटा
(ग) ४ वटा
(घ)३ वटा
२८. प्रतिक्षेप पद्धतिको अध्ययनमा प्रयोग हुने सिकाइ सिद्धान्त कुनलाई मानिन्छ ?
(क) प्रयत्न र भूल
(ख) अन्तदृष्टि सिकाइ
(ग) शास्त्रीय सम्बन्धन सिकाइ
(घ) सामाजिक सिकाइ सिद्धान्त
२९. तलका मध्ये कुन सिकाइ स्थानान्तरणको सिद्धान्त चार्ल्स जुडद्धारा प्रतिपादन गरिएको हो ?
(क) मश्तिष्क अनुशासनको सिद्धान्त
(ख) समतत्वको सिद्धान्त
(ग) सामान्यीकरणको सिद्धान्त
(घ) सामान्य र विशिष्ट सिद्धान्त
३०. पाठयोजनाको सर्वाधिक महत्व राख्ने तत्व कुन हो ?
(क) शिक्षण सिकाइ कार्यकलाप
(ख) विशिष्ट उद्देश्य निर्धारण
(ग) प्रभावकारी मूल्याङ्कन
(घ) विषयवस्तुको संयोजन
३१. विद्यालयको वार्षिक कार्ययोजनामा समेटिनु पर्ने विषय तलका मध्ये कुन हो ?
(क) दैनिक क्रियाकलापको योजना
(ख) विद्यालयको समग्र क्रियाकलाप
(ग) बार्षिक शैक्षणिक योजना
(घ) आवधिक क्रियाकलाप
३२. “संसार बुझ्न अंग्रेजी पढ्नु र कम्प्युटर सिक्नु आवश्यक छ” यो भनाइ स्थानान्तरणको कुनसिद्धान्तमा आधारित छ ?
(क) साझा र विशिष्ट तत्वको सिद्धान्त
(ग) असामान्य तत्वको सिद्धान्त
(ख) मानसिक अनुशासनको सिद्धान्त
(घ) सामान्यीकरणको सिद्धान्त
३३. “आदत, ज्ञान र अभिवृत्तिको प्राप्ती नै सिकाइ हो "यो भनाई कसको हो ?
(क) स्कीनर
(ख) हिलगार्ड
(ग) क्यालमिन
(घ) क्रो एण्ड क्रो
३४. पुनर्वलका सम्बन्धमा तलका मध्ये कुन सबैभन्दा मिल्ने भनाइ हो ?
(क) सिकाइमा अरुको सहयोग लिने काम
(ख) नविस्यौस भनेर पटक पटक अभ्यास गर्ने काम
(ग) सिकाइका लागि भित्रैदेखि जगाउने काम
(घ) प्रतिक्रियालाई सवल बनाउन वा हटाउनका लागि पृष्ठपोषण दिने काम
३५. विद्यार्थी केन्द्रित विधि अन्तर्गत नपर्ने विधि कुन हो ?
(क) प्रश्रोत्तर विधि
(ख) सर्वेक्षण विधि
(ग) घटना अध्ययन
(घ) खोज विधि
३६. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षकको बढुवा गर्दा रिक्त पदहरु मध्ये कति प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गरिन्छ ?
(क) २५%
(ख) ५०%
(ग) ७५%
(घ) १००%
३७. प्राथमिक तहको अध्यापन अनुमति पत्र लिन कहिलेदेखि प्रमाण पत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले मात्र उम्मेदवार हुन पाउने व्यवस्था भएको हो ?
(क) वि.सं. २०७० बैशाख १ गतेदेखि
(ख) वि.सं. २०६९ बैशाख १ गतेदेखि
(ग) वि.सं. २०६७ साउन १ गतेदेखि
(घ) वि.सं. २०६८ साउन १ गतेदेखि
३८.नेपालमा डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन अन्तर्गत चिफ इन्स्पेक्टर अफ स्कूल अफिसको स्थापना कहिले भएको हो ?
(क) वि.सं. १९९६
(ख) वि.सं. १९९८
(ग) वि.सं. २००४
(घ) वि.सं. २०१०
३९.विकेन्द्रित शिक्षा योजना अन्तर्गत सबभन्दा तल्लो तहमा संचालित योजना कुन हो ?
(क) विद्यालय सुधार योजना
(ख) गाउँ शिक्षा योजना
(ग) नगर शिक्षा योजना
(घ) जिल्ला शिक्षा योजना
४०. शारीरिक बृद्धि र बालविकासमा कुन भनाइ ट्याक्कै मिल्छ ?
(क) बृद्धि परिमाणात्मक पक्ष हो भने विकास गुणात्मक पक्ष हो
(ख) बृद्धि ब्यापक पक्ष हो भने विकास एक पक्ष हो
(ग) बृद्धिसँगै दक्षता समावेश हुन्छ भने विकाससँग समावेश हुदैन
(घ) बृद्धि र विकास दुबैले भौतिक पक्षमा आउने सम्पूर्णता बुद्माउँछन
४१. मास्लोको प्रेरणा श्रृङ्खलामा कति तह निर्धारण गरिएका छन् ?
(क)४
(ख) ५
(ग)६
(घ)७
४२. “जीवन शिक्षा हो र शिक्षा जीवन हो" शिक्षाका सम्बन्धमा यो अवधारणा ब्यक्त गर्ने शिक्षाविद् को हुन् ?
(क) रुसो
(ख) फ्रोबेल
(ग) पेस्तालोजी
(घ) जोन लक
४३. तलका मध्ये कुन शिक्षाको कार्य होइन ?
(क) व्यक्तिगत कार्य
(ख) सामाजिक कार्य
(ग) राष्ट्रिय कार्य
(घ) स्थानीय कार्य
४४. शिक्षालाई परिभाषित गर्ने सर्वोपयुक्त भनाइ कुन हो ?
(क) मानिसको सर्वाङ्गीण विकास गर्ने सर्वोत्तम साधन
(ख) मानवीय जीवनको गतिशिलता
(ग) भौतिक विकासको मुख्य आधार
(घ) सकारात्मक सोचको विकास
४५. तलका मध्ये कुन बहु प्रचलित शिक्षक केन्द्रित शिक्षण विधि हो ?
(क) प्रवचन विधि
(ख) प्रदर्शन विधि
(ग) प्रयोगात्मक विधि
(घ) परियोजना विधि
४६. तलको कुन कुरा निरीक्षकको काम, कर्तव्य र अधिकारभित्र पर्दैन ?
(क) स्रोत व्यक्तिको कामको अनुगमन गरी प्रतिवेदन पेश गर्ने
(ख) शिक्षकलाई तालिमको निम्ति सिफारिस गर्ने
(ग) विद्यालयमा ग्रामीण शिक्षा विकास कोषबाट निकासा भएको रकमको अनुगमन गर्ने
(घ) विद्यालयका शिक्षक र कर्मचारीको विदाको अभिलेख प्रमाणित गर्ने
४७. नेपालमा आधार स्कुलहरु कुन विक्रम संवत्बाट खुलेका थिए ?
(क) वि.सं. २००४
(ग) वि.सं. २००२
(ख) वि.सं. २००३
(घ) वि.सं. २००५
४८. कानून निर्माण गर्ने निकाय तलका मध्ये कुन हो ?
(क) संघ
(ख) प्रदेश
(ग) स्थानीय तह
(घ) माथिका सबै
४९. शिक्षा सम्बन्धी इन्चोन सम्मेलन अन्तर्गत इन्चोन घोषणा कहिले जारी भयो ?
(क) १९-२२ मे २०१५
(ग) २५-२७ मे २०१५
(ख) २२-२५ मे २०१५
(घ) २८-२९ मे २०१५
५०. शिक्षा मन्त्रालयको वि.सं. २०२८ देखि कक्षा दश उत्तिर्ण महिलालाई छावृत्ति दिएर कुन क्याम्पसमा प्राथमिक तहको शिक्षक बनाउन दश महिना शिक्षण प्रशिक्षण कार्य सञ्चालन गरेको थिएन ?
(क) वि.सं. २०२८ देखि पृथ्वी नारायण क्याम्पस
(ख) वि.सं. २०३० देखि धनकुटा क्याम्पस
(ग) वि.सं. २०३१ देखि पद्मकन्या क्याम्पस
(घ) वि.सं. २०३६ देखि जुम्ला क्याम्पस
facebook :


very good
Leave a review