धर्म संस्कृति :वस्तुगत प्रश्न एक

धर्म संस्कृति :वस्तुगत प्रश्न एक

धर्म संस्कृतिसम्बन्धि महत्त्वपूर्ण प्रश्नहरू 

 

१) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ? - पाली भाषा

 

 

२) वैष्णव धर्मअनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ? - भगवान विष्णुले लिएको अवतारका आधारमा 

 

३) हिन्दु धर्ममा मुनष्यजीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ? - धर्म, अर्थ, काम, मोक्ष

 

४) पहिलेदेखि चलिआएको रीतिरिवाज, चालचलन अदिलाई के भनिन्छ ? - प्रथा

 

५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ? - झुमा प्रथा

 

६) कुन सताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ? - इशा पूर्व छैठौ सताब्दी (6th century BC) 

 

७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ? - पुरोहित

 

८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ? - वैदिक सभ्यता

 

९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के हो ? - कालकुट विष

 

१०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ? - बौद्धनाथ

 

११) अत्रि ऋषिकी पत्नी अनुसूया हुन् भने वशिष्ठ ऋषिकी पत्नी को हुन् ? - अरुन्धती

 

१२) दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन् ? - जयन्ती 

 

१३) वेदव्यासका बाबु र आमाको नाम के हो ? - पराशर ऋषि र मत्स्यगन्धा 

 

१४) महर्षि वेदव्यासलाई अर्को कुन नामले चिनिन्छ ? - द्धैपायन

 

१५) श्रीमद्भागवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्छ ? - भीष्म पर्व 

 

१६) नागहरुका देवता कसलाई मानिन्छ ? - वासुकी नाग

 

१७) आषाढ शुक्ल एकादशीलाई हरिहयनी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ? - हरिबोधिनी एकादशी

 

१८) मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) कहिले पर्छ ? - भाद्र कृष्ण औंसी

 

१९) महाभारतमा द्रौपदीको सारी खिच्ने व्यक्ति को थिए ? - दुशासन

 

२०) अश्विनीकुमार देवताका के हुन् ? - वैद्य 

 

२१) आफ्ना वाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण जातिलाई मार्छु भनी सर्पेष्टि यज्ञ गर्ने पौराणिक राजा को हुन्  ? - जन्मेजय

 

२२) धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत भुपात्र जात्रा कुन जिल्लामा मनाइन्छ ? - भक्तपुर 

 

२३) पौराणिक कथाअनुसार द्रौपदी अग्निकुण्डबाट पैदा भएको मानिन्छ भने सीता कहाँबाट पैदा भएको मनिन्छ ? - जमिनबाट

 

२४) भगवान् विष्णुको वासस्थानलाई बैकुण्ठ भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ ? - कैलाश

 

२५) रामको बहिनीको नाम के हो ? - शान्ति

 

२६) अन्धा धृतराष्ट्रलाई महाभारतको युद्धको वर्णन सुनाउने को थिए ? - सञ्जय

 

२७) रामायणकालमा भारत र श्रीलङ्गा जोड्ने पुलको नाम के थियो ? - आदम पुल

 

२८) भगवान विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पैतालाको चिन्हलाई के भनिन्छ ? - श्रीवत्स

 

२९) शेष नागको वासस्थानलाई के भनिन्छ ? - मणिमण्डप

 

३०) राम र सीताबीच कस्तो विवाह  भएको थियो ? - पराक्रम विवाह

 

३१ - गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 

 

३२ - “गाईजात्रा”लाई  नेपाल भाषामा के भनिन्छ ? सापारू

 

३३ - इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 

 

३४ - हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई  चिनिन्छ ? गाईजात्रा 

 

३५ - इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल 

 

३६ - नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर   (२०६९, लो.से.आ.) 

 

३७ - १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर  

 

३८ - इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल 

 

३९ - ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू 

 

४० - ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ? क) गणेश   ख) भैरव   ग) कुमारी         घ) माथिका सबै 

 

४१ - दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना 

 

४२ - दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र

 

४३ - “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा

 

४४ - “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार

 

४५ - हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी

 

४६ - छोक्रा नाच कुन समुदायको नाच हो ? थारू 

 

४७ - नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु

 

४८ - वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू 

 

४९ - “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

 

५० - महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति   (२०६८, लो.से.आ.)

 

५१ - चौध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ? नन्दीग्राम

 

५२ - विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ? सामा चकेवा पर्व 

 

५३ - कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर कहिले चिनिन्छ ? कार्तिक कृष्ण औंशी 

 

५४ - घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ? दार्चुला 

 

५५ - नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ? जानकी मन्दिर जनकपुरधाम 

 

५६ - नेपालका कतिवटा अञ्चल धार्मिक स्थलको नामबाट नामाकरण गरिएका छन ? २ वटा 

 

 

 

५८ - ब्रम्हचर्याश्रम अवस्था कति वर्षसम्मको उमेरमा आवश्यक मानिन्छ ? जन्म देखि २५ वर्षसम्म 

 

५९ - हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ? देवाली

 

६० - गोवद्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ? श्रृग्वेद 

 

६१ - सामवेदमा कति शाखा छन् ? १००० 

 

६२ - भगवान श्री रामले रावणलाई मारेपछि लंकाका राजा को भए ? विभीषण

 

६३ - क्षेत्रीयहरूको सम्भार गर्दै हिँड्ने व्यक्ति को हुन् ? परशुराम 

 

६४ - शिवजीलाई त्रिपूरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई के भनिन्छ ? खरारी 

 

६५ - सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद

 

६६ - सरस्वतीलाई मनपर्ने रग कुन हो ? सेतो 

 

६७ - महादेवका तीन नेत्रलाई के केका प्रतीक मानिन्छ ? अग्नि, सूर्य र चन्द्र   (२०७०, लो.से.आ.) 

 

६८ - रावणले रचना गरेको पुस्तकहरू के–के हुन् ? आर्क पक्ष र कुमार तन्त्र 

 

६९ - मञ्जुश्रीका दुई शक्ति वरदा र “मोक्षदा” लाई के को रूप मानिन्छ ? लक्ष्मी र सरस्वती 

 

७० - श्रीमद–भागवत गीता महाभारतको कुन पर्वमा पर्दछ ? भीष्म 

 

७१ - योगशास्त्रका प्रर्वतक को हुन् ? पतञ्जली 

 

 

७३ - रावणले सीता हरण गरेको स्थानको नाम के हो ? पञ्चवटी 

 

७४ - पाँच पाण्डवहरूको पाँच भाइ छोराहरूलाई निदाएको बेलामा हत्या गर्ने पात्र को थिए ? अश्वथामा 

 

७५ - कुवेरको बगैँचालाई के भनिन्छ ? चैत्ररथ 

 

७६ - सीतालाई हरण गरेपछी रावणले सर्वप्रथम कसलाई मारेका थिए ? जटायु 

 

७७ - रावणको बगैचालाई के भनिन्छ ? अशोक वाटिका

 

७८ - बलराम र श्रीकृष्णबीच कुन सम्बन्ध थियो ? दाजुभाइ 

 

७९ - रावणको ससुराको नाम के थियो ? माल्यवान 

 

८० - शेष नागको अर्को नाम के थियो ? अनन्त 

 

८१ - कुवेरको राजधानी कहाँ हो ? अलकापुर 

 

८२ - आयुर्वेदका प्रर्वतक को हुन् ? धनवन्तरी

 

 

८४ - धृतराष्ट्रका सय भाइ छोरामध्ये पाण्डवतर्फ मिल्न जाने छोरा को हुन् ? युयुत्सु 

 

८५ - द्रौपदीको भाइको नाम के थियो ? दृष्टधुम्न 

 

८६ - कौरवको कुलगुरुको थिए ? कृपाचार्य

 

८७ - हनुमानको छोराको नाम के हो ? मकरध्वज 

 

८८ - अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र को थिए ? शिखण्डी 

 

८९ - उत्तर दिशाका देवता भनेर कसलाई भनिन्छ ? कुवेर 

 

९० - समुन्द्र मन्थन गर्दा निस्कने विषलाई कसले सेवन गरेका थिए ? शिव 

 

९१ - वाल्मीकि ऋषिको वास्तविक नाम के हो ? रत्नाकर 

 

९२ - होम गरिने अन्नलाई के भनिन्छ ? चरू 

 

९३ - राजा रामचन्द्रको मित को थिए ? सुग्रिव 

 

९४ - रामकी बहिनीको नाम के हो ? शान्ती 

 

९५ - पशुपतिनाथका प्रथम पुजारी को हुन् ? स्वामी शेखरानन्द (२०७३, लो.से.आ.) 

 

९६ - रावणले सीता हरेको पञ्चवटी नेपालको कुन ठाउँमा पर्दछ ? गोदावरी 

 

९७ - स्वयम्भूको उत्पत्ति केबाट भएको मानिन्छ ? कमलको फूल 

 

९८ - शैलेश्वरी देवीको मन्दिर नेपालको कुन ठाउँमा पर्दछ ? डोटी

 

९९ - मुस्लिक धर्ममा जकात भन्ने शब्दले के जनाउँदछ ? दान    (२०६९, लो.से.आ.) 

 

१०० - खर र दुषण को हुन् ? रावणको सेनापति 

 

१०१ - धृतराष्ट्रका सारथी को थिए ? सञ्जय

 

१०२ - महर्षी वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले चिनिन्छ ? पञ्चम वेद 

 

१०३ - न्याय शास्त्रका पिता भनेर कुन ऋषिलाई बुझउँछ ? गौतम ऋषि

 

१०४ - बैशाख कृष्ण औंसीलाई मातातीर्थ औंसी भनिन्छ भने, आषाढ शुक्ल एकादशीलाई कुन नामले चिनिन्छ ? हरिशयनी एकादशी 

 

१०५ - नेपालको सबैभन्दा ठूलो स्तुप कुन हो ? लुम्बिनी स्तुपा 

 

१०६ - सबैभन्दा बढी श्लोक भएको पूराण कुन हो ? स्कन्द पूराण 

 

१०७ - षटकोणलाई के–को प्रतिक मानिन्छ ? सरस्वती

 

१०८ - ‘बहाई धर्म’ कसले, कहिले,कहाँ शुरुवात गरेका हुन् ? बहउल्लाले १९ औं शताब्दीमा पर्सियामा   (२०६८, लो.से.आ.)

 

१०९ - परशुराम कसका छोरा थिए ? जमदग्नी 

 

११० - वेद कति वटा छन् ? ४ वटा 

 

१११ - उपवेद कति वटा छन् ? चार 

 

११२ - बिश्वकै सबै भन्दा ठूलो काटमार हुने गढीमाईमेला कुन जिल्लामा पर्दछ ?  बारा 

 

११३ - पहिलो राशी मेष हो भने अन्तिम राशी कुन हो ? मीन 

 

११४ - नेपालको सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि संस्थागत रूपमा कार्य गरिरहेको अन्तर्राष्ट्रिय संस्था कुन हो ? UNESCO

 

११५ - अक्षय तृतीया कहिले पर्दछ ? बैशाख शुक्ल तृतीया

 

११६ - वेद कति वटा छन् ? ४ वटा 

 

११७ - घण्टाकर्ण चतुदर्शी कहिले पर्दछ ? श्रावण कृष्ण चतुर्दर्शी

 

११८ - ‘छठ’ पर्व कहिले पर्छ ? कार्तिक शुक्ल अष्टमी 

 

११९ - नागहरूका राजा भनेर कुन नागलाई चिनिन्छ ? वासुकी 

 

१२० - सबै धर्मका मानिसलाई खुल्ला रहने “लोटस” मन्दिर कहाँ पर्दछ ? भारत 

 

१२१ - ‘कुमार पष्ठी’ (शिठि नखः) कहिले पर्दछ ? जेष्ठ कृष्ण पष्ठी 

 

१२२ - हरमिका कुन स्मारकको भाग हो ? स्तुप 

 

१२३ - सुमतितन्त्र भनेको के हो ?  नेपालमा रहेको प्राचीन ज्योतिषग्रन्थ                 (२०७०, लो.से.आ.)

 

१२४ - गठेमंगल कुन तिथिमा पर्छ ? श्रावण कृष्ण चतुर्दशी

 

१२५ - पाटनमा बटुक भैरवको अभिलेखमा कुन लिच्छवीकालीन राजप्रसादको उल्लेख गरिएको छ ? चाँगुनारायण 

 

 

१२७ - सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ? मन्दिरै–मन्दिरको सहर

 

१२८ - विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ? न्यातपोल देवल 

 

१२९ - जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ? २

 

१३० - धार्मिक रूपले नेपाल कस्तो राज्य हो ? धर्मनिरपेक्ष

 

१३१ - नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ? २०६३ जेष्ठ ४

 

१३२ - भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा  

 

१३३ - सत्यवतीलाई के पनि भनिन्छ ? मत्स्यगन्धा

 

१३४ - वेदमध्ये यजुर्वेदमा कति शाखा छन ? १०१

 

१३५ - अथर्ववेदमा कति शाखा छन ? ९ 

 

१३६ - काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? माथवर सिंह थापा 

 

१३७ - पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ? प्रधानमन्त्री 

 

१३८ - नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ति को हुन् ? पं.नारायण पोखरेल 

 

 

१४० - शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ? ध्यानाच्यो  

 

१४१ - भारतीय धर्मगुरु साइवावाको ८५ वर्षको उमेरमा कहिले निधन भयो ? २०६८ वैशाख ११ 

 

१४२ - गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 

 

१४३ - दक्ष प्रजापतिका १३ वटा कन्यासँग विवाह गर्ने ऋषि को हुन् ? कश्यप 

 

१४४ - धनकी देवी भन्नाले लक्ष्मी, विद्याकी देवी भन्नाले सरस्वतीलाई चिनिन्छ भने भक्तिनी भन्नाले कसलाई चिनिन्छ ? मीरा 

 

१४५ - हनुमानका पुत्र मकरध्वज हुन् भने बालीपुत्र को हुन् ? अंगद 

 

१४६ - कर्ण भन्नाले दानवीर, दधिचि भन्नाले दानी, भीष्म भन्नाले दृढ प्रतिज्ञ भन्ने बुझिन्छ भने एकलव्य भन्नाले के बुझिन्छ ? गुरु भक्त 

 

१४७ - हनुमान भन्नाले काम फत्ते गर्ने, चाणक्य भन्नाले नीतिवान, सुदामा भन्नाले गरिब भन्ने बुझिन्छ भने विभिषण भन्नाले के बुझिन्छ ? कुलद्रोही 

 

१४८ - नारद भन्नाले कुरौटे, दुर्वासा भन्नाले रिसाहा, युधिष्ठिर तथा हरिचन्द्रलाई सत्यवादी भनेर चिनिन्छ भने जनक भन्नाले केलाई चिनिन्छ ? ज्ञानी 

 

१४९ - सत्य, त्रेता, द्वापर, कलियुग क्रमशः कुन–कुन तिथिमा सुरू भएका हुन् ? वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्र कृष्ण त्रयोदशी र पौष आमावश्या 

 

१५० - पाण्डु सहवास गर्न असक्षम भएपछि पाण्डुको स्वीकृतिले कुन्तिले धर्मराजको तर्फबाट युधिष्ठिरलाई जन्म दिएकी थिइन भने भिम, अर्जुन, नहकुल र – सहदेवलाई क्रमशः कस–कसको तर्फबाट जन्म दिएकी थिइन ? वायु, इन्द्र र अश्विनीकुमार 

 

१५१ - ऋतु ६ वटा, करण ७ वटा योग, नक्षत्र २७ वटा, तथा सम्वत्सर ६० वटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति वटा पर्दछन् ? १५ र २ 

 

१५२ - अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ? प्रद्युम्न

 

१५३ - हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ? सुभद्रा 

 

१५४ - आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ? अग्नी 

 

 

१५६ - श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ? आफ्ना कामदारलाई 

 

१५७ - हिमालयकी पुत्री पार्वती हुन् भने उनकी श्रीमती को हुन् ? मेनका

 

१५८ - क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ? बीजक 

 

१५९ - “नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्छ ?  जानमात्र 

 

 

 

१६३ - हिन्दू दर्शनका ६ वटा शास्त्रहरूमध्ये दिइएको शास्त्र र प्रर्वतकको सम्बन्धमा कुन भनाइ ठीक छ ?  क. न्याय शास्त्र–गौतम ऋषि   ख. सांख्यशास्त्र–कपिल  ग. योगशास्त्र–पतञ्जली    घ. उल्लिखित सबै ठीक छन्

 

१६४ - प्रसिद्ध बौद्ध धार्मिक स्थल गोटीहवा कुन जिल्लामा पर्दछ ? कपिलवस्तु 

 

१६५ - महाभारतमा कति श्लोक छन ? १,००,००० 

 

१६६ - बुढा सुब्बाको मन्दिरमा के–को बली दिइन्छ ? सुँगुर  

 

१६७ - गोरखाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ? मगर 

 

१६८ - राम लक्ष्मणले पंचवटीमा बनाएको मन्दिर कहाँ पर्दछ ? गोदावरी नदीको किनारमा

 

१६९ - गौतम बुद्धको बदनाम गर्न बुद्धकी पत्नी हुँ भनी सार्वजनिक गर्ने महिला को हुन् ? चिचा माणविका 

 

१७० - हरिहर क्षेत्र र आदीप्रयाग भन्नाले नेपालको कुन तीर्थस्थललाई जनाउँछ ? देवघाट 

 

१७१ - नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पूजा कहिले रोकिएको थियो ? वि.सं. २०६५ पुस १७ 

 

१७२ - हिन्दू दर्शनका ६ वटा शास्त्रहरू मध्ये ३ वटा शास्त्र र तीनको प्रर्वतकका सम्बन्धमा तलका मध्ये कुन ठीक छ ? क. वैशेसिक शास्त्र–कणाद   ख. उत्तर मिमांसा वेदान्त–व्यास  ग. पूर्व मिमांशा–जौमिनी    घ. उल्लिखित सबै ठीक छन् 

 

१७३ - शैलेश्वरी भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ? डोटी

  

१७४ - उग्रतारा देवीको मन्दिर नेपालको कुन जिल्लामा रहेको छ ? डडेलधुरा 

 

१७५ - संसारको सबै भन्दा ठूलो धार्मिक ग्रन्थ मानिएको महाभारतको रचना कसले गरेका थिए ? वेदव्यास   

 

१७६ - सितलादेवीको बहान के हो ? गधा 

 

१७७ - जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ? तिर्थङ्कर 

 

१७८ - स्वयम्भुका दुई आँखालाई केको प्रतीक मानिन्छ ? करूणा र ज्ञान   (२०६८, लो.से.आ.) 

 

१७९ - श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिइएको हो ? स्कन्द पूराण 

 

१८० - वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ

 

१८१ - काम देवको वाहन के हो ? सुगा 

 

१८२ - त्रिपिटक महाविहार कहाँ पर्दछ ? तिब्बत 

 

१८३ - भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ? साकेत 

 

१८४ - मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ? केशव 

 

१८५ - विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ अवस्थित छ ? लुम्बिनीमा

 

१८६ - हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ? श्रीलंका 

 

१८७ - सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ? छिन्नमस्ता

 

१८८ - धिरधाम दार्जिलिङ्ग, बाजुवराह रोल्पा, धुलेश्वर दैलेख तथा कंकालिमाई बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ? पाल्पा 

 

१८९ - मोदीबेनी पर्वत, पञ्चदेवल कालिकोट, दाउन्नेगढी नवलपरासी तथा गलेश्वर धाम म्याग्दी जिल्लामा पर्दछन् भने बडिमालिका तिर्थस्थल कुन जिल्लामा पर्दछ ? बाजुरा 

 

१९० - पूर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ? हलेसी

 

१९१ - कलश कुन देवताका प्रतिक मानिन्छ ? बरूण 

 

१९२ - देवताहरूका बैद्य भनेर कसलाई चिनिन्छ ? अस्वीनिकुमार

 

१९३ - शिख धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिवको प्रथम खण्डलाई के भनिन्छ ? पहला महला

 

१९४ - द्वारिकापुरिमा स्थापित शारदा मठमा कुन वेदको प्रचार–प्रसार हुन्थ्यो ? सामवेद 

 

१९५ - शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ? फोग्यु

 

१९६ - मुसलमानहरूको पवित्र तीर्थस्थल “मक्का” कुन देशमा पर्दछ ? साउदी अरब

 

१९७ - पूराणहरूमध्ये सबैभन्दा कान्छो पूराण वा १८ औं पूराणको नाम के हो ? अग्नि पूराण 

 

१९८ - रामले स्थापना गरेको शिवलिगंलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिवलिगंलाई के भनिन्छ ? अनुमति

 

१९९ - नेपालको सबभन्दा पूरानो धर्म कुन हो ? शैव   (२०६९, लो.से.आ.)   

 

२०० - पाण्डवहरू कुन वंशका थिए ? कुरूवंश 

 

२०१ - अनुलोम र प्रतिलोम केसँग सम्बन्धित छन ? विवाह 

 

२०२ - साउने सक्रान्तिलाई के पनि भनिन्छ ? कर्कट सक्रान्ति 

 

२०३ - शिखहरूको पवित्र पंक्षी कुन हो ? बाज 

 

२०४ - गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ? ऋग्वेद 

 

२०५ - हिन्दु र बौद्ध धर्मका साझ देवता भनेर कसलाई बुझिन्छ ? मच्छिन्द्रनाथ 

 

२०६ - मुक्तिनाथमा कसको मूर्ति रहेको छ ? विष्णु भगवान 

 

२०७ - कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ? मस्टो 

 

२०८ - जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ? नेपालगंज 

 

२०९ - महादेवको घाँटीमा रहेको नागको नाम के हो ? वासुकी 

 

२१० - अक्षय तृतीया कहिले पर्छ ? वैशाख शुक्ल तृतीया 

 

२११ - हिन्दु धर्म अनुसार दश दान कर्म कहिले सम्पन्न गरिन्छ ?  मर्ने बेलामा

 

२१२ - नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ? आर्यवल्लभ 

 

२१३ - पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ? करिव ६४२ हेक्टर 

 

२१४ - मुसलमानहरूले महिनाभरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ? रोजा 

 

२१५ - चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ? ऋग्वेद 

 

२१६ - इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट वनेको थियो जुन बज्रले बृत्तासुरलाई मारेका थिए ? दधिचि

 

२१७ - दुर्गा सप्तशती चण्डी कुन पूराणबाट लिएको हो ? मार्कण्डेय पूराण

 

२१८ - समुन्द्र मन्थन गर्दा निस्किएकी परी रम्भा हुन् भने बिष कुन हो जसलाई भगवान शिवजीले सेवन गरेका थिए ? कालकुट 

 

२१९ - रामायणको कुन काण्डमा श्रीरामको जन्म भएको उल्लेख छ ? बाल काण्ड 

 

२२० - भगिरथ भन्नाले केलाई चिनिन्छ ? परिश्रमी 

 

२२१ - ढुण्डिराज कुन देवताको उपनाम हो ? गणेश   

 

२२२ - भगवान श्रीकृष्णले कंशलाई मारेपछि मथुराका राजा को भएका हुन् ? उग्रसेन 

 

२२३ - रत्नाकर अर्थात महर्षि बाल्मिकीद्वारा लिखित रामायणमा कति काण्ड छन ? ७ 

 

२२४ - आफ्ना पितालाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जाति कै बिनास गर्छु भनेर सर्पेष्टि यज्ञ गर्ने व्यक्ति को हुन् ? जन्मेजय 

 

२२५ - धृतराष्ट्र तथा पाण्डुका पिता को हुन् ? विचित्रबिर्य

 

२२६ - लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ? अश्विनीकुमार 

 

२२७ - द्वैपायन भनेर चिनिने महर्षी वेदव्यासकी श्रीमती को थिइन् ? पिगंला (बेश्या) 

 

२२८ - पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ? दुशासन 

 

२२९ - पूराणहरू १८ वटा छन् भने, उपपूराण कतिवटा छन् ? १८

 

२३० - विद्याकी देवी सरस्वतीलाई सेतो रंग मन पर्दछ भने शनीलाई कस्तो रंग  मन पर्दछ ? कालो 

 

२३१ - रामचन्द्रले १४ वर्षसम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ? चित्रकुट

 

२३२ - स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ? थाईल्याण्ड 

 

२३३ - रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ? खर र दुषण 

 

२३४ - युधिष्ठिरका तर्फबाट द्रौपदीले प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ? क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन

 

२३५ - अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ? परिक्षित

 

२३६ - गुप्तवासमा बस्दा युधिष्ठिर कंक तथा द्रौपदी सैरिन्द्री भएर भेष बदलेका थिए भने भिम, अर्जुन, नहकुल, सहदेवले क्रमशः कुन नामले भेष बदलेका थिए ? क्रमशः बल्लभ, बृहन्नला, अरिष्ठनेमी (ग्रन्थिक) र तन्त्रिपाल 

 

२३७ - कुम्भकर्णका छोराहरू को–को हुन् ? कुम्भ र निकुम्भ

 

२३८ - भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने नाट्यावस्थालाई के भनिन्छ ? नटराज

 

२३९ - त्री दुःख भित्र तलका मध्ये कुन पर्छ ? क.  आदिभौतिक ख  आदिदैविक    ग.  आध्यात्मिक   घ.  उल्लिखित सबै पर्छन 

 

२४० - रामायणका अनुसार रावणले सीता हरण गरेर लगेको स्थान कुन हो ? पञ्चवटी 

 

२४१ - अर्थव वेदमा उल्लेख भए अनुसार इन्द्रको धनु कसले बनाएका हुन् ? अनु 

 

२४२ - कृष्णका गुरु सान्दिपनी हुन् भने कौरवका कुल गुरु को हुन् ? कृपाचार्य 

 

२४३ - भीष्म पितामहको अर्को नाम के हो ? देवब्रत तथा गाँगेय

 

२४४ - भिमकी श्रीमती हिडिम्बा हुन् भने हिडिम्बाका पुत्र को हुन् ? घटोत्चक 

 

२४५ - पाण्डवहरूका पाँचभाई पुत्रहरू निदाएको बेलामा हत्या गर्ने पात्र को हुन् ? अश्वस्थामा 

 

२४६ - सीता हरण गरेपछि रावणले सर्वप्रथम केलाई मारेका थिए ? जटायु 

 

२४७ - भिमसेनका नाति को हुन् ? पर्वरिक 

 

२४८ - राजा जरासन्धलाई खुट्टा फट्याएर मार्ने  व्यक्ति को हुन् ? भिमसेन 

 

२४९ - वसुदेव श्रीकृष्णका पिता हुन् भने बलराम को हुन् ? दाजु 

 

२५० - इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 

 

२५१ - वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ? २५,५०, ७५ र सो भन्दा माथि 

 

२५२ - हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्दछ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ? धर्म, अर्थ, काम र मोक्ष 

 

२५३ - वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ? ४ वर्ण ३६ जात 

 

२५४ - हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ? वेद

 

२५५ - हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ? बैद्धिक धर्म 

 

२५६ - कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ? कार्तिक शुक्ल अष्टमी

 

२५७ - आर्यहरूले सर्वप्रथम रचना गरेको वेद ऋग्वेद हो भने, ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ? सरस्वती 

 

२५८ - भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ? बैदेही 

 

२५९ - राम र सीता बीच कुन विवाह भएको थियो ? पराक्रम विवाह 

 

२६० - पूराण र उपपूराण १८/ १८ वटा छन् भने, उपनिषद कति वटा छन ? १०८

 

२६१ - जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ? तीर्थाङ्कर

 

२६२ - महाविर जैन कति औं तीर्थाङ्कर हुन् ? चौबिसौं

 

२६३ - इसाई धर्मका प्रवर्तक इसा मसिह हुन् भने उनले कहाँ बसेर आफ्नो उपदेश सुनाएका थिए ? इजरायलको जेरूसेलम

 

२६४ - यहुदी धर्मावलम्वीहरूलाई कुन जातीय नामले पुकारिन्छ ? हिब्रु 

 

२६५ - यहुदी धर्मको धर्मग्रन्थ लेख्ने व्यक्ति को हुन् ? हजरत मुसा 

 

२६६ - कन्फ्युसियस धर्म र ताओधर्म चीनमा उत्पत्ति भएका हुन्, भने शिन्तो धर्म कहाँ उत्पत्ति  भएको हो ? जापान

 

२६७ - एउटै मात्र भगवान मान्ने मुस्लिमहरू (ईश्लामहरू) ले केलाई देवताको बोली मान्छन् ? कुरान 

 

२६८ - गौरीशंकर हिमाललाई के को प्रतिक मानिन्छ ? शिव पार्वती

 

 

 

२७१ - जैन धर्मको धार्मिक ग्रन्थ वचानामृत हो भने यहुदी धर्मको के हो ? कैवाला 

 

२७२ - नेवार समुदायमा कन्याको मासिक धर्म सुरू हुनु अगाडि नै बेलसँग गरिने विवाहलाई के भनिन्छ ? इहि विवाह 

 

२७३ - बैशाख महिनाका देवता मधुसुदन, भाद्र्रमहिनाका ऋषिकेश हुन् भने कार्तिक महिनाका देवता को हुन् ? दामोदर 

 

२७४ - बिष्णुका १० अवतार मध्ये प्रथम मत्स्य हो भने दशौं कुन हो ? कल्की

 

२७५ - सबै भन्दा ठूलो पूराण स्कन्द पूराण ८१०००) श्लोक हो भने सबै भन्दा सानो पूराण कुन हो ? अग्नि पूराण

 

२७६ - कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो ? बेल र रूद्राक्ष 

 

२७७ - शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोशेरो हो भने शनिको बहान के हो ? गिद्ध

 

२७८ - त्रिकुटमा के के पर्दछन् ? पिपला, सुठो र मरिच 

 

२७९ - पाथिभरा तिर्थस्थल कहाँ पर्दछ ? ताप्लेजुङ   

 

२८० - महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबै भन्दा शक्तिशाली हतियार कुन हो ? पशुपताश्त्र

 

२८१ - कुन दिनबाट उत्तरायण शुरू हुन्छ ? माघे संक्रान्ति 

 

२८२ - सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन ? बैशाख १

 

२८३ - भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ ? कुसे औंसी 

 

२८४ - नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ ? लक्ष्मी 

 

२८५ - हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ ? यमराज 

 

२८६ - वेद ४ वटा छन् भने उपवेद कति वटा छन् ? ४ (२०७२, लो.से.आ.) 

 

२८७ - शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ ? विष्णु 

 

२८८ - युगको आवश्यकता अनुसार बिष्णु भगवानको विभिन्न अवतारमा पृथ्वीमा अवतरण हुन्छ भनी कुन धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ ? वेद 

 

२८९ - हिन्दु धर्मावलम्वीहरू हरिहर, पाशुपत, शैव र बैष्णव गरी चार सम्प्रदायमा बिभक्त छन् भने बौद्ध धर्मालम्वीहरू कति सम्प्रदायमा बिभक्त छन ? तीन 

 

२९० - नेपालमा बौद्धमार्गी कुन कुलकी पुत्रीलाई कुमारी बनाई हिन्दु एवं बौद्धमार्गी दुवैले पुजा गरी टिका ग्रहण गर्ने चलन छ ? शाक्य 

 

२९१ - बैष्णव र शैवको मिश्रण बिष्णु र महादेवको एक रूप कुन धार्मिक सम्प्रदायको साक्षत रूप हो ? हरिहर सम्प्रदाय

 

२९२ - नेपालको धार्मिक इतिहासमा धार्मिक सहिष्णुता र सह–अस्तित्वको विजारोपण कुन कालमा भएको पाइन्छ ? लिच्छवी काल

 

२९३ - बौद्ध, शैव र बैष्णव समुदायले आ–आफ्नो इष्ट देवता मानी कुन देवताको पुजा गर्दछन ? मछिन्द्रनाथ 

 

२९४ - बिष्णुको धनुलाई सारङ्ग र चक्रलाई शुदर्शन भनिन्छ भने गधालाई के भनिन्छ ? कौमुदकी 

 

२९५ - विवाह पूर्व कुन्तिले कोसँग संसर्ग गरी कर्णलाई जन्म दिएकी थिइन ? सूर्य   

 

२९६ - श्रीकृष्णको शंखलाई पाञ्चजन्य, अर्जुनको शंखलाई देवदत्त भनिन्छ भने, युधिष्ठिरको शंखलाई के भनिन्छ ? अनन्त विजय 

 

२९७ - बिष्णुको खड्गलाई नन्दक, रामको धनुलाई अजगव भनिएझै अर्जुनको धनुलाई के भनिन्छ ? गाण्डीव 

 

२९८ - छठ पर्व कहिले मनाइन्छ ? बैशाख शुक्ल षष्ठी 

 

२९९ - बाला चतुर्दशी मार्ग शुक्ल चतुर्दशीमा पर्दछ भने, विवाह पंचमी कहिले पर्दछ ? मंसिर वा मार्ग शुक्ल पंचमी 

 

३०० - धान्य पूर्णिमा मार्ग शुक्ल पूर्णिमामा पर्दछ भने श्रीपंचमी वा वसन्त पंचमी वा सरस्वती पूजा कहिले पर्दछ ? माघ शुक्ल पंचमी 

 



  • Reviews (1)
  • Akash
  • 4 Years, 2 Weeks ago

good

Leave a review

To leave a review, please login to your account. Login