- Home
- Show Content
TSC Model set 23
TSC Model set 23
TSC Model set 23
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 23 (50x2 = 100)
१. सौर्यमण्डलको सबैभन्दा ठूलो प्राकृतिक उपग्रह कुन हो?
क) टाइटन
ख) फोबोस
ग) ग्यानिमिड
घ) ट्राइटन
२. एसिया महादेशको सबैभन्दा लामो हिमनदी कुन हो?
क) हवार्ड
ख) भट्नाजोकुल
ग) सियाचेन
घ) पेरिटो मोरिनो
३. आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो?
क) जाभा ट्रेन्च
ख) मोलिद्विप
ग) मारियाना ट्रेन्च
घ) पूटोरिको द्विप
४. माई पोखरी कुन जिल्लामा अवस्थित छ?
क) मोरङ
ख) भोजपुर
ग) इलाम
घ) सुनसरी
५. बागमती प्रदेशमा कतिओटा स्थानीय तह रहेको छ?
क) ११९
ख) १३६
ग) १३७
घ) १०९
६. लाइब्रेरी पर्वको पोल खोल्ने व्यक्ति को थिए?
क) रामहरि अधिकारी
ख) मुरलीधर पण्डित
ग) रामचन्द्र अधिकारी
घ) रामहरी जोशी
७. 2068 को जनगणना अनुसार नेपालमा किराँत धर्म मान्ने जनसंख्या कति प्रतिशत रहेको छ?
क) 3
ख) 3.1
ग) 3.2
घ) 3.3
८. 'कुलेखानी-१' जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति मेगावाट रहेको छ?
क) ३२
ख) ५२
ग) ६०
घ) ७०
९. अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो?
क) चिन
ख) जापान
ग) अमेरिका
घ) भारत
१०. जैविक र अजैविक पक्षहरूसँग सम्बन्धित वातावरणको कार्यगत एकाइलाई के भनिन्छ?
क) खाद्य श्रृंखला
ख) खाद्य जाल
ग) जीव-भूरासायनिक
घ) पारिस्थितिक प्रणाली
११. विद्युत बल्वको आविष्कार गर्ने वैज्ञानिक को हुन्?
क) माइकल फराडे
ख) आर्किमिडिज
ग) जोन डाल्टन
घ) थोमस अल्भा एडिसन
१२. तलको मध्ये कुन पञ्चशीलको सिद्धान्त होइन?
क) एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने।
ख) अन्तराष्ट्रिय समस्या र विवादको शान्तिपूर्ण समाधान गर्ने।
ग) समानता र पारस्परिक हित कायम गर्ने।
घ) शान्तिपूर्ण सह-अस्तित्व लाई स्वीकार गर्ने
१३. श्रीलंकाको मुद्रालाई के भनिन्छ?
क) रुपये
ख) रुफिया
ग) रुपि
घ) नेगुल्टम
१४. आगामी संस्करणको ३३ औं ओलम्पिक खेल २०२४ कहाँ हुँदैछ?
क) बेइजिङ
ख) पेरिस
ग) न्यूयोर्क
घ) लन्डन
१५. २०७८ असार सम्म नेपालका कति जिल्ला साक्षर घोषित भएका छन्?
क) ५१
ख) ५३
ग) ५५
घ) ५४
१६. तलका मध्ये EDUCATION शब्दका उत्पत्तिका LATIN WORD हरूसंग असम्बन्धित कुन छ?
क) educatum
ख) educare
ग) Educere
घ) Educum
१७.नेपालमा राष्ट्रिय बाल दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो ?
क) वि.स. २०२० भाद्र ५
ख) वि.स. २०२१ भाद्र ४
ग) वि.स. २०२१ साउन ५
घ) वि.स. २०२१ साउन ४
१८. उत्तर बाल्यावस्थालाई कुन रूपमा चिनिन्छ?
क) एकल उमेर
ख) समूह उमेर
ग) वैयक्तिक उमेर
घ) सोचनीय उमेर
१९. तलको मध्ये जन्म पूर्वको अवस्था मा कुन पर्दैन?
क) डिम्वावस्था
ख) भ्रूणावस्था
ग) फेटसको अवस्था
घ) क्रोमोजोमको अवस्था
२०. उत्तरवाल्यवस्थाका बालबालिकाहरुलाई शिक्षक र अभिभावकले तलको मध्ये कस्तो व्यवहार गर्नुहुँदैन?
क) तुलना गर्ने
ख) हिनताबोध गर्ने
ग) बढी दबाब दिने
घ) माथिका सबै
२१. तलको मध्ये कुन सुन्य स्थानान्तरणको उदाहरण हो?
क) साइकल चलाउन जान्नेले मोटरसाइकल चलाउनु
ख) संस्कृत मात्र पढेको व्यक्तिले अङ्ग्रेजी सिक्नु।
ग) राम्रो खेल खेल्नेले राम्रो कविता रचना गर्नु।
घ) माथिका सबै।
२२. मान, सम्मान,पद सम्बन्धी उत्प्रेरणा तलको मध्ये कुन प्रकारको उत्प्रेरणा हो?
क) शारीरिक
ख) आर्जित
ग) प्राथमिक
घ) प्राकृतिक
२३. शिक्षकले आकस्मिकताको व्यवस्थापकको भूमिका निर्वाह गर्नु कुन सिकाइका शैक्षणिक उपयोग हो ?
क) शास्त्रीय सम्बद्ध प्रत्यावर्तन
ख) कार्यपरक सम्बद्ध प्रत्यावर्तन
ग) अन्तर्दृष्टि सिकाइ
घ) क र ख दुवै।
२४. तलको मध्ये कुन मनोवैज्ञानिकले पाचन प्रणाली सम्बन्धी अध्ययन गरे बापत सन् 1904 मा नोबेल पुरस्कार पाएका थिए?
क) B. F Skinner
ख) E.E. Thorndike
ग) Ivan P. Pavlov
घ) Max Wertheimer
२५. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा कक्षा १देखि ३ सम्म बार्षिक कति कार्य घण्टाको पठनपाठन गर्नुपर्ने उल्लेख छ?
क) ८३२
ख) ८६४
ग) ९२४
घ) १०२४
२६. पाठ्यक्रम निर्माणमा लम्बिय समन्वय भन्नाले के बुझिन्छ?
क) अघिल्लो र पछिल्लो कक्षाका अनुभव बिचको सामिप्यता
ख) एउटै कक्षाका विभिन्न विषयवस्तु विचको सामीप्यता
ग) एउटै पाठका विषयवस्तु बीचको सामिप्यता
घ) माथिका सबै ।
२७. आधारभूत शिक्षा (कक्षा ६ देखि ८) को पाठ्यक्रम संरचनामा मातृभाषा वा स्थानीय बिषयलाई कति पाठ्य घण्टा छुट्याइएको छ?
क)३
ख) ४
ग) ५
घ) ६
२८. तलका मध्ये कुन श्रव्यदृश्य सामग्री होइन?
क) टेलिभिजन
ख) फिल्म
ग) कम्प्युटरमा आधारित सिकाइ सामग्री
घ) ग्राफ
२९. वार्षिक कार्य योजना भन्नाले के बुझिन्छ?
क) प्रत्येक विषयको एक शैक्षिक सत्र भित्र पढाउने योजना।
ख) एक शैक्षिक सत्र भित्र विद्यालयमा गरिने सम्पूर्ण क्रियाकलाप।
ग) वार्षिक पाठ योजना
घ) माथिका सबै।
३०. मूल्यांकनमा विशिष्टीकरण तालिकाले कुन प्रकारको बैधताको सुनिश्चित गर्छ?
क) रचनात्मक
ख) समवर्ती
ग) पूर्व सूचनात्मक
घ) विषयगत
३१. मापनको सन्दर्भमा कुन ठिक छ?
क) यसले मानव व्यवहारको सम्पूर्ण पक्षको लेखाजोखा गर्छ।
ख) यसले तुलनात्मक अध्ययन गर्छ।
ग) यसले अंकको व्याख्या गर्छ।
घ) यो परिमाणात्मक र संख्यात्मक हुन्छ।
३२. कक्षाकोठा व्यवस्थापनमा समावेशीकरण गर्दा सबैभन्दा बढी जोड दिनुपर्ने पक्ष कुन हो?
क) कार्य उत्तरदायी तालिका
ख) नियमको व्यवस्था
ग) बालमैत्री कक्षाकोठा
घ) बसाईको व्यवस्था
३३. विपदको मानवीय कारण तलको मध्ये कुन होइन?
क) युद्ध
ख) आणविक हमला
ग) हिंसा
घ) सुनामी
३४. नेपालमा घुम्ती शिक्षक तालिमको कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो?
क) वि.स. 2014
ख) वि.स. 2013
ग) वि.स. 2012
घ) वि.स. 2011
३५. नेपालमा शैक्षिक अनुसन्धानको सुरुवात कहिलेदेखि भएको मानिन्छ?
क) वि.स. 2014
ख) वि.स. 2013
ग) वि.स. 2012
घ) वि.स. 2011
३६. तपाईंको घरमा भएको कम्प्युटरमा इन्टरनेट जोड्न चाहिने उपकरण कुन हो?
क) Peripheral
ख) Modem
ग) Gateway
घ) Monitor
३७. MS EXCEL AT DATA CT SERIES लाई छिटो COMPLETE गर्ने FEATURE कुन हो?
क.auto complete
ख) Auto fill
ग) fill handle
घ) sorting
३८. एउटा WORD DOCUMENT मा WATERMARK को रुपमा के को प्रयोग गर्न सकिन्छ?
क) text
ख) Image
ग) क र ख दुवै
घ) माथिका कुनै पनि होइनन्।
३९. MS POWERPOINT मा नयाँ PRESENTATION को सिर्जना ( CREATION) तलको मध्ये के बाट गर्न सकिन्छ?
क) blank presentation
ख) existing presentation
ग) design template
घ) माथिका सबै।
४०. AVAST के को उदाहरण हो?
क) photo editing software
ख) quick heal
ग) virus
घ) antivirus
४१. 'प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ।” यो नेपालको संविधानको कुन हकमा लेखिएको छ?
क) बालबालिकाको हक
ख) सामाजिक न्यायको हक
ग) न्यायसम्बन्धी हक
घ) समानताको हक
४२. शिक्षा ऐन 2028(संशोधन सहित) अनुसार माध्यमिक शिक्षा परीक्षाको कुन कार्य गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहने व्यवस्था छ?
क) संचालन
ख) सञ्चालन र समन्वय
ग) समन्वय र व्यवस्थापन
घ) क र ग दुवै
४३. शिक्षा नियमावली 2059 (संशोधन सहित) अनुसार प्रधानाध्यापक पदमा नियुक्तिका लागि सिफारिस गर्न अनुसूची १३ बमोजिम छनौटका आधारहरूबाट सय पूर्णांकमा कम्तिमा कति अङ्क ल्याउनैपर्ने प्रावधान छ?
क) ५०
ख) ६०
ग) ७५
घ) ४०
४४. शिक्षक सेवा आयोग नियमावली 2059 (संशोधन सहित) अनुसार अध्यापन अनुमतिपत्रको लागि हुने परीक्षाको पूर्णाङक सय भए उत्तीर्णाङ्क कति हुने व्यवस्था छ?
क) ३५
ख) ४०
ग) ५०
घ) ६०
४५. स्थानीय सरकार संचालन ऐन 2074 अनुसार गाउँपालिका वा नगरपालिकाका वडाको कार्यमा तलको मध्ये कुन पर्छ?
क) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने
ख) विद्यालय कक्षा थप गर्न सिफारिस गर्ने
विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने
घ) माथिका सबै।
४६. नमिल्दो एउटा पहिचान गर्नुहोस् ?
क) शशी
ख) इन्दु
ग) धरणी
घ) निशाकर
४७. MENU: FOOD::CATELOGUE:?
क) Rack
ख) Newspaper
ग) Library
घ) Books
४८.
क. A
ख. B
ग. C
घ. D
४९. यदि कुनै कोडमा DRIVER = 12, PILOT 10, SHOPKEEPER= 20 भए सोही कोडमा TEACHER बराबर कति हुन्छ?
क) 13
ख) 14
ग) 15
घ) 16
५०. 2,15,41,80……….
क. 130
ख. 132
ग. 133
घ. 134
facebook :


- Reviews (0)
Nothing Found...Leave a review