- Home
- Show Content
TSC Model set 39
TSC Model set 39
TSC Model set 39
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 39 (50x2 = 100)
1. माइक्रोसफ्ट पावरपोइन्टको फाइलको एक्सटेन्सन के हुन्छ ?
क) .exe
ख) .ppx
ग) .doc
घ) .pptx
2. Global 500 कुन क्षेत्रमा दिइने पुरस्कार हो ?
क) नेतृत्व
ख) विश्व शान्ति
ग) सहयोगी संस्था
घ) वातावरण
3. काठमाडौं चक्रपथको लम्वाई कति छ ?
क) २८.५ किमि
ख) २७.२ किमि
ग) २२.७ किमि
घ) २३.७ किमि
4. १५ औं योजनाले यस योजनाको अन्तसम्ममा १५ बर्ष माथिको साक्षरता दर कति प्रतिशत पुयाउने लक्ष्य राखेको छ ?
क) ९० प्रतिशत
ख) ९९.५ प्रतिशत
ग) ९२.३ प्रतिशत
घ) ९५ प्रतिशत
5. तलको चित्रको क्रम पुरा गर्नुहोस् ।
क. A
ख. G
ग. K
घ. F
6. मान्छे : भिड : : रुख : ?
क) लहर
ख) झाङ्ग
ग) घारी
घ) थुप्रो
7. शिक्षक सक्षमताको प्रारूप, २०७२ अनुसार शिक्षकमा हुनुपर्ने ८ सक्षमतामध्ये तलको कुन होइन ?
क) विषयवस्तुको ज्ञान
ख) मूल्यांकुन प्रक्रियासम्वन्धी ज्ञान
ग) सञ्चार र सहकार्य
घ) बालबालिका सम्वन्धी ज्ञान
8. पाठ्यपुस्तकको फाइदा तलका मध्ये कुन हो ?
क) विद्यार्थीको क्रियाकलापलाई स्वनिर्देशित बनाउन प्रोत्साहित गर्न
ख) शिक्षणलाई व्यवस्थित बनाउन र सक्रिय सिकारुलाई प्रोत्साहित गर्न
ग) विद्यार्थीहरूलाई स्वअध्ययनमा सहयोग गर्न
घ) माथिका सबै
9. पाठ्यक्रम विकास गर्दा पाठ्यक्रमको मस्यौदा माथि छलफल गर्न गरिने शिक्षक कार्यशाला पश्चात् गरिने काम के हो ?
क) सरोकारवालालाई जानकारी
ख) बिषय समितिमा छलफल
ग) समन्वय समितिमा छलफल
घ) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकुन परिषद्मा छलफल
10. बान्डुराको अनुकरणात्मक सिकाइको पहिलो चरण के हो ?
क) ध्यान दिनु
ख) प्रेरणा
ग) पुनउत्पादन गर्नु
घ) धारण गर्नु
11. सिकाइ प्रक्रियाको पहिलो पक्ष कुन हो ?
क) प्रेरणा
ख) मनोरन्जन
ग) प्रतिक्रिया
घ) लक्ष्य निर्धारण
12. आन्तरिक उत्प्रेरणा ल्याउने प्रेरकमा तलका मध्ये कुन पर्दैन ?
क) भोक र तिर्खा
ख) निद्रा र यौन तृष्णा
ग) सुरक्षा, मान्यता र उपलब्धी
घ) क्रोध र प्रेम
13. मानव विकासमा पुरानो स्वरूप हराउदै र नयाँ स्वरूपको अधिग्रहण गर्ने कार्य तलका मध्ये कुनमा निर्भर गर्दछ?
क) वातावरण
ख) परिपक्वता
ग) सिकाई
घ) माथिका सबै
14. कक्षा १ मा कहिलेदेखि अंग्रेजी विषयलाई अनिवार्य गरियो ?
क) २०५०
ख) २०५१
ग) २०५२
घ) २०६०
15. 'लोलुफेरा' अभियान के सँग सम्वन्धित छ ?
क) जातिय संरक्षण
ख) पदयात्रा
ग) हरितगृह प्रभाव
घ) हिमाल बचाउ अभियान
16. सन् २०२० को शुरुवातसंगै चीनबाट फैलिएको कोरोना भाइरसलाई के नाम दिइएको छ?
क) कोरोना - ९०
ख) कोरोना - १९
ग) कोभिड-९०
घ) कोभिड-१९
17. चालु बजेट २०७६/७७ को आकार कति छ ?
क) १५ खर्व, ३२ अर्व, ९६ करोड, ७१ लाख
ख) १५ खर्व, ३३ अर्व, ९५ करोड, ७१ लाख
ग) १५ खर्व, ३१ अर्व, ९६ करोड, ६१ लाख
घ) १५ खर्व, ३० अर्व, ९४ करोड, ७१ लाख
18. विश्व बैंकको मुख्यालय कहाँ रहेको छ ?
क) स्विजरल्याण्ड
ख) वेलायत
ग) अमेरिका
घ) सिंगापुर
19. संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र कति थिए ?
क) ६५
ख) ५६
ग) ५०
घ) ५१
20. जनगणना २०६८ अनुसार प्रति परिवार औषत संख्या कति छ ?
क) ४.८८
ख) ४.६५
ग) ४३
घ) ५.४
21. तलको प्रश्न चिन्ह भएको ठाउमा उपयुक्त अंक भर्नुहोस् ?
क) 13
ख) 10
ग) 9
घ) 15
22. तलको चित्र पुरा गर्नुहोस् ।
क) A
ख) B
ग) C
घ) D
23. नेपालको प्रमुख दलहन बाली कुन हो?
क) चना
ख) मुसुरो
ग) केराउ
घ) दाल
24. कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए ?
क) कालु पाँडे
ख) भिमसेन थापा
ग) फत्तेजंग शाह
घ) माथवरसिंह थापा
25.'जय नेपाल' शब्दको पहिलोपटक प्रयोग गर्ने को थिए ?
क) राजा त्रिभुवन
ख) गंगालाल श्रेष्ठ
ग) शुक्रराज शास्त्री
घ) मातृकाप्रसाद कोइराला
26. सर्वप्रथम शिलालेख स्थापना गर्ने राजा को हुन् ?
क) मानदेव
ख) अंशुवर्मा
ग) यक्ष मल्ल
घ) भुक्तमान
27. गौरीशंकर हिमाललाई अर्को के नामले पनि चिनिन्छ ?
क) शिवपुरी
ख) शिवालिक
ग) नेपाल हिमाल
घ) पाथीभारा
28. हावापानी तथा माटोको विविधताका आधारमा नेपालको बनलाई कति भागमा बॉड्न सकिन्छ ?
क) ३
ख) ४
ग) ५
घ) ६
29. नेपाल एशियाको कुन भागमा अवस्थित छ ?
क) मध्य
ख) पूर्वी
ग) पश्चिमी
घ) दक्षिणी
30. अर्न्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त हुने गरी विश्वलाई कति वटा समय क्षेत्रमा विभाजन गरिएको छ ?
क) १२
ख) २४
ग) १५
घ) ३६
31. एसिया र युरोप महादेशको सिमानामा कुन पर्वत रहेको छ ?
क) रकिज
ख) एन्डिज
(ग) युराल
घ) एल्सवर्ग
32. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
क) १.३ सेकेण्ड
ख) २ मिनेट
ग) ०.५ सेकेण्ड
घ) ८ मिनेट २० सेकेन्ड
33. सौर्यमण्डलमा नपर्ने तलका मध्ये कुन हो ?
क) ग्रह
ख) धुम्रकेतु
ग) शिशु ग्रह
घ) तारापुन्ज
34. स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानिय तहलाई कस्ता प्रकारका विद्यालयको स्थापना, अनुमति, संचालन,व्यवस्थापन र नियमनको अधिकार प्रदान गरेको छ ?
क) सामुदायिक, संस्थागत र गुठी
ख) संस्थागत, गुठी र सहकारी
ग) संस्थागत र सामुदायिक
घ) सामुदायिक, संस्थागत, गुठी र सहकारी
35. शिक्षक छनोट गर्दा शिक्षक सेवा आयोग नियमावलीले प्रयोगात्मक परीक्षा सम्वन्धी कस्तो व्यवस्था गरेको छ ?
क) अनिवार्य
ख) परीक्षार्थीको अंक बराबरको भएको स्थितिमा
ग) सामान्य परीक्षामा अंक जुधेमा
घ) विषयको प्रकति हेरी आवश्यक ठानेमा
36. शिक्षक निवृत्तिभरण सम्वन्धी व्यवस्था शिक्षा नियमावलीको कुन नियममा गरिएको छ ?
क) ११३
ख) ११४
ग) ११५
घ) ११६
37. राष्ट्रिय परीक्षा बोर्डको सदस्य-सचिव भई कसले कार्य गर्दछ ?
क) मन्त्रालयको सचिव
ख) मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने)
ग) मन्त्रालयले तोकेको बोर्डको कर्मचारीहरूमध्ये बरिष्ठ कर्मचारी
घ) महानिर्देशक, परीक्षा बोर्ड
38. प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी नेपालको संविधानको कुन धारा र उपधारामा उल्लेख गरिएको छ ?
क) धारा ३१ उपधारा २
ख) धारा ३१ उपधारा ३
ग) धारा ३१ उपधारा ४
घ) धारा ३१ उपधारा ५
39. तलका मध्ये कुन आउटपुट डिभाइस होइन ?
क) मोनिटर
ख) माइकोफोन
ग) प्रिन्टर
घ) प्रोजेक्टर
40. स्मार्ट बोर्ड मुख्यतया कुनसँग बढी सम्वन्धित छ ?
क) स्मार्टफोन
ख) इन्टरनेट
ग) टच डिस्प्ले
घ) किबोर्ड
41. पोजेक्टरलाई कम्प्युटरमा जोड्न कुन पोर्टको प्रयोग गर्न सकिन्छ ?
क) प्यारालल पोर्ट
ख) प्रिन्टर पोर्ट
ग) अडियो पोर्ट
घ) भिजिए पोर्ट
42. विद्यालयमा प्रयोग गरिने EMIS सफ्टवेयर कुन प्रोग्रामसँग मिल्दोजुल्दो हुन्छ ?
क) माइक्रोसफ्ट वर्ड
ख) माइक्रोसफ्ट एक्सेल
ग) वर्डप्याड
घ) माइक्रोसफ्ट एक्सेस
43. कुनै सांकेतिक कोडमा २४६८५ लाई ३३७७६ लेखिन्छ भने ३५७९१ लाई कति लेखिएला ?
क) ४४८२६
ख) ४४८८०
ग) ४६६८२
घ) ४४८८२
44. तल दिइएको श्रेणीक्रम पुरा गर्नुहोस्।
४, १२, ३६, १०८, ?
क) २३४
ख) ३२४
ग) २४३
घ) ४३२
45. कुनै संख्याको १५ प्रतिशत १३५ हुन आउछ भने उक्त संख्या कति होला ?
क) १२५०
ख) ८५०
ग) ९००
घ) १३५०
46. 'खण्ड' को 'अखण्ड' जस्तै 'जन्म' को के ?
क) श्रृजना
ख) मृत्यु
ग) अजन्म
घ) गर्भ
47. विषयगत दक्षताका आधारमा शिक्षण गर्ने व्यवस्था कुन हो ?
क) वर्ग शिक्षण
ख) विषय शिक्षण
ग) बहुकक्षा शिक्षण
घ) कक्षा शिक्षण
48. वस्तुगत प्रश्नहरूमध्ये सबैभन्दा बढी विश्वसनिय मानिने प्रश्नको प्रकार कुन हो ?
क) ठीक वेठीक
ख) खाली ठॉउ भर्ने
ग) बहुवैकल्पिक
घ) जोडा मिलाउने
49. तल दिइएका मध्ये शिक्षक केन्द्रित विधिमा कुन पर्दछ ?
क) परियोजना विधि
ख) घटना अध्ययन विधि
ग) समस्या समाधान विधि
घ) निगमन विधि
50. दैनिक पाठयोजना निर्माण गर्दा कुन कुरा ध्यान नदिएपनि हुन्छ ?
क) स्तरीकृत मूल्यांकुन
ख) पाठ्यक्रमका सिकाइ उपलब्धी
ग) पाठ्यपुस्तकको विषयवस्तु
घ) शिक्षक निर्देशिकाको निर्देशन
facebook :


- Reviews (0)
Nothing Found...Leave a review