TSC Model set 45

TSC Model set 45

TSC Model set 45

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 45 (50x2 = 100)

 

 

 

 

१. सूर्यबाट प्राप्त हुने सौर्य उर्जालाई के भनिन्छ ?

क) Insolation

ख) Photosynthesis

 ग) LASER

घ) Ray

 

 

 

२. लण्डन सहर कुन नदीको किनारमा रहेको छ ?

क) थेम्स

ख) मिसिसिपि मिसौरी

ग) हड्सन

घ) मरे डार्लिङ्

 

 

 

३. १ डिग्री अक्षांश रेखा बराबर कति दूरीको फरक पर्दछ ?

क) १०१ कि. मि.

ख) १०६ कि. मि.

ग) १११ कि. मि.

घ) १२१ कि. मि.

 

 

 

४. चुरे पहाडको सर्वोच्च शिखर कुन हो ?

क) ट्याम्के डाँडा

ख) गार्वा

ग) फूलचोकी

घ) सैलुङ

 

 

 

५. समूह । र समूह ।। बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्

समूह ।                      समूह ||

a.बीसहजारी ताल        1. रुपन्देही

b.गैंडहवा ताल            2. कपिलवस्तु

c.जगदीशपुर ताल       3. कैलाली

d.घोडाघोडी ताल       4.चितवन

 

क) a4,b3,c2,d1

ख) a4, b 1,c2,d3

ग) a4,b 1,c3,d2

घ) a4,b3,c1,d2

 

 

 

 

६. प्रधानमन्त्री वीर शमशेरद्वारा वीर अस्पतालको निर्माण कहिले भएको हो।

क) वि. सं. १९४५

ख) वि. सं. १९४६

ग) वि. सं. १९४७

घ) वि. सं. १९४८

 

 

 

७. नेपाल अंग्रेज युद्धको क्रममा जैथकको युद्धमा नेपाली फौजको नेतृत्व कसले गरेका थिए?

क) रणजोर थापा

ख) अमरसिंह थापा

 ग) नयनसिंह थापा

घ) जसपाउँ थापा

 

 

 

८. घाटा बजेटको सिद्धान्त (Deficit Financing) कसले प्रतिपादन गरेको सिद्धान्त हो ?

 क) जे. एम्. किन्स

ख) कार्ल माक्स

ग) एडमस्मिथ

घ) फायर्ड

 

 

 

९. तल दिइएका सडकको लम्बाई कि. मि. का आधारमा लामोबाट छोटो क्रम कुन सही हो?

(क) सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मदन भण्डारी मार्ग, अरनिको राजमार्ग, रत्न राजमार्ग

 

ख) सिद्धार्थ राजमार्ग, रत्न राजमार्ग, पृथ्वी राजमार्ग, मदन भण्डारी मार्ग, अरनिको राजमार्ग

 

ग) सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, मदन भण्डारी मार्ग, रत्न राजमार्ग

 

घ) सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, रत्न राजमार्ग, मदन भण्डारी मार्ग

 

 

 

१०. शुद्ध पानीको pH Scale कति हुन्छ ?

क) pH5

ख) pH 6

ग) pH7

घ) pH8

 

 

 

११. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?

क) इन्फ्रा रेड रेज

ख) गामा रेड रेज

ग)  अरेन्ज रेड रेज

घ)  ग्रीन रेड रेज

 

 

 

 

१२. अफ्रो-एसियाली मुलुकबाट सुरक्षा परिषद्मा कति राष्ट्रको प्रतिनिधित्व रहन्छ ?

क) ३

ख) ४

ग) ५

घ) ६

 

 

 

१३. तलका भनाइ विचार गर्नुहोस् ।

१. सार्क वडापत्रमा ८ वटा धारा छन्।

 

२. सार्क वडापत्रमा नेपालको तर्फबाट राजा विरेन्द्रले हस्ताक्षर गरेका थिए ।

 

३. सबैभन्दा बढी सार्क शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका नेता राजा विरेन्द्र हुन ।

माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् :

क ) भनाइ १, २ र ३ सबै ठिक हुन् ।

 ख) भनाइ १ र २ ठिक र भनाइ ३ गलत हो ।

ग। भनाइ १ र ३ गलत र भनाइ २ ठिक हो।

घ) भनाइ १, २ र ३ सबै गलत हुन् ।

 

 

 

१४. नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो कागजरहित (पेपरलेस) बैठक कहिले - बसेको थियो ?

 क) वि. सं. २०७५/०४/०१

ख) वि. सं. २०७५/०४/०५

ग) वि. सं. २०७५/०४/१०

घ) वि. सं. २०७५/०४/१५

 

 

 

१५. "ग्रेट हिमालयन ट्रेल" के सँग सम्बन्धित छ ?

क ) पर्यटन

ख) राजनीति

ग) स्थानीय विकास

घ) अर्थशास्त्र

 

 

 

१६. Educare को शाब्दिक अर्थ to bring up अथवा ......... र ......... हुन्छ ?

अ) to raise, to lead out

आ) to sraw out, to lead out

इ) to nourish, to lead out

ई) to raise, to educate

 

क) अ

ख) आ

 ग) इ

घ)ई

 

 

 

१७. वर्तमान शैक्षिक संरचना अनुसार प्राविधिक प्रवेशिका कति वर्षको हुने व्यवस्था छ ?

क) १ वर्ष

ख २ वर्ष

ग) ३ वर्ष

घ) ४ वर्ष

 

 

 

१८. “एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउनै पर्दछ । यो भनाइ तलका मध्ये को सँग सम्बन्धित छ ?

क) जोन डिवे

ख) क्रो एण्ड क्रो

ग) प्याब्लब

घ) स्किनर

 

 

 

१९. उत्तरबाल्यवस्थाका केटाकेटीमा नैतिक मनोवृत्ति र व्यवहारलाई निम्नमध्ये कुन कुराले प्रभाव पार्दैन ?

 क) विवेक

ख) दोष र लाज

ग) सामाजिक अन्तरक्रिया

घ) यौन भिन्नता

 

 

 

२०. मानव विकासका सन्दर्भमा तलको कुन भनाई उपयुक्त छ ?

क) विकास + परिपक्वता = सिकाइ

ख) परिपक्वता + सिकाइ = विकास

ग) विकास + सिकाइ = परिपक्वता

घ) वृद्धि + विकास = सिकाइ

 

 

 

२१. पहिले सिकेको सिकाइलाई केही समयको अन्तरमा सिक्न खोज्दा पहिले जुन कममा जसरी सिकेको थियो, त्यहि क्रममा त्यसरी नै जस्ताको त्यस्तै सिक्न सक्नुलाई के भनिन्छ ?

क) पुनः संगठन

ख) पुनः सिकाइ

ग) प्रत्याह्वान

घ) पुनः प्रत्याह्वान

 

 

 

२२. समूह । र समूह ॥ बीच जोडा मिलाउनुहोस् ।

समूह ।                   समूह ॥

अ) जन्मजात प्रेरक    १. माध्यमिक प्रेरणा

आ) आर्जित प्रेरक     २. व्यक्तिगत र सामाजिक प्रेरणा

                            ३. प्राथमिक प्रेरणा

क) अ-१, आ-२

ख) अ-२, आ-१ र ३

ग) अ-३, आ-१ र २

घ) अ-२, आ-१

 

 

 

२३. सिकारु निस्कृय रहने सिकाइ सिद्धान्त कुन हो?

क) सम्बन्ध प्रत्यावर्तन

ख) क्रियात्मक सम्बन्ध प्रत्यावर्तन

ग) अन्तदृष्टी सिकाइ

घ) सिकाइको स्थानान्तरण

 

 

 

 

२४. मानवतावादी मनोवैज्ञानिक भनेर कसलाई चिनिन्छ ?

क) स्किनर

ख) मास्लो

ग) कोहलर

घ) जिन पियाजे

 

 

 

२५. “शिक्षाका उद्धेश्यहरूप्राप्तिका लागि विद्यालय तथा शिक्षकद्धारा विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशनअनुसारको सम्पूर्ण अनुभवहरुलाई पाठ्यक्रम भनिन्छ" । यो कसको भनाइ हो ?

क) शिक्षा शब्दकोष

ख) रा. शि. यो. २०२८

ग) युनेस्को

घ) कनिङ्घम

 

 

 

 

२६. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले गरेका व्यवस्था पहिल्याउनुहोस् :

क) कक्षा १ देखि ३ सम्म उदार कक्षोन्नती

ख) कक्षा १ देखि ५ सम्म उदार कक्षोन्नती

ग) निरन्तर मूल्याङ्कनको उपलब्धिलाई ३ श्रेणीमा विभाजन

घ) कक्षा ४ र ५ मा उत्तीर्णाङ्क ४० प्रतिशत

 

 

 

क) माथिका सबै ठिक

ख) २ बाहेक अरु ठिक

ग) ४ बाहेक अरु ठिक

घ) २ र ३ बाहेक अरु ठिक

 

 

 

२७. एउटै कक्षामा सिकाइने विभिन्न विषयको आपसी सम्बन्धलाई कस्तो समन्वय भनिन्छ?

क) लम्बिय

ख) समतलीय

ग) पारस्परिक

घ) समन्वयात्मक

 

 

 

२८. एउटा शिक्षकले एक वर्षको लागि तयार पारेको शिक्षण योजनालाई के भनिन्छ ?

क) पाठयोजना

ख) वार्षिक शैक्षणिक योजना

ग) कार्यतालिका

घ) कार्यपात्रो

 

 

 

२९. तलका मध्ये प्रवचन वा व्याख्यान विधिको फाइदा कुन हो ?

क) मितव्ययी हुने

ख) तल्ला कक्षामा अनुपयुक्त हुने

ग) तर्क शक्तिको विकास हुने

घ) प्रवचन सिपको विकास हुने

 

 

 

३०. तलका मध्ये स्तरयुक्त परीक्षाको साधन कुन हो?

क) उपलब्धी परीक्षा

ख) शिक्षक निर्मित परीक्षा

ग) अर्धवार्षिक परीक्षा

घ। एकाइ परीक्षा

 

 

 

३१. प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ ले कति प्रतिशतसम्म अङ्क ल्याउने विद्यार्थीलाई "क" श्रेणीमा श्रेणीकरण गर्ने व्यवस्था गरेको छ।

क) ४०-५०

ख) ५०-७०

ग) ७०-१००

घ) ८०-१००

 

 

 

३२. कक्षाकोठा व्यवस्थापन अन्तर्गत विद्यार्थी व्यवस्थापनमा तलको कुन पर्दैन ?

क) शिक्षक-अभिभावक सम्पर्क व्यवस्थापन

ख) कक्षाकोठामा उपयुक्त शैक्षिक वातावरण सिर्जना

ग) कक्षाकोठाको सजावट र शिक्षण

घ) समूह विभाजन र शिक्षण

 

 

 

३३. तलका भनाइ अध्ययन गर्नुहोस्:

i) संकटको पहिलो चरण द्धन्द्ध हो।

ii) सबैखाले संकट द्वन्द्धका परिणाम होइनन् ।

iii) कुनै संकट अचानक र अप्रत्यासित रुपमा पनि आउने गर्छन् ।

 

 क) माथिका सबै भनाइ ठिक

ख) सबै भनाइ बेठिक

ग) iii मात्र बेठिक

घ) मात्र ठिक

 

 

 

३४. शिक्षक पेसागत विकास कार्यक्रम (TPD) लागू गर्नुपूर्व कति जिल्ला र शिक्षकमा परिक्षण गरिएको थियो ?

 क) ७ जिल्लाका १५० शिक्षक

ख) ५ जिल्लाका १२० शिक्षक

ग) ३ जिल्लाका १३० शिक्षक

घ) ४ जिल्लाका १४० शिक्षक

 

 

 

३५. कनै कार्यकलाप वा कार्यसँग सम्बन्धित व्यवहारिक समस्यालाई विभिन्न दृष्ट्रिले चिरफार गर्दै अध्ययन गरी समस्या समाधानको उपाय खोज्नु ....... हो।

क) कार्यमूलक अनुसन्धान

ख) घटना अध्ययन

ग) सामान्य अनुसन्धान

घ) परियोजना कार्य

 

 

 

३६. कम्प्युटरका विभिन्न प्याकेजमध्ये विद्यालय सुचना पद्धतिसँग सम्बन्धित प्याकेज कुन हो?

क) GIS

ख) MIS

ग) SIS

घ) CAT

 

 

 

३७. MS-Excel मा कतिवटा कोलम (Columns) हुन्छन् ?

क) २६५

ख) २५६

ग)  ५६२

घ) ६५२

 

 

 

३८. इन्टरनेटका पिता भनेर कसलाई चिनिन्छ ?

 क) डगल एजलवार्ट

ख) चार्ल्स ब्याबेज

ग) लियोनार्ड किनराक

घ) चार्ल्स डगलस

 

 

 

३९. विद्युतीय कारोबार ऐन, २०७३ अनुसार गोपनियता भङ्ग गर्ने र भट्टा बेहोराको सूचना दिने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा कतिवर्ष कैद हुनसक्ने व्यवस्था छ ?

क) एक वर्ष

ख) दुई वर्ष

ग) तीन वर्ष

घ) चार वर्ष

 

 

४०. कम्प्युटरमा Paste कार्य गर्न कुन Shortcut Key प्रयोग गर्न सकिन्छ ?

क) Alt+x

ख) Ctrl+V

ग) Alt+v

घ) Ctrl+s

 

 

 

४१. नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार जोडा मिलाउनुहोस् :

i) सम्पत्तिको हक              १. धारा २७

ii) सामाजिक न्यायको हक   २. धारा २५

iii) दलितको हक              ३. धारा ३५

iv) सूचनाको हक             ४. धारा ४०

                                    ५. धारा ४२

क) (i) २ (ii) ५ (iii) ४ (iv) १

ख) (i) ५ (ii) ४ (iii) ३ (iv) १

ग) (i) ३ (ii) २ (iii) ४ (iv) १

घ) (i) २ (ii) ५ (iii) ३ (iv) ४

 

 

 

४२. शिक्षा ऐन २०४८ सर्वप्रथम कहिले लालमोहर सदर वा प्रमाणीकरण भएको हो ?

क) वि. सं. २०२८/०६/१५

ख) वि. सं. २०२८/०७/१५

ग) वि. सं. २०२८/०५/२४

 घ) वि. सं. २०४८/०४/२४

 

 

 

४३, समावेशीतर्फ छुट्याइएका शिक्षकको रिक्त पदमध्ये तराइ मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी, जनजाती, दलित, पिछडिएको वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि कति प्रतिशत पद छुट्याइएको छ ?

क) ४५

ख)  ४

ग) ९

घ) २२

 

 

 

४४. सामुदायिक विद्यालयको प्रत्येक कक्षामा सामान्यतया कति विद्यार्थी हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीले गरेको छ?

क) उपत्यका/तराइमा ५०, पहाडमा ४५ र हिमालमा ४०

ख) उपत्यका/तराइमा ४४, पहाडमा ३३ र हिमालमा २२

ग) उपत्यका/तराइमा ४०, पहाडमा ३० र हिमालमा २०

घ) उपत्यका/तराइमा ८०, पहाडमा ६० र हिमालमा ४०

 

 

 

४५. स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार गाउँपालिका वा नगरपालिकाको आधारभूत र माध्यमिक शिक्षासम्बन्धी अधिकारमा तलको कुन पर्दैन?

क) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन

 

ख) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन

 

ग) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम र क्षमता विकास

 

घ) माध्यमिक तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन

 

 

 

 ४६. अर्थपूर्ण ढङ्गबाट कम मिलाई राख्नुहोस् ।

१. घास

२. दही

३. दुध

४ गाई

५. नौनी

 

क) १, २, ३, ४, ५

ख) ४.१, ३, २,५

ग) २, ३, ४, ५, १

घ) १, २, ३, ५, ४

 

 

 

४७. समूहमा नमिल्ने पत्ता लगाउनुहोस्।

 क) गोलभेडा

ख) गाँजर

ग) अदुवा

घ) लसुन

 

 

 

४८. २० मिटर अग्लो पर्खालमा एउटा कमिलो दिनमा ५ मिटर माथि गएर रातमा ४ मिटर तल झर्दो रहेछ भने सो कमिलो कति दिनमा सो पर्खाल माथि पुग्न सक्दछ?

 क) १४ दिन

ख) १५ दिन

ग) १६ दिन

घ) १७ दिन

 

 

 

 

 

४९. दिइएको चित्रमा आयतहरुको सङ्ख्या पत्ता लगाउनुहोस् ।

क) १६

ख) १७

ग) १८

घ) १९

 

 

 

५०. तल दिइएका शब्दहरुलाई अर्थपूर्ण तरिकाले क्रम मिलाउनुहोस् ।

 १. Police

२.Punishment

३.Crime

४. Judge

५.Judgment

क) ३, १, २, ४,५

ख) १, २, ४, ३,५

ग) ५, ४,३, २,१

घ) ३, १, ४, ५, २



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login