TSC Model set 47

TSC Model set 47

TSC Model set 47

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 47 (50x2 = 100)

 

 

१. निम्न मध्ये कुन ग्रहले सूर्यको परिक्रमा गर्न बढी समय लगाउँछ ?

क) बृहस्पति

ख) शनि

ग) बरुण

घ) अरुण

 

 

 

२. विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी शहर कुन हो ?

क) अर्जेन्टिनाको व्युनर्स आयर्स

ख) उरुग्वेको मन्टेभिडियो

ग) भेनेजुयलाको काराकस

घ) बोलिभियाको लापाज

 

 

 

३. निम्नमध्ये कुन बेठिक छ ?

 का प्रशान्त महासागर त्रिभुज आकारको छ।

ख) आन्द्र महासागर S आकारको छ।

ग) १ डिग्री देशान्तर रेखाको फरकमा सरदर १११ कि. मि. दुरिको फरक पर्दछ ।

घ) छिनछिनमा परिवर्तन भइरहने वायुमण्डलको अवस्थालाई जलवायु भनिन्छ ।

 

 

 

४. अन्नपूर्ण संरक्षण क्षेत्र कति क्षेत्रफलमा फैलिएको छ?

क) ७६२९ वर्ग कि. मि.

ख) ७७२९ वर्ग कि मि

ग) ७८२९ वर्ग कि. मि.

घ) ७९२९ वर्ग कि. मि.

 

 

 

५. समूह । र समूह ॥ बीच जोडा मिलाउनुहोस् ।

 समूह ।                      समूह ॥

a.कन्काइ नदी               1. पाँचपोखरी

b.इन्द्रावती नदी             2. महाभारत लेक

c.उत्तरगंगा नदी (सानो भेरी) 3. लालीखर्क

d.मेची                     4. ढोरपाटन धौलागिरी)

 

क) a2,b 1,c3,d4

ख) a 2, b 1, c 4, d 3

ग) a2, b3,c4,d 1

घ) a 2,b4,c1,d 3

 

 

 

६. नेपाल सरकार र माओवादीबीच वि. सं. २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतामा कति दफाहरूरहेका छन् ?

 क) ५ दफा

ख) ८ दफा

ग) १० दफा

घ) १५ दफा

 

 

 

७. प्रजा भनेर कुन जातीलाई चिनिन्छ ?

क) लेप्चा

ख) चेपाङ

ग) कसन्डा

घ) राउटे

 

 

 

८. SEZ भन्नाले अर्थतन्त्रको शब्दमा के बुझिन्छ ?

क) विशेष व्यापार क्षेत्र

ख) विशेष निर्यात क्षेत्र

ग)  बन्दरगाह क्षेत्र

घ) विशेष आर्थिक क्षेत्र

 

 

 

९. पन्ध्रौं योजना (आ. व. ०७६/७७ - ०८०/८१) को अन्त्य सम्ममा मानव विकास सूचकांक कति पुयाउने लक्ष्य छ ?

क) ०.६१४

ख) ०.६२४

ग) ०.६३४

घ) ०.६४४

 

 

 

१०. अम्ल वर्षा (Acid Rain) भएको भनी पत्ता लगाउने पहिलो वैज्ञानिक को हुन् ?

क) Charles Darwin

ख) Gregor Johann Mendel

ग) Robert Angus Smith

घ) AI Gore

 

 

 

११. विश्व तापक्रम वृद्धिका सम्बन्धमा तलका भनाइहरूविचार गर्नुहोस् ।

१. विश्व तापक्रम वृद्धिले समुन्द्री सतह बढाउँछ ।

२. यसले वर्षाको समय र समयावधिमा परिवर्तन ल्याउँछ ।

३. मरुभूमिकरणमा विस्तार हुन्छ ।

 

माथिका भनाइका आधारमा सहि उत्तर छनोट गर्नुहोस् :

क) भनाइ १ र २ ठिक र भनाइ ३ बेठिक हुन् ।

 ख) भनाइ १ ठिक र भनाइ २ र ३ बेठिक हुन् ।

 ग) भनाइ १, २ र ३ सबै ठिक हुन् ।

घ) भनाइ १, २ र ३ सबै बेठिक हुन् ।

 

 

 

 

१२. नेपालले सार्कको कति प्रतिशत खर्च बेहोर्छ ?

क) ५ प्रतिशत

ख) १०.७२ प्रतिशत

ग) ११ प्रतिशत

घ) ११.७२ प्रतिशत

 

 

 

१३. समूह | र समूह |॥ बीच जोडा मिलाउनुहोस् ।

 समह । (नेपालसँग दौत्य सम्बन्ध कायम भएका देश)          समूह || मिति)

a.भारत         1. सन् १९४६

b.फ्रान्स         2 . सन् १९४९

c.श्रीलंका      3  . सन् १९५५

d.चीन          4.सन् १९५७

 

क) a1, b2,c3,d4

ख) a 1,b2,c4,d3

ग। a2, b1,c3,d4

घ) a1,b3,c4,d2

 

 

 

१४. नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १/१ जनाको दरले । निर्वाचित हुने जिल्लाको सङ्ख्या कति छ ?

क) २६

ख) ३०

ग) ३५

घ) ४१

 

 

 

१५. साझा पुरस्कारको पुरस्कार राशी कति रहेको छ ?

 क) ५१,०००

ख) १,०१,०००

 ग) १,५१,०००

घ) २,०१,०००

 

 

 

१६. आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाको उमेर समूह तलका मध्ये कुन हो?

क) ४ वर्षदेखि ११ वर्षसम्म

ख) ५ वर्षदेखि १२ वर्षसम्म

ग) ६ वर्षदेखि १३ वर्षसम्म

घ) ३ वर्षदेखि १० वर्षसम्म

 

 

 

१७. शिक्षाका कार्यहरुलाई परम्परागत, तटस्थ, प्रगतिशील र क्रान्तीकारी गरी चार भागमा बाँड्न सकिन्छ भनेर आफ्नो तर्क अगाडि सार्ने विद्धान को हुन् ?

क) जर्ज पियाने

ख) मुनरो

ग) जोन डिवे

घ) ब्रुबाकर

 

 

 

१८. उत्तरबाल्यवस्थाका बालबालिकामा विकास हुने बुझाइ/समझदारीसम्बन्धी ठोस र स्पष्ट धारणामा तलका मध्ये कुन पर्दछ ?

क) सङ्ख्यासम्बन्धी धारणा

ख) जीवन र मृत्युसम्बन्धी धारणा

ग) शारिरिक कार्यसम्बन्धी धारणा

घ) माथिका सबै

 

 

 

१९. मानव विकासका बारेमा अध्ययन गर्ने प्रचलित विधिमा तलको कुन पर्दैन ?

क) Cross Sectional and Longitudinal Method

ख) Case Study Method

ग) Observation Method

घ) Vertical Method

 

 

 

२०. तलका मध्ये कुन अवस्थाको बालकको आकार दुब्लो र पातलो, अग्लो र कम वजन भएको तर फुर्तिलो हुन्छ ?

क) पूर्वबाल्यवस्था

ख) उत्तरबाल्यवस्था

ग) यौवनावस्था

घ) किशोरावस्था

 

 

 

२१. सिकाइका तत्वहरुमा तलका कुन चरणहरूपर्दछन् ?

क) लक्ष्य, तयारी, अवस्था, व्याख्या, प्रतिक्रिया, प्रभाव र सामान्यीकरण

 

ख) लक्ष्य, उत्प्रेरणा, तयारी, सिकाइ र सामान्यीकरण

 

ग) लक्ष्य, प्रयत्न, अभ्यास, सिकाइ र सामान्यीकरण

 

घ) लक्ष्य, संकेत सिकाइ, उद्धिपक, प्रतिक्रिया, सिकाइ साहचार्य

 

 

 

२२. व्यक्तिले महसुस गरेको वा प्राप्त गर्न चाहेको ........... लाई निश्चित कार्य गराउने आन्तरिक इच्छा वा अन्तरइच्छाले व्यक्तिलाई .......... प्रदान गर्दछ ।

क) क्रमशः उत्प्रेरणा, प्रोत्साहन

ख) क्रमशः आवस्यकता, प्रोत्साहन

ग) कमशः सिकाइ, उत्प्रेरणा,

 घ) क्रमशः आवस्यकता र अन्तरइच्छा

 

 

 

२३. सम्बलन वा पुरस्कारको माध्यमबाट बानी बेहोरा सिक्नु सिकाइको कुन सिद्धान्त हो?

क) सम्बन्ध प्रत्यावर्तन

ख) क्रियात्मक सम्बन्ध प्रत्यावर्तन

 ग) अन्तदृष्टि सिकाइ

घ) सिकाइको स्थानान्तरण

 

 

 

२४. आधुनिक अनुभववादका पिता भनेर कसलाई चिनिन्छ ?

 क) थोमस हव्स

ख) जेम्स मिल

ग) जोन लक

घ) जोन स्ट्राउट

 

 

 

२५. राष्ट्रिय पाठ्यक्रम प्रारुप (NCF), २०७६ कहिले स्विकृत भएको हो ?

क) २०७६/०३/२०

ख) २०७६/०४/२०

ग) २०७६/०५/२०

घ) २०७६/०६/२०

 

 

 

 

 

२६. पाठ्यक्रम विकास गर्दा पाठ्यवस्तु संगठनका आधारमा तलका मध्ये कुन पर्दैन ?

क) क्षेत्र

ख) निरन्तरता र क्रमिकता

ग) विश्वसनियता

घ) एकिकृतता

 

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारुप (NCF), २०७६ ले आधारभूत तह कक्षा १-३ का लागि वार्षिक कति कार्यघण्टा निर्धारण गरेको छ ?

 क) ५७६

ख) ३२८

ग) ६३४

घ) ८३२

 

 

 

२८. तलको भनाइ अध्ययन गरी उपयुक्त विकल्प छानी जोडा मिलाउनुहोस् ।

i.पुरानो प्रचलित परम्परागत वर्णनात्मक विधि   १. आगमन विधि

ii.उदाहरणका आधारमा निष्कर्ष निकाल्ने विधि २. निगमन विधि

 iii. विद्यार्थी केन्द्रित विधि                ३. छलफल विधि

                                             ४. व्याख्यान विधि

क) (i) २ (ii) ३ (iii) ४

ख) (i) १ (ii) २ (iii)३

ग) (i) ४ (ii) १ (iii) ३

घ) (i) ४ (ii) २ (iii) १

 

 

 

२९. प्रदर्शन बोर्डको साइज सामान्यतया कति हुन्छ ?

क) ५*३.५ फिट

ख) ५*५.५ फिट

ग) ४*४.५ फिट

घ) ४*५ फिट

 

 

 

३०. सिकाइमा हतोत्साही गर्न सक्ने साधन कुन हो ?

क) मापन

ख) मूल्याङ्कन

ग) परीक्षा

घ) परीक्षाफल

 

 

 

३१. वर्तमान पाठ्यक्रमले कक्षा ४ र ५ मा निरन्तर मूल्याङ्कनलाई कति प्रतिशत भार प्रदान गरेको छ?

क) ३० प्रतिशत

ख) ४० प्रतिशत

ग) ५० प्रतिशत

घ) ६० प्रतिशत

 

 

 

३२. कक्षा व्यवस्थापनमा कक्षाकोठाको सक्रियतामा कुन पर्दैन ?

 क) एउटा क्रियाकलापबाट अर्को क्रियाकलापमा जान सहयोग र निर्देशन

ख) उपयुक्त वातावरण सिर्जना

ग) अनुशासित र नियन्त्रित कक्षाकोठा

घ) शैक्षिक सामाग्री र पाठ्यपुस्तक व्यवस्थापन

 

 

 

३३. सामान्यतया कुनै प्राकृतिक वा मानबद्धारा सिर्जित वा निर्मित घटनाहरुको परिणामस्वरुप आउने आकस्मिक घटनालाई ............. भनिन्छ।

क) द्धन्द

ख) विपत

ग) संकट

घ) जोखिम

 

 

 

३४. प्रमाणीकरण तालिम अन्तर्गत विद्यालय केन्द्रित अभ्यास शिक्षण वा अभ्यासको प्रतिवेदन विद्यालय फर्केको कति दिनमा पेस गर्नुपर्ने व्यवस्था छ ?

 क) १५ दिन

ख ३० दिन

ग) ४५ दिन

घ) ५० दिन

 

 

 

३५. कुनै कार्यमा घटनाका कारण, पृष्ठभूमि, कारक तत्वका साथै घटनाको प्रभाव समेतको अध्ययन गरी समस्या न्यूनीकरणको उपाय सुझाउनु ........... हो।

क) कार्यमूलक अनुसन्धान

ख) व्यवस्थित अध्ययन

 ग) कार्यमूलक अध्ययन

घ) घटना अध्ययन

 

 

 

 ३६. अंक अक्षर लेखाइ र पढाइसँग सम्बन्धित कम्प्युटर कुन प्रकारमा पर्दछ ?

क) एनालग कम्प्युटर

ख) डिजिटल कम्प्युटर

ग) हाइब्रिड कम्प्युटर

घ) सुपर कम्प्युटर

 

 

 

३७. Facebook चलाउँदा हामीले कुन NetworkArchitecture Follow गरिरहेका हुन्छौं ?

क) Clint-Server Network

ख) Peer to peer Network

ग) Facebook Network Architecture

घ) None of the above

 

 

 

३८. राष्ट्रिय सुरक्षा नीति २०७३ अनुसार बाल अनलाइन सुरक्षा कार्य समूहको अध्यक्ष को हुने व्यवस्था छ ?

क) महिला बालबालिका तथा समाजकल्याण मन्त्री

ख) सुचना तथा सञ्चार मन्त्री

ग) शिक्षा विज्ञान तथा प्रविधि मन्त्री

घ) शिक्षा सचिव

 

 

 

३९. विद्यालयमा प्रयोग गर्न सकिने सफ्टवेयर कुन हो ?

क) Tutor based software

ख) Helping those with software

 ग) Studentevaluated software

घ. All of the above

 

 

 

 

४०. 1 kilo byte मा कति byte हुन्छ ?

क) 4 byte

ख) 8 byte

ग) 1024 byte

घ) 1048 byte

 

 

 

४१. जोडा मिलाउनुहोस् ।

i.प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ। १. धारा २५

ii.पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ । २. धारा ३०

iii. प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा सहभागिताको हक हुनेछ। ३. धारा १८

                                         ४. धारा १७

                                               ५. धारा ३९

क) (i) ३ (ii) २ (iii) ५

ख) (i) २ (ii) १ (iii)३

ग) (i) २ (ii) १ (iii) १

घ) (i) २ (ii) ३ (iii) ५

 

 

 

४२. शिक्षा ऐन अनुसार ऐन नियम विपरित शुल्क लिने विद्यालयलाई तलका मध्ये कुन दण्ड सजाय हुने व्यवस्था छ ?

क) १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिमाना

ख) १ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिमाना

ग) १ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिमाना

घ) १ हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना

 

 

 

४३. शिक्षा नियमावली २०५९ को सातौं संशोधन कहिले भएको हो ?

क) २०७६/१०/०९

ख) २०६९/०९/२३

ग) २०५८/१०/२५

घ) २०५९/०२/१३

 

 

 

४४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बडा समितिको कार्यमा तलको कुन पर्दैन ?

क) बाल उद्यानको व्यवस्था गर्ने

 

ख) स्थानीय मौलिकता झल्किने सांस्कृतिक रितिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने

 

ग) गाउँपालिका भित्र खेलकुद पूर्वाधारको विकास गर्ने

 

घ) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लब तथा बाल सञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने

 

 

 

 

४५. शिक्षक सेवा आयोग नियमावली २०५७ को अनुसूची २ मा के रहेको छ ?

क) स्थायी/अस्थायी अध्यापन अनुमति पत्रको नमूना

ख) कार्य सम्पादन मूल्याङ्कन फारम

ग) निवृतभरण अधिकार पत्र

घ) शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फारम

 

 

 

४६. छुटेको अक्षर पत्ता लगाउनुहोस् ।

 

क) A

ख) M

ग) L

घ) T

 

 

 

४७. तलको प्रश्नमा ५ ओटा शब्दहरूदिइएका छन् । यदि ती शब्दहरुलाई शब्दकोषमा जस्तै वर्णानुक्रम मिलाएर राखियो भने बीचमा कुन शब्द पर्दछ ? सही उत्तर विकल्प क, ख, ग, र घ मध्ये एउटा हो।

 

क) Cough

ख) Council

ग) Couch

घ) Count

 

 

 

४८. Arrange the words given below in a meaningful sequence.

1.Nation

2.Village

3. City

4.District

5.State

 

क) 1,2,4,5,1

ख) 2,3,4,1,5

ग) 1,3,5,4,2

घ) 1,2,3,4,5

 

४९. तलको चित्रमा त्रिभुजहरुको सङ्ख्या पत्ता लगाउनुहोस् ।

क) २६

ख) २७

ग) २८

घ) २९

 

 

 

५०, एउटा दुध पसलेले ८० लिटर दुधमा २० लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो । बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ ?

क) २:३

ख) १:२

ग) १:३

घ) ३:४



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login