TSC Model set 53

TSC Model set 53

TSC Model set 53

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 53 (50x2 = 100)

 

 

१. ग्रहण सम्बन्धमा निम्नलिखित मध्ये सही उत्तर कुन हो ?

(A) सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटै सिधा रेखामा परेको पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्दछ।

 

(B) सूर्य र चन्द्रमाको बीचमा पृथ्वी एउटै सिधा रेखामा परेको औंसीको दिन सूर्यग्रहण लाग्दछ ।

 

(C) सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा हुँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण हुन्छ।

 

(D) सूर्य, चन्द्रमा र पृथ्वी एउटै सिधा रेखामा हुँदा पृथ्वीको छायाँ सूर्यमा पर्दा सूर्यग्रहण हुन्छ।

 

 

 

२. ठूलो र चहकिलो उल्कापातलाई के भनिन्छ ?

(A) फलिङ स्टार

(B) सुटिङ स्टार

(C) फायर बल

(D) सुटिङ बल

 

 

 

३. देहायको कुन भनाई सत्य होइन् ?

(A) महाद्धिपीय प्रवाह सिद्धान्त जर्मनीका अलफ्रेड वेगनरले प्रतिपादन गरेका हुन् ।

 

(B) रिकापीय विवर्तनिक सिद्धान्तसँग सम्बन्धित विद्धान हेरि हेस् हुन् ।

 

(C) व्यापारिक वायु भूमध्ये रेखामा पाइन्छ।

 

(D) मनसुनी वायु ग्रीष्म ऋतुमा जमिनबाट समुद्रतर्फ बहन्छ।

 

 

 

४. माउण्ट के टु कुन श्रृङ्खलामा पर्दछ ?

(A) शिवालिक

(B) हिमाञ्चल

(C) काराकोरम

(D) हिमाद्री

 

 

 

५. दिइएको मध्ये एक वडा एक हेलिप्याड बनाउन प्रस्ताव गर्ने मुलुकको पहिलो स्थानीय तह कुन हो ?

(A) मालिका गाउँपालिका

(B) विनायक गाँउपालिका

(C) सूर्यकुण्ड गाँउपालिका

(D) जलजला गाउँपालिका

 

 

 

६. लोक्ताको जिल्ला र झोलुंगे पुलको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?

(A) पर्वत

(B) म्याग्दी

(C) मुस्ताङ

(D) बागलुङ

 

 

 

७. लिम्पियाधुरा के का लागि प्रसिद्ध छ ?

(A) जलविद्युत आयोजनाका लागि

(B) तिब्बतसँगको व्यापारिक मार्गका लागि

(C) पर्वतारोहणका लागि

(D) भारतसँगको सिमाना विवादका लागि

 

 

 

 

८. राणाकालीन प्रशासनमा मुन्सिखानाले के काम गर्थ्यो ?

(A)राजस्व उठाउने

(B) परराष्ट्र मामिला

(C) निजामती कर्मचारीको अभिलेख

(D) लेखा परीक्षण राख्ने

 

 

 

९. ऐतिहासिक जनमत संग्रह, २०३७ मा बहुदलीय शासन व्यवस्थाको पक्षमा कतिवट जिल्लाबाट सुधारिएको पञ्चायती व्यवस्थामा भन्दा बढी मत परेको थियो ?

(A) ५५

(B) ३५

(C) २५

(D) २०

 

 

 

१०. नेपाल सरकारले डाँफे, गाई, लालीगुराँस र सिम्रिक रङलाई राष्ट्रिय चिन्हका रुपमा कहिले घोषणा गरेको हो ?

(A) २०२१ असार २०

(B) २०२० असार २०

(C) २०१९ पौष १

(D) २०१९ असार २०

 

 

 

११. नेपाल विश्व व्यापार संगठनको सदस्य कहिले भएको हो ?

(A) २४ मार्च २००४

(B) २३ अप्रिल २००४

(C) ११ डिसेम्बर २००३

(D) १८ अगष्ट २००३

 

 

 

१२. आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सार्वजनिक गयो?

(A) वि.सं. २०७२ श्रावण १६

(B) वि.सं. २०७२ श्रावण २६

(C) वि.सं. २०७२ भाद्र १६

(D) वि.सं. २०७२ भाद्र २६

 

 

 

१३. देहायको कुन भनाइ बेठीक छ ?

(A) निरपेक्ष गरिबी धन, सम्पत्तिको असमान वितरणसँग सम्बन्धित छ।

 

(B) गरिबी एउटा प्राविधिक अवस्था मात्र नभएर समग्र राजनीतिक, सामाजिक र आर्थिक कार्यको परिणाम हो।

 

(C) जीवन गुजार्नका लागि पर्याप्त भौतिक, आर्थिक तथा सांस्कृतिक स्रोतहरुको अभाव नै गरिबी हो।

 

(D) निरपेक्ष गरिबी न्यूनतम आवश्यकता पूरा गर्न नसकिने अवस्थासँग सम्बन्धित रहेको छ।

 

 

 

१४. प्रसिद्ध वैज्ञानिक आर्किमिडिजका गुरु को थिए ?

(A) एरिस्टोटल

(B) युक्लिड

(C) न्युटन

(D) कपर्निकस

 

 

 

१५. पारिस्थितिक पिरामिडमा देहायका मध्ये कुन कुरा हेरिदैन ?

(A) जीव पिण्डको पिरामिड

(B) संख्याको पिरामिड

(C) गुणको पिरामिड

(D) शक्तिको पिरामिड

 

 

 

१६. अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?

(A) रोम, इटाली

(B) जेनेभा, स्वीट्जरल्यान्ड

(C) पेरिस, फ्रान्स

(D) वासिङ्टन डी.सी., अमेरिका

 

 

 

 

१७. अर्गानिक एक्ट भनेको के हो ?

(A) संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिलाई सुविधा प्रदान गर्ने ऐन

 

(B) जर्मनीमा जनतालाई मौलिक अधिकारको व्यवस्था गर्न बनेको ऐन

 

(C) फ्रान्समा सांसदहरुलाई सुविधा र संख्या तोक्न बनेको ऐन

 

(D) बेलायतकी महारानीलाई सुविधा प्रदान गर्न बनेको ऐन

 

 

 

 

 

१८. कोरोना भाइरस सङ्क्रमण नेपालका ७७ वटै जिल्लामा कहिले दखा पर्यो ?

(A) २०७७ असार १३

(B) २०७७ श्रावण १३

(C) २०७७ जेठ १३

(D) २०७७ भाद्र १३

 

 

 

१९. नेपाल सरकारले भू-उपग्रह नीति, २०७७ कहिले स्वीकृत गयो ?

(A) २०७७ असार १

(B) २०७७ असार २

(C) २०७७ असार ३

(D) २०७७ असार ४

 

 

 

२०. मानव विकास सूचकाङ्क २०१९ अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?

(A) १४७ औं स्थानमा

(B) १४५ औं स्थानमा

(C) १५० औं स्थानमा

(D) १५१ औं स्थानमा

 

 

 

२१. अनौपचारिक शिक्षा तथा साक्षर नेपाल अभियान कार्यक्रम कार्यान्वयन निर्देशिका मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भयो?

(A) वि.सं. २०६७ माघ ४

(B) वि.सं. २०६८ माघ ४

(C) वि.सं. २०६९ माघ ४

(D) वि.सं. २०७० माघ ४

 

 

 

 

२२. मनोविज्ञानलाई आत्मा, मन र चेतनाको विज्ञान मान्ने प्रयासलाई पछिल्ला दिनमा मान्यता नपाएपछि हिजोआज

यसलाई कुन रुपमा लिइन्छ ?

(A) चिन्तन र सिकाइको अध्ययन गर्ने विज्ञान

(B) अनुभव र व्यवहारको अध्ययन गर्ने विज्ञान

(C) व्यवहारको अध्ययन गर्ने विज्ञान

 (D) मानसिक प्रक्रियाको अध्ययन

 

 

 

२३. पहिले सिकेको कुराले पछि सिकेको कुरालाई नकारात्मक असर पार्दछ भने त्यस्तो सिकाइलाई के भनिन्छ ?

(A) शुन्य स्थानान्तरण

(B) सकारात्मक उत्प्रेरणा

(C) नकारात्मक उत्प्रेरणा

(D) प्रोत्साहन उत्प्रेरणा

 

 

 

२४. क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइका आवश्यक अवस्थाहरुमा सम्बलन, उद्दीपक, सामिप्यता र अभ्यास आवश्वक छ। यस कथनलाई कुन चाँहि अवस्था यस सिद्धान्त/सिकाइसँग सम्बन्धित छैन् ?

(A) सम्बलन

(B) उद्धीपक

(C) सामिप्यता

(D) अभ्यास

 

 

 

२५. सिकाइको संज्ञानात्मक सिद्धान्तको सैद्धान्तिक आधार कुनलाई मानिन्छ ?

(A) वान्डुराको सामाजिक सिकाइ सिद्धान्त

(B) गेस्टाल्ट मनोविज्ञान

(C) शिक्षा मनोविज्ञान

(D) पियाजेको विकासात्मक सिद्धान्त

 

 

 

२६. पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम कार्यान्वयन भएको कति वर्ष पूरा भएपछि पाठ्यक्रममा पुनरावलोकन गरी आवश्यक देखिएमा आमुल सुधार गर्दछ ?

(A) सामान्यतया ५ बर्ष

(B) हरेक १० वर्ष पूरा भएपछि

(C) सामान्यतया १५ वर्ष

(D) हरेक १२ वर्ष पूरा भएपछि

 

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारुप (परिमाजर्न २०७१), २०६३ अनुसार पाठ्यक्रमको गुणात्मक, क्रियाशीलता र कार्यान्वयनको प्रभावकारितामा देशको शैक्षिक गुणस्तरमा भर पर्ने हुँदा तलका मध्ये कुन निकायको संस्थागत क्षमताले ठूलो भूमिका खेल्दछ?

(A) पाठ्यक्रम विकास केन्द्र

(B) शिक्षा मन्त्रालय

(C) शिक्षा विभाग

(D) स्थानीय निकाय

 

 

 

२८.दैनिक पाठयोजना बनाउँदा कस्ता शैक्षिक सामग्री प्रयोग गर्नु उपयुक्त हुन्छ ?

(A) पाठ्यवस्तुको धारणालाई स्पष्ट पारी सिकाइ क्रियाकलापलाई बढी रुचीपूर्ण र प्रभावकारी बनाउन सघाउने ।

 

(B) सकभर मूल्य नपर्ने वा कम मूल्य पर्ने स्थानीय खालका शैक्षिक सामग्री प्रयोग गर्ने

 

(C) बालबालिकाको स्तरअनुसार पाठको उद्देश्य प्राप्त गर्न सघाउने ।

 

(D) माथिका सबै

 

 

 

२९. बालबालिका हरुमा व्यावहारिक एवम् जीवनोपयोगी शिक्षा, सिप आर्जन गर्ने र प्रतिभा प्रस्फुटनको सम्भावना रहने भएकाले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा कस्तो विधि अपनाउनु पर्दछ ?

(A) सहयोगी शिक्षण विधि

(B) शिक्षक केन्द्रित विधि

(C) विद्यार्थी केन्द्रित तथा बालमैत्री विधि

(D) व्याख्यान र प्रश्नोत्तर विधि

 

 

 

३०. मूल्याङ्कनका साधनहरूसञ्चालन गर्न, परीक्षण गर्न, अङ्कन गर्न सकिने तथा परीक्षाको परिणामको व्याख्या, विश्लेषण र प्रयोग गर्न सकिने किसिमका हुनुपर्दछ। यो मूल्याङ्कनको कुन गुणसँग सम्बन्धित छ ?

(A) वस्तुनिष्ठता

(B) व्यापकता

(C) व्यावहारिकता

(D) विभेदिकरण

 

 

 

३१. शिक्षण सिकाइको क्रममा कक्षाकोठाभित्र शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीहरुलाई सिक्नको लागि उपयुक्त वातावरण सृजना गर्ने प्रक्रिया तलका मध्ये कुन हो ?

(A) शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग

(B) अन्तरक्रियात्मक शिक्षण व्यवस्था

(C) कक्षाकोठा व्यवस्थापन

(D) शिक्षण विधिको छनोट र प्रयोग

 

 

 

३२. नेपालमा कहिले देखि शिक्षक हुनका लागि तालिमको व्यवस्था अनिवार्य गरिएको हो ?

(A) शिक्षक सेवा आयोग नियमावली, २०५७ पश्चात्

(B) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ को मध्यावधि मूल्याङ्कन पश्चात्

(C) शिक्षा ऐन, २०२८ जारी भएपश्चात्

(D) राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११ पश्चात्

 

 

 

३३. तल दिइएअनुसार नभएको (खाली स्थानमा) कुन चाहिँ विकल्प उपर्युक्त हुन्छ, रोज्नुहोस्।

 (A) 115

(B) 130

(C) 35

(D) 140

 

 

३४. तल दिइएको प्रश्नमा तीन लहर र तीनवटै लहरमा तीन/तीन वटा कोठाहरू गरी जम्मा ९ सचित्र कोठाहरू क्रमबद्ध रूपमा रहेका छन्। A, B, C, D मध्ये बायाँ चित्रको खाली कोठा (? भएको) को क्रम पूरा गर्न सक्ने विकल्प रोज्नुहोस्।

 

 

 

35.Which one of the following numbers is exactly divisible by 11?

(A) 235641

(B) 245642

(C) 315624

(D) 415624

 

 

 

36.A sport jacket marked $ 48 is offered at a discount of 25% during a stock out sales. At this reduced price the dealer makes a profit of 20% on the cost. The cost to the dealer is

(A) $29

(B) $ 30

(C) $ 32

(D) $ 36

 

 

 

37.Today is the birthday of Rahul and he is 3 times old as Nirmala. In 13 years, Rahula will be one year less than twice as old as Nirmala will be then. What is the age of Rahula today?

(A) 12 years

(B) 24 years

(C) 36 years

(D) 48 years

 

 

 

38.Choose the figure which is different from the rest.

(A)  1

(B) 3

 (C) 5

 (D) 4

 

 

 

39.(454, 463, 492)

(A) (358, 362, 394)

(B) (256, 265, 29994)

(C) (6256, 637, 648)

(D) (878,882,891)

 

 

 

 

40.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

(A) 1

(B) 4

(C) 2

(D) 3

 

 

४१. विद्यार्थीको मार्कसिट तयार पार्न कुन एप्लिकेसन सफ्टवेयर प्रयोग गरिन्छ ?

(A) Ms-Word

(B) Ms-Powerpoint

(C)  Ms-Excel

(D) Typing tutor software

 

 

42.Which of the following in used for manufacturing chips ?

(A) Control bus

(B) Control unit

(C) Parity unit

(D)  Semiconductor

 

 

 

४३. शिक्षक सिकाइ प्रक्रियामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षामा अभिवृद्धि गर्ने जिम्मेवारी कसको हो?

(A) विद्यालय

(B) स्रोत केन्द्र

(C) जिल्ला शिक्षा अधिकारी

(D) शिक्षा विभाग

 

 

 

४४. शिक्षामा सुचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशक समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

(A) सुचना तथा सञ्चार मन्त्री

(B) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

(C) राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने)

(D) राष्ट्रिय सूचना आयोगको अध्यक्ष

 

 

 

४५. विद्युतिय कारोवार ऐन, २०६३ अनुसार कुनै कसुर गर्न सघाउने वा अन्य कुनै व्यहोराको मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई भएको……………….

(A) पूरा

(B) आधा

(C) सजाय हुँदैन

(D) बढी सजाय हुन्छ ?

 

 

 

 

४६. नेपालको संविधानको धारा ५(१) मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई के भनी परिभाषित गरिएको छ ?

(A) राज्यको निर्देशक सिद्धान्त

(B) राष्ट्रिय हितका आधारभूत विषय

(C) राज्यको दायित्व

(D) राज्यको प्रमुख उद्देश्य

 

 

 

४७. शिक्षा ऐन, २०२८ (संशोधन सहित) मा गाँउ वा नगर शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?

(A) गाउँपालिका/नगरपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट जिल्ला शिक्षा समितिले मनोनित गरेको व्यक्ति

 

(B) गाँउपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालित समुदायिक विद्यालयहरूमध्ये जिल्ला शिक्षा अधिकारीले तोकेको उच्चतम तहको विद्यालयको प्रधानाध्यापक

 

(C) गाउँपालिका वा नगरपालिकाको सचिव

 

(D) गाउँपालिका वा नगरपालिकाको अध्यक्ष वा सो काम गर्न तोकिएको व्यक्ति

 

 

 

४८. विद्यालयको कामको सिलसिलामा कुनै शिक्षकको मृत्यु भएमा निजको परिवार वा सन्ततिले पाउने वृत्ति सम्बन्धिमा सिफारिस गर्न जिल्लास्तरमा रहने वृत्ति विकास समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?

(A) जिल्ला शिक्षा अधिकारी

(B) प्रमुख जिल्ला अधिकारी

(C) जिल्ला प्रहरी कार्यालयको प्रमुख

(D) जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुख

 

 

 

४९. शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्धारा पदपूर्ति हुने शिक्षक दरबन्दी मध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकोमा सोको कति प्रतिशत पद आदिवासी/जनजातिका लागि छुट्याइएको छ ?

(A) ९ प्रतिशत

(B) २२ प्रतिशत

(C) २७ प्रतिशत

(D) ३३ प्रतिशत

 

 

 

५०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?

(A) स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न

 

(B) संघ, प्रदेश र स्थानीय तहको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्न

 

(C) जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न

 

(D) माथिका सबै



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login