- Home
- Show Content
TSC Model set 60
TSC Model set 60
TSC Model set 60
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 60 (50x2 = 100)
1. बृद्धिले के लाई जनाउँछ ?
क) शारीरिक परिवर्तन
ख) मानसिक परिवर्तन
ग) परिमाणात्मक परिवर्तन
घ) संज्ञानात्मक परिवर्तन
2. शिक्षा मनोविज्ञानको आधारभूत प्रकृति कस्तो हुन्छ?
क) सत्य
ख) वास्तविक
ग) कार्यमूलक
घ) नैतिक
3. घरपरिवारको भन्दा आफ्नो समूहको नियम र मूल्यमान्यताको प्रभाब बढी देखिने अवस्था कुन हो?
क) पूर्वबाल्यावस्था
ख) उत्तर बाल्यावस्था
ग) किशोरावस्था
घ) वयस्क अवस्था
4. टेलिभिजनमा कार्टन हेरेर अंग्रेजी भाषा सिक्ने पद्धतिलाई के भनिन्छ?
क) भाषिक स्थानान्तरण
ख) सकारात्मक स्थानान्तरण
ग) भाषिक संप्रेषण
घ) भाषिक अधिनता
5. तलको मध्ये कुन आर्जित प्रेरणा हो?
क) प्रेम
ख) आकांक्षा
ग) भोक
घ) क्रोध
6. प्याभलभको शास्त्रीय सम्बन्धन सिकाइ तलको मध्ये कुन व्यवहारमा आधारित छ?
क) कार्यपरक व्यवहार
ख) प्रतिक्रियापरक ब्यवहार
ग) सम्बलित ब्यवहार
घ) पुनर्वलिय ब्यवहार
7.राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा प्रारम्भिक बालविकास र शिक्षा तहको सिकाइ क्षमता स्तर कति तोकिएको छ ?
क)१
ख) २
ग) ३
घ) तोकिएको छैन।
8. तलको मध्ये विशिष्ट उद्देश्य कुन हो?
क) पृथ्वीको बनोटको बारेमा ब्याख्या गर्न सक्नेछन्।
ख) भानुभक्तको जीवनी लेख्न सक्नेछन्।
ग) आधारभूत गणितीय ज्ञान हासिल गर्न सक्नेछन्।
घ) नेपालका सबै प्रदेशहरुको नाम भन्न सक्ने छन्।
9. शैक्षिकसत्र 2078 मा कुन कुन कक्षामा नयाँ पाठ्यक्रम लागू हुँदैछ?
क) २,६,१२
ख) २,३,६,१२
ग) २,७,१२
घ) १,११
10. गोलमेच, प्यानेल, गुन्ज कुन विधि का तरीका हुन्?
क) व्याख्यान
ख) छलफल
ग) प्रदर्शन
घ) प्रश्नोत्तर
11. शिक्षण सिकाइमा वास्तविक बस्तु देखाउन नसकिएमा वास्तविक जस्तै लाग्नेगरी सानो स्वरूपको प्रतिरूपको रूपमा के को प्रयोग प्रभावकारी हुन्छ?
क) चित्र
ख) नमुना
ग) ग्राफ
घ) चार्ट
12. मापन गर्नु पर्ने कुरा कति सुक्ष्म सँग मापन गर्न सकियो भन्ने कुरा नै .......हो।
क) वैधता
ख) विश्वसनीयता
ग) वस्तुनिष्ठता
घ) उपयोगिता
13. मूल्याङ्कनको विशेषता हुन् हो?
क) यसको सम्बन्ध संख्यात्मक उपलब्धि सँग मात्र हुन्छ।
ख) यो साध्य नभइ साधन हो।
ग) यसले प्राप्ताङ्क मात्र बताउँछन्।
घ) यो निरन्तर चलिरहुन्छ।
14. कक्षाकोठामा उपयुक्त वातावरण बनाउने कुरामा कुन संलग्न हुँदैन?
क) बालबालिकाको आत्मविश्वास वृद्धि गराउने।
ख) सम्मिलित कक्षाकोठाको विकास गर्ने।
ग) प्रयोजन युक्त समय चक्रको विकास गर्ने।
घ) अभिभावक सँग निरन्तर भेटघाट गर्ने।
15. पढाउने कक्षाभन्दा शिक्षकको संख्या कम भएमा कुन सँगठन उपयुक्त हुन्छ?
क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) बहुकक्षा शिक्षण
घ) मिश्रित शिक्षण
16. कार्यमूलक अनुसन्धानको सम्बन्धमा कुन गलत छ?
क) यो कार्य क्षेत्रमा संलग्न व्यक्तिद्वारा हुन्छ।
ख) यो विशिष्ट प्रकृतिको हुन्छ।
ग) यो व्यवहारिक वा प्रयोगात्मक हुन्छ।
घ) यसले तथ्य, सिद्धान्त प्रमाणित गर्ने काम गर्छ।
17. 2037 भाद्र 4 बाट संचालित प्राथमिक शिक्षकको रेडियो तालिम कति समयावधिको थियो?
क) १०० घण्टा
ख) १५० घण्टा
ग) १८० घण्टा
घ) ३३० घण्टा
18. कम्प्युटरको INPUT DEVICE कुन हो?
क) monitor
ख) printer
ग) scanner
घ) speaker
19. EXCEL मा DATA ENTER गर्ने WORKSHEET को 1 आधारभूत एकाइ (BASIC UNIT) के हो?
क) cell
ख) Table
ग) box
घ) column
20. कोरोना महामारीको समयमा लचिला मोडका वैकल्पिक सिकाइका माध्यमहरूको प्रयोगमा बढोत्तरी आएको मानिन्छ। यस सन्दर्भमा अफलाइन सामग्री भनेर कस्ता सामाग्रिलाई भनिन्छ?
क) इन्टरनेट मा पाइने सामाग्री
ख) सामाजिक सन्जाल
ग) हस्तलिखित सामाग्री
घ) माथिका सबै।
21. MS-WORD मा HOME KEY के का लागि प्रयोग गरिन्छ?
क) cursor लाई document को सुरुमा move गर्ने।
ख) cursor लाई paragraph को सुरुमा move गर्ने।
ग) cursor लाई screen को सुरुमा move गर्ने।
घ) cursor लाई line को सुरुमा move गर्ने।
22. कम्प्युटर भाइरसहरु ....... हुन्।
क) मानव निर्मित
ख) प्राकृतिक
ग) मेशिनद्वारा निर्मित
घ) माथिका सबै।
23. 'सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने छ” ।यो नेपालको संबिधानको कुन धारामा छ?
क) धारा १८
ख) धारा २०
ग) धारा २५
घ) धारा ३८
24. शिक्षा ऐन 2028 (संशोधन सहित) अनुसार सामुदायिक विद्यालयको शिक्षककलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्वन्धी काम बाहेक कुन काममा खटाउन सकिने व्यवस्था छ?
क) राष्ट्रिय जनगणना, निर्वाचन
ख) प्राकृतिक प्रकोप उद्धार
ग) नेपाल सरकारले तोकेको अन्य काम
घ) माथिका सबै।
25.शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तिमा कति प्रतिशत नघटाई गरिब, अपाङ्ग,महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउनुपर्ने व्यवस्था छ?
क) ५
ख) ७
ग) १०
घ) १५
26. शिक्षकसेवा आयोग नियमावली 2059 (संशोधन सहित) बमोजिम शिक्षक पदमा उम्मेदवार हुन पाउने उमेर कुन हो?
क) 18 वर्ष उमेर पुगी 35 वर्ष ननाघेको
ख) 18 वर्ष उमेर पुगी 38 वर्ष ननाघेको
ग) 18 वर्ष उमेर पुगी 40 वर्ष ननाघेको
घ) 20 वर्ष उमेर पुगी 40 वर्ष ननाघेको
27. स्थानीय सरकार संचालन ऐन 2074 अनुसार स्थानीय तहको शिक्षा सम्वन्धी काम मा तलका मध्ये कुन पर्दैन?
क)विद्यालय नामाकरण
ख) आधारभूत तहको परीक्षा सञ्चालन
ग) शिक्षकको वढुवा
घ) विद्यालय व्यवस्थापन समिति गठन
28. परोक्षको विपरीतार्थक शब्द कुन हो?
क) विपक्ष
ख) सापेक्ष
ग) प्रत्यक्ष
घ) निरपेक्ष
29. नमिल्ने एउटा पहिचान गर्नुहोस्?
क) रवि
ख) भानु
ग) समिर
घ) भाष्कर
30. एउटा कक्षामा छात्र र छात्राको संख्याको अनुपात 5:6 छ। यदि उक्त कक्षामा 55 जना विद्यार्थीहरु भए छात्रको संख्या कति होला?
क) ११
ख) २०
ग) २५
घ) ३०
31. Choose the figure which is different from the rest.
A. 2
B. 5
C. 4
D. 1
E. 3
32. पुच्छ्रेताराहरूको सम्बन्धमा कुन गलत छ?
क) यिनीहरूको आफ्नै प्रकाश हुन्छ।
ख) यिनीहरु सौर्य मण्डलका सदस्यहरु हुन्।
ग) यिनीहरुको सुर्यको नजिक आउँदा पुच्छर देखिने गर्छ।
घ) सौर्य वायुले गर्दा यिनीहरूमा पुच्छर देखिन्छन्।
33. उत्तर अमेरिका महादेशको सबैभन्दा ठूलो देश क्यानडा हो भने सबैभन्दा सानो देश कुन हो?
क) Saint Kitts and Nevis
ख) Dominica
ग) Barbados
घ) Saint Lucia
34. नाइल नदी कति देशहरु भएर बग्दछ?
क) ७
ख) ९
ग) ११
घ) १५
35. भाटभटेनीभञ्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ?
क) ताप्लेजुङ
ख) गोर्खा
ग) हुम्ला
घ) संखुवासभा
36. नेपालको दक्षिणी सीमानामा भारतको कुन-कुन राज्य रहेको छ?
क) बिहार र उत्तरप्रदेश
ख) बिहार र उत्तराखण्ड
ग) बिहार र पश्चिम बंगाल
घ) माथिको कुनै पनि होइन
37. 2046 सालको जनआन्दोलन कति दिनसम्म चलेको थियो?
क) १९
ख) २९
ग) ३९
घ) ४९
38. नेपालको बारा जिल्लामा लाग्ने गढीमाई मेला कति कति वर्षको अन्तरमा लाग्ने गर्दछ?
क) ५/५
ख) ७/७
ग) १०/१०
घ)१२/१२
39. नेपालमा कफि दिवस कहिले मनाइन्छ?
क) कात्तिक १
ख) मंसिर १
ग) पुस १
घ) माघ १
40. आर्थिक वर्ष 2078/79 को बजेट वक्तव्य अनुसार आर्थिक वर्ष 2078/79 मा आर्थिक वृद्धिदर कति हुने लक्ष्य रहेको छ?
क)४%
ख)४.५%
ग) ५%
घ)६.५%
41. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ?
क) ग्लोबल ५००
ख) गोल्डम्यान पुरस्कार
ग) blue planet prize
घ) माथिका सबै
42. पारिस्थितिक प्रणालीमा प्रमुख जैविक तत्व के हो?
क) उपभोक्ता
ख) उत्पादक
ग) विच्छेदक
घ) माथिका सबै।
43. PACKAGE DEAL मा पर्ने SAARC राष्ट्रहरु कुन कुन हुन्?
क) नेपाल र भारत
ख) नेपाल र श्रीलंका
ग) नेपाल र बंगलादेश
घ) नेपाल र पाकिस्तान
44. SAPTA लाई SAFTA मा परिणत गर्ने निर्णय कुन संम्मेलनले गरेको हो?
क) आठौं
ख) नवौं
ग) दसौं
घ) एघारौं
45. सरकारले कहिले सम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गर्ने घोषणा गरेको छ?
क) १० बर्ष
ख) १२ बर्ष
ग) १५ बर्ष
घ) २० बर्ष
46. चीनमा एक दम्पतीलाई 3 सन्तानसम्म जन्माउन पाउने नीति कहिले बन्यो?
क) सन् २०२१ मे १
ख) सन् २०२१ मे ११
ग) सन् २०२१ मे २१
घ) सन् २०२१ मे ३१
47. तलको मध्ये कुन शिक्षाको नागरिक ज्ञानको उद्देश्य सँग निकट छ?
क)व्यवसायिक सिप प्रदान गरी आर्थिक दक्षताको विकास गर्नु
ख) मानवीय गुणहरुको विकास गरी समाजमा समायोजित गर्नु।
ग) ऐन नियमको पालना गर्दै प्रजातान्त्रिक मूल्य मान्यताको विकास गर्नु।
घ) आन्तरिक क्षमताको प्रष्फुटन गराई त्यसको सही सदुपयोग गर्नु।
48. "हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण”यो कुन वर्षको शिक्षा दिवसको नारा हो?
क) २०७५
ख) २०७६
ग) २०७७
घ) २०७८
49. Arrange the words given below in a meaningful sequence.
1. Key 2. Door 3. Lock 4. Room 5. Switch on
A. 5, 1, 2, 4, 3
B. 4, 2, 1, 5, 3
C. 1, 3, 2, 4, 5
D. 1, 2, 3, 5, 4
50. Find out the alternative figure which contains figure (X) as its part.
A. 3
B. 4
C. 2
D. 1
facebook :


- Reviews (0)
Nothing Found...Leave a review