- Home
- Show Content
TSC Model set 63
TSC Model set 63
TSC Model set 63
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 63 (50x2 = 100)
1. नमिल्दो एउटा पहिचान गर्नुहोस्?
क) देउखुरी
ख) हेटौडा
ग) गोदावरी
घ) काठमाडौं
2. कुनै कक्षामा पाच भागको दुई भाग छात्रहरु छन्। यदि छात्राको संख्या २७ भए उक्त कक्षामा जम्मा कति विद्यार्थीहरू होलान?
क) ४५
ख) ४८
ग) ५१
घ)५४
3. A र B को जस्तै सम्बन्ध C र D को भए D को स्थानमा कुन विकल्प ठिक हुन्छ?
4.नमिल्दो एउटा पहिचान गर्नुहोस्:
a b c d e
5. आकारको हिसाबले तेस्रो ठूलो ग्रह कुन हो?
क) शनि
ख) अरुण
ग) वरुण
घ) पृथ्वी
6. आन्ध्र महासागरको सन्दर्भमा कुन गलत छ?
क) यो विश्वको दोस्रो ठूलो महासागर हो।
ख) यो वाणिज्य महासागर हो।
ग) यसले यूरोप, एसिया र अफ्रिका लाई अमेरिकी महादेशसँग छुट्याउँछ।
घ) यो त्रिभुज आकारको छ।
7.अष्टेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो?
क) ग्रेट भीक्टोरिया
ख) ग्रेट सिनि डेजर्ट
ग) सिम्पसन
घ) जिब्सन
8.भारतलाइ छुने तर चिनलाई नछुने प्रदेशहरू नेपालमा कतिवटा छन्?
क)१
ख) २
ग) ३
घ) ४
9.नेपालमा कुन प्रकारको हावापानी बसोबासको लागि उपयुक्त मानिन्छ?
क) न्यानो र गर्मि
ख) न्यानो र ठन्डा
ग) न्यानों
घ) ठन्डा
10.कमैया प्रथाको अन्त्य बि.स.२०५७ श्रावण २ मा कुन प्रधानमन्त्रीको पालामाभएको थियो?
क) कृष्ण प्रसाद भट्टराई
ख) गिरिजा प्रसाद कोइराला
ग) शेर बहादुर देउवा
घ) लोकेन्दरबहादुर चन्द
11. इन्द्र जात्राको दिन मूख्यत कसको रथ घुमाइन्छ?
क) विष्णु
ख) कुमारी
ग)रातो मच्छिन्द्रनाथ
घ) सेतो मच्छिन्द्रनाथ
12. चालु पन्ध्रौं योजनाको अन्तसम्ममा राष्ट्रिय बजेटमा सामाजिक सुरक्षामा कति प्रतिशत छुट्याउँने लक्ष्य छ?
क) ११.३
ख) १२.७
ग) १३.७
घ) २०
13. पृथ्वी राजमार्गको राष्ट्रिय कोड नं कति हो?
क) H.01
ख) H.02
ग) H.03
घ) H.04
14. राष्ट्रिय जनगणना २०७८ को नारा के हो?
क) कोही नछुटुन् , कोही नदोहोरिउन
ख)मे रो गणना,मेरो सहभागिता
ग) समृद्ध नेपाल, सूखी नेपाली
घ) हाम्रो गणना, हाम्रो विकास
15. दिगो विकासको अवधारणा नेपालको कुन आवधिक योजनाबाट ल्याइएको हो ?
क) आठौ
ख) नवौं
ग) दसौं
घ) एघारौं
16. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा (दफा) छन् ?
क)१०
ख)११
ग)१०१
घ)१११
17.यादव कान्त सिलवाल सार्कका कतिऔं महासचिव हुन?
क) चौथो
ख) पाचौं
ग) छैटौं
घ) सातौं
18.अनलाइनबाट सरकारी सेवा दिने "नागरिक एप"को औपचारिक उद्दघाटन कहिले गरियो?
क)२०७८ वैशाख १०
ख) २०७८ वैशाख १८
ग) २०७८ वैशाख १९
घ)२०७८ वैशाख २०
19.२०७५ पौष १२ गते शिलन्यास भएको धरहराको पुनर्निर्माणको उद्दघाटन कहिले भयो?
क) २०७८ बैशाख १०
ख) २०७८ बैशाख ११
ग) २०७८ बैशाख १२
घ) २०७८ बैशाख १३
20. शिक्षा शब्द संस्कृत भाषाको कुन धातुबाट बनेको मानिन्छ?
क) शिक्षक्
ख) शिक्ष्
ग) शिक्षम्
घ) शिक्षे
21.जिल्ला शिक्षा कार्यालयलाई कहिले शिक्षा बिकास तथा समन्वय इकाइमा रुपान्तरण गरियो?
क)२०७४ माघ
ख)२०७४ फाल्गुन
ग)२०७४ चैत्र
घ)२०७५ चैत्र
22. मानव विकासको सन्दर्भमा कुन सही छ?
क) यो परिमाणात्मक परिवर्तन हो/
ख) यो जन्मजात प्रक्रिया हो।
ग) यो बाह्य वातावरणबाट प्रभावित हुन्छ।
घ) यो निश्चित अवधिसम्म चल्दछ।
23.मानव बिकासमा स्वपरिचय खोज्ने अवस्था कुन हो?
क) किशोरावस्था
ख) यौवन अबस्था
ग) बयस्कअबस्था
घ) उत्तर बाल्याबस्था
24.उत्तर बाल्यावस्थामा निर्मित सामाजिक समुहका विशेषतामा निम्न मध्ये कुन पर्दैन?
क)समान प्रकारका लुगा लगाएर निकटता प्रदर्शन
ख) गफगाफ,खेल र भ्रमण
ग) विपरीत लिङ्गी समूह निर्माण
घ) बहुप्रतिभाशाली व्यक्ति समूहको नेता चयन
25.सिकाइको उपयुक्त अर्थ कुन हो?
क) समस्या समाधान गर्न
ख)सिपहरूको विकास गर्नु
ग)ज्ञानको प्राप्ति गर्न
घ) व्यवहारको परिमार्जन गर्नु
26. कुनै वस्तु वा अवस्थाको उपस्थितिमा प्रतिक्रिया का दरलाई प्रभावित पार्ने कार्य के हो?
क)प्रेरणा
ख) पुनर्बल
ग)स्थानान्तरण
घ) सबलक
27. शास्त्रीय सम्बन्धन सिकाइमा तलका मध्ये कुन सम्बलन( पुनर्बल )को उदाहरण हो ?
क) अस्वभाविक प्रतिक्रिया
ख) स्वभाविक प्रतिक्रिया
ग) अस्वभाविक उत्तेजना
घ) स्वभाविक उत्तेजना
28. राष्ट्रीय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कति कार्य घन्टाको समयावधिलाई १ पाठ्यघन्टा मानिन्छ?
क)२४
ख) २८
ग) ३२
घ) ३६
29.तलको मध्ये कुन मनोक्रियात्मक क्षेत्र को उद्देश्य हो ?
क) खेलका सिपहरु बताउन सक्नेछन्।
ख) खेलको आनन्द लिन सक्नेछन्।
ग) खेलमा ध्यान दिन सक्नेछन्।
घ) खेल खेल्न सक्नेछन्।
30. स्थानीय पाठ्यक्रम भनेको के हो?
क) स्थानीयस्तरमा लागू गरिएको पाठ्यक्रम
ख) स्थानीय व्यक्तिहरुले निर्माण गरेको पाठ्यक्रम
ग) केन्द्रबाट स्थानीयस्तरमा लागू गर्न तोकिएको पाठयक्रम
घ) स्थानीय स्तरमा निर्माण गरिएको स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम
31. विद्यालयको बार्षिक कार्य योजनामा समेटिनुपर्ने विषय तलकामध्य कुन हो ?
क) दैनिक क्रियाकलापको योजना
ख) विद्यालयको समग्र क्रियाकलाप
ग) वार्षिक शैक्षणिक योजना
घ) आवधिक क्रियाकलाप
32. तलको मध्ये कुन विधि अन्तरक्रियात्मक शिक्षण विधि हो?
क) अध्ययन र सर्वेक्षण
ख) प्रश्नोत्तर
ग) समस्या समाधान
घ) प्रदर्शन
33. विषयगत वैधताको निर्णय कसरी गरिन्छ?
क) विशेषज्ञद्वारा विषयवस्तु र तिनका उद्देश्य तुलनांगरेर
ख) तथ्यांक शास्त्रीय विधि द्वारा सहसम्बन्धको गुणांक निकालेर
ग) कुनै अर्को मापदण्ड सँग तुलना गरेर
घ) अवलोकुन योग्य मानकसँग दाँजेर
34.बिदयार्थी सम्बन्धी सबैभन्दा धेरै जानकारी रहुने तथ्यांकको संकलन के हो?
क) घटनाबृत अभिलेख
ख) सञ्चित अभिलेख
ग) श्रेणीमापन
घ) रुजुसुचि
35. शिक्षकको अनुपस्थितिमा सर्वाधिक प्रभाव पर्ने शैक्षणिक सँगठन कुन हो?
क) बहुकक्षा शिक्षण
ख) कक्षा शिक्षण
ग) विषय शिक्षण
घ) मिश्रित शिक्षण
36. बिद्यालयमा जोखिम व्यवस्थापन कार्य अन्तर्गत कुन पर्दैन?
क) पुर्बतयारी
ख) रोकथाम
ग) सचेतना
घ)खोज तथा राहत
37. शिक्षक तालिमलाई अनिवार्य गर्नुपर्ने कुरा तलको मध्ये कसले जोड दिएको छ?
क) शाही शिक्षा आयोग
ख) राष्ट्रिय शिक्षा आयोग
ग) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग
घ) शिक्षा सम्बन्धि उच्चस्तरीय समिति
38.घटना अध्ययनको सन्दर्भमा कुन गलत छ?
क) यसमा सामाजिक एकाइलाई समग्र रूपमा हेरिन्छ।
ख) यसमा सामाजिक एकाइको के र किन पक्षहरुलाई अध्ययन गर्छ।
ग) यो चरहरु नियन्त्रण गरि गरिने अनुसन्धान हो ।
39.WEBSITE को मुख्य पेज के हो?
क) Browser Page
ख) Search Page
ग) Home Page
घ) Bookmark
40.कुनै चित्रको अनावश्यक भाग हटाउनु परेमा कुन प्रक्रियामा जानुपर्छ?
क) Hiding
ख) Bordering
ग) Cropping
घ) Cutting
41.POWERPOINT PRESENTATION T SLIDE मा SPECIAL EFFECT राख्नुलाई के भनिन्छ?
क) Present animation
ख) Transition
ग) Custom animation
घ) Effects
42. अनलाइन शिक्षामा सहयोग गने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामग्री अध्ययन र प्रयोगका लागि संचालित पोर्टल कुन हो ?
क) शैक्षिक पोर्टल
ख) दूर पोर्टल
ग) अनौपचारिक पोर्टल,
घ) पाठ्यक्रम पोर्टल
43. सूचना प्रविधि सम्बन्धी कानुनले कुनलाई जनाउँछ?
क) रेडियो सम्बन्धि कानुन
ख) टेलिफोन सम्बन्धि कानुन
ग) इन्टरनेट सम्बन्धि कानुन
घ) टेलिभिजन सम्बन्धि कानुन
44. नेपालको सविधानको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तरगत तलको मध्ये कुन समावेश छैन?
क) विकास सम्बन्धि नीति
ख) सुचना , संचार र प्रबिधि सम्बन्धि नीति
ग) पर्यटन सम्बन्धि नीति
घ) अन्तर्राष्ट्रियस्तर सम्वन्ध सम्बन्धि नीति
45.शिक्षा ऐन २०२८ को नवौं संसोधन कहिले भएको हो?
क) २०७३/०३/१५
ख) २०७३/०७/०६
ग) २०७४/०३/१५
घ) २०७४/०७/०६
46. शिक्षा नियमावलीअनुसार शिक्षकले बढीमा कतिअवधि बेतलबी बिदा पाउन सक्ने उल्लेख छ?
क) ३ वर्ष
ख) ४वर्ष
ग) ५ वर्ष
घ) ६ वर्ष
47. शिक्षक सेवा आयोगको नियमावली अनुसार शिक्षक सेवालाई समावेशी बनाउन महिलालाई छुटयाएको ३३% स्थानमध्ये दलित समुदायका महिलालाई कति प्रतिशत पद छुट्याएको छ?
क) १
ख) २
ग) ३
घ) ४
48. स्थानीय सरकार संचालन ऐन २०७४ मा वडा समितिको शिक्षा सम्बन्धी कतिवटा कार्य तोकिएको छ?
क) ८
ख) ९
ग) १०
घ) ११
49.GIANT:DWARF::GENIUS:?
क) wicked
ख) Gentle
ग) Idiot
घ) Tiny
50.Find the number of triangles in the given figure.
क. 8
ख. 10
ग. 12
घ. 14
facebook :


- Reviews (0)
Nothing Found...Leave a review