TSC Model set 65

TSC Model set 65

TSC Model set 65

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 65 (50x2 = 100)

 

 

 

1.शिक्षालाई सामाजिक प्रक्रियाको रूपमा जोड दिने को हुन् ?

क) विवेकानन्द

ख) रुसो

ग) जोन डिवे

घ) पेस्तालोजी

 

 

 

2. उत्तर बाल्य अवस्थामा बालबालिकाहरुमा तलकामध्ये कुन सीप विकास कम भएको पाइन्छ?

क) खेल र स्वावलम्बी सिपहरु

ख) विद्यालय सम्बन्धी सीपहरू

ग) सामाजिक सिपहरु

घ) बिरामी र दुर्घटना विरुद्धका सिपहरु

 

 

 

3. मानव विकासमा व्यक्तिको शारीरिक वृद्धि र विकासले फड्को मार्ने अवस्था कुन हो?

क) बाल्यावस्था

ख) किशोरावस्था

ग) उत्तरयौनवनावस्था

घ) यौवनावस्था

 

 

 

4. वृद्धिको सन्दर्भमा कुन सही छ?

क) यो आर्जित प्रक्रिया हो

ख) यो गुणात्मक परिवर्तन हो।

ग) यसमा अभ्यास को भुमिका रहँदैन।

घ) यो बाह्रय वातावरणबाट प्रभावित हुन्छ

 

 

 

5. सिकाइको क्रममा दिइने पुरस्कार र दण्डलाई के भनिन्छ?

क) उत्प्रेरक

ख) उत्प्रेरणा

ग) पुनर्बल

घ) अभ्यास

 

 

 

6. सिकाइमा प्रभाव पार्ने ब्यक्तिगत तत्वमा तलको कुन पर्दैन?

क) संवेगात्मक स्थिरता

ख) उमेर

ग) लिङ्ग

घ) स्वास्थ्य

 

 

 

 

7. उत्तेजना र उत्तेजना बिच साहचर्य गराई सिकाई तलकामध्ये कुन सिकाइ सिद्धान्त मा हुन्छ?

क) शास्त्रीय सम्बन्धन

ख) कार्यपरक सम्बन्धन

ग) अन्तर्दृष्टि

घ) संज्ञानात्मक

 

 

 

8. क्रियापरक सम्बन्धन सिकाइको सन्दर्भमा कुन गलत छ?

क) प्रतिक्रियामा जोड

ख) प्राणीमा सक्रियता

ग) ज्ञात उत्तेजना

घ) प्रभावको नियममा आधारित

 

 

 

9. पाठ्यक्रम एउटा ....... हो।

क) पाठ्यपुस्तक

ख) शिक्षक ले के गर्ने, के नगर्ने भन्ने समावेश भएको पुस्तक

ग) सिकाईको योजना

घ) पढाउने विषय वस्तुको सूची

 

 

 

10. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा राष्ट्रिय पाठ्यक्रम प्रारूप र राष्ट्रिय योग्यता बिच के कायम गरिने उल्लेख छ?

क) सन्तुलन

ख) सामञ्जस्य

ग) सम्बन्ध

घ) घनिष्ठता

 

 

 

11. आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ मा गणित विषयमा कति वटा विषय क्षेत्र समेटिएको छ?

क) ५

ख) ६

ग) ७

घ) ८

 

 

 

12. प्रायजसो शैक्षिक सामग्रीविना कक्षा शिक्षण गर्दा के प्रभाव पर्छ?

क) सिकाइ छिटो हुन्छ।

ख) शिक्षकलाई शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने झन्झट

ग) राम्रो शिक्षाकले शैक्षिक सामग्री बिनानै प्रभावकारी शिक्षण गर्न सक्छन्।

घ) यसले विद्यार्थीको सिकाइ दरलाई घटाउँछ।

 

 

 

13. तल्ला कक्षाहरुमा कुन प्रकारको शिक्षण विधि प्रभावकारी हुन्छ?

क) शिक्षक केन्द्रित

ख) विद्यार्थी केन्द्रित

ग) छलफल विधि

घ) अन्तरक्रिया विधि

 

 

14. निर्णयात्मक मुल्यांकुनको मुख्य उद्देश्य कुन हो?

क) विद्यार्थीको सिकाइ कमजोरी पत्ता लगाई सुधार गर्ने।

ख) विद्यार्थीको औसत उपलब्धिका आधारमा नीतिगत सुधारका लागि सुझाव दिने।

ग) विद्यार्थीको श्रेणी वा ग्रेड निर्धारण गरी प्रमाणित गर्ने।

घ) विद्यार्थीका रुचि पत्ता लगाउने।

 

 

 

15. कक्षा (१-३)को पाठ्यक्रम २०७६ मा विद्यार्थी सिकाइ स्तर मापन गरी पटक पटकको सुधारात्मक सिकाइवाट पनि एक वा दुई सिकाइ स्तर भन्दा माथि जान नसकेमा के गर्नुपर्ने उल्लेख छ?

क) विद्यार्थीलाई कक्षा नचढाइने

ख) पुन सुधारात्मक शिक्षण गर्ने

ग) उपचारात्मक शिक्षण गर्ने

घ) स्वतः कक्षा चढाउने

 

 

 

16. शैक्षणिक सँगठनमा तलको मध्ये कम महत्वपूर्ण पक्ष कुन हो?

क) कक्षाकोठा संख्या

ख) शिक्षक संख्या

ग) अतिरिक्त क्रियाकलाप

घ) विद्यार्थी संख्या

 

 

 

17. विपत व्यवस्थापनमा विपत पर्नुअघि गर्ने कार्यमा तलको कुन पर्दैन?

क) रोकथाम

ख) अल्पिकरण

ग) पूर्वतयारी

घ) उद्धार

 

 

 

18. तलको मध्ये कुन कार्यमूलक अनुसन्धानको फाइदा होइन?

क) यसले शैक्षिक अभ्यासलाई सुधार गर्छ।

ख) यसलाई व्यापकरूपमा सामान्यीकरण गर्न सकिन्छ।

ग) यो एउटा शिक्षकले कक्षा कोठाभित्र गर्न सक्छन्।

घ) निष्कर्षलाई तुरुन्त कार्यान्वयन गर्न सकिन्छ।

 

 

 

19. विक्रम संवत २००४ मा शिक्षक तालिमको सुरुवात कुन निकायबाट भएको थियो?

क) शिक्षक तालिम केन्द्र

ख) शिक्षा तालिम केन्द्र

ग) आधार शिक्षक शिक्षण केन्द्र

घ) आधार शिक्षक तालिम केन्द्र

 

 

 

20. MS-WORD मा CTRL+X के का लागि प्रयोग गरिन्छ?

क) cut

ख) Copy

ग) paste

घ) delete

 

 

 

21.MS- EXCEL मा SHEET TAB SCROLL BUTTONS कहाँ हुन्छ ?

क) right corner को bottom मा

ख) Left corner on bottom

ग) right corner को top मा

घ) Left corner को top मा

 

 

 

22.MS-POWERPOINT मा EXISTING PRESENTATION मा SLIDE तलको मध्ये कुन बाट ADD गर्न सकिन्छ?

क) file,add a new slide

ख) Insert, new slide

ग) file,open

घ) file,new

 

 

 

23. ICT को सन्दर्भमा कुन गलत छ?

क) यसले सिकाई सहजिकरणमा सघाउँछ।

ख) यसले शिक्षकलाई प्रतिस्थापन गर्छ।

ग) यो आधुनिक शैक्षिक सामाग्री हो।

घ) यसले शिक्षकको शारीरिक श्रमलाई घटाउँछ।

 

 

 

24. ANTIVIRUS कुन प्रकारको SOFTWARE हो?

क) system software

ख) Application software

ग) utility software

घ) माथिका कुनै पनि होइनन्।

 

 

 

25. नेपालको संविधानको धारा 16 मा कस्ता व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था छ?

क) कुनैपनि व्यक्तिलाई

ख) प्रत्येक व्यक्तिलाई

ग) प्रत्येक नागरिकलाई

घ) कुनैपनि नागरिकलाई

 

 

 

26. शिक्षा ऐन 2028 (संशोधन सहित) को नवौ संशोधन कहिले भएको हो?

क) २०७४/०७/०६

ख)२०७४/०३/१५

ग)२०७३/०७/०६

घ)२०७३/०३/१५

 

 

 

27. शिक्षा नियमावली 2059 (संशोधन सहित) अनुसार सार्वजनिक शैक्षिक गुठीमा कुन व्यक्ति पदेन गुठियार हुने व्यवस्था छ?

क) सम्बन्धित विद्यालयका संस्थापक

ख) सम्बन्धित विद्यालयका प्रधानाध्यापक

ग) मन्त्रालयले तोकेको व्यक्ति

घ) माथिका सबै।

 

 

 

28. शिक्षक सेवा आयोग नियमावली 2059 (संशोधन सहित) मा सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यतामा तृतीय श्रेणीलाई कति अङ्क दिने व्यवस्था छ?

क) ३

ख) २

ग) १

घ) ०

 

 

 

29. स्थानीय सरकार संचालन ऐन 2074 अनुसार बन्द गरिएका विद्यालयहरूको सम्पतिको के गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ?

क) संरक्षण

ख) व्यवस्थापन

ग) नियमन

घ) अभिलेखीकरण

 

 

 

30.LETTER:WORD को जस्तै सम्बन्ध भएको जोडा विकल्प कुन हो?

क) Homework: school

ख) club: people

ग) product: factory

घ) page: book

 

 

 

31. 'खाली' को अर्थ कुन हो?

क) केवल

ख) मात्र

ग) रित्तो

घ) माथिका सबै

 

 

 

32. नमिल्दो एउटा पहिचान गर्नुहोस्?

a              b          c          d              e

 

 

 

 

33. बैज्ञानिकहरुद्वारा पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो?

क) मंगल

ख) शुक्र

ग) बुध

घ) शनि

 

 

 

34. क्षेत्रफलको हिसाबले विश्वको तेस्रो ठूलो महादेश कुन हो?

क) अफ्रिका

ख) दक्षिण अमेरिका

ग) उत्तर अमेरिका

घ) अन्टार्कटिका

 

 

 

 

35. विश्वमा सबैभन्दा बढि बोलिने भाषा कुन हो?

क) अंग्रेजी

ख) चाइनिज

ग) स्पेनिस

घ) रसियन

 

 

 

36. भारत र चीन पछि नेपालको सीमानासँग नजिक भएको मुलुक कुन हो ?

क) भुटान

ख) बङ्गलादेश

ग) श्रीलंका

घ) माल्दिभ्स

 

 

 

 

37. अहिलेसम्म सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन्?

क) कामि शेर्पा

ख) कामिरिता शेर्पा

ग) आप्पा शेर्पा

घ) आङरिता शेर्पा

 

 

 

38. जंग बहादुर राणा बेलायत गएका बेला कार्यवाहक प्र. म.को बनेका थिए?

क) फत्तेजंग शाह

ख) बम बहादुर राणा

ग) रणोंदवीप सिंह

घ) विरशम्सेर राणा

 

 

 

39. नेपालको कतिवटा संस्कृतिक सम्पदाहरुलाई UNESCO ले विश्वसम्पदा सूचीमा राखेको छ?

क) १०

ख) ९

ग) ८

घ) ७

 

 

 

40. नेपालमा ISO 9001:2015 गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो जलविद्युत कम्पनी कुन हो?

क) चिलिमे

ख) खिम्ती

ग) माङदी

घ) भोटेकोशी

 

 

 

41. नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो?

क) वि.स. २०३४ बैशाख १

ख) वि.स. २०३४ पौस १

ग) वि.स. २०३३ बैशाख १

घ) वि.स. २०३७ बैशाख १

 

 

 

42. नेपालको कुन ठाउँमा सारस प्रजनन् केन्द्र रहेको छ?

क) चितवन

ख) कपिलवस्तु

ग) बर्दिया

घ) पोखरा

 

 

 

43. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ?

क) असोज १

ख) कार्तिक १

ग) मंसिर १

घ) पुस १

 

 

 

44. विमस्टेकका संस्थापक राष्ट्रहरू कतिवटा छन्?

क) ३

ख) ४

ग) ५

घ) ६

 

 

 

45. नेपाल UNO को कति औं सदस्य राष्ट्र हो?

क) ७० औं

ख) ७१ औं

ग) ७२ औं

घ) ७३ औं

 

 

 

46. संविधान दिवस 2078 को अवसरमा 'नेपाल रत्न' विभूषण कसलाई प्रदान गरिएको छ?

क) स्व. सुवर्ण शमशेर राणा

ख) स्व. कृष्णप्रसाद भट्टराई

ग) स्व. गिरिजाप्रसाद कोइराला

घ) स्व. मनमोहन अधिकारी

 

 

47. २०२१ सेप्टेम्बर १५ मा कुन तीन देशबीच नयाँ सुरक्षा सम्झौता ‘ओकस' भएको थियो?

क) ब्रिटेन, फ्रान्स र अस्ट्रेलिया

ख) फ्रान्स, अमेरिका र ब्रिटेन

ग) ब्रिटेन, अमेरिका र अस्ट्रेलिया

घ) चिन, ब्रिटेन र अष्ट्रेलिया

 

 

 

48. नेपालमा योजनाबद्ध रूपमा प्रौढ शिक्षाको सुरुवात कहिले भएको थियो?

क) २००७

ख) २०१३

ग) २०१८

घ) २०२८

 

 

 

49.Look at this series: 1.5, 2.3, 3.1, 3.9, ... What number should come next?

क..2

ख..4

ग..7

घ .1

 

 

 

50.Group the given figures into three classes using each figure only once.

 

क.1,3,5 ; 2,6,9 ; 4,7,8

ख.2,3,4 ; 5,6,8 ; 9,1,7

ग.1,3,5 ; 2,6,8 ; 4,7,9

घ.3,2,4 ; 6,5,8 ; 7,9,1



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login