TSC Model set 68

TSC Model set 68

TSC Model set 68

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 68 (50x2 = 100)

 

 

 

१. सौर्यमण्डलको केन्द्रमा रहेको सुर्य कस्तो तारा हो?
क) सानो आकारको
ख) मझौला आकारको
ग) ठूलो आकारको
घ) अति ठूलो आकारको

 

 

२. सबैभन्दा बढी भूपरीवेष्टित राष्ट्र भएको महादेश कुन हो?
क) एसिया
ख) यूरोप
ग) अफ्रिका
घ) दक्षिण अमेरिका

 

 

३. विश्वको मरुभूमिका सन्दर्भमा कुन बेठिक छ?
क) विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभुमि हो।
ख) कालाहारी मरुभूमि अफ्रिकामा पर्छ।
ग) सोनोरन मरुभूमि अष्ट्रेलियामा पर्छ।
घ) तक्ला माकुन चिनको शीत मरुभूमि हो।

 

 

४. नेपालको टिंकर भञ्ज्याङ कहाँ अवस्थित छ?
क) ताप्लेजुङ
ख) गोर्खा
ग) डोल्पा
घ) दार्चुला

 

 

५. तलको मध्ये कुन सप्तकोशीको सहाय नदी हो?
क) त्रिशुली
ख) तमोर
ग) त्रियुगा
घ) तिनाउ

 

 

६. वि. स. २०३७ वैशाख २० मा सम्पन्न जनमतसंग्रहमा ७५ जिल्लामध्ये पञ्चायत पक्ष र बहुदल पक्षले क्रमशः कति कति जिल्लामा विजयी हासिल गरेका थिए?
क) ४० र ३५
ख) ४५ र ३०
ग) ५०र २५
घ) ५५ र २०

 

 

७. मुक्तिनाथ कुन देवताको धाम मानिन्छ?
क) शिव
ख) विष्णु
ग) गणेश
घ) कृष्ण

 

 

८. चालु पन्ध्रौं योजनाको अन्त्यसम्ममा विद्युत पहुँच प्राप्त परिवार कति पुर्याउने लक्ष्य छ?
क) ९८%
ख) ९९%
ग) ९९.५%
घ) १००%

 

 

९. नेपालमा विश्वविद्यालय अनुदान आयोगको स्थापना कहिले भएको हो? 
क) वि.स. २०४८
ख) वि.स.२०४९
ग) वि.स.२०५०
घ) वि.स.२०५१

 

 

१०. तलको मध्ये कुन भनाइ गलत छ?
क) पृथ्वी शिखर सम्मेलन सन् १९९२ मा ब्राजिलमा सम्पन्न भएको थियो।
ख) “एजेण्डा २१” पृथ्वी शिखर सम्मेलनको प्रतिफल हो।
ग) ‘क्योटो अभिसन्धि' सन् १९९७ मा आएको हो।
घ) नेपालले क्योटो अभिसन्धिलाइ सन् २००४ मा अनुमोदन गरेको हो।

 

 

 

११. पातहरु हल्लिदा सामान्यतया कति डेसिबलको ध्वनि उत्पन्न हुन्छ?
क)  ५
ख) १०
ग) १५
घ) २०

 

 

 

१२. विमस्टेकमा तलको मध्ये कुन देश समावेश छैन?
क) म्यानमार
ख) थाइल्याण्ड
ग) पाकिस्तान
घ) बंगलादेश

 

 

१३. नेपालले कहिलेदेखि संयुक्त राष्ट्र संघिय शान्ति सेनामा आफ्ना सैनिकहरुलाई सहभागी गराउँदै आएको छ?
क) सन् १९५८
ख) सन् १९५९
ग) सन् १९६८
घ) सन् १९६९

 

 

१४. आफ्नै जनशक्ति, व्यवस्थापन र स्रोतसाधन प्रयोग गरेर नेपालको नापी विभागले मापन गरेको सगरमाथाको उचाई कति छ?  
क) ८८४८.६६ मिटर
ख)  ८८४८.७६ मिटर
ग)  ८८४८.८६ मिटर
घ)   ८८४८.९६ मिटर

 

 

 

१५. 'पहिलो पटक COVID-19 विरुद्धको VACCINE बेलायतकी ९० वर्षिय MARGARET KEENAN लाई दिइएको छ।' उक्त VACCINE कुन कम्पनीले उत्पादन गरेको हो?
क) Pfizer
ख) BioNTech
ग) Sinovac
घ) क र ख दुवै

 

 

१६. “ब्यक्तिमा रहेको अन्तरनिहित प्रतिभाको विकास गर्नु”शिक्षाको कस्तो उद्देश्य हो?
क) मानवीय सम्बन्धको
ख) व्यक्तिगत
ग) आर्थिक दक्षताको
घ) नागरिक ज्ञानको

 

 

१७. नेपालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको हो? 
क) वि.स.२०६५
ख) वि.स.२०६६
ग) वि.स.२०६७
घ) वि.स.२०६८

 

 

१८. उत्तर वाल्यअवस्थाको सन्दर्भमा कुन गलत छ?
क) यस उमेरमा मस्तिष्कको तौलको वृद्धि दर अत्यन्त निम्न
ख) यस उमेरमा मानसिक क्षमताको विकास अत्याधिक रूपले हुने गर्दछ।
ग) अधिकांश बालबालिका दुब्ला पातला देखिन्छन्
घ) यस उमेरमा बोसे कोशिका(Fat tissues)को विकास तिव्र रूपमा भईरहेको हुन्छ।

 

 

१९.उत्तरबाल्यअवस्थामा बालबालिकाहरुलाई कस्तो व्यवहार गर्न उपयुक्त हुन्छ?
क) दुर्घटना एवं खराब सँगतबाट बचाउन विशेष निगरानी राख्ने।
ख) घरपरिवार र विद्यालयमा लिङगिय भेदभाव नगर्ने।
ग) बालबालिकाको आत्मबल उच्च राख्ने।
घ) माथिका सबै।

 

 

२०. मानव विकासको सन्दर्भमा कुन गलत छ?
क) यो वंशानु भन्दा वातावरणबाट बढी प्रभावित हुन्छ।
ख) यो गुणात्मक परिवर्तनको अवस्था हो।
ग) यसको मापन वृद्धिको तुलनामा सजिलो हुन्छ।
घ) यो निरन्तर चलिरहुने प्रक्रिया हो।

 

 

 

२१. संकृत जानेको व्यक्तिले नेपाली सिक्न खोज्दा कुन प्रकारको स्थानान्तरण हुन्छ?
क) सकारात्मक
ख) नकारात्मक
ग) शुन्य
घ) माथिका कुनै पनि होइन।

 

 

२२. मास्लोले वर्गीकरण गरेको आवश्यकताको 5 तहको ठिक बीचमा कुन आवश्यकता पर्छ?
क) सुरक्षात्मक
ख) स्नेह तथा परस्पर सम्बन्ध
ग) आत्मसम्मान
घ) आत्मयथार्थिकरण

 

 

2३. तलको कुन भनाइ बेठिक छ?
क) शास्त्रीय सम्बन्धन सिकाइका प्रवर्तक Ivan Pavlov हुन्।
ख) कार्यपरक सम्बन्धन सिकाइका प्रवर्तक B.E.Skinner हुन्।
ग) शास्त्रीय सम्बन्धन सिकाइ प्रवर्तन गर्ने क्रममा कुकुरमाथि प्रयोग गरिएको थियो।
घ) कार्यपरक सम्बन्धन सिद्धान्त प्रतिक्रिया परक व्यवहारमा आधारित छ।

 

 


२४. कुन मनोबैज्ञानीकलाइ व्यवहारवादका पिता भनिन्छ?
क) Watson
ख) Ivan Pavlov
ग) E.I. Thorndike
घ) Bandura

 

 

 

२५. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 अनुसार विद्यालयमा पठनपाठन हुने स्वीकृत पाठ्यपुस्तकको ......स्थानीय तहले गर्ने
प्रावधान छ?
क) लेखाजोखा
ख) सुनिश्चितता
ग) सहजीकरण
घ) प्रमाणीकरण

 

 

२६. नेपालको शैक्षिक इतिहासमा कक्षा एक देखि अनिवार्य रूपमा अंग्रेजी पढाउने व्यवस्था कहिलेदेखि सुरु भएको हो?
क) २०५८
ख) २०५९
ग) २०६०
घ) २०६१

 

 

२७. पाठ्यक्रमको सन्दर्भमा कुन बेठिक छ?
क) पाठ्यक्रम(curriculum) ल्याटिन भाषाको(curricula) शब्द बाट बनेको हो।
ख) पाठ्यांशलाई पाठ्यक्रम मान्नु पाठ्यक्रमको संकुचित अर्थ हो।
ग)पाठ्यक्रम समय परिबेश अनुसार परिवर्तनशिल हुनुपर्छ।
घ) पाठ्यक्रमलाई शिक्षण सिकाइ कार्यको मेरुदण्ड मानिन्छ।

 

 

 

२८. तलको मध्ये कुन अन्तरक्रियात्मक शिक्षण विधि हो?
क) सर्वेक्षण
ख) समस्या समाधान
ग) प्रश्नोत्तर
घ) छलफल

 

 

 

२९. शब्दपत्ती, बाक्यपत्ती, अर्थपत्ती तलको मध्ये कुन शैक्षिक सामग्रीमा राखेर देखाउन प्रभावकारी हुन्छ?
क) चक बोर्ड
ख) फलाटिन बोर्ड
ग) गोजी तालिका
घ) प्रदर्शन बोर्ड

 

 

 

३०. स्तरीकृत परीक्षाको सन्दर्भमा कुन गलत छ?
क) यो परीक्षाको सन्चालन प्रक्रिया र अंकुन विधि पूर्व निर्धारित हुन्छ।
ख) यो परीक्षाको प्राप्ताङ्कलाई कुनै मानकको आधारमा ब्याख्या गरिन्छ।
ग) यो विशेषज्ञले निर्माण नगरी शिक्षकले निर्माण गर्दछन्।
घ) यसमा विश्वसनियता उच्च भएपनि विषय वैधताको कमी हुन

 

 

३१. प्रश्नपत्रहरुको विश्लेषण किन गरिन्छ?
क) परीक्षाबाट अपेक्षित रूपमा मापन भयो या भएन थाहा पाउन।
ख) परीक्षाले राम्रा र नराम्रा विद्यार्थीबीच भेद गर्न सक्यो वा सकेन थाहा पाउन।
ग) प्रश्नहरुको कठीनाइस्तर उपयुक्त भए नभएको थाहा पाउन।
घ) माथिका सबै।

 

 

३२. बहुकक्षा शिक्षणको सन्दर्भमा कुन ठिक छ?
क) विद्यार्थीको तुलनामा शिक्षक पर्याप्त भएमा यो उपयोग गरिन्छ।
ख) स्तर निर्धारण र समूह विभाजन द्वारा सजिलै पढाउन सकिन्छ।
ग) वैयक्तिक भिन्नता पहिचान गरी शिक्षण गर्न सकिन्छ।
घ) आर्थिक हिसाबले यो कम खर्चिलो बिधि हो।

 

 

 

३३. शैक्षिक ब्यबस्थापनमा तलको मध्ये कुन आवश्यक पर्छ?
क) योजना र सँगठन
ख) निरीक्षण र निर्देशन
ग) समन्वय र आर्थिक योजना
घ) माथिका सबै।

 

 

३४. कार्यमूलक अनुसन्धानको सन्दर्भमा कुन बेठिक छ?
क) यस अनुसन्धानलाई स्थानीय उपयोगिताको आधारमा मूल्यांकुन गरिन्छ।
ख) यसमा नमुना समूह छनौट गरेर अध्ययन गरिन्छ।
ग) शिक्षण सिकाइमा सुधारका लागि गरिन्छ।
घ) शिक्षक स्वयं अनुसन्धानमा संलग्न हुन्छन्।

 

 

३५. नेपालमा रेडियो शिक्षक शिक्षा तालिम परियोजना कहिले स्थापना भएको थियो?
क) बि .सं.  २०३४
ख) बि .सं. २०३५
ग) बि .सं. २०३६
घ) बि .सं. २०३७

 

 

३६. तलको मध्ये कुन SEARCH ENGINE होइन?
क) Google
ख) Chrome
ग) Yahoo
घ) Bing

 

 

३७. MS WORD मा तलको मध्ये के हुँदैन?
क) Italic
ख) Magic tool
ग) Font
घ) Bold

 

 

३८. GOOGLE MEET को सन्दर्भमा कुन सहि छ?
क) यो video conferencing app हो।
ख) यसमा screen share गर्ने सुविधा छ।
ग) Facing expressionर body language पनि देखिने भएकोले दोहोरो सन्चार प्रभावकारी हुन्छ।
घ) माथिका सबै

 

 

३९. MS EXCEL को WORKSHEET मा एउटा COLUMN I ROW को प्रतिच्छेदनलाइ के भनिन्छ?
क) Value
ख) Cell
ग) Adress
घ) Workbook

 

 

४०. “कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सुचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न त्यसको गोपनियता भंग गर्ने वा अनधिकृत रूपमा कसैलाई हस्तान्तरण गरे वा गराएमा दुइ वर्षसम्म कैद र २०हजारसम्म जरीवाना हुने छ” यो व्यहोरा मुलुकी अपराध संहिता,२०७४ को कुन भागमा उल्लिखित छ?
क) भाग ४
ख) भाग ३
ग) भाग २
घ) भाग १

 

 

४१. “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ”यो नेपालको संविधानको कुन मौलिक हक अन्तर्गत छ?
क) ज्येष्ठ नागरिकको हक
ख) सामाजिक सुरक्षाको हक
ग) सम्मानपूर्वक बाँच्न पाउने हक
घ) न्यायसम्बन्धी हक

 

 

 

४२. शिक्षा ऐन अनुसार नेपाल सरकारले के का लागि सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्ने गर्दछ ? 
क) साक्षरता
ख) सिप विकास
ग) निरन्तर सिकाइ
घ) माथिका सबै।

 

 

४३. शिक्षा नियमावलीअनुसार असाधारण वा अध्ययन विदा भुक्तान भएको कति दिनभित्र विद्यालयमा हाजिर नहुने सामुदायिक विद्यालयको शिक्षकलाई सेवाबाट अवकाश दिने व्यवस्था छ?
क)  ७
ख) १५
ग)  ३०
घ) ४५

 

 

 

४४. शिक्षकसेवा आयोग नियमावलीको दशौं संशोधन कहिले भएको हो?
क) २०७६/०६/१३
ख) २०७६/०७/१३
ग) २०७६/०८/१३
घ) २०७६/०९/१३

 

 

४५. स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार आधारभूत विद्यालय खोल्न, विद्यालयको कक्षा थप गर्न र विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने वडा समितिको अधिकार कस्तो अधिकार अन्तर्गत पर्छ?
क) सिफारिस गर्ने
ख) प्रमाणित गर्ने
ग) सिफारिस तथा प्रमाणित गर्ने
घ) स्वीकृति दिने

 

 

४६. जंगलको चिडियाखाना भए झैं समुद्रको के हुन्छ?
क) पोखरी
ख) मत्स्यपालन
ग) एक्वारियम
घ) नदी

 

 

 

४७. नमिल्दो एउटा पहिचान गर्नुहोस्?
क) जेब्रा
ख) सिंह
ग) बाघ
घ) घोडा

 

 

४८. दिएको अनुक्रममा प्रश्नवाचक चीन्ह भएको पद कुन होला?
4,6,12,14,28,30 ?
क) ३२
ख) ६०
ग) ६२
घ) ६४

 

 

 

49. तलको प्रश्न चिन्ह भएको ठाउँमा उपयुक्त अंक भर्नुहोस् ?


 

A. 11 
B. 16
C. 20
D. 21

 

 

 

 

५०. मिल्दो बिकल्प छनौट गर्नुहोस् ।


 

A. 1
B. 2
C. 3
D. 4



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login