प्रास मोडेल सेट छब्बिस

प्रास मोडेल सेट छब्बिस

प्रास वस्तुगत बहुउत्तर - SET  26       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

 

1.बिरुवाको वारेमा शिक्षण गर्ने पाठ योजना तयार पार्दा तलको मध्ये सबैभन्दा उपयुक्त उद्देश्य कुन हुन सक्तछ ?

क) विरुवाको बारेमा थाहा पाउनु ।

ख) बिरुवाको बारेमा लेख्नु ।

ग) बिरुवाबाट हुने ५ वटा फाइदाको सूची बनाउनु ।

घ) विरुवालाई राम्रोसँग बुझ्नु ।

 

 

 

2.विद्यालय सुधार योजनाको अन्तिम चरण कुन हो ?

क) आवधिक लक्ष्य निर्धारण र शैक्षिक सूचकको निर्माण

ख) कार्यक्रमको लागत अनुमान र स्रोतको खोजी

ग) कार्यक्रम कार्यान्वयनको रणनीति तयारी

घ) कार्यक्रम कार्यान्वयन योजना र अनुगमन

 

 

 

3.शिक्षण सिकाइ कार्यका लागि शिक्षकलाई मार्गनिर्देश गर्ने सबैभन्दा उपयुक्त साधन कुन हो ?

(क) पाठ्यक्रम

(ख) पाठ्यपुस्तक

(ग) शिक्षक निर्देशिका

(घ) शैक्षिक सामग्री

 

 

 

4.विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा तलका मध्ये कुन पक्षमा बढी ध्यान दिन आवश्यक छ ?

क) पाठको स्वरुप

ख) सिकारुको मनोविज्ञान

ग) सामाजिक सांस्कृति पक्ष

घ) कक्षा कोठाको वातावरण

 

 

 

5.शिक्षणसिकाइ प्रक्रियामा बाह्य मुलुकबाट आयात गर्न नसकिने कुन हो ?

क) उद्देश्य

ख) शैक्षिक सामग्री

ग) योग्य शिक्षक

घ) शिक्षण प्रविधि

 

 

 

6.मानव विकासको कुन अवस्थालाई आंधि र तुफानको अवस्था भनिन्छ ?

क) उत्तरवाल्यावस्था

ख) प्रौढावस्था

ग) किशोरावस्था

घ) यौवनावस्था

 

 

 

7.परियोजना कार्यमा कुन विधि बढी प्रभावकारी मानिन्छ ?

क) पढेर सिक्ने

ख) देखेर सिक्ने

ग) गरेर सिक्ने

घ) सुनेर सिक्ने

 

 

 

8.शैक्षिक लगानीमा तलका मध्ये कुन पर्दैन ?

क) शिक्षण कार्यक्रम

ख) शिक्षाका लक्ष्य र उद्देश्य

ग) शिक्षक र विद्यार्थी

घ) भौतिक साधन र पूंजी

 

 

 

9.विद्यार्थीले टिभी हेरेर, किताब पढेर, सिनेमा हेरेर क्रियाकलापहरुको नक्कल गर्ने कार्य केसंग सम्बन्धीत छ ?

क) वास्तविक नमूना

ख) सांकेतिक नमूना

ग) आधार नमूना

घ) कुनै पनि होइन

 

 

 

10.विश्वमा निरक्षर बिरुद्ध साक्षरता अभियान चलाउने संस्था कुन हो ?

क) जाइका

ख) युसएड

ग) युनिसेफ

घ) युनेस्को

 

 

 

 

11.महाभारतको रचना महर्षी वेदव्यासले गरेका हुन भने यसलाई लिपीमा उतार्ने काम कस्ले गरेका हुन ?

क) वेदव्यास आफै

ख) जनमेजय

ग सञ्जय

घ) गणेश

 

 

 

12.शिक्षक सेवा आयोगलाई अध्यापन अनुमति पत्र सम्बन्धमा सुझाव दिन व्यवस्था गरिएको संस्थागत संरचना कुन हो ?

क) शिक्षक काउन्सिल

ख) मन्त्रालय

ग) राष्ट्रिय शिक्षा परिषद्

घ) राष्ट्रिय परीक्षा बोर्ड

 

 

 

13.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कुन हो ?

क) SEE

ख) SLC

ग) SLCE

घ) माथिका सवै

 

 

 

14.काठमाडौंलाई ५५ औं साक्षर जिल्ला को रुपमा कहिले घोषणा गरिएको हो ?

क) मिति २०७८ असोज ३

ख) मिति २०७८ असार ४

ग) मिति २०७८ श्रावण ४

घ) मिति २०७८ असोज ४

 

 

 

15.राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष को हुन्छ ?

क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति

ख) शिक्षा सचिव

ग) विज्ञान सचिव

घ) परीक्षा नियन्त्रक

 

 

 

 

16.नेपालको संविधान २०७२ अनुसार संघ, प्रदेश, र स्थानीय तहको शिक्षा सम्बन्धी साझा अधिकार कुन हो ?

क) शिक्षा, खेलकूद र पत्रपत्रिका

ख) आधारभूत तथा माध्यमिक शिक्षा

ग) उच्च शिक्षा, पुस्तकालय र संग्रहालय

घ) अनौपचारिक शिक्षा

 

 

 

17.समाहित शिक्षा भन्नाले के बुझिन्छ ?

क) नियमित शैक्षिक पद्धतिको शिक्षा

ख) विभेद रहित वातावरणमा दिइने शिक्षा

ग) छुट्टै समूहमा राखि निश्चित माध्यम दिइने शिक्षा

घ) माथिका सवै

 

 

 

18.नेपाललाई शैक्षिक प्रशासनका दृष्टिले कहिलेदेखि २८ जिल्लामा विभाजन गरेको थियो ?

क) वि.सं. २०१५ सालमा

ख) वि.सं. २०१६ सालमा

ग) वि.सं. २०१४ सालमा

घ) वि.सं. २०१७ सालमा

 

 

 

 

19.नेपाल UNESCO को सदस्य कहिले बन्यो ?

क) सन् १९५३ मार्च १

ख) सन् १९५३ मे १

ग) सन् १९५३ जुन १

घ) सन् १९५३ मे ११

 

 

 

20.नेपालको शिक्षा योजनाको तह कति वटा छन् ?

क) ४

ख) ३

ग) ५

घ) यस्तो तह छैन

 

 

 

21.विद्यालयमा कति घन्टा पाठ्यक्रम अध्यापन गरे त्यसलाई एक पाठ्यभार मानिन्छ ?

क) २५ घण्टा

ख) ३० घण्टा

ग) ३४ घण्टा

घ) ३२ घण्टा

 

 

 

22.शिक्षामा गुणस्तर विकासका लागि शिक्षा पुरस्कार कोष को स्थापना गर्ने कार्यक्रम कुन योजनामा राखिएको थियो ?

क) आठौँ

ख) नवौ

ग) दशौँ

घ) एघारौ

 

 

 

23.तलका मध्ये शिक्षक केन्द्रीत शिक्षण विधि कुन हो ?

क) छलफल

ख) शैक्षिक भ्रमण

ग) प्रश्नोत्तर

घ) खोज अनुसन्धान

 

 

 

24.शिक्षक तालिमको पीता भनेर तलका मध्ये कस्लाई चिनिन्छ ?

क) स्कीनर

ख) जीन पीयाजे

ग) पेस्तालोजी

घ) बान्डुरा

 

 

 

25.नेपालमा संचालन भई रहेको साक्षरता कार्यक्रमले साक्षर हुन कति वटा सक्षमता निर्धारण गरेको छ ?

क) १०

ख) ११

ग) १२

घ) १५

 

 

 

26.सन्तोषजनक रुपमा व्यक्ति, समूह र सांस्कृतिक तत्व बीच हुने पारस्परिक प्रक्रीयालाई के भनिन्छ ?

क) सामाजिक समायोजन

ख) अनुकुलन

ग) आत्मीकरण

घ) सहयोग

 

 

 

27.विद्यालय निरीक्षणलाई प्रभावकारी तुल्याउने उद्देश्यले संचालित निरीक्षण एकाइ परियोजना कहिले लागू गरएिको थियो ?

क) शैक्षिक सत्र २०२८/२०२९

ख) शैक्षिक सत्र २०३८/२०३९

ग) शैक्षिक सत्र २०४८/२०४९

घ) शैक्षिक सत्र २०३७/२०३८

 

 

 

28.ज्ञान आर्जन गर्ने सवै भन्दा शक्तिशाली ज्ञानेन्द्रीय कुन हो ?

क) कान

ख) मस्तिष्क

ग) आँखा

घ) चेतना

 

 

 

29.लिच्छवीकालमा शिक्षासम्बन्धी कार्य गर्ने संस्था कुन हो ?

क) कुथेर

ख) अग्रहार

ग) लिंगवल

घ) प्रतिहार

 

 

 

30.मिति उल्लेख नगरिएको योजना कुन हो ?

क) विद्यालय सुधार कार्य योजना

ख) एकाइ योजना

ग) पाठ योजना

घ) माथिका सवै

 

 

 

31.नेपालमा बहुकक्षा वहुस्तर कार्यक्रम(MGML कहिले देखि लागू भएको हो ?

क) वि.सं. २०६५

ख) वि.सं. २०६६

ग) वि.सं. २०६७

घ) वि.सं. २०६४

 

 

 

32.विद्यालयमा कक्षा कोठा व्यवस्थापन गर्नुको मुख्य उद्देश्य कुन हो ?

क) विना अवरोध शिक्षण सिकाइ गर्नु

ख) विद्यार्थीलाई अनुशासनमा राख्नु

ग) शिक्षण सामग्री जुटाउनु

घ) विद्यार्थीको वसाइलाई सहज बनाउनु

 

 

 

 

33.विशेष शिक्षा कार्यक्रमको मुख्य उद्देश्य कुन हो ?

क) अपांगताको किसिम अनुसार छुट्टा छुट्टै विद्यालयको व्यवस्था गरी शिक्षा दिनु

ख) अपागंता भएका वालवालिकाहरुलाई छुट्टै समूहमा राखि विशेष प्रकारले एकिकृत शिक्षा दिनु

ग) अपांगता भएका वालवालिकाहरुलाई छात्रवृत्ति सहित शिक्षा प्रदान गर्नु

घ) अपांगता भएका वालवालिकाहरुहरुलाई उनीहरुको रुचि, क्षमता, र मात्राको आधारमा शिक्षा दिनु

 

 

 

34.विद्यालय शिक्षामा सुशासनको अवधारणा तलका मध्ये कुन हो ?

क) जवाफदेहिता

ख) उत्तरदायित्व

ग) पारदर्शिता

घ) माथिका सवै

 

 

 

35.शैक्षिक उद्देश्य प्राप्तीको मुख्य केन्द्र विन्दू कुन हो ?

क) कक्षा कोठा

ख) पुस्तकालय

ग) घर

घ) पुस्तककुना

 

 

 

36.विद्यालय तहमा सुशासन सूचक कुन हो ?

क) विद्यार्थीको टिकाउ दर

ख) विद्यार्थी उत्तीर्ण दर

ग) सिकाइ उपलब्धी प्रतिशत

घ) माथिका सवै

 

 

 

37.सामाजिक परिक्षण समितिले अन्तिम प्रतिवेदन को समक्ष  बुझाउनु पर्दछ ?

क) विव्यस

ख) प्र.अ.

ग) विद्यालय

घ ) सम्बन्धित गाउँ वा नगरपालिका

 

 

 

 

38.परीक्षामा विद्यार्थी असफल भई पढाइ नै छाड्ने प्रवृत्ति तलका कुन नियमसंग सम्बन्धीत छ ?

क) अभ्यासको नियम

ख) प्रभावको नियम

ग) तत्परताको नियम

घ) माथिका सवै

 

 

 

 

39.शिक्षण प्रक्रियाको मुल आधार कुनलाई मानिन्छ ?

क) पाठ्यक्रम

ख) पाठ्यपुस्तक

ग) शिक्षक निर्देशिका

घ) गृहकार्य

 

 

 

 

40.शैक्षिक प्रविधिको प्रयोजन कुन कुरामा झल्कीन्छ ?

क) विद्यार्थी मूल्यांकन

ख) विद्यार्थीको गुण र चरित्र विश्लेषण

ग) मितव्ययीता

घ) शिक्षण सिकाइ प्रक्रियामा सरलीकृतता

 

 

 

 

41.तलका मध्ये कुन प्रदेशका सवै जिल्ला साक्षर घोषणा भएका छन् ?

क) गण्डकी प्रदेश

ख) बागमति प्रदेश

ग) प्रदेश एक

घ) लुम्बीनी प्रदेश

 

 

 

42.नेपालमा पाठ्यक्रम कार्यान्वयन योजना सर्वप्रथम कहिले कार्यान्वयन गरियो ?

क) वि.स. २०२८

ख) वि.सं. २०३५

ग) वि.सं. २०३८

घ) वि.सं. २०६३

 

 

 

43.पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हकको व्यवस्था कुन धारामा गरीएको छ ?

क) धारा १८

ख) धारा १९

ग) धारा २३

घ) धारा २५

 

 

 

44.नेपालमा बहिरा भन्नाले कति डेसिबल सम्मको आवाज नसुन्ने वा वोल्न नसक्नेलाई बुझाउदछ ?

क) ४० डेसिवल

ख) ६० डेसिवल

ग) ८० डेसिवल

घ) ५० डेसिवल

 

 

 

45.नि.मा.शि. प्रथम श्रेणीको शिक्षकले शैक्षिक सत्र शुरु भएको कति दिन भित्र का.स.मू. भरेर दर्ता गरि सक्नु पर्ने प्रावधान छ ?

क) एक महिना

ख) ३० दिन

ग) ४५ दिन

घ) डेढ महिना

 

 

 

 

46.देव शम्शेरले कुन प्रकारको शिक्षा लागू गर्ने घोषणा गरेका थिए ?

क) आधार शिक्षा

ख) प्राविधिक शिक्षा

ग) अंग्रेजी शिक्षा

घ) सार्वजनिक शिक्षा

 

 

 

47.नेपालको विद्यालय शिक्षाका तल्ला र मध्यम कक्षाहरुमा निरन्तर विद्यार्थी मूल्यांकन पद्धति लागू गर्नाको मूल कारण के हो ?

क) बीचैमा वालवालिकाले विद्यालय छाड्ने अवस्था नआओस भनेर

ख) विद्यार्थीको सिकाइ अभिलेखको आधारमा कक्षोन्नति गर्न भनेर

ग) सवै विद्यार्थीलाई फेल नगरी सहजै पास गराउन

घ) अभिभावकलाई वालवालिका विद्यालय पठाउन सजिलो

 

 

 

48.राष्ट्रिय शक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार नेपालमा अंग्रेजी भाषा शिक्षण गर्न प्राथमिकता दिनुको मुख्य उद्देश्य कुन हो ?

क) सामान्जस्यपूर्ण जीवनयापनकालागि सक्षम तुल्याउन

ख) सार्वभौम सामाजिक मूल्य मान्यताको संबर्धन गर्न

ग) समाजमा वैज्ञानिक चेतनाको बिस्तार गर्न

घ) सामाजिक एकतामा सुदृढिकरण गर्न

 

 

 

49.शिक्षक निर्देशिका कस्ले तयार गर्दछ ?

क) मन्त्रालय

ख) पाठ्यक्रम विकास केन्द्र

ग) पाठ्यक्रम विकास तथा मूल्यांकन

घ) विषय विज्ञ

 

 

 

50. औपचारिक शिक्षाको विशेषता कुन होइन ?

क) पूर्व निर्धारित पाठ्यक्रम

ख) निश्चित घेराभित्रको शिक्षा

ग) रोजगारमुखी शिक्षा

घ) लचिलो शिक्षा



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login