- Home
- Show Content
प्रास मोडेल सेट सत्ताइस
प्रास मोडेल सेट सत्ताइस
प्रास वस्तुगत बहुउत्तर - SET 27 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
1.विद्यालय शिक्षामा अक्षराङ्क पद्धती लागु गर्ने भनी कहिले सैद्धान्तिक निर्णय भयो ।
(क) २०७१/०२/३०
(ख) २०७१/०३/२०
(ग) २०७१ /०३/३०
(घ) २०७१/०३/३
2.अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम कार्यान्वयन पुस्तिका २०७४ अनुसार निरन्तर शिक्षाका सहभागीहरुको लिखित परीक्षाको अंकविभाजन बाह्य मूल्याङ्कनका लागि स्वास्थ्य, शारीरिक र पोषण विषयमा जम्मा कति पूर्णाङ्क छुट्याइएको छ ?
(क) ५
(ख) ७
(ग) ८
(घ) ९
3. राष्ट्रिय परीक्षा वोर्डको उद्देश्य तलको मध्ये कुन हो ?
(क) वजेट तथा कार्यक्रम स्वीकृत गर्ने
(ख) माध्यमिक शिक्षा परीक्षाको संचालन, समन्वय र व्यवस्थापन गर्ने
(ग) दीर्घकालिन योजना तयार गरी कार्यन्वयन गर्ने
(घ) माथिका सबै
4. शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ कहिले स्वीकृत भएको हो ?
(क) २०७६/१०/१२
(ख) २०७६/१०/२०
(ग) २०७६/१०/२२
(घ) २०७६/१०/२८
5. नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ अनुसार प्रति कक्षा विद्यार्थी आकार कति जनालाई मानी थप शिक्षक व्यवस्थापन गर्नुपर्ने छ ?
(क) २५
(ख) ३०
(ग) ३५
(घ) ४०
6. सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजनाको तर्जुमा गर्न मूल समिति, सबैका लागि शिक्षाको राष्ट्रिय निकाय र विषयगत समूहमा कति सदस्यहरु रहेका थिए ?
(क) मूल समितिमा १३, राष्ट्रिय निकायमा ३३ र विषयगत समूहमा ७ सदस्य
(ख) मूल समितिमा ११, राष्ट्रिय निकायमा २५ र विषयगत समूहमा ९ सदस्य
(ग) मूल समितिमा ९, राष्ट्रिय निकायमा २१ र विषयगत समूहमा ११ सदस्य
(घ) मूल समितिमा ७, राष्ट्रिय निकायमा १९ र विषयगत समूहमा १३ सदस्य
7. माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार माध्यमिक तहको कक्षा ९ को ऐच्छिक प्रथममा राखिएको विषय कुन हो ?
(क) वातावरण विज्ञान
(ग) कम्प्युटर विज्ञान
(ख) ऐच्छिक विज्ञान
(घ) कार्यालय संचालन र लेखा
8. नेपालको संविधानको कतिभाग र धारामा राष्ट्रिय हितको व्यवस्था छ ?
क) भाग १धारा ४
ख) भाग १धारा६
ग) भाग १धारा ७
घ) भाग१ धारा ५
9. तुलनात्मक रूपमा मौलिक विचार अभिव्यक्ति परीक्षण गर्न नसक्ने प्रश्न कुन हो ?
क) निबन्धात्मक प्रश्न
ख) बिषयगत प्रश्न
ग) वस्तुगत प्रश्न
घ) छोटो प्रश्न
10. प्राथमिक तहमा आन्तरिक मुल्यांकन प्रक्रियाको सुरुवात कहिलेबाट भएको हो ?
क) राष्ट्रिय शिक्षा पद्धतिको योजनाकाल
ख) राष्ट्रिय शिक्षा आयोगको काल
ग) आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाकाल
घ) विद्यालय क्षेत्र सुधार योजनाकाल
11.नेपालमा विद्यालयतहको पाठ्यक्रमको स्वीकृति गर्ने निकाय कुन हो ?
क) शिक्षा विभाग
ख) शिक्षा मन्त्रालय
ग) शैक्षिक जनशक्ति विकास केन्द्र
घ) राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद
12. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसेको तर बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई के को आधारमा नागरिकता प्रदान गरिने छ ?
क) वंशजको आधार
ख) अङ्गीकृत नागरिकता
ग) सम्मानार्थक नागरिकता
घ) यस्तो व्यवस्था छैन
13. सन् २००० सम्ममा प्राथमिक शिक्षामा सुधार गर्ने कुन सम्मेलनले घोषणा गयो ?
क) जोम्टिन सम्मेलन, १९९०
ख) कराँची सम्मेलन, १९६०
ग) अम्मान सम्मेलन,१९९६
घ) डकार सम्मेलन २०००
14. विशेष शिक्षा प्रदान गर्नका लागि व्यवस्था गरिएको स्रोत कक्षा सञ्चालन कस्तो प्रकारको व्यवस्था हो?
क) विशेष विद्यालयमा व्यवस्था गरिएको स्रोत कक्षा
ख) साधारण विद्यालयमा एकीकृत शिक्षा दिनका लागि गरिएको स्रोत कक्षा
ग) घुम्ती शिक्षण व्यवस्थामा गरिएको स्रोत कक्षा
घ) घर नजिकैको विद्यालयमा सञ्चालित स्रोत कक्षा
15. कुन चाँहि शैक्षणिक योजनामा समयको बढी बन्देज हुन्छ ?
क) एकाई योजना
ख) पाठयोजना
ग) कार्ययोजना
घ) कार्यपात्रो
16. खुला तथा दूर सिकाइ प्रणाली अन्तर्गत कुन कुन खुला शिक्षाको व्यवस्था गर्ने नीति रहेको -छ?
(क) साधारण र व्यवसायिक
(ख) साधारण, व्यावसायिक र संस्कृत
(ग) व्यावसायिक र प्राविधिक
(घ) व्यावसायिक, साधारण र प्राविधिक
17. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले उच्च माध्यमिक शिक्षामा कति धार रहने सुझाव दिएको छ।
(क)३
(ख)४
(ग) ५
(घ) ६
18.आधारभूत तह कक्षा १-३ को पाठ्यक्रम अनुसार व्यवहार कुशल सीपहरुमा तलका मध्ये कून सीप समावेश भएको छैन ?
(क) सोचाइ, वैयक्तिक, अन्तरवैयत्तिक, सूचना प्रविधि र वहुसाक्षरता सीप, नागरिक सीप
(ख) सोचाइ, बझाइ, वैयक्तिक, नागरिक सीप, सूचना प्रविधी
(ग) सोचाइ, वैयक्तिक, अन्तर वैयक्तिक सूचना प्रविधि
(घ) वैयक्तिक, अन्तरवैयक्तिक, नागरिक सीप
19.राष्ट्रिय परीक्षा वोर्डले तलको मध्ये कुन परीक्षालाई व्यवस्थित गर्ने दायित्व यसको परिधी भित्र पर्दछ?
(क) कक्षा८
(ख) कक्षा १०
(ग) कक्षा १२
(घ) माथिका सबै
20.रा.पा.प्रा. २०७६ अनुसार कक्षाको परीक्षा कसले संचालन गर्ने छ ?
(क) संघ
(ख) प्रदेश
(ग) स्थानीय
(घ) विद्यालय
21.विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सुचारु रुपमा सञ्चालन गर्न केन्द्रिय निर्देशक समितिमा मनोनित सदस्यहरुको पदावधि कति वर्षको हुने व्यवस्था छ ?
(क) २
(ख) ३
(ग) ४
(घ) ५
22.अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम कार्यान्वयन पुस्तिका २०७४ अनुसार निरन्तर शिक्षाको कक्षामा हिमालमा न्यूनतम् कति जनाको समूह हुनुपर्दछ ?
(क) ५ जना
(ख) १० जना
(ग) १५ जना
(घ) २० जना
23.शिक्षा मन्त्रालय कहिले स्थापना भएको थियो ?
(क) वि.सं. २००६
(ख) वि.सं. २००७
(ग) वि.सं. २००९
(घ) वि.सं. २००८
24.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्रीको मातहतमा को प्रमुख प्रशासकिय तथा कार्यकारी प्रमुख रहन्छन् ?
(क) राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू
(ख) राजपत्राङ्कित विशिष्ट श्रेणीका सह-सचिवहरू
(ग) शिक्षा राज्य मन्त्री
(घ) कुनै पनि होइन
25.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सामान्य प्रशासन सेवा र शिक्षा प्रशासन सेवाका गरी राजपत्राङ्कित प्रथम श्रेणी कति जना हुन्छन ?
(क) ४ जना
(ख) ३ जना
(ग) २ जना
(घ) ५ जना
26. प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले कस्तो प्रकारको तालिम संचालन गर्दछ।
(क) आधारभूत तथा मध्यम
(ख) मध्यम तथा उच्च
(ग) न्यून तथा मध्यम
(घ) मध्यम तथा मझौला
27. शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा कुल दरबन्दी कति रहेको छ ?
(क) १८५
(ख) १७७
(ग) १७१
(घ) १७२
28. नेपालमा सर्वप्रथम पूर्व प्राथमिक शिक्षा, विद्यालयको आवश्यकतामा जोड कसले दिएको हो ?
(क) सर्वाङ्गीन शिक्षा समिति, २०१८
(ख) राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
(ग) राष्ट्रिय शिक्षा आयोग, २०४९
(घ) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५
29. आफ्नै भाइद्वारा मारिने राजा को हुन् ?
(क) रणबहादुर शाह
(ख) प्रताप सिंह शाह
(ग) गीर्वाण युद्धविक्रम शाह
(घ) त्रैलोक्य
30. भूतपूर्व सैनिक वा प्रहरी नियुक्ती हुने भनी तोकिएको निजामती सेवाको पदमा कति वर्ष ननाघेका व्यक्ति उमेद्वार हुन सक्ने छन् ?
(क) ४० वर्ष
(ख) ४८ वर्ष
(ग) ५० वर्ष
(घ) ४५ वर्ष
31. माध्यामिक शिक्षा उर्तीर्ण परीक्षामा अक्षराङ्क पद्धती लागु गर्ने निर्णय कहिले भएको
(क) २०७१/०८/२६
(ख) २०७१/०८/२४
(ग) २०७१/०९/२४
(घ) २०७१/०८/२०
32. 'चरिकोट' कुन जिल्लाको सदरमुकाम हो ?
(क) सिन्धुली
ख) दोलखा
(ग) ओखलढुंगा
(घ) मकवानपुर
33. 'चैनपुर' कुन जिल्लाको सदरमुकाम हो ?
(क) हुम्ला
(ग) बाजुरा
(ख) डोटी
(घ) बझाङ
34. विश्व विद्यालय अनुदान आयोगमा कति सदस्यीय रहने व्यवस्था छ ।
(क) ७ जना
(ख) ११ जना
(ग) १५ जना
(घ) १० जना
35. दामन कुन जिल्लामा पर्दछ ?
(क) काठमाडौं
(ख) धादिङ
(घ) चितवन
(ग) मकवानपुर
36. अक्षराङ्क मूल्याङ्कन भन्नाले कुन लाई बुझाउदछ ?
(क) सिकाइ स्तरलाई अक्षरमा प्रदान गर्नु
(ख) सिकाइ स्तरलाई अंकमा प्रदान गर्नु
(ग) सिकाइ स्तरलाई श्रेणीमा प्रदान गर्नु
(घ) माथिका सबै
37. राष्ट्रिय शिक्षा नीति २०७६ ले पाठ्यक्रममा कुन विषयलाई अभिन्न अंगका रुपमा लिइएको छ?
(क) विज्ञान प्रविधि
(ख) विज्ञान प्रविधि र इन्जिनियरिङ
(ग) विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित
(घ) इन्जिनियरिङ र गणित
38. शैक्षिक तथ्याङ्क २०७५ अनुसार स्रोत कक्षाहरू कति ओटा रहेको छ ?
क) ३०८
ख) ३८०
ग) ३२५
घ) १२३
39. मुल्यांकन शब्दले तलको कुन चाहिँ पक्षलाई बढी प्रकाश पार्छ ?
क) मूल्य निर्धारण
ख) परिमाणात्मक परिणाम
ग) गुणात्मक परिणाम
घ) माथिका सबै
40. प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले कस्तो प्रकारको जनशक्ति तयार पार्ने जिम्वेवारी लिएको छ?
(क) शिप युक्त जनशक्ति
(ख) शिक्षत जनशक्ति
(ग) अर्ध सिपयुक्त जनशक्ति
(घ) वेरोजगार जनशक्ति
41.राजदूतस्तरमा नेपाल बेलायत दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?
(क) वि.सं. १९९०
(ग) वि.सं. १९९९
(ख) वि.सं. १९७५
(घ) वि.सं. १९९५
42.शिक्षा ऐन, २०२८ लागु भएपछि कुन नियम लागु हुने छन् ।
(क) शिक्षा नियम २०२७
(ख) शिक्षा नियम २०२६
(ग) शिक्षा नियम २०२५
(घ) शिक्षा नियम २०२५
43.गाँउ शिक्षा समितिमा कति जना महिला सदस्य अनिवार्य हुनु पर्ने छ ।
(क) १ जना
(ख) ३ जना
(ग) २ जना
(घ) ४ जना
44. राणाकालमा पहाडी जिल्लाहरुको संख्या कति थियो ।
(क) १०
(ख) २०
(ग) ३०
(घ) ४०
45. नेपालमा सर्वप्रथम प्रशासन सुधारका लागि सुझाव पेस गर्न गठन गरिएको आयोग कुन हो।
(क) ब्रुच कमिसन, २००९
(ख) बुच कमिसन, २००८
(ग) प्रशासकीय पुर्नगठन योजना आयोग
(घ) प्रशासन सुधार आयोग, २०१२
46. जनक शिक्षा सामग्री केन्द्रलाई कहिले बाट विद्यालय स्तरीय सम्पूर्ण पाठ्य पुस्तक उत्पादन तथा विक्रि वितरण गर्ने दायित्व दियो?
(क) वि.सं. २०२८
(ख) वि.सं. २०३०
(ग) वि.सं. २०३१
(घ) वि.सं. २०२९
47.प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा त्यस्तो व्यक्तिलाई तोकिएको अधिकारीले कुसूरको मात्रा हेरी कतिसम्म कैद वा जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ?
(क) रु २५ हजार र जरिवाना वा ६ महिनासम्म कैद वा दुवै
(ख) रु ५० हजार जरिवाना १ वर्षसम्म कैद वा दुवै
(ग) रु १ लाख जरिवाना ६ महिनासम्म कैद वा दुवै
(घ) रु.१ लाख जरिवाना १ वर्षसम्म कैद वा दुवै
48. विद्यालयले स्थायी शिक्षकको मासिक तलबबाट कति प्रतिशतका दरले रकम कट्य गरी कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने व्यवस्था छ ?
(क) १० प्रतिशत
(ख) १२ प्रतिशत
(ग) १४ प्रतिशत
(घ) १६ प्रतिशत
49. विशिष्ट उद्देश्यमा हुनुपर्ने विशेषता कुन होइन?
क) विशिष्ट
ख) मापनीय
ग) अवलोकनीय
घ) निरन्तर
50. मुल्यांकनका साधनहरू मध्ये तलको कुन परीक्षण नगरिने साधन हो?
क) बिषयगत परीक्षा
ख) सञ्चित अभिलेख
ग) वस्तुगत परीक्षा
घ) मौखिक परीक्षा
facebook :


- Reviews (0)
Nothing Found...Leave a review