प्रास मोडेल सेट अठ्ठाइस

प्रास मोडेल सेट अठ्ठाइस

प्रास वस्तुगत बहुउत्तर - SET  28       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

 

1.शिक्षक सेवा आयोगको अध्यक्षले कति वर्षको उमेरसम्म पदमा रहि सेवा गर्न सक्तछन् ?

क) ५८ वर्ष

ख) ४० वर्ष

ग) ६० वर्ष

घ) ६५ वर्ष

 

 

 

 

2.हाल संचालनमा रहेको साक्षरता शिक्षाको पाठ्यक्रम कस्ले स्वीकृत गर्दछ ?

क) नेपाल सरकार

ख) अनौपचारिक शिक्षा परिषद

ग) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद

घ) पाठ्यक्रम विकास केन्द्र

 

 

 

 

 

3.मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ?

क) ३ वर्ष

ख) ५ वर्ष

ग) ६ वर्ष

घ) ४ वर्ष

 

 

 

4.विद्यालय सुधार योजना निर्माण कार्यदलमा कति जना सदस्य हुन्छन् ?

क) ३ जना

ख) ५ जना

ग) ७ जना

घ) ९ जना

 

 

 

5.विद्यालयको वार्षिक कार्य योजना कस्ले बनाउदछ ?

क) शिक्षक

ख) प्र.अ.

ग) अध्यक्ष विव्यस

घ) शिक्षा शाखा प्रमुख

 

 

 

6.शिक्षा नीति तलकामध्ये कस्तो प्रकारको नीति हो ?

क) वितरणमुखि नीति

ख विषय क्षेत्रगत नीति

ग) उत्पादनमुलक नीति

घ) विधिविधान सम्बन्धी नीति

 

 

 

 

7. पाठ्यक्रम विकासको चरणमा तलकामध्ये कुन पर्दैन ?

क) पाठ्यक्रम विकास

ख नीतिगत निर्णय

ग) आवश्यकता पहिचान

घ) पृष्ठपोषण संकलन

 

 

 

 

8. नेपालको राट्रिय गानमा कतिवटा शव्दको संयोजना रहेको छ ?

क) ४४

ख) ४५

ग) ४६

घ) ५१

 

 

 

9.कौमारी स्वरुपा भनेर चिनीएको नदी कुन हो  ?

क) मादी

ख) दरौंदी

ग) दूध कोशी

घ) लिखु

 

 

 

10.नेपालको आर्थिक इतिहासमा अत्यन्तै दुर्लभ मानिएको बजेट होलिडे कहिलेबाट शुरु भएको हो ?

क) २०७८ साल भाद्र ३१

ख) २००८ साउन ८

ग) २०७२ जेठ १५

घ) २०६३ असार १५

 

 

 

 

11.अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ सम्बन्धमा तलका मध्ये कुन भनाइ सहि छन् ?

i) आधारभूत शिक्षा भन्नाले प्रारम्भिक वालविकास देखि कक्षा ८ सम्मलाई बुझाउँदछ ।

 

ii) विद्यालयमा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको शिक्षा पूरा गर्नुपर्ने गरि वाध्यात्मक व्यवस्था गरिएको छ।

 

iii) गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार हुने छ ।

 

iv) नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।

क) i, iv मात्र ठीक छन् ।

ख) i बाहेक सवै ठीक छन् ।

ग) ii बाहेक सवै ठीक छन् ।

घ) माथिका सवै ठीक छन् ।

 

 

 

12. प्रत्येक नेपाली नागरीकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व तलका मध्ये कस्को हो ?

क) संघीय सरकार

ख) प्रदेस सरकार

ग) स्थानीय सरकार

घ) माथिका सवै

 

 

 

13.स्थानीय तहले कुन उमेर समूहका वालवालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नु पर्दछ ?

क) ४-१३ वर्ष

ख) ५-१३ वर्ष

ग) १२ वर्ष

घ) ५-१२ वर्ष

 

 

 

14.बसोवास रहेको स्थानबाट कति टाढा सम्मको विद्यालयलाई पायक पर्ने विद्यालय भनीन्छ ?

क) आधा घन्टा सम्मको पैदल दुरी

ख) एक किलोमिटर सम्मको दुरी

ग) दुई किलोमिटर सम्मको दुरी

घ) पाच सय मिटर सम्मको दुरी

 

 

 

 

15.विद्यालय जाने उमेरका वालवालिकालाई विद्यालयमा भर्ना नगर्ने र कक्षा ८ सम्मको शिक्षा पूरा नगरी विद्यालय छुटाउने अभिभावकलाई कस्तो सजाय गरिन्छ ?

क) स्थानीय तहबाट प्रदान गर्ने सुविधाबाट बन्चित गरिन्छ ।

ख) अभिभावकलाई संझाइबुझाइ गरेर छाडिन्छ ।

ग) अभिभावकलाई पाच सयसम्म जरिवाना तीराइन्छ ।

घ) अभिभावकलाई विद्यालयको निर्माण सम्बन्धी काममा श्रमदान गर्न लगाइन्छ ।

 

 

 

16. शिक्षा सेवा प्राविधिक सहायक तहको कर्मचारीले सेवा अवधिभरमा अधिकतम कति दिन सम्म सुत्केरी स्याहार विदा उपभोग गर्न सक्तछ ?

क) १५ दिन

ख) ३० दिन

ग) ४५ दिन

घ) ६० दिन

 

 

 

17.श्री शिक्षा सदन माध्यमिक विद्यालयको वि.सं. २०७७ सालको शैक्षीक सूचनामा सूचक NIR ९४ प्रतिशत उल्लेख भएको पाइयो । तपाइ शिक्षा विज्ञको रुपमा उक्त सूचकले दिन खोजेको सूचना तलका मध्ये कुनलाई स्वीकार्नु हुन्छ ?

क) कक्षा एक मा विद्यालय सेवा क्षेत्रका पाच वर्ष उमेर पूरा भएका तर छ वर्ष ननाघेका जम्मा वालवालिकाहरुको संख्या मध्ये वि.सं. २०७७ मा छ प्रतिशत वालवालिका विद्यालयको सेवा प्राप्त गर्ने अवसरबाट बन्चीत भए ।

 

ख) विद्यालय सेवा क्षेत्रका पाच वर्ष उमेर पूरा भएका वालवालिकाहरुको संख्या मध्ये वि.सं. २०७७ मा ९४ प्रतिशत वालवालिकाले मात्र विद्यालयको सेवा प्राप्त गरे ।

 

ग) विद्यालय भन्दा बाहिर अझै ९४ प्रतिशत वालवालिका छन् ।

 

घ) माथिका क र ख दुवै ठीक ।

 

 

 

 

18.विद्यालयमा अध्ययनरत वालवालिकालाई जुकाको औषधि खुवाउने जिम्मेवार निकाय कुन हो ?

क) स्वास्थ्य सेवा विभाग

ख) जनस्वास्थ्य महाशाखा

ग) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

घ) स्थानीय तह

 

 

 

 

19.बहुकक्षा बहुस्तर कक्षा शिक्षण गर्दा विद्यार्थीलाई कति समूहमा राखेर शिक्षण गरिन्छ ?

क) ३

ख) ४

ग) ५

घ) ६

 

 

 

 

 

20.झुमा भञ्ज्यांग कुन जिल्लामा पर्दछ ?

क) जुम्ला

ख) बझांग

ग) डोटी

घ) सिन्धुपाल्चोक

 

 

 

21.नेपालको शैक्षिक इतिहासमा वि.सं. २०११ को प्रतिवेदन कार्यान्वयन हुनु अघि अंग्रेजी भाषाको शिक्षण कति कक्षादेखि गरिन्थ्यो ?

क) कक्षा १

ख) कक्षा दुई

ग) कक्षा ३

घ) कक्षा ४

 

 

 

22.प्रविधिको आदान प्रदान गर्ने कार्यलाई शिक्षाको कुन कार्य मानिन्छ ?

क) व्यक्तिगत कार्य

ख) राष्ट्रिय कार्य

ग) सामाजिक कार्य

घ) अन्तराष्ट्रिय कार्य

 

 

 

23.नेपालका विद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा कहिलेदेखि आत्मसात गरियो ?

क) वि.सं. २०६८ जेठ ११

ख) वि.सं. २०६८ बैशाख ११

ग) वि.सं. २०६७ जेठ ११

घ) वि.सं. २०६९ जेठ ११

 

 

 

24.नेपालको पहिलो महिला मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्य कहिले नियुक्त भएको हो ?

क) २०७८ भदौ २

ख) २०७८ भदौ १

ग) २०७८ श्रावण ३२

घ) २०७८ भदौ ३

 

 

 

25.तल दिइएका शिक्षाका इतिहास मध्ये सहि कथन कुन हो ?

i) शिक्षा विभागको स्थापना वि.सं. १९१५ मा भएको थियो ।

 

ii) राणाकालिन जहानिया शासनकालमा रणोद्धिप सिंहले दुनियाका छोराले पढ्ने पाठशाला चाहिन्छ भनि जोड दिएका थिए।

 

iii) नेपाल राजकीय आर्युवेद विद्यालयको स्थापना गर्ने श्रेय भिम शमशेरलाई जान्छ ।

 

iv) काठमाडौ विश्वविद्यालयको पहिलो कूलपति गिरिजा प्रसाद कोइराला हुन् ।

 

क) i र iii मात्र ठीक

ख) i, ii, iii मात्र ठीक

ग) ii र iv मात्र ठीक

घ) i, ii, iii, iv सवै ठीक

 

 

 

26.तल दिइएका शिक्षाका वैकल्पीक उपायहरुको उद्देश्य तुलना गर्नुहोस ।

a) निरन्तर शिक्षा i) विना अवरोध उच्च शिक्षा

b) खुला शिक्षा ii) छरिएर रहेको जनसंख्यालाई शिक्षा

c) दूर शिक्षा iii) ज्ञानको अद्यावधिकको लागि शिक्षा

iv) शिक्षामा वैकल्पीक अवसर

 

क) a-i, b-ii,c-iv

ख) a-i, b-iv,c-iii

ग) a-ii, b-i,c-iv

घ) a-iii, b-i,c-iii

 

 

 

 

27.सन् २०१५ मा सम्पन्न इन्चोन घोषणा अनुसार विकसित देशले विकासन्मुख देशलाई GNP को कति प्रतिशत सहायता गर्ने प्रतिवद्धता जनाएका छन् ?

क) ७

ख) ०.७

ग) ०.५

घ) ५

 

 

 

28.मानिसमा हुने गुणात्मक परिवर्तनलाई ......... भनिन्छ ।

क वृद्धि

ख) विकास

ग) ज्ञान

घ) मनोविज्ञान

 

 

 

 

 

29.बालबालिकाको कुन विकासात्मक अवस्थालाई "Storm and Stress" को अवधि पनि भनिन्छ ?

क यौवनावस्था

ख) शैशवावस्था

ग) वाल्यावस्था

घ ) किशोरावस्था

 

 

 

30.नेपालको संविधानबमोजिम पहिचान सहितको नामाकरण र जन्मदर्ताको हक कुन मौलिक हक अन्तर्गत पर्दछ ?

क) पहिचानको हक

ख) समानताको हक

ग) बालबालिकाको हक

घ ) स्वतन्त्रताको हक

 

 

 

 

31.शिक्षामा सामाजिक न्यायको अन्तिम लक्ष्य समाजका सबै सदस्यहरूको कल्याण गर्नु हो भने सामाजिक न्याय भनेको के हो?

क) जातीय समानता

ख) वर्गीय समानता

ग) लैगिक समानता

घ) सबै खालका भेदभावको अन्त्य

 

 

 

32.प्रस्तावित दश वर्षे नया शिक्षा योजना २०७८-२०८७ ले मुख्य उपलब्धी सूचक (KPI) कतिवटा निर्धारण गरेको छ ?

क) ३०

ख) ४०

ग) ४५

घ) ४८

 

 

 

33.शिक्षक विद्यार्थी अनुपात सवैभन्दा कम भएको प्रदेश कुन हो ?

क) कर्णाली प्रदेश

ख) गण्डकी प्रदेश

ग) सुदुर पश्चिम प्रदेश

घ) प्रदेश एक

 

 

 

 

34.यदी नवनियुक्त प्रा.स. विना सूचना लगातार ९० दिन सम्म कार्यालयमा अनुपस्थित रहेमा कस्तो सजाय गर्नु पर्दछ ?

क) विशेष सजाय

ख) सामान्य सजाय

ग) नसिहत

घ) विदा स्विक्रित  गरि एक पटकलाई चेतावनी दिने

 

 

 

35.नेपालको संविधानमा कति वटा साझा अधिकारका सूचि छन् ?

क) ५ वटा

ख) २ वटा

ग) ३ वटा

घ) ४ वटा

 

 

 

36.तलका मध्ये कुनलाई शैक्षिक सामग्री मानीदैन ?

क) पाठ्यक्रम

ख) उदाहरण

ग) तालिका

घ) ग्लोब

 

 

 

37.व्यक्तिमा एकसाथ ज्ञान र सीप विकास गर्ने उद्देश्य राखि दिइने शिक्षा तलका मध्ये कुन हो?

क) अनौपचारिक शिक्षा

ख) अनीयमित शिक्षा

ग) खुला शिक्षा

घ) औपचारिक शिक्षा

 

 

 

 

38.पाठ्यक्रमको मूल्यांकन गर्दा सवैभन्दा विश्वसनिय र भरपर्दो आधार कुनलाई मानिन्छ ?

क) सिकाइ उपलब्धि

ख) अभिभावकको धारणा

ग) शिक्षाविद्हरुको धारणा

घ) विद्यालयको अवस्था

 

 

 

39.निर्धारीत समयमा पाठ पुरा गर्न सघाउने साधन कुन हो ?

क) योजना

ख पाठक्रम

ग) शिक्षक निर्देशिका

घ) कक्षा व्यवस्थापन

 

 

 

 

40.दैनिक पाठयोजनाको चौथो अंग कुन हो ?

क क्रियाकलाप

ख) मुल्यांकन

ग) गृहकार्य

घ) शैक्षणिक सामग्री

 

 

 

41.वाइस वर्ष शिक्षण गरी सेवाबाट स्वेच्छिक अवकास लिएको प्राथमिक शिक्षक  द्वितीयले औषधि उपचारवापत कति रकम प्राप्त गर्दछ ?

क) १८ महिनाको तलव सो मा १५ प्रतिशत थप

ख) २१ महिनाको तलव सो मा १५ प्रतिशत थप

ग) १२ महिनाको तलव र सो मा १५ प्रतिशत थप

घ) १८ महिनाको तलव र सो मा १० प्रतिशत थप

 

 

 

 

42.उच्च  शिक्षामा शिक्षण गर्नुको मुख्य उद्देश्य कुन हो ?

क) नविनतम सूचना प्रदान गर्न

ख निर्णय गर्न सक्ने क्षमता विकास गर्न

ग) प्रश्न गर्न सक्ने क्षमता विकास गर्न

घ) परीक्षामा पास गर्न सक्ने गरी तयारी गर्न

 

 

 

43.शिक्षा क्षेत्रमा महिला मात्र नियुक्त गरिने पद कुन हो ?

क) परिचालक

ख) सहयोगी कार्यकर्ता

ग) स्रोत शिक्षक

घ) परामर्शदाता

 

 

 

44.सामुदायिक सिकाइ केन्द्रको स्वीकृति कस्ले दिन्छ ?

क) शिक्षा विकास तथा समन्वय इकाइ

ख) स्थानीय तह

ग) जिल्ला शिक्षा समिति

घ) सम्बन्धीत विद्यालय

 

 

 

45.विद्यालय शिक्षाको पाठ्यक्रम विकासका चरण कतिवटा छन् ?

क) ५ वटा

ख) ४ वटा

ग) ६ वटा

घ) ७ वटा

 

 

 

46.विकास, परिवर्तन वा परिमार्जन भएको पाठ्यक्रम र पाठ्यसामग्री सामान्यतया कहिले प्रबोधीकरण गरिन्छ ?

क) शैक्षिक सत्र शुरु भएको एक महिनाभित्र

ख) शैक्षिक सत्र शुरु हुनु भन्दा एक महिना पहिले

ग) शैक्षिक सत्र शुरु भएको दुई महिनाभित्र

घ) शैक्षिक सत्र शुरु भएको १५ दिन भित्र

 

 

 

47.विशिष्टीकरण तालिकाको प्रयोग के मा गरिन्छ ?

क) योजना निर्माण गर्न

ख उपयुक्त प्रश्नपत्रको निर्माण गर्न

ग) विद्यार्थीहरूको सिकाइ वृद्धि गर्न

घ उत्तरपुस्तिका परीक्षण गर्न

 

 

 

48.समालोचनात्मक चिन्तनको सुदृढीकरणको चरणमा कुन पर्छ ?

क) मुख्य बुंदा पहिचान गर्ने

ख) मुख्य विचारको सारांश निकाल्ने

ग) शिक्षण सिकाइ कियाकलापको पूनरावलोकन गर्ने

घ) शिक्षक विद्यार्थी अन्तरक्रिया सञ्चालन

 

 

 

 

49.स्थानीय पाठ्यक्रम निर्माणको चुनौति कुन हो ?

क. संस्थागत संयन्त्र र सक्षमताको विकास नहुनु

 ख. शिक्षक र विद्यार्थीबीच समन्वय

ग) शिक्षक र प्रधानाध्यापकको सम्बन्ध नहुनु

घ) विद्यार्थीहरूबाट अवरोध आउनु

 

 

 

50.शिक्षकको प्राज्ञिक गुणभित्र कुन पर्छ ?

क) जिज्ञासु र अध्ययनशील

ख) मौलिक र सृजनात्मक

ग) सहयोगी

घ) पेशाप्रति उत्साहित र रुचि



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login