प्रास मोडेल सेट तिस

प्रास मोडेल सेट तिस

प्रास वस्तुगत बहुउत्तर - SET  30       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

1.कुनै पनि समस्याको समाधानका लागि आफ्नो अनुभव, ज्ञान, बुद्धि तथा क्षमताका आधारमा समस्याको पहिचान, विश्लेषण गर्नुलाई अन्तरदृष्टि सिकाइ सिद्धान्तमा के भनिएको छ ?

क. केन्द्रीय मध्यस्तता

ख. प्रत्यक्षीकरण

ग. नयाँ सम्बन्धको खोजी

घ. आकस्मिकता

 

 

 

2. वार्षिक कार्यतालिकामा तलका मध्ये कुन कुरा समावेश हुँदैन ?

क) विद्यार्थी भर्ना अवधि र कक्षाको प्रारम्भ हुने दिन

ख) शैक्षिक सामग्री

ग) अतिरिक्त क्रियाकलाप

घ) विद्यालयको वार्षिक दिवस

 

 

 

 

3. समग्र शैक्षणिक योजनालाई काक्षाकोठामा प्रयोग गर्ने आधार कुन योजनाले प्रदान गर्दछ ?

क) वार्षिक कार्यतालिका

ख) एकाइ योजना

ग) वार्षिक पाठयोजना

घ) दैनिक पाठयोजना

 

 

 

 

4. तलका मध्ये कुन क्रियापद विशिष्ट उद्देश्यमा समावेश गर्नु उपयुक्त हुँदैन ?

क) बताउन

ख) धारण गर्न

ग) भन्न

घ) वाक्यमा प्रयोग गर्न

 

 

 

 

5. तलका मध्ये कुन प्रवचन विधिको फाइदा होइन ?

क. कम खर्चिलो हुनु

ख. एक शिक्षकले एकै समयमा धेरै विद्यार्थीलाई पढाउन सक्नु,

ग. तल्ला कक्षाका लागि बढी उपयोगी हुनु

घ. शिक्षकलाई तयारी गर्न र शिक्षण गर्न सजिलो हुनु

 

 

 

6. तलका मध्ये कुन शैक्षिक प्रविधिको हार्डवेयरअन्तर्गत पर्दैन ?

क) टेपरिकर्डर

ख) प्रोगामिङ

ग) चक,बोर्ड

घ) प्रोजेक्टर

 

 

 

7. राष्टिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार तलका मध्ये कुन प्रारम्भिक बालविकासको सक्षमता होइन ?

क. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग,

ख. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता,

ग. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन,

घ. वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन,

 

 

 

 

8. पावक्रम विकास केन्द्रले पाठक्रमको विकास तथा परिमार्जन गर्दा तलको कुन चरणलाई अपनाउँदछ ?

क) अनुसन्धान, पाठ्क्रम विकास, पाठ्क्रम स्वीकृति, पाठ्क्रम कार्यान्वयन र पाठ्क्रम मूल्याङ्न

ख) पाठ्क्रम स्वीकृति, अनुसन्धान, पाठ्क्रम विकास, पाठ्क्रम कार्यान्वयन र पाठ्क्रम मूल्याङ्न

ग) पाठ्क्रम विकास, अनुसन्धान, पाठ्क्रम स्वीकृति, पाठ्क्रम कार्यान्वयन र पाठ्क्रम मूल्याङ्न

घ) माथिका सबै

 

 

 

 

9.तल दिइए मध्ये कुन विद्वान्ले शिक्षालाई ‘पुस्तकीय ज्ञान' (Bookish Knowledge) को संज्ञा दिएका छन् ।

क) टी. रेमन्ट

ख) जोन डिवे

ग) पेस्तालोजी

घ) इभान इलिच

 

 

 

 

10.सांस्कृतिक धरोहरको संरक्षण एवम् संवर्धन, सामाजिक सचेतना र विकास, परिवर्तित समाजमा सायोजन तथा सामाजिक विकास र परिवर्तनमा योगदान दिन सक्ने बनाउनु शिक्षाको कुन कार्यअन्तर्गत पर्दछ ?

क) व्यक्तिगत कार्य

ख) सामाजिक कार्य

ग) राष्ट्रिय कार्य

घ) अन्तराष्ट्रिय कार्य

 

 

 

 

11. तलका मध्ये कुन विद्वानले “शिक्षा एक यस्तो प्रकिया हो, जसले बालकको अन्तर्निहित शक्तिलाई बाहिर ल्याउँछ" भनी शिक्षालाई परिभाषित गरेका छन् ?

क) जोन डिवे

ख) पेस्तालोजी

ग) फ्रोबेल

घ) कान्ट

 

 

 

 

12. मानव वृद्धि भन्नाले तलका मध्ये कुनलाई जनाउँछ ?

क) सङ्ख्यात्मक परिवर्तन

ख) आचरणमा परिवर्तन

ग) व्यवहारमा परिवर्तन

घ) गुणात्मक परिवर्तन

 

 

 

 

13.तलका मध्ये कुन उत्तरबाल्यावस्थाको विशेषता हो ?

क) नक्कल गर्ने उमेर

ख) पूर्वबालसमूहको उमेर

ग) पूर्वविद्यालयको उमेर

घ) विद्यालय प्रवेशको उमेर

 

 

 

 

14.."नियम निर्माण स्थानान्तरणको आधार हो भन्ने भनाइ तलका मध्ये कुन सिद्धान्तसँग सम्बन्धित छ ?

क) साझा र विशिष्ट तत्त्वको सिद्धान्त

 ख) मानसिक अनुशासनको सिद्धान्त

ग) सामान्यीकरणको सिद्धान्त

घ) समान तत्त्वको सिद्धान्त

 

 

 

 

15. सिकारुले गरेको प्रतिक्रियालाई आधार नबनाई समयलाई आधार बनाएर पुनर्बल प्रदान गरिन्छ भने त्यो तलका मध्ये कुन पुनर्बल तालिकामा पर्दछ ?

क. अनिश्चित अन्तराल पुनर्बल तालिका

ख. निश्चित अनुपात पुनर्बल तालिका

ग.निश्चित अन्तराल पुनर्बल तालिका

घ. अनिश्चित अनुपात पुनर्बल तालिका

 

 

 

 

16. कुनै एक कुकुरलाई मासुको चोक्टा दिंदा मुखबाट ऱ्याल निकाल्नु तलका मध्ये कस्तो प्रतिक्रिया हो?

क) Unconditioned Response (UCR)

ख) Conditional Response (CR)

ग) Un contioned Stimulus (UCS)

घ) Conditional Response

 

 

 

 

 

17.एउटै प्रश्नमा धेरै विषय तथा तथ्यहरू राख्न मिल्ने प्रश्न तलका मध्ये कुन हो ?

क) खाली ठाउँ भर्ने प्रश्न

ख) जोडा मिलाउने प्रश्न

ग) ठिक बेठिक छुट्याउने प्रश्न

घ) बहुवैकल्पिक प्रश्न

 

 

 

 

18. परीक्षणको साधनमा विषयगत वैधता कायम गराउने सबैभन्दा प्रभावकारी भूमिका तलका मध्ये कुनले गर्दछ ?

क) पाठ्यक्रम

ख) राष्ट्रिय पाठ्यक्रम प्रारूप

ग) विशिष्टीकरण तालिका

घ) दैनिक पाठयोजना

 

 

 

 

19.शिक्षण सिकाइका क्रममा विविधता व्यवस्थापन गर्नुपर्नाको कारण तलका मध्ये कुन हो ?

क) विविधताकै कारण उपलब्धिस्तर कम हुने अवस्थाको अन्त्य गर्न

 

ख) विद्यार्थीलाई आफ्नो पहिचान प्रति गर्व गर्ने भावनाको विकास गर्न

 

ग) सबैका लागि समतामूलक तरिकाले शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न

घ) कुनै पनि होइन

 

 

 

20. बालमैत्री विद्यालयमा विद्यार्थीहरूको पूर्ण मूल्याङ्कन गर्ने जिम्मा कसको हुन्छ ?

क) अभिभावको

ख) शिक्षकको

ग) प्रधानाध्यापकको

घ) विद्यालय व्यवस्थापन समितिको

 

 

 

21. एउटा कक्षाका फरकफरक विषय फरकफरक शिक्षकले शिक्षण गर्ने शिक्षणको सङ्गठन तलका मध्ये कुन हो ?

क) विषय शिक्षण

ख) कक्षा शिक्षण

ग) वर्गविहीन शिक्षण

घ) बहुकक्षा शिक्षण

 

 

 

 

22.शैक्षिक वर्ष २०७७ को तथ्याङ्क अनुसार विद्यालय सङ्ख्या धेरैबाट थोरैको क्रममा प्रदेश नं. १ कतिऔं स्थानमा पर्दछ ?

क) पहिलो

ख) दोस्रो

ग) तेस्रो

घ) चौथो

 

 

 

 

 

23. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन कहिले भएको थियो?

क) वि.सं. २०१८ बैशाख २५ गते

ख) वि.सं. २०१८ जेठ २५ गते

ग) वि.सं. २०१८ असार १५ गते

घ) वि.स. वैशाख १५ गते

 

 

 

 

24. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) अनुसार माध्यमिक तहको उद्देश्य तलका मध्ये कुन हो ?

क) बालबालिकालाई साक्षर बनाउनु

ख) देशभक्ति र राजभक्ति सिकाइ चरित्रनिर्माण गर्नु

ग) व्यावसायिक शिक्षाको माध्यमबाट उत्पादनशील र दक्ष नागरिक तयार गर्नु

घ) निम्नस्तरीय जनशक्ति तयार पार्नु

 

 

 

25. सबैका लागि शिक्षाको सुरुवात कहिले र कहाँबाट भएको थियो ?

क) सन् १९९० थाइल्यान्डको जोम्टिन

ख) सन् २००० सेनेगलको डकार

ग). सन् १९९५ माल्दिभ्सको माले

घ) कुनै पनि होइन

 

 

 

26. नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?

क) चन्द्र शमशेरको पालामा

ख) भीमशमशेरको पालामा

ग) वीरशमशेरको पालामा

घ) देवशमशेरको पालामा

 

 

 

 

27. सबले इलम सिकी विद्या पढी जान्ने भई अरूलाई हाँकी होस्टे भन्ने हुन चाहनुपर्छ" यो कसको भनाइ हो?

क) पृथ्वीनारायण शाह

ख) राम शाह

ग) जयपृथ्वीबहादुर सिंह

घ) चन्दशमशेर

 

 

 

28. तलका मध्ये कुन निरीक्षकको व्यक्तिगत गुण अन्तर्गत पर्दैन ?

क) विनोदप्रियता

ख) सहनशीलता

ग) पर्याप्त शिक्षा

घ) संवेदनशीलता

 

 

 

29. तलका मध्ये कुन पाठ्यक्रम विकास केन्द्रको शाखाअन्तर्गत पर्दैन ?

क) भाषा शिक्षा शाखा

ख) व्यावसायिक शिक्षा शाखा

ग) नैतिक शिक्षा शाखा

घ) आर्थिक प्रशासन शाखा

 

 

 

30. नेपाल सरकारले तलका मध्ये कुन मितिमा तत्कालीन शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई एकीकृत (Merge) गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्थापना गरिएको हो ?

क) २०७५/०१/१५

ख) २०७५/०१/२६

ग) २०७५/०१/१६

घ) २०७५/०२/०६

 

 

 

 

31. स्थानीय सरकार सञ्चालन ऐन को परिच्छेद ३ को दफा ११ को उपदफा २ ज मा स्थानीय तहका शिक्षासम्बन्धी कतिओटा अधिकार प्रस्तुत गरिएको छ ?

क. १३ ओटा

ख. १६ ओटा

ग.२३ ओटा

घ. २७ ओटा

 

 

 

 

 

32. स्थानीय सरकार सञ्चालन ऐन २०७४ संविधानको कुन धाराले दिएको अधिकार प्रयोग गरी निर्माण गरिएको हो ?

क. धारा ३१

ख. धारा २४१

ग. धारा २६७

घ.धारा २९६

 

 

 

 

33. शिक्षा ऐनले 'आधारभूत शिक्षा' भनी कुन तहदेखि कुन तहसम्मको शिक्षालाई परिभाषित गरेको छ ?

क) कक्षा १ देखि कक्षा ८ सम्मको शिक्षा

ख) कक्षा ६ देखि कक्षा ८ सम्मको शिक्षा

ग) प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मको शिक्षा

घ) कक्षा ४ देखि कक्षा ८ सम्मको शिक्षा

 

 

 

 

 

34.वर्तमान संविधान आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक कसलाई प्रदान गरेको छ ?

क) प्रत्येक विद्यालयलाई

ख) प्रत्येक नेपाली समुदायलाई

ग) प्रत्येक नागरिकलाई

घ) प्रत्येक नागरिक र समुदायलाई

 

 

 

35. दर्ता किताबमा तलका मध्ये कुन विषय उल्लेख हुँदैन ?

क. पत्र प्राप्त भएको मिति

ख. पत्रको विषय

ग. पत्र पठाएको मिति

घ. पत्र पठाउने कार्यालयको नाम

 

 

 

 

 

36.मानव अधिकारको घोषणापत्रको कति धारामा शिक्षासम्बन्धी हकको व्यवस्था रहेको छ ?

क) धारा २६

ख) धारा २५

ग) धारा २४

घ) धारा २३

 

 

 

37. सालामाङ्कामा भएको विशेष शिक्षासम्बन्धी सम्मेलन कुनमितिमा भएको थियो ?

क) सन् १९९४, मे७-१०

ख) सन् १९९४, अप्रिल ७ - १०

ग) सन् १९९४, जुन ७ - १०

घ) सन् १९९४, जुलाइ ७ -१०

 

 

 

 

38. 'सिकाइ कोक्रोबाट सुरु हुन्छ र चिहानमा अन्त्य हुन्छ' यो भनाइ कस्तो शिक्षासँग सम्बन्धित छ ?

क) औपचारिक शिक्षा

ख) अनौपचारिक शिक्षा

ग)जीवनपर्यन्त शिक्षा

घ) प्राविधिक तथा व्यावसायिक शिक्षा

 

 

 

 

39. नेपालमा प्रौढ शिक्षाको सुरुवात कति सालबाट भएको हो ?

क)वि.स. २००४

ख) वि.सं. २००९

ग) वि.सं. २०१३

घ) वि.सं. २०१७

 

 

 

 

40. त्रिभुवन विश्वविद्यालयले प्राविधिक क्षेत्रका जनशक्ति (डाक्टर, इन्जिनियर) कुन मितिबाट उत्पादन गर्न सुरु गरेको हो?

क) २०४० साल

ख) २०४१ साल

ग) २०४२ साल

घ) २०४३ साल

 

 

 

 

 

41. हाल शिक्ष, विज्ञान तथा प्रविधि मन्त्रालयमा कति ओय महाशाखा रहेका छन् ?

क) ३

ख) ५

ग) ७

घ) ९

 

 

 

 

 

42. शैक्षिक वर्ष २०७७ मा पूर्वप्राथमिक शिक्षाको अनुभव लिई कक्षा १ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या कति प्रतिशत पुगेको छ ?

क) ६१

ख) ६८.१

ग) ७०.२

घ) ८६.६

 

 

 

 

43. शैक्षिक वर्ष २०७७ सम्म माध्यमिक तहमा महिला शिक्षकको प्रतिशत पुगेको छ ?

क) १९.८

ख) २०.७

ग) २१.२

घ) २२.४

 

 

 

 

 

44. शिक्षा ऐनको कुने संशोधनले अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उमेदवार बन्न नपाउने व्यवस्था गरेको थियो ?

क) पाँचौं संशोधन

ख) सातौ संशोधन

ग) आठौं संशोधन

घ) नवौं संशोधन

 

 

 

 

45. हाल अस्थायी करार तथा राहत दरबन्दीका शिक्षकलाई नियुक्ति कसले प्रदान गर्दछ ?

क) स्थानीय निकायले

ख) विद्यालय व्यवस्थापन समितिले

ग) शिक्षा विकास तथा समन्वय इकाइ

घ) शिक्षक सेवा आयोगले

 

 

 

 

46. शिक्षक सेवा आयोगले शिक्षकलाई बदुवाको लागि सिफारिस गर्दा निजको कार्यक्षमताको मूल्याङ्कन गर्दा नोकरीको जेष्ठतावापत अधिकतम कति अङ्कसम्म प्रदान गर्ने व्यवस्था गरेको छ ।

क) ३५ अंक

ख) २० अङ्क

ग) १५ अङ्क

घ) १० अङ्क

 

 

 

 

47.. निरीक्षणको मूल कार्य तलका मध्ये कुन हो ?

क) शिक्षकको कामको मूल्याङ्कन गर्नु

ख) शिक्षकको लागि निर्देशन दिनु

ग) शिक्षकलाई पेसागत सहयोग उपलब्ध गराउनु

घ) शिक्षकका कमीकमजोरीहरू पत्ता लगाउनु

 

 

 

48.विद्यालय निरीक्षणको ऐतिहासिक विकासक्रमको आधारमा तलका मध्ये कुन सबैभन्दा पछाडि अभ्यासमा आएको अवधारणा हो?

क) प्रशासनिक निरीक्षण

ख) दक्षतामूलक निरीक्षण

ग) अनुसन्धानात्मक निरीक्षण

घ) सामूहिक सहयोगात्मक निरीक्षण

 

 

 

 

49. दरबार स्कुलमा सर्वसाधारणाका छोराछोरीले प्रवेश पाउने व्यवस्था कहिलेदेखि भएको थियो ?

क) वि.सं. १९४२

ख) वि.सं. १९४०

ग) वि.सं. १९४१

घ) वि.सं. १९४३

 

 

 

 

 

50. विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि कुन मितिमा स्वीकृत भएको हो ?

क) २०७२/०८/२३

ख) २०७२/०७/२३

ग) २०७२/०६/२३

घ) २०७२/०५/२३



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login