TSC Model set 70

TSC Model set 70

TSC Model set 70

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

 निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 70 (50x2 = 100)

 

 

 

1.देहायकामध्ये कुन महानगरपालिका क्षेत्रफलमा सबैभन्दा सानो रहेको छ ?

(क) ललितपुर

(ख) बिराटनगर

(ग) भरतपुर

(घ) बीरगञ्ज

 

 

 

2. बौद्ध धर्माबलम्बीले पूजा गर्ने स्थललाई के भनिन्छ ?

(क) मन्दिर

(ख) स्तुप

(ग) गुरुद्धार

(घ) मस्जिद

 

 

 

3. पञ्चदान पर्व कहिले पर्दछ ?

(क) श्रावण शुक्ल पूर्णिमा

(ख) आषाढ कृष्ण अष्टमी

(ग) श्रावण शुक्ल पञ्चमी

(घ) भाद्रकृष्ण त्रयोदशी

 

 

 

4."समृद्ध नेपाल, सुखी नेपाली नेपालको .........हो?

(क) दीर्घकालीन सोच

(ख) लक्ष्य

(ग) उद्देश्य

(घ) रणनीति

 

 

 

5. पन्ध्रौ योजनाले योजनाको अन्तसम्ममा कति प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ?

(क) ८.५ प्रतिशत

(ख) ९.७ प्रतिशत

(ग)१०.३ प्रतिशत

(घ) १०.६ प्रतिशत

 

 

 

6. दीगो विकासको लक्ष्य नं.१ (एक) देहायका मध्ये कुन सँग सम्बन्धित छ ?

(क) गुणस्तरीय शिक्षा

(ख) गरिबीको अन्त

(ग) भोकमरीको अन्त

(घ) स्वस्थ जीवनको सुनिश्चितता

 

 

 

7. पृथ्वी सम्मेलन कहिले भएको थियो ?

(क) सन् १९९०

(ख) सन् १९९१

(ग) सन् १९९२

(घ) सन् १९९३

 

 

 

 

8. लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखेलले पदबाट कहिले राजीनामा दिए ?

(क) २०७८ साउन २८ गते

(ख) २०७८ साउन २५ गते

(ग) २०७८ साउन २६ गते

(घ) २०७८ साउन २७ गते

 

 

 

9. नेपालको भित्री मधेसमा पर्ने जिल्लाभित्र देहायको कुन पर्दैन ?

(क) रुपन्देही

(ख) चितवन

(ग) दाङ

(घ) उदयपुर

 

 

 

 

10. नेपालको पहाडी प्रदेशले समुद्री सतहदेखि कति उचाइसम्मको भूभाग ओगटेको छ ?

(क) ४०० मिटरदेखि ३२०० मिटर

(ख) ६०० मिटरदेखि ३३०० मिटर

(ग) ५०० मिटरदेखि ३५०० मिटर

(घ) ६०० मिटरदेखि ३४०० मिटर

 

 

 

 

11. संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि

(क) ऋषिकेश शाह

(ख) मातृकाप्रसाद कोइराला

(ग) शैलेन्द्रकुमार उपाध्याय

(घ) जयराज आचार्य

 

 

 

12. The School is Dead नामक पुस्तक कसले लेखेका हुन ?

(क) एभरेट रेमर

(ख) कुम्बस

(ग) पाउलो फ्रेरे

(घ) इभान इलिच

 

 

 

13.नेपालको दोस्रो विश्वविद्यालय कुन हो ?

(क) त्रिभुवन विश्वविद्यालय

(ख) काठमाण्ठौ विश्वविद्यालय

(ग) नेपाल संस्कृत विश्वविद्यालय

(घ) पूर्वाञ्चल विश्वविद्यालय       

 

 

14. अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम कुन तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था नेपालको संविधानले गरेको छ ?

(क) प्राविधिक तथा व्यावसायिक शिक्षा

(ख) उच्च शिक्षा

(ग) विद्यालय शिक्षा

(घ) माध्यमिक शिक्षा

 

 

 

15. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र

अधिकारभित्र देहायको कुन पर्दैन ?

(क) विद्यालयको बार्षिक बजेट स्वीकृत गर्ने

(ख) शिक्षकलाई हाजिर गराई काममा लगाउने

(ग) आचरण उल्लंघन गर्ने शिक्षकलाई नसियत दिने

(घ) शिक्षक अभिभावक संघ गठन गर्ने

 

 

 

16. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार विद्यालय सम्पत्ति संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ?

(क) विद्यालय व्यवस्थापन समिति अध्यक्ष

(ख) गाउँ वा नगरपालिका प्रमुख

(ग) इकाइ प्रमुख

(घ) प्रमुख जिल्ला अधिकारी

 

 

 

17. शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार माध्यमिक तहको शिक्षक पदमा उमेदवार हुन कति वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था छ ?

(क)१६ वर्ष

(ख) १८ वर्ष

(ग) २० वर्ष

(घ) १ वर्ष

 

 

 

18. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने कार्य कसको अधिकार क्षेत्रभित्र पर्दछ ?

(क) वडा समिति

(ख) वडा अध्यक्ष

(ग) गाउँरनगर शिक्षा समिति

(घ) वडा शिक्षा समिति

 

 

 

19. तलकामध्ये नमिल्दो छुट्याउनुहोस्।

(क) level

(ख) civic

(ग)  mouth

(घ) eye

 

 

 

20. तल दिइएको सिरिज पुरा गर्नुहोस् ?

CMM, EOO, GQQ, _____, KUU

 

क.GRR

ख.GSS

ग.ISS

घ.ITT

 

 

 

21. Which one will replace the question mark ?

 

क.13

ख.14

ग.12

घ.15

 

 

 

 

 

22. शुन्य डिग्री अक्षांश रेखालाई............ भनिन्छ।

(क) भूमध्यरेखा

(ख) ध्रुबीय रेखा

(ग) अक्ष

(घ) कक्ष

 

 

 

23. अफगानिस्तान कुन पर्वत श्रृंखला अन्तर्गत पर्दछ ?

(क) हिमालय पर्वतमाला

(ख) हिन्दकुश पर्वतमाला

(ग) कुलशान पर्वतमाला

(घ) लद्दाख पर्वतमाला

 

 

 

24. नेपालको सबैभन्दा लामो हिमनदी हो।

(क) कर्णाली

(ख) खुम्बु

(ग) लामटाङ

(घ) सेती

 

 

 

 

25. नेपालको स्वीजरल्याण्ड भन्नाले कुनलाई जनाउँछ ?

(क) जुम्ला

(ख) पोखरा

(ग) जोमसोम

(घ) जिरी

 

 

 

 

26. मुसोलाई कुकुर, कुकुरलाई न्याउरी मुसो, न्याउरी मुसोलाई सिंह, सिंहलाई सर्प, सर्पलाई हात्ती भनिन्छ भने घरको रखबारी गर्न पालिने जन्तु कुन हो ?

(क) सर्प

(ख) मुसो

(ग) कुकुर

(घ) न्याउरी मुसो

 

 

 

27. २५ जना विद्यार्थीहरु भएको एउय कक्षामा राम अगाडिबाट १० औं स्थानमा छन् भने पछाडिबाट कति औं स्थानमा होलान् ?

(क)१६

(ख)१७

(ग)१८

(घ) १५

 

 

 

28. कम्प्युटरमा प्रयोग हुने "र्याम" को काम के हो ?

(क) स्टोरेज

(ख) इन्पुट

(ग) प्रोसेसिङ

(घ) आउटपुट

 

 

 

29. गणितीय हिसाव गर्नका लागि सबैभन्दा बढी उपयोगी प्रोग्राम देहायकामध्ये कुन हो ?

(क) MS Word

(ख) MS Photoshop

 (ग) MS Powerpoint

(घ) MS Excel

 

 

 

 

30. पहिले प्रयोग गरेको कमान्ड वा कामलाई हटाउन कम्प्युटरमा देहायकामध्ये कुन उपयोगमा ल्याइन्छ ?

(क) Ctrl +L

(ख) Ctrl +2

(ग) Ctrl+V

(घ) Ctrl+C

 

 

 

 

31. नेपालको विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा देखिएको मुख्य समस्या

देहायकामध्ये कुन हो?

(क) पाठ्यक्रममा कमी

(ख) शिक्षकमा दक्षताको कमी

(ग) पूर्वाधारको कमी

(घ) विषय वा माध्यम के मान्ने भन्नेमा अन्यौलता

 

 

 

32. कम्प्युटर नैतिकताको शुरुवात कहिले शुरुवात भएको मानिन्छ ?

(क) सन् १९५०

 (ख) सन् १९४०

(ग) सन् १९६०

(घ) सन् १९७०

 

 

 

 

 

33. आत्माको विज्ञानको रुपमा मनोविज्ञान, यो मनोविज्ञानको कुन अर्थ हो ?

(क) शाब्दिक अर्थ

(ख) आधुनिक अर्थ

(ग) व्यापक अर्थ

(घ) विश्लेषणात्मक अर्थ

 

 

 

34. समूहको उमेर भन्नाले कुन अवस्थालाई चिनिन्छ ?

(क) पूर्व बाल्यावस्था

(ख) किशोरावस्था

(ग) यौवनावस्था

(घ) उत्तरबाल्यावस्था

 

 

 

 

35. मानव वृद्धिका सम्बन्धमा देहायकामध्ये कुन मेल खाँदैन ?

(क) बालकको सर्वाङ्गीण परिवर्तन

(ख) संरचनात्मक परिवर्तन

(ग) निश्चित उमेरसम्म हुने

(घ) नाप्न वा तौलन सकिने

 

 

 

36. सिकाइका तत्वहरुमा देहायको कुन पर्दैन ?

(क) उद्दीपक

(ख) प्रतिक्रिया

(ग) सम्बलन

(घ) सिकारु

 

 

 

37. सिकाइको मनोशारीरिक तथा आन्तरिक प्रक्रिया देहायकामध्ये कुन हो ?

(क) पुनर्बल

(ख) उत्प्रेरणा

(ग) स्थानान्तरण

(घ) अभ्यास

 

 

 

38. मनोवैज्ञानिक प्याभलभ द्धारा प्रतिपादित सिकाइ सिद्धान्त कुन हो ?

(क) अन्तरदृष्टि सिकाइ

(ख) प्रयत्न र भूल

(ग) शास्त्रीय सम्बन्धन

(घ) कार्यपरक सम्बन्धन

 

 

 

39. कार्यपरक सम्बन्धन सिकाइको विशेषता देहायकामध्ये कुन हो ?

(क) प्रत्यक्षीकरण

(ख) केन्द्रीय मध्यस्थता

(ग) उत्तेजना सामान्यीकरण

(घ) आकस्मिकताको व्यवस्थापन

 

 

 

40. शिक्षाविद् टायलरका अनुसार पाठ्यक्रमको पहिलो तत्व कुन हो ?

(क) उद्देश्य

(ख) आवश्यकताको पहिचान

(ग) लक्ष्य र उद्देश्य

(घ) सिकाइ अनुभव

 

 

 

 

41. नेपालमा पाठ्यक्रम तथा पाठ्यसामग्रीको मुद्रणीय प्रति (PRC) तयार गर्ने जिम्मेवारी कसको हो ?

(क) जनक शिक्षा सामग्री केन्द्र

(ख) पाठ्यक्रम विकास केन्द्र

(ग) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

(घ) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्

 

 

 

 

42. आधारभूत कक्षा १-३ को एकीकृत पाठ्यक्रम २०७६ अनुसार हाम्रो सेरोफेरो विषयको वार्षिक कति कार्यघण्टा पठनपाठन हुने व्यवस्था छ ?

(क)४ पाठ्यघण्टा

(ख) ५ पाठ्यघण्टा

(ग) ७ पाठ्यघण्टा

(घ)८पाठ्यघण्टा

 

 

 

43. वस्तुहरुको प्रतिकृति (Image) कक्षाकोठामा प्रस्तुत गरी शिक्षण गर्न सहयोग गर्ने सामग्री

(क) अर्ध स्थुल सामग्री

(ख) स्थुल सामग्री

(ग) सुक्ष्म सामग्री

(घ) मुद्रित सामग्री

 

 

 

 

44. छलफल विधिको मुख्य फाइदा कुन हो ?

(क) थोरै समयमा धेरै विषयवस्तु शिक्षण

(ख) तार्किक एवम् सिर्जनात्मक अभिव्यक्तिको विकास

(ग) प्रारम्भिक कक्षामा बढी उपयोगी

(घ) विषयवस्तुको व्याख्या गर्न उपयोगी

 

 

 

45. आधारभूत शिक्षा पाठ्यक्रम २०७७ (कक्षा ६-८) अनुसार कति प्रतिशत आन्तरिक मूल्यांकन गर्ने व्यवस्था छ?

(क) ५० प्रतिशत

(ख) ४० प्रतिशत

(ग) २५ प्रतिशत

(घ) १०० प्रतिशत

 

 

 

46. मूल्यांकनसँग सबैभन्दा मिल्ने अर्थ कुन ?

(क) मापन गर्नु

 (ख) परीक्षा लिनु

(ग) मूल्य निर्धारण गर्नु

(घ) कमजोरी निदान गर्नु

 

 

 

47. प्रारम्भिक कक्षामा सबैभन्दा उपयोगी शैक्षणिक संगठन कुन हो ?

(क) बहुवर्ग शिक्षण

(ख) वर्ग शिक्षण

(ग) विषय शिक्षण

(घ) मिश्रित शिक्षण

 

 

 

48. कक्षाकोठा व्यवस्थापन प्रक्रियाको पहिलो चरण कुन हो ?

(क) स्रोत साधन जुटाउने

(ख) नेतृत्व गर्ने

(ग) योजना निर्माण

(घ) निर्देशन दिने

 

 

 

49. आधारभूत अनुसन्धानको सम्बन्ध मुख्य रुपमा केसँग हुन्छ ?

(क) समस्या समाधान

(ख) समस्या समाधानका उपायहरुको सुझाव

(ग) समस्याको पहिचान

(घ) नयाँ तथ्यको विकास

 

 

 

50. नेपालमा हाल शिक्षकहरुका लागि तालिम प्रदायक निकाय देहायकामध्ये कुन हो ?

(क) शिक्षा तालिम केन्द्र

(ख) अगुवा स्रोतकेन्द्र

(ग) स्थानीय तह

(घ) शैक्षिक जनशक्ति विकास केन्द्र



  • Reviews (1)
  • ambikadanga
  • 4 Years, 2 Weeks ago

gd

Leave a review

To leave a review, please login to your account. Login